कानुनमा एकरूपता ल्याउन सरकारलाई सुझाव
१७ माघ २०७९
•
२ मिनेट पाठ
कानुनमा एकरूपता ल्याउन सरकारलाई सुझाव
सरकारको कानुनी प्रतिरक्षासहित सल्लाहकारका रूपमा रहेको महान्यायाधिवक्ता कार्यालयले कानुनमा एकै किसिमको कसुरमा पनि फरकफरक सजायको व्यवस्था भएकाले एकरूपता ल्याउन सरकारलाई सुझाव दिएको छ। महान्यायाधिवक्ताको कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई वार्षिक प्रतिवेदन बुझाउँदै सरकारलाई सुझाव दिएको हो।  




महान्यायाधिवक्ता दिनमणि पोखरेलले शीतलनिवास पुगेर सोमबार वर्षभरि देशभरका सरकारी वकिल कार्यालयबाट भएका मुद्दा दर्ता, मुद्दा प्रतिरक्षा, समस्या, सुझावलगायत विषय समेटिएको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाएका हुन्।  

महान्यायाधिवक्ता कार्यालयबाट गरिएको अभियोजन परीक्षण र अध्ययन कार्य सम्पादनमा देखिएका समस्या चुनौती रहेको उल्लेख गरिएको छ। मुलुकी अपराध संहिता २०७४ ले कसुर मानेका कतिपय काम अन्य ऐनमा पनि कसुर मानी सजायको व्यवस्था गरिएको छ। एउटै खालका कसुरमा अलगअलग सजाय तोकिँदा कार्यान्वयनमा कठिनाइ परेको उल्लेख गरिएको छ।  

संगठित अपराध निवारण ऐन, विस्फोटक पदार्थ ऐन, खाद्य ऐन, जातीय तथा सामाजिक भेदभाव–कसुर सजाय ऐनमा भएको व्यवस्था र मुलुकी अपराध संहितामा तिनै विषयमा कसुर र सजायको व्यवस्था रहेको छ। त्यसकारण सरकारी वकिलले मुद्दाको प्रतिरक्षामा समस्या आएको उल्लेख गरेको छ। महान्यायाधिवक्ता कार्यालयले बालबालिकासम्बन्धी ऐनले व्यवस्था गरेअनुसार कानुनको विवादमा परेका बालबालिकालाई अनुसन्धानको क्रममा नियन्त्रणमा राख्न निगरानी कक्षको व्यवस्था गर्न सुझाव दिएको छ। त्यसैगरी ‘फौजदारी कसुर ऐनले गरेका दण्डका सुधारात्मक व्यवस्था सरकारबाट यथाशीघ्र कार्यान्वयनमा ल्याउन आवश्यक छ,’ प्रतिवेदनमा भनिएको छ।

वन्यजन्तुको नक्कली आखेटोपहार तथा नक्कली संकटापन्न वन्यजन्तु र वनस्पतिको कारोबारलाई नियन्त्रण गर्न र दायरामा ल्याउन सम्बन्धित कानुनमा संशोधन गर्नुपर्ने आवश्यकता प्रतिवेदनले औंल्याएको छ। त्यसैगरी केबुलकार, र्‍याफ्टिङ, बन्जिजम्प, जिपलाइनलगायत गतिविधि सञ्चालन र नियमित गर्ने कानुनी व्यवस्थाका लागि सुझाव दिएको छ। ‘सरकारवादी हुने आर्थिकलगायत अन्य फौजदारी कसुरको अनुसन्धान गर्न नेपाल प्रहरीअन्तर्गत अलग र विशिष्टीकृत अपराध अनुसन्धान प्रहरी समूहको स्थापना हुन आवश्यक छ,’ प्रतिवेदनमा भनिएको छ। अनुसन्धान, अभियोजनलाई वस्तुगत र वैज्ञानिक प्रमाणमा आधारित बनाउन विधि विज्ञान प्रयोगशालाको विस्तार, त्यसका लागि चाहिने आधुनिक प्रविधि र दक्ष जनशक्तिको व्यवस्था गर्न आवश्यक रहेको छ।  

