शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका लागि सडक खाली गराउने क्रममा राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथ सिंहको टाउकामा प्रहरीको डन्डा बज्रियो। त्यसले सिर्जना गरेको तरंग शनिबार दिउँसोभरि चलिरह्यो। घटनापछि नेपाल चिकित्सक संघलगायत विभिन्न संघसंस्था आन्दोलित बनेका छन्। चिकित्सक संघले शनिबार विज्ञप्ति नै जारी गरी डा. सिंहलगायत अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि प्रहरीले लाठीचार्ज गरेर घाइते बनाएको भन्दै त्यसको विरोधमा आइतबार देशभरका सरकारी तथा गैरसरकारी अस्पतालहरूमा आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवा बन्द गर्ने जनाएको छ।
संघले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमाथि भिभिआइपीको सुरक्षाका नाममा सांघातिक आक्रमण गर्नु र हजारौंको संख्यामा सेवा लिन आइरहेका बिरामीलाई समेत अस्पतालमा पुग्न नदिएर अलपत्र पार्नु दुःखद भएको विज्ञप्तिमा उल्लेख गरेको छ।
‘लोकतान्त्रिक गणतन्त्रमा नागरिकलाई सास्ती दिने, सवारीका नाममा अस्वाभाविक सुरक्षाको प्रबन्ध मिलाउने भन्दै घन्टौं जाम गरेर दैनिक जीवनयापनमा अत्यन्तै असहज परिस्थितिको सिर्जना गर्नु न्यायोचित छैन,’ विज्ञप्तिमा उल्लेख छ। उता डा. सिंहमाथि डन्डा प्रहार गर्ने प्रहरी हवल्दार शम्भुजंग गुरुङ निलम्बनमा परेका छन्। थप अनुसन्धान गर्ने प्रक्रियाका लागि उनलाई निलम्बन गरिएको नेपाल प्रहरीले जनाएको छ।
घटनाको तरंग यतिमै सीमित छैन। यसले नेपाली राजनीतिक वृत्तमा समेत गरमागरम बहस सिर्जना गरेको छ। राष्ट्रपति भण्डारीका आलोचकहरूले ‘गणतन्त्रकी महारानी’को सवारी भनेर उनको उछित्तो काढिरहेका छन् भने समर्थकहरू बचाउमा उत्रिएका छन्। यसैबीच राज्यले अख्तियार गरेको ‘भिभिआइपी’को सुरक्षा र सवारीसम्बन्धी व्यवस्थामा कमजोरी रहेको औंल्याएर त्यसमा सुधार गर्न अर्को छलफल चलिरहेको छ।
भिभिआइपीको सवारीमा सधैंको सास्ती
संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्न शुक्रबार राष्ट्रपति भण्डारी निस्किएकी थिइन्। यसरी राष्ट्रपति राजकीय सवारीमा निस्कँदा सुरक्षाकर्मीले विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ अनुसारको मापदण्ड अपनाएर सडक खाली गराएको थियो। जसका कारण राजधानीका सडकमा घन्टौं जाम भएको थियो। यसरी सडक खाली गराउने क्रममा नै ट्रमा सेन्टरमा उक्त घटना घटेको थियो।
राजधानीका सडकमा भिभिआइपीहरूको सवारी निस्कँदा सधैं यस्तै किसिमको जाम हुने गर्छ। विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन कार्यविधिअनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सोही ओहोदाका विदेशी पाहुना र आवश्यकताअनुसारका अन्य पाहुनाको आधिकारिक राजकीय सवारीका क्रममा सुरक्षाकर्मीहरूले सडक खाली गराउनुपर्ने मापदण्ड छ। सोही मापदण्डको पालना गर्दा राजधानीका सडकमा घन्टौं जाम हुन्छ। जसले गर्दा यात्रुहरूको दैनिकी नै अस्तव्यस्त हुँदै आएको छ। सुरक्षाकर्मीले सडक खाली गराउँदा एम्बुलेन्स, शववाहन, बारुणयन्त्र, अस्पताल तथा अन्य अत्यावश्यक संघसंस्था र निकायका सवारीसाधनलाई समेत स्थान दिने नगरेको पाइन्छ। यही कारण विशिष्ट व्यक्तिका भ्रमण आलोचित हुने गरेका छन्।
