काठमाडौं–सरकारले मंगलबार संसदमा दर्ता गराएको संविधान संशोधन विधेयकप्रति संघीय समाजवादी फोरम नेपालले गम्भीर आपत्ति जनाएको छ। संघीय गठबन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बुधबार एक विज्ञप्ति जारी गरी संघीय गठबन्धनको असहमतिका बावजूद पनि सरकारले दर्ता गरेको संविधान संशोधन विधेयकप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय गठबन्धन र मधेसी मोर्चाको सहमतिमै संविधान संशोधन प्रस्ताव दर्ता गराएको बताइरहेका बेला गठबन्धनका संयोजक यादवले संशोधन विधेयकप्रति गम्भीर आपत्ति जनाएका हुन्। यादवले विज्ञप्तिमा आदिवासी जनजाति, थारू, खस, मुस्लिम, महिला, दलित तथा मधेशमा भएका आन्दोलनको माग बमोजिम संविधान संशोधन प्रस्ताव दर्ता नगरेर सरकारले गम्भीर गल्ती गरेको उल्लेख छ।
‘सरकारले मंगलबार राति दर्ता गराएको संशोधन विधेयकले मधेसी मोर्चा र संघीय गठबन्धनले उठाइएको कुनै पनि मागको पूर्णरुपले सम्बोधन गरेको छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘ आन्दोलनको मुख्य माग रहेको प्रादेशिक स्वायत्ता र स्वशासनसहित १० प्रदेशको संघीयता र सीमांकनको विषयलाई विवादित नै राखिएको छ । मधेसी मोर्चा र संघीय गठबन्धनले उठाएका पाँच जिल्ला झापा, मोरङ, सुनसरी, कैलाली र कञ्चनपुरका विषयमा सम्बोधन गरिएको छैन ।’