उपत्यकासहित देशैभर लोडसेडिङ मुक्त गर्ने घिसिङको योजना
२९ कार्तिक २०७३
•
६ मिनेट पाठ
उपत्यकासहित   देशैभर  लोडसेडिङ मुक्त गर्ने घिसिङको योजना
काठमाडौं–नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले काठमाडौंलाई लोडसेडिङमुक्त बनाउने र विस्तारै काठमाडौं बाहिर पनि सकेसम्म लोडसेडिङ न्यून गर्ने योजना अनुसार प्राधिकरणले काम गरिरहेको बताएका छन्।




सोमबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा कार्यकारी प्रमुख घिसिङले काठमाडौंलाई पूर्ण रुपमा लोडसेडिङ मुक्त बनाउने काम भैरहेको र विस्तारै काठमाडौं बाहिर पनि सकेसम्म थोरै भन्दा थोरै गर्ने योजनाका साथ अहिले काम भैरहेको बताएका हुन्। ‘लोडसेडिङ अन्त्य गर्छु भन्दै भनेर हिँड्ने काम होइन,’ उनले भने, ‘व्यवस्थापन महत्वपूर्ण कुरा हो।’ उनले व्यवस्थापनमा बढी ध्यान दिँदा अहिले तिहार यता काठमाडौंमा लोडसेडिङ नभएको जिकिर गरे।

घिसिङले लोडसेडिङ कम गर्नेबारेमा आफूले एक्लैले काम गरेको जसरी बाहिर चर्चा भएकोप्रति टिप्पणी गर्दै भने, ‘कुलमानले एक्लैले यो काम गर्यो भनेर चर्चा गर्नु न्यायसंगत हुँदैन, यो सत्य होइन।’ उनले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकारको चाहना र उर्जामन्त्री जनार्दन शर्माले जारी गरेको ३७ बुँदे कार्यक्रमलाई स्पेशल फोकस गरेर काम भैरहेको स्पष्ट पारे।

उनले लोडसेडिङ कम हुनुमा व्यवस्थापकीय कार्य नै महत्वपूर्ण भएको भन्दै आगामी हिउँदमा लोडसेडिङ सकेसम्म कम गर्नकालागि अहिलेदेखि नै काम भैरहेको पनि जानकारी दिए। उनले थपे, ‘लाइन सव स्टेशन, ट्रान्समिसनलाई अपग्रेड गर्ने काम भैरहेको छ, आपूर्तिमा पनि हामीले ध्यान दिएका छौं।’  यो दुई महिना लोडसेडिङ मुक्त कसरी गर्ने भन्ने योजनामा आफूहरु रहेको उल्लेख गर्दैै घिसिङले थपे, ‘यो दुई महिना हामी सफल भयौं भने वर्षैभरी लोडसेडिङ मुक्त गर्न सक्छौं।’

प्राविधिक समस्याका कारण कुनै क्षेत्रमा केहीबेर बिजुली आपूर्ति हुन नसके पनि तत्काल समस्या समाधान गरिएको उनले दाबी गरे। उपत्यकामा कुनै फिडरमा माग बढी तर आपूर्ति कम, कुनैमा माग कम तर आपूर्ति बढी रहेकाले त्यसको व्यवस्थापन गर्ने काम पनि प्राधिकरणले जारी राखेको उनको भनाइ थियो।

उनले अहिले काठमाडौं उपत्याका बाहिर देशैभरि पनि बेलुका एक घण्टादेखि डेढ घण्टासम्म मात्रै लोडसेडिङ हुने गरेको बताउँदै भने, ‘लोडसेडिङ कम होस भन्ने हाम्रो चाहना हो।’ उनले अहिले उद्योग तथा कलकारखानाको मागलाई आफूहरुले कटौति गरेको समेत जनाए। उनले भने,‘इण्डष्ट्रिजकालागि हामीले साँझ ५ बजे देखि ८ बजेसम्म काटेका छौं, यो सिफ्ट चेन्ज भन्दा पनि हुन्छ।’

हिउँदमा काठमाडौंको लोडसेडिङ के हुन्छ भनेर पनि प्रश्नहरु आइरहेको उल्लेख गर्दै घिसिङले भने, ‘हामीले अहिले कुलेखानी चलाएको छैन्, मंसिरदेखि बैशाखसम्म ४ घण्टासम्म कुलेखानी चल्न सक्छ, तर हामीलाई जम्मा २ घण्टा चाहिन्छ।’ उनले अहिले कुलेखानी रित्याएको भनेर समेत टिप्पणी भएको बताउँदै थपे,‘कुलेखानी रित्याएको छैन, काठमाडौं उपत्यका बाहिरपनि लोडसेडिङ बढाएका छैनौं।’

अहिले काठमाडौंलाई मात्रै किन लोडसेडिङमुक्त गर्न खोजिएको भन्दै प्रश्नहरु आएकोमा उनले भने, ‘हाम्रो प्रयास हो, यो तीन चार महिना अवस्था अलिक कठिन छ, सकेसम्म नहुने हाम्रो प्रयास हो ।’ उनले लोडसेडिङ अन्त्य भयो भनेर घोषणा गर्ने अवस्था अहिले नभएको स्पष्ट पारे। उनले भने, ‘अहिले सकारात्मक सन्देश के हो भने लोडसेडिङ अन्त्य हुँदैछ छ है भन्ने हो ।’ उनले काठमाडौं कम चुहावट हुने स्थान भएकोले पनि आफुहरुले यसलाई प्राथमिकतामा राखेको बताए ।

उनले व्यवस्थापनमा पनि अप्टिकल म्यानेजमेन्ट, सप्लाई म्यानेजमेन्ट, भौतिक पूर्वाधार, र अपरेशनमा आफूहरुले विशेष ध्यान दिएको जानकारी दिए। उनले भने, ‘अहिले हामीले माग व्यवस्थामा ध्यान दिएका छौं, यतिवेला इनभर्टर चलेका छैनन,डिजेल र जेनेरेटर चलेको छैनन, यसले गर्दा इम्पोर्ट कमी हुन्छ ।’
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
४ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस