इलाममा स्वतन्त्र विद्यार्थी युनियन रहेका चारै क्याम्पसमा नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)का अध्यक्ष चयन भएका छन्।
सदरमुकामस्थित जिल्लाकै ठूलो महेन्द्ररत्न बहुुमुखी क्याम्पस र देउमाई नगरपालिकास्थित मंगलबारे बहुमुखी क्याम्पसमा निर्वाचनबाट नेतृत्व चयन भएको हो। फाकफोकथुमको एकतप्पा बहुमुखी क्याम्पस र माई नगरपालिकाको गरुवा बहुमुखी क्याम्पसमा भने निर्विरोध नेतृत्व चयन भएको छ।
महेन्द्ररत्नमा अनेरास्ववियु, नेकपा (माओवादी केन्द्र)निकट अनेरास्ववियु (क्रान्तिकारी) र राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको स्वतन्त्र प्यानल नै विजयी भएको छ। भर्खरै सम्पन्न मतगणनाको परिणामअनुसार अनेरास्ववियुका दर्शन राई अध्यक्षमा निर्वाचित भए। सचिवमा अनेरास्ववियु (क्रान्तिकारी)का राजेन्द्र लोहार र कोषाध्यक्षमा अनेरास्ववियुका विशाल कार्की निर्वाचित भएका छन्। सदस्यहरूमा यही प्यानलबाट गोपीराज लिम्बू, ज्ञानेन्द्र चापागाईं, बबिता खनाल, शम्भु राई, पुष्कर बोहोरा, मनिषा दुलाल र उज्ज्वल पौडेल निर्वाचित भएका छन्।
मंगलबारे क्याम्पसमा यही प्यानलबाट अनेरास्ववियूका फुर्वा तामाङ अध्यक्ष निर्वाचित भए। सचिवमा पनि अनेरास्ववियूकै रुद्रप्रसाद पौडेल र कोषाध्यक्षमा अनेरास्ववियू (क्रान्तिकारी)का विशाल तामाङ निर्वाचित भएका छन्। सदस्यहरूमा मिश्रित नतिजा आएको छ। मनिषा बमजन, केशव निरौला, सलिना श्रेष्ठ, प्रकाश चौलागाईं तथा प्रवीण बाँस्तोला सदस्यमा विजयी भएका छन्।
माई नगरस्थित गरुवा क्याम्पसको स्ववियू अध्यक्षमा अनेरास्ववियुका गोपाल आचार्य, उपाध्यक्षमा यही संगठनमा सुमन पाण्डे र सचिवमा नेविसंघका चेतन कार्की निर्विरोध भए। सहसचिवमा क्रान्तिकारीकी जेनिका राई र कोषाध्यक्षमा नेविसंघकी शान्ता गिरी छानिए। सदस्यहरूमा मनिमाया तामाङ, छत्रकुमारी लिम्बू, मनोज थापा, समीक्षा भारती, मिलन लिम्बू र अञ्जना सिन्च्युरी चुनिएका छन्।
एकतप्पा बहुमुखी क्याम्पसमा पनि सहमतिमै नेतृत्व टुंगो लागेको हो। स्ववियू अध्यक्षमा अनेरास्ववियूकी प्रतीक्षा खनाल, उपाध्यक्षमा नेविसंघकी आइस्मा खड्का, सचिवमा नेविसंघका भविन्द्र श्रेष्ठ, सहसचिवमा नेविसंघकै निशा बजगाईं र कोषाध्यक्षमा नेविसंघकी डम्बरकुमारी श्रेष्ठ चयन भए। सदस्यहरूमा राम शर्मा, रञ्जना थापा, इन्दिरा बस्नेत, रोहन परियार र सरु दियाली चयन भए।