सुरक्षकर्मीले ‘रिस्क’ लिन नचाहने भएका कारण यस्ता समस्या र आलोचना भइरहेको पूर्वप्रहरी नायब उपरीक्षक (डिआइजी) केशव अधिकारी बताउँछन्। उनले भने, ‘राज्यको नीति अव्यावहारिक छ। व्यावहारिकता हेरेर काम गर्न खोजे राजनीतिक नेतृत्वले सधैं साथ नदिन सक्छ। त्यसैले सुरक्षा संयन्त्र रिस्क लिन चाहन्न। बरु एक–डेढ घन्टा जाम नै किन नहोस्।’ राजधानीको सडक पूर्वाधार राजकीय सवारीका बेला ट्राफिक जामको स्थितिलाई सहज बनाउन उपयुक्त नरहेको पूर्वडिआइजी अधिकारी बताउँछन्। ‘हाम्रा सडकहरू राणाकालीन १२ बग्गी हिँडाउन बनेका हुन्। त्यो स्तरभन्दा धेरै माथि उठेका छैनन्। यही सडकमा १८/१९ लाख सवारी हिँड्छन्। यस्तो अवस्थामा कहीँकतै १० मिनेट मात्रै सवारी रोके दिनभर पुरै राजधानी अस्तव्यस्त हुन्छ,’ उनले थपे।
तत्कालका लागि सुरक्षाकर्मीले नै केही व्यावहारिक, वैकल्पिक अभ्यास र भिभिआइपीको सुरक्षा चुनौतीको विश्लेषण गरेर सहज यात्रा गराएर समस्यालाई सहज गर्न सकिने पूर्वडिआइजी अधिकारीको सुझाव छ। यसका लागि भिभिआइपीको सवारी हुने रुटबारे २/३ दिनअगावै सूचना दिने, सवारी हुने क्षेत्रमा एकतर्फी सडक खुला गर्ने, सुरक्षा चुनौती नभएका विशिष्टको यति मापदण्ड बाध्यकारी बनाउनुनपर्ने उनको तर्क छ। ‘बाह्य पाहुनाका हकमा ठिकै होला। आफ्नै देशभित्रका विशिष्टको हकमा आन्तरिक भ्रमण हुँदा त केही सहज पनि गर्न सकिन्छ,’ उनले भने।
नेपाल प्रहरीका प्रवक्ता डिआइजी पोखरेलका अनुसार प्रहरीले विशिष्ट व्यक्तिको सवारीका क्रममा केही व्यावहारिक पक्ष अवलम्बन गर्ने गरेको दाबी गरे। उनले भने, ‘प्रधानमन्त्रीज्यूको सवारीमा त लगभग हामीले यस्तो मापदण्ड पालन गर्न छाडिसकेकै अवस्था छ। राष्ट्रपतिज्यूको सवारीमा पनि एकतर्फी चल्न दिएका छौं।’
कार्यविधि संशोधन गर्नुपर्ने आवाज
राष्ट्रपति भण्डारीको सवारीमा सिर्जना भएको तनावपछि भिभिआइपी सवारीलाई व्यवस्थित बनाउन र सर्वसाधारणले भोग्नुपर्ने सडक सास्तीलाई दिगो रूपमा समाधान गर्न विभिन्न खाले आवाजहरू उठेका छन्। राष्ट्रपति भण्डारी केन्द्रित आलोचना हुन थालेपछि नेकपा एमालेका प्रचार विभागका उपप्रमुख विष्णु रिजालले यो समस्या राष्ट्रपतिभन्दा राज्यको प्रोटोकलले सिर्जना गरेको तर्क गरेका छन्।
फेसबुकमा रिजालले लेखेका छन्, ‘शान्ति–सुरक्षा, प्रोटोकलजस्ता विषय बिल्कुल सरकारले निर्धारण गर्छ, गृह मन्त्रालय तालुक मन्त्रालय हो। यसमा राष्ट्रपतिको अशिष्ट र व्यक्तिगत आलोचना होइन, सुधारका लागि सरकारलाई दबाब दिनुपर्छ।’ उनले धारणामा विशिष्ट व्यक्ति सुरक्षा व्यवस्थापन कार्यविधि नै संशोधन गर्नुपर्ने आशय छ।
यस्तै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रपतिको सवारीसम्बन्धी तामझामवाला शैली र परम्परा बदल्नुपर्ने बताएका छन्। ‘राष्ट्रपति एउटा व्यक्ति नभई संस्था हो। यो संस्थाप्रति नागरिकको धारणा नकारात्मक हुँदै गएको छ,’ उनले फेसबुकमा लेखेका छन्, ‘यसको एउटा कारण तामझामवाला शैली हो। संस्थालाई सम्मानित र मर्यादित बनाउन नागरिकलाई दुःख दिने यो परम्परा र शैली बदलौं।’ यसका लागि विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ लगायत यस्ता विधि र प्रोटोकल बदल्नुपर्ने उनको प्रस्ताव छ।