नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पद प्राप्तिका लागि अहिलेको गठबन्धन नभत्किने बताएका छन् । उनले अजेण्डा मिल्ने दलहरु एक ठाउँमा उभिएको बताउँदै ती अजेण्डाहरु कार्यान्वयन नहुँदासम्म गठबन्धन नटुट्ने उल्लेख गरे।
‘पद प्राप्तिका कारणले भत्किएको गठबन्धन अब कहिल्यै पदका कारणले नभत्कने गरेर एक ठाउँमा आइपुगेको छ,’ शुक्रबार राष्ट्रपति निर्वाचन लक्षित आठ दलका प्रदेशसभा सदस्यहरुका लागि आयोजित अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति खड्काले भने, ‘संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण, शान्ति प्रक्रियाका बाँकी कामहरु पूरा गर्दै देशलाई समृद्धिको मार्गमा डो¥याउने उद्देश्य पूरा नहुँदासम्म यो गठबन्धन रहन्छ।’
कांग्रेस उपसभापति खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरेपछि मात्रै सरकार गठनको प्रक्रिया अघि बढ्ने बताए। ‘राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन लगत्तै प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुहुन्छ,’ उनले भने, ‘त्यसपछि मात्रै सरकार गठनको प्रक्रिया सुरु गछौं।’
एमालेले संघमा सरकारसँगै प्रधानमन्त्रीलाई दिएको विश्वासको मत फिर्ता लिएपनि प्रदेश सरकार भने कायमै छ। उपसभापति खड्काले राष्ट्रपतिको निर्वाचनसम्म एमालेको निर्णयलाई आफूहरुले कुर्ने बताए । ‘प्रदेश सरकारका सन्दर्भमा राष्ट्रपतिको निर्वाचनसम्म एमालेको निर्णय पर्खिन्छौं,’ उनले भने, ‘त्यसपछिको परिस्थितिलाई आँकलन गरेर गठबन्धन अघि बढ्छ ।’
उपसभापति खड्काले एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएको तल्लोस्तरको विश्वासघात र धोका तथा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदा व्यक्त विचारका कारण नयाँ परिस्थितिको सृजना भएको बताए । ‘पुस १० मा कांग्रेस सभापतिलाई एमाले अध्यक्षले दिनु भएको धोका र संसदमा विश्वासको मत दिँदा असंबैधानिक संसद विघटनलाई संबैधानिक जामा लगाउन खोजेपछि अहिलेको अपरिस्थितिको सृजना भएको हो,’ उनले भने, ‘अव जनतासँग गरेका बाचा र प्रतिवद्धता अनुसार अहिलेको गठबन्धन अगाडि बढ्छ ।’
उनले सभापति देउवालाई एमालेले दिएको धोकाबाट प्रधानमन्त्री प्रचण्डले पाठ सिकेको बताए । ‘बालकोट पुगेपछि एमाले अध्यक्ष ओलीले कांग्रेस सभापतिलाई कसरी धोका दिएका रहेछन् भन्ने कुरा प्रचण्डले थाहा पाउनुभयो,’ उनले भने, ‘त्यहीँ बेलादेखिनै राष्ट्रपति एमालेलाई दिनुहुन्न भन्नेमा उहाँ सहमत हुनुहुन्थ्यो ।’
राष्ट्रपति निर्वाचन अभियान परिचालन एवम् संयोजन समितिका संयोजकसमेत रहेका खड्काले आठ दलका साझा उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुने बताए । ‘हामीलाई संविधानको रक्षा गर्ने, लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्ने अभिभावक चाहिएको हो,’ उनले भने, ‘यसका लागि आठ दलको तर्फबाट साझा उम्मेदवार पौडेल उपयुक्त पात्र हुनुहुन्छ ।’
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवम् राष्ट्रपति निर्वाचन अभियान परिचालन एवम् संयोजन समितिका सदस्य शक्तिबहादुर बस्नेतले केही समयका लागि राजनीति ट्र्याक बाहिर गएपनि फेरि पुरानै अवस्थामा फर्किएको बताए ।
‘लोकतन्त्र र संविधानको रक्षाका लागि, राजनीतिक स्थिरताका लागि, परिवर्तनका मूल्य र मान्यताहरुको रक्षाका लागि हामीले गठबन्धन बनाएका थियौं, सोही अनुसार तीन वटै तहको निर्वाचनमा गठबन्धन गरेर जनतासँग मत माग्यौं,’ उनले भने, ‘उक्त गठबन्धन केही समयका लागि ट्र्याक बाहिर गएपनि अहिले पुरानै अवस्थामा फर्किसकेको छ ।’
उपमहासचिव बस्नेतले राष्ट्रपतिको निर्वाचनसम्म पुग्दा आठ दलसँग अरु दलहरु पनि सहभागी हुने बताए । ‘संविधानको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गर्न चाहने राजनीतिक दलहरु राष्ट्रपतिको निर्वाचनसम्म एक ठाउँमा उभिने वातावरण बनेको छ,’ उनले भने, ‘अहिले आठ दल छौं, फागुन २५ सम्म १०–११ दलहरु साझा उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा उभिन्छन् ।’
उनले संघीयताको महशुस गर्नका लागि काठमाडौंमा बसेर नहुने बताए । ‘संघीयता बुझ्नका लागि कर्णाली, सुदूरपश्चिम र मधेशमा जानुपर्छ,’ उनले भने, ‘काठमाडौंमा बसेर संघीयताको अनुभूति गर्न सकिँदैन् ।’
उपमहासचिव बस्नेतले एमालेले आफूले गरेको संविधान विघटनलाई सही सावित गर्न खोजिरहेको बताए । ‘संविधानको विघटनलाई सही सावित गर्नका लागि एमालेलगायतका केही राजनीतिक दलहरु लागिरहेका छन्,’ उनले भने, ‘त्यसलाई रोक्नका लागि पनि आठ दलीय मोर्चाका साझा उम्मेदवारहरुलाई विजयी गराउन आवश्यक छ ।’
उनले अहिलेको व्यवस्थालाई घोषितरुपमै अस्वीकार गर्नेहरुसँग एमालेले सामिप्यता र मोर्चाबन्दी गरिरहेको बताए । ‘जो अहिलेको व्यवस्थालाई घोषितरुपमा अस्वीकार गरिरहेका छन्, उनैसँग एमालेले सामिप्यता र मोर्चाबन्दी गरेर बाँकी राजनीतिक दलहरुलाई किनारा गर्ने कोशिश गरिरहेको छ,’ उनले भने, ‘त्यसका विरुद्ध एकजुट हुन आवश्यक छ ।’
उनले संसद विघटन गर्ने बेला जे चुनौतिहरु थिए ती चुनौतिहरु अहिले पनि विद्यमान रहेको बताए । एकीकृत समाजवादीका केन्द्रीय सदस्य केदार कँडेलले प्राप्त उपलब्धीहरुको रक्षा गर्दै अघि बढ्नका लागि गठबन्धनमा इमान्दारिताका साथ आफ्नो पार्टी सक्रिय रहेको बताए । उनले संविधान र लोकतन्त्र मास्नेलाई नभएर त्यसैको संरक्षण गर्नेलाई भोट दिनुपर्ने बताए ।