प्रदेश १ को नाम 'कोशी प्रदेश' पारित
१७ फागुन २०७९
•
२ मिनेट पाठ
प्रदेश १ को नाम 'कोशी प्रदेश' पारित
प्रदेश १ को प्रदेशसभाले प्रदेश १ को नाम कोशी प्रदेश पारित गरेको छ।




बुधबार बसेको प्रदेशसभाको दोस्रो बैठकले प्रदेश १ को नाम कोशी प्रदेश राखियोस् भनी एमालेका सांसद रामबहादुर मगरले राखेको प्रस्ताव दुई तिहाइ बढी बहुमतले पारित गरेको हो।

बुधबार राती प्रदेशसभामा भएको मतदानमा कोशी प्रदेशको पक्षमा ८२ र विपक्षमा ४ मत परेको थियो। मतदानमा ८६ जना सांसद सहभागी भएका थिए। कोशी प्रदेशको पक्षमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादीका सांसदहरूले मतदान गरेका थिए । प्रदेश सभाका सभामुख बाबुराम गौतमले मतदानमा ८६ जना सांसद सहभागी भएको जसमा ८२ जनाले प्रस्तावको पक्षमा र ४ जनाले विपक्षमा मतदान गरेको जानकारी दिए।

प्रदेश १ को नामाकरण कोशी प्रदेश गर्ने विषयमा पूर्व मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका संसदीयदलका नेता राजेन्द्र राईले संशोधनको प्रस्ताव राखेका थिए। राईले किराँत, लिम्बुवान, सगरमाथा प्रदेश नाम राख्न प्रस्ताव गरेका थिए। तर, राईको प्रस्तावलाई प्रदेशसभाको बहुमतले अस्वीकृत गरेको थियो। संशोधनको प्रस्ताव अस्वीकृत भए पछि कोश प्रदेश नामाकरणको प्रस्तावमाथि मतदानको प्रक्रिया सुरु भएको थियो।

बुधबारको बैठकमा एमालेका ४०, कांग्रेसका २७, माओवादीका ११, राप्रपाका ५, एकीकृत समाजवादीका ४ र जसपाका एक  जना सांसद बैठकमा सहभागी भएका थिए। कांग्रेसका २ र नेकपा माओवादी केन्द्रका एक जना सांसद अनुपस्थित भएका थिए। यसअघि प्रदेश १ को नामाकारणको विषयमा भएको छलफलमा नेपाली कांग्रेसका सांसदहरू विनोद राईले पहिचानका आधारमा नामाकारण गर्न आग्रह गरेका थिए।

उनीहरूले कोशीसँगै किराँत पनि जोडिनु पर्ने धारणा राखेका थिए। अर्का सांसद शमशेर राईले पनि पहिचानलाई समेटेर नामाकरण गर्नुपर्ने बताएका थिए। कोशी नाम राख्दा किरात सभ्यता मासिन्न भन्ने एमाले सांसदको भनाइको जवाफ दिँदै राईले किराँत राख्दा चाहिँ कोशी नदी सुक्छ त ? भन्ने प्रश्न गरेका थिए। कोशी प्रदेश नामाकरणको विषयमा प्रदेशसभा भित्र मतदान भइरहँदा जसपाकी सांसद तथा प्रदेश १ की स्वास्थ्य मन्त्री निर्मला लिम्बु भने प्रदेशसभा बाहिरै थिइन्। ढिलोगरी पुगेकी लिम्बु प्रदेशसभा बैठकमा प्रवेश गर्न खोजेपछि उनलाई मर्यादा पालकहरूले रोकेका थिए।

यस अघि प्रदेशसभाको नामाकरणको विषयमा प्रदेशसभामा छलफल हुँदा मन्त्री लिम्बुले पहिचानका आधारमा नामाकरण नभएको भन्दै रोष्टममै रुवावासी गरेकी थिइन्। यस्तै राप्रपाकी सांसद सविना बजगाईँ पनि प्रदेशसभामा ढीलोगरी पुगेका कारण प्रदेशको नामाकरणको विषयमा भएको मतदानमा भाग लिन पाइनन्। 

