नेपाली काँग्रेसका केन्द्रीय सहमहामन्त्री किशोरसिंह राठौंरले रवि लामिछानेले घण्टी बजाउँदैमा भ्रष्टाचार उन्मुलन नहुने बताएका छन्।
नेपाल शिक्षक संघ बाँकेको ९ औं जिल्ला अधिवेशनलाई नेपालगन्जमा शनिबार सम्बोधन गर्दै उनले भ्रष्टाचारलाई उन्मुलन नभएर नियन्त्रण गर्न मात्र सकिने बताए।
उक्त अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति पदाधिकारी निर्वाचित गर्ने बताएको छ।
नेपाल शिक्षक संघ बाँकेको ९ औं जिल्ला अधिवेशनलाई नेपालगन्जमा शनिबार सम्बोधन गर्दै उनले भ्रष्टाचारलाई उन्मुलन नभएर नियन्त्रण गर्न मात्र सकिने बताए।
‘रवि लामिछानेले घण्टी बजाउँदैमा भ्रष्टाचार उन्मुलन हुन्छ?’ प्रश्न गर्दै उनले भने ‘कोही पनि प्रधानमन्त्री बनेर भ्रष्टाचारलाई उन्मुलन गर्न सक्दैन, हामीले भ्रष्टाचार नियन्त्रण गर्न प्रयत्न गर्ने हो।’ लोकतन्त्रवादीले प्रतिस्पर्धामा विश्वास गर्नुपर्ने बताउँदै उनले भने, ‘जो सक्षम छ, त्यसको नेतृत्वलाई स्वीकार गर्न सक्नुपर्छ।’सबभन्दा ठुलो कुरा राष्ट्र भएको र देश राम्रो भएपछि मात्रै सबै राम्रो हुने उनको तर्क थियो।
उक्त अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति पदाधिकारी निर्वाचित गर्ने बताएको छ।