प्रधानमन्त्रीलाई मोर्चाको प्रश्न–गोलमाल त गर्दै हुनुहुन्न?
१२ असोज २०७३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीलाई मोर्चाको प्रश्न–गोलमाल त गर्दै हुनुहुन्न?
सद्भावना अध्यक्ष राजेन्द्र महताे।
काठमाडौं–सरकारलाई बाहिरै बसेर समर्थन गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफूहरुसँग भएको तीन बुँदे सम्झौताका विषयमा सचेत गराएको छ। सरकार गठनताका मोर्चासँग भएको तीन बुँदे सहमति अनुसार प्रधानमन्त्रीले काम नगरेको भन्दै मोर्चाले सरकारलाई समर्थन गर्नु अघि मोर्चा आन्दोलनमा रहेको भन्दै जानकारी गराएको हो। ‘अहिले पनि हामी आन्दोलनको मोर्चामा छौं,’ सद्भावना अध्यक्ष एवं मोर्चाका नेता राजेन्द्र महतोले भने,‘वर्तमान सरकारलाई समर्थन  दिएपछि आन्दोलनको स्वरुप परिवर्तन भएको हो।’




प्रधानमन्त्रीले तीन दलबीच  स्थानीय तह पुर्नसंरचनाकालागि हाल कायम इलाकालाई आधार बनाउने सहमति अन्तिम नभएको बताएका थिए।

मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल र मधेसी मोर्चाबीच भएको छलफलमा मोर्चाका नेताहरुले प्रधानमन्त्रीलाई तीन बुँदे सहमति अनुसार संविधान संशोधनको प्रस्ताव कहिले दर्ता हुन्छ?, मधेस आन्दोलनमा पक्राउ परेकाको मुद्दा फिर्ता कहिले हुन्छ?, प्रदेशको सीमाकंन नटुंग्याइ स्थानीय निकायको चुनाव कसरी हुन्छ भनेर प्रश्न गरेको  महतोले जानकारी दिए।

प्रमुख तीन दलबीच पुरालै इलाकालाई आधार मानेर स्थानीय तहको पुनसंरचना गर्ने सहमतिप्रति मोर्चाले कडा आपत्ति जनाएको छ। मोर्चाले तीन दलबीच भएको सहमति अनुसार स्थानीय तहको पुनसंरचना भए ५१ प्रतिशत जनसंख्या रहेको तराईमा ३ सय स्थानीय तह हुने र पहाडमा ६ सयभन्दा बढी स्थानीय निकाय हुने भन्दै आपत्ति जनाएको हो।

प्रधानमन्त्रीमा दाहाल निर्वाचित भएको दुई महिना पुग्न लाग्दासमेत मोर्चासँग भएको तीन बुँदे सहमति अनुसार काम नभएको भन्दै मोर्चाका शीर्ष नेताहरु मंगलबार बालुवाटार पुगेका थिए। कडा रुपमा प्रस्तुत भएका मोर्चाका नेताको कुरा सुनिसकेपछि प्रधानमन्त्रीले मोर्चालाई आश्वस्त पार्दै सकेसम्म दशैं अगाडि नै संविधान संशोधन विधेयक संसदमा दर्ता गराउने आश्वासन दिएका छन्। ‘तपाईंहरु ढुक्क हुनुहोस् कसेसम्म दशैं अगाडि नै संविधान संशोधन विधेयक संसदमा दर्ता हुन्छ,’ मोर्चासँगको छलफलमा प्रधानमन्त्रीले भने,‘त्यसकालागि सरकारले गृहकार्य गरिरहेको छ।

अब तपाईंहरुसँग पनि छलफल गरेर संशोधन विधेयक दर्ता हुन्छ।’ मोर्चाले अहिलेसम्म किन संविधान संशोधन प्रस्ताव दर्ता नगराएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो। ‘हामीले मुख्य गरी तीन बुँदामा प्रधानमन्त्रीको जवाफ मागेका थियौं,’ सद्भावना अध्यक्ष महतोले नागरिकन्युजसँग भने,‘ती सबै विषय चाँडै कार्यान्वयन हुने आश्वासन प्रधानमन्त्रीले दिनु भएको छ।’ मोर्चाले संविधान संशोधन, मधेस आन्दोलनका क्रममा पक्राउ परेको मुद्दा फिर्ता, र स्थानीय निकाय पुर्नसंरचना आयोगको काम रोक्न प्रधानमन्त्रीलाई आग्रह गरेको थियो।

मोर्चाका नेता महतोले प्रदेशको सीमाकंन नटुंग्याइ स्थानीय तहको पर्नसंरचना हुन नसक्ने भन्दै पहिला प्रदेशको सीमाकंन टुंग्यायनुपर्ने, स्थानीय तहलाई प्रदेश मातहत ल्याउनेपर्ने माग गरेका छन्।

