स्याङ्जा–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधि विधान र मूल्य मान्यताको राजनीतिमा केन्द्रित हुन नसकेको बताएका छन्। शनिबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर तीन नम्बरले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले मूल्य मान्यताको राजनीति हुन नसकेको भन्दै पार्टीको अस्तित्व संकटमा पर्ने चेतावनी दिए।
उनले पार्टीलाई जसरी पनि कब्जा गर्ने बाहुबलको प्रयोग हुन थालेको भन्दै समय मै सचेत हुन नेतृत्वलाई आग्रह गरे। पार्टीभित्र बढेको बेथितिका विरुद्ध आगामी कात्तिक ४ गतेदेखि सुरु हुने केन्द्रीय कार्यसमितिको बैठकमा कुरा उठाउने बताए। केन्द्रीय समिति बैठकमा वर्तमान राजनीति गतिरोध अन्त्य गर्न अपनाउनु पर्ने रणनीति, सरकारमा पार्टीको भूमिका तथा मधेस समस्या समाधानका विषयमा छलफल हुने बताए।
उनले कांग्रेस नेतृत्वमा संविधान जारी भएको उल्लेख गर्दै कांग्रेस नेतृत्वमै संविधान कार्यान्वयन हुनुपर्ने बताए। उनले ठूलो दलको हैसियतले असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउन कांग्रेसले पहल गर्नुपर्नेसमेत बताए। उनले सबै दल आफ्नो अडानबाट पछि हटी मधेसको समस्या समाधान गर्नुपर्ने भन्दै मधेस समस्या समाधान गरी संविधान कार्यान्वयन गर्न सबै दल एक ठाउँमा आउनुपर्ने उनको भनाइ थियो।