वर्षभरमा ३३ हजार मुद्दा दर्ता

महान्यायाधिवक्ता कार्यालयले वर्षभरिमा देशभरका सरकारी वकिल कार्यालयमार्फत ३३ हजार २ सय ३६ थान मुद्दा दर्ता गरेको छ। ती मुद्दामा ५९ हजार ७ सय ७७ जनालाई प्रतिवादी बनाइएको छ। मातहतका सरकारी वकिल कार्यालयबाट बहस, पैरवी र प्रतिरक्षा गरिएका मुद्दा र रिट निवेदनमा १ लाख ११ हजार ३३ थान मुद्दा दर्ता गरेको प्रतिवेदनमा उल्लेख छ। विगत ५ वर्षको तुलनामा मुद्दाको संख्या ३८.६५ प्रतिशतले बृद्धि भएका छन्। १ लाख ११ हजार ३३ थान मुद्दाको लगत रहेकोमा जम्मा ४९ हजार १ सय २ थान मुद्दा फछ्र्योट भएका छन्। ६७.९५ प्रतिशत मुद्दामा कसुर कायम र रिट निवेदन खारेज भएको तथ्यांकमा उल्लेख छ।
अर्को समाचार
रविविरुद्ध उजुरी नपरेको महान्यायाधिवक्ता कार्यालयको स्पष्टोक्ति
२७ वैशाख २०८१
•
१ मिनेट पाठ
रविविरुद्ध उजुरी नपरेको महान्यायाधिवक्ता कार्यालयको स्पष्टोक्ति
महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री रवि लामिछानेविरुद्ध अहिलेसम्म कुनै पनि सहकारीका तर्फबाट उजुरी, जाहेरी नपरेको स्पष्ट पारेको छ। सरकारको कानुनी सल्लाहकारको रूपमा रहेको महान्यायाधिवक्ता कार्यालयले गृहमन्त्री लामिछानेलाई हालसम्मको ‘क्लिन चिट’ दिएको हो।




लामिछानेले महान्यायाधिवक्ता कार्यालयमा निवेदन दिएकाले सम्बन्धित कार्यालयमा जानकारी पत्र पठाइएको उल्लेख छ। महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालका अनुसार गृहमन्त्रीको पदीय हैसियत नराखी व्यक्तिगत हिसाबले निवेदन दिएको बताए।

लामिछानेले वैशाख १० मा महान्यायाधीवक्ता कार्यालयमा निवेदन दिएका थिए। सम्बन्धित कार्यालयमा सोधेर वैशाख २४ मा जानकारी गराइएको उनले बताए।  

‘यस कार्यालयमा जानकारी पाउँ भनी पेस गर्नुभएको वैशाख १० को निवेदन मागका सन्दर्भमा रूपन्देही जिल्ला अदालतमा दायर भएको सुप्रिम बचत तथा ऋण सहकारी संस्था, चितवनको सहारा सहकारी संस्था तथा कास्कीको सूर्यदर्शन सहकारी संस्थाको रकम हिनामिनामा यहाँको संलग्ना रहे नरहेको,’ महान्यायाधीवक्ता कार्यालयको जानकारी पत्रमा भनिएको छ, ‘कुनै उजुरी परेको, अनुसन्धान वा अभियोग पत्र दायर भएको वा नभएको सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालय रूपन्देही, चितवन र कास्कीमा बुझी पठाउँदा यहाँउपर हालसम्म कुनै उजुरी, जाहेरी अनुसन्धान तथा अभियोजनसमेत भएको नदेखिएको जवाफ प्राप्त हुन आएकाले सोही व्यहोरा आदेशानुसार अनुरोध गरिन्छ।’ सहायक न्यायाधिशवक्ता अनुकूल बारकोटीद्वारा हस्ताक्षरित जानकारी गराइएको छ।
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
फोटो फिचर
Clock ४१ सेकेन्ड अघि | १ मिनेट पाठ
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा पक्राउ परेका प्रदर्शनकारीको विनासर्त रिहाइको माग गर्दै उनीहरूका आफन्त सिंहदरबार दक्षिण गेट अगाडि धर्नाम...
Whatsapp
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई  प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
उनले निजी क्षेत्र, व्यापारी, व्यवसायी तथा उपभोक्ताको हितलाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिए।
Whatsapp
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
अन्तर्राष्ट्रिय
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
चीनले आइतबार चार नयाँ उपग्रह अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ।
Whatsapp
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आफूहरू अब नेता फकाउनेतर्फ भन्दा जनता फकाउनेतर्फ लागेको बताएका छन्।
Whatsapp
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
समाज
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित होङ्सी गेटमा ट्रकको ठक्करबाट पिकअप...
Whatsapp
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
समाज
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ।
Whatsapp
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
उनी आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन्। पार्टी प्रवेशसँगै उनले आगामी स्थानीय तहको निर्वाचनमा पोखरा महानगर...
Whatsapp
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
भक्तपुरको मध्यपुर थिमि नगरपालिका बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका विस्थापित सुकुमबासी परिवार र सरकारबीचको विवाद थप पेचिलो बन्दै गएको छ।
Whatsapp
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले अमेरिकी सेनाविरुद्धको सैन्य अभियानमा स्पेसएक्सको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको...
Whatsapp
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
पोखरामा सोमबारदेखि नेपाल एक्सेसिबिलिटी समिट हुने भएको छ।
Whatsapp
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
गोकर्ण गल्फ क्लबमा आयोजित ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ को उपाधि अश्माङ्क कार्कीले जितेका छन्।
Whatsapp
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि हुने गरेको सूचनाका आधारमा प्रहरीले विभिन्न स्थानका स्पा सेन्टरमा चेकजाँच गरेको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस