कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।
पहिलो पटक माघ ६ गते विश्वासको मत लिँदा २५ सांसदको समर्थन पाएका शर्मालाई शुक्रबार सभामुखबाहेक ३८ जना संसदको समर्थन रह्यो। ४० सदस्यीय कर्णाली प्रदेशसभामा राप्रपाले मात्रै विपक्षमा मतदान गर्यो।
केन्द्रको निर्देशन अनुसार राप्रपाले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री शर्माले शुक्रबार दोस्रो पटक विश्वासको मत लिएका हुन्। अघिल्लो पटक विश्वासको मत नदिएको प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिएको छ।
कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका १४, सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका १३, नेकपा एमालेको सभामुखसहित १०, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रका गरेर एक–एक सांसद छन्।
सभामुख नन्दा गुरुङले प्रदेशसभामा उपस्थित ३९ सांसद मध्ये मुख्यमन्त्री शर्मालाई ३८ जनाले विश्वासको मत प्राप्त भएको बताइन्।