प्रदेश १ को नामाकरणको विषयमा प्रदेशसभामा दुई वटा प्रस्ताव परेका थिए। नेकपा एकिकृतका सांसद राजेन्द्र राईले राखेको किरात, लिम्बुवान, सगरमाथाको प्रस्ताव प्रदेशसभा बैठकले छलफलकै लागि अस्वीकृत गरेको थियो।
अर्को समाचार
कोशीमा पहिचानवादीसँग वार्ता गर्न समिति गठन
०६ माघ २०८०
•
२ मिनेट पाठ
कोशीमा पहिचानवादीसँग वार्ता गर्न समिति गठन
पुनः नामाकरणको माग गर्दै पहिचान पक्षधरहरुको प्रदर्शन गर्दै। फाइल तस्बिर: नागरिक
कोशी प्रदेश सरकारले आन्दोलनरत पहिचान पक्षधरसँग वार्ता गर्न समिति गठन गरेको छ।




शनिबारको मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुको नेतृत्वमा वार्ता समिति गठन गरेको हो।

वार्ता समिति सदस्यमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल रहने निर्णय भएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री शम्शेर राईले जानकारी दिए।

प्रदेशसभा बैठकले २०७९ फागुन १७ गते प्रदेशको नाम कोशी पारित गरेको थियो। प्रदेशसभाले कोशी नाम पारित गरेसँगै पहिचान पक्षधरले प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समिति गठन गरी आन्दोलन गर्दै आएका छन्।

वार्ता समिति संयोजक मन्त्री जबेगुले तत्काल समितिको बैठक बसेर निर्णय गरी आन्दोलनरत पक्षलाई पत्राचार गरेर वार्ता प्रक्रिया अघि बढाउने बताएका छन्।

मुख्यमन्त्री केदार कार्कीले पहिचान पक्षधरको माग र मुद्दा सम्बोधनका लागि पहिचान कायम गर्न खुवालुङ, तुवाचुङ, फाल्गुनन्द, आत्मानन्द क्षेत्रको विकासका साथै फाल्गुनन्द भाषा संस्कृति संरक्षण प्रतिष्ठान गठन गर्ने चालू आर्थिक वर्षको बजेटमा व्यवस्था गरेका थिए। 

किरात सभ्यतालाई शीरमा राखेर आदिवासी जनजातिको पहिचान कायम गर्दै माग र मुद्दा सम्बोधनका लागि आन्दोलनरत पक्षसँग वार्ता गर्न समिति गठन गरेको मुख्यमन्त्री कार्कीले बताए।

शनिबारको प्रदेशसभा बैठकले प्रदेश आयोजना बैंक व्यवस्थापन कार्यविधि पहिलो संशोधन स्वीकृत गर्ने, केही प्रदेश ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० सिफारिस गर्ने, प्रदेश सांसद विनोद वान्तबा राईको कूटनीतिक राहदानीका लागि सिफारिस गर्ने र १० वर्षमुनिका बालबालिकाहरूको निःशुल्क उपचारका लागि कोशी प्रदेश बालबालिका संरक्षण नियमावली स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता तथा मन्त्री राईले बताए।

यस अघि हिक्मतकुमार कार्की नेतृत्वको सरकारले पनि वार्ता समिति गठन गरेर वार्ता थालेको थियो। पहिलोचरणको वार्ता पछि पुनः सरकार र पहिचान पक्षधरबिच वार्ता हुन सकेको थिएन।

कोशी प्रदेशसभा सरकार गठन र विघटनको लामो रस्साकस्सी पछि संविधानको धारा १६८ को उपचारा ५ अनुसार गठन भएको हालको सरकारले पुनः वार्ता समिति गठन गरेर वार्ता प्रक्रिया अघि बढाउने तयारी गरेको हाे। 

तत्कालीन हिक्मतकुमार कार्की नेतृत्वको सरकारले वार्ता समिति गठन गरेपछि राजधानी विराटनगर केन्द्रित आन्दोलन गर्दै आएका पहिचान पक्षधरले आन्दोलनको स्वरुप बदलेर प्रदेशका विभिन्न जिल्लामा आन्दोलन गर्दै आएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस