नेपाली कांग्रेसका उप-सभापति पूर्णबहादुर खड्काले खेलकुदको विकासका लागि जनप्रतिनिधिहरूको ध्यान नपुगेको बताएका छन्।
उनले कर्णालीमा हुने १० औँ राष्ट्रिय खेलकुद प्रतियोगीताका लागि खेलकुद पूर्वाधार कम भएको बताउँदै पूर्वाधार र खेलाडी उत्पादनमा ध्यान दिनुपर्ने बताए।
‘कर्णालीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्दै गर्दा पूर्वाधार निर्माण र खेलाडी उत्पादनमा सबै तहका जनप्रतिनिधिहरूको ध्यान जानु आवश्यक देखिन्छ,’ आइतबार लेकवेशीको दशरथपुरमा १० औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगीताको उद्घाटन गर्दै उपसभापति खड्काले भने, ‘अहिलेकै पूर्वाधार र जनशक्तिले ठुला खेलकुद प्रतियोगिता गर्न समस्या हुन्छ।’
उनले वीरेन्द्रनगरमा बन्दै गरेको कर्णाली रङ्गशालाले मात्रै खेलकुदका सबै गतिविधिहरू गर्न सम्भव नहुने भन्दै अन्य क्षेत्र र जिल्लाहरूमा पनि पूर्वाधार निर्माणमा ध्यान दिन आवश्यक रहेको बताए।
प्रतिनिधिसभा सदस्यसमेत रहेका खड्काले निर्वाचनका बेला मतदातासँग गरिएका वाचा पाँच वर्षमा पूरा गर्ने प्रतिबद्धता पनि जनाए।
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले खेलकुदको विकासका लागि प्रदेश सरकार लागिरहेको बताए। ‘प्रदेशले आफ्नै खर्चमा प्रदेश गौरवको रङ्गशाला निर्माण गरिरहेको छ, त्यो समय अगावै निर्माण सम्पन्न हुँदैछ,’ उनले भने, ‘अरू जिल्लाहरूमा पनि खेलकुदका पूर्वाधार निर्माणमा हामीले अध्ययन गरिरहेका छौँ।’
कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगीतामा पदक प्राप्त गर्ने कर्णालीका खेलाडीहरूलाई प्रोत्साहनका नगद पुरस्कारको व्यवस्था गरिएको जानकारी दिए।

‘यसका लागि स्थानीय, प्रदेश र संघका जनप्रतिनिधिहरूको पनि विशेष चासो र चिन्ता हुन आवश्यक छ,’ उनले भने, ‘पूर्वाधार भएपछि मात्रै कर्णालीमा प्रतिभावान खेलाडीहरू उत्पादन गर्न सकिन्छ।’उनले मानव जीवनका लागि खेलकुद महत्त्व हुने बताए। ‘खेलकुदले जीवनलाई सार्थक र सकारात्मक दिशामा लिएर जान्छ,’ उनले भने, ‘खेलकुदको विकास र विस्तारमा हामी सबैको ध्यान जान जरुरी छ।’
प्रतिनिधिसभा सदस्यसमेत रहेका खड्काले निर्वाचनका बेला मतदातासँग गरिएका वाचा पाँच वर्षमा पूरा गर्ने प्रतिबद्धता पनि जनाए।
‘निर्वाचनका बेला हामीले मतदाताहरूलाई जुनजुन बाचा गरेका थियौँ, ती सबै बाचाहरू पाँच वर्षभित्र पूरा गछौं,’ उनले भने, ‘केही सुरु गरिसक्यौँ, केही सुरु हुँदैछन्।’खड्काले पाँच वर्ष भरी दशरथपुर र रामघाटलाई जोड्ने गरेर भेरी नदीमाथि मोटरेवल पुल निर्माण सम्पन्न हुने जानकारी पनि दिए। ‘पुलको ठेक्का भएर परीक्षणको काम भइरहेको छ,’ उनले भने, ‘केही महिनाभित्रै निर्माण कार्य सुरु हुन्छ।’
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले खेलकुदको विकासका लागि प्रदेश सरकार लागिरहेको बताए। ‘प्रदेशले आफ्नै खर्चमा प्रदेश गौरवको रङ्गशाला निर्माण गरिरहेको छ, त्यो समय अगावै निर्माण सम्पन्न हुँदैछ,’ उनले भने, ‘अरू जिल्लाहरूमा पनि खेलकुदका पूर्वाधार निर्माणमा हामीले अध्ययन गरिरहेका छौँ।’
कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगीतामा पदक प्राप्त गर्ने कर्णालीका खेलाडीहरूलाई प्रोत्साहनका नगद पुरस्कारको व्यवस्था गरिएको जानकारी दिए।
‘उक्त पुरस्कार केही समयमै वितरणको तयारी भइरहेको छ,’ उनले भने, ‘पुरस्कारले खेलकुदका क्षेत्रमा युवाहरूलाई अग्रसर हुन प्रेरणा प्रदान गर्छ।’