जवाफमा प्रधानमन्त्रीले मधेस आन्दोलनका क्रममा पक्राउ परेका सबैलाई अबिलम्ब रिहा गरिने बताएको महतोले जानकारी  दिए। मोर्चाले सरकारलाई बुझाएको पक्राउ परेकाको सूचिमा कैलाली घटनाका मुख्य अभियुक्त मानिएका रेशम चौधरीको पनि नाम समावेश छ। ती सबैको मुद्दा फिर्ता लिने प्रक्रिया चाँडै सुरु गरिने प्रधानमन्त्रीले मोर्चालाई आश्वासन दिएका छन्। यसअघि भारतको चार दिने राजकीय भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले चौधरीलाई दिल्लीमा भेट गरेको सार्वजनिक भएको थियो।

प्रधानमन्त्रीले तीन दलबीच  स्थानीय तह पुर्नसंरचनाकालागि हाल कायम इलाकालाई आधार बनाउने सहमति अन्तिम नभएको बताएको स्रोतले बताएको छ। ‘यसअघि पनि स्थानीय तह पुर्नसंरचनाका विषयमा विभिन्न आधारमा छलफल भएका थिए,’ बैठकमा दाहालले भनेका थिए,‘अहिले फेरि इलाकालाई आधार मानेर पुर्नसंरचना गर्ने विषयमा छलफल भएको हो। यो कुनै सहमति होइन।’

तर, मंगलबार नै बसेको मन्त्रिपरिषद बैठकले प्रमुख तीन दलबीचको सहमति अनुसार स्थानीय तह पुर्नसंरचनाका लागि हाल कायम इलाकालाई आधार बनाउने निर्णय गरेको थियो। मन्त्रिपरिषद बैठकले जिल्ला विकास समितिअन्तर्गत विद्यमान इलाकालाई मापदण्ड मानी गाउँपालिकाको संख्या तय गर्न स्थानीय तह पुर्नसंरचना आयोगलाई निर्देशन दिने निर्णय गरेको थियो।

मधेसी मोर्चाले भने सो निर्णय कुनै पनि हालतमा मान्न नसकिने जनाएको छ। मोर्चाका नेता महतोले प्रदेशको सीमाकंन नटुंग्याइ स्थानीय तहको पर्नसंरचना हुन नसक्ने भन्दै पहिला प्रदेशको सीमाकंन टुंग्यायनुपर्ने, स्थानीय तहलाई प्रदेश मातहत ल्याउनेपर्ने माग गरेका छन्।

प्रधानमन्त्रीसँगको छलफलमा मोर्चाले कुराले मात्र नहुने भन्दै काममा देखाउन आग्रह गरेको थियो। ‘संविधान संशोधनलगायतका मधेसी तथा जनजातिका मुद्दा सम्बोधन भएन भने वर्तमान सरकारको औचित्य पुष्टि हुन सक्दैन,’ महतोले भने,‘अब हामी धेरै दिन पर्खन सक्दैनौं। कुरा होइन काममा देखिनुपर्छ।’
अर्को समाचार
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
८ मिनेट अघि
•
१ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र नेकपा मसालसँग दुईबुँदे प्रस्ताव अघि सारिएको बताएका छन्।




काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले मुलुकमा देखिएको राजनीतिक संकट समाधानका लागि शान्ति सम्झौता र संविधानसभाका सहयात्री शक्तिहरूसँग पनि संयुक्त मोर्चा निर्माण गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए।

शान्ति, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र राष्ट्रिय एकताका पक्षधर शक्तिहरूसँग सहकार्य गर्न सकारात्मक तथा रचनात्मक संवाद अघि बढाइएको उनको भनाइ छ।

देशभरबाट सामूहिक पहल गर्न सके त्यस्ता शक्तिबीच पनि एउटा मोर्चा निर्माण गर्न सकिने प्रचण्डले बताए।

नेपालका सबै कम्युनिष्ट शक्तिबीच एकताको प्रयास जारी रहेको उल्लेख गर्दै उनले साना तथा ठूला सबै कम्युनिष्ट समूहलाई एकताबद्ध गर्ने अभियानलाई अझै तीव्र बनाउने बताए।

‘कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने प्रक्रिया चलिरहेको छ। हामीले अहिले पनि यति भए पुग्यो भन्ने छैन। अझै पनि नेपालका साना, ठूला कम्युनिष्ट समूहहरूलाई एकताको झण्डामुनि ल्याउने हाम्रो कसरत जारी छ,’ प्रचण्डले भने।

विगतमा वामपन्थी जनमतलाई एक ठाउँमा ल्याएर समाजवादको आधार तयार गर्ने उद्देश्यसहित एकताको प्रयास गरिए पनि त्यसलाई टिकाउन नसकिएको उनको भनाइ छ। यद्यपि, एकपटक असफल हुँदैमा एकताको प्रयास छाड्न नहुने दाहालले बताए।
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
यो पनि पढौँ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस