गुलेली झन् तन्किएको छ: सागर ढकाल
१४ माघ २०७९
•
१ मिनेट पाठ
गुलेली झन् तन्किएको छ: सागर ढकाल
शुक्रबार सर्वोच्च अदालतले रवि लामिछानेसॅग नेपालको नागरिकता नरहेको फैसला सुनाएपछि प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार सागर ढकालले 'गुलेली झन् तन्किएको' प्रतिक्रिया दिएका छन्।  




गत निर्वाचनमा डढेलधुराबाट उम्मेदवारी दिएका उनले शुक्रबार साझ आफ्नो आधिकारिक फेसबुक पेजमा यस्तो लेखेका छन्, ‘पुराना पार्टीहरूले जति गरे पनि यो शक्ति सजिलै चुढ्ने देखिँदैन हजारौँ परिवर्तनका शक्तिको जन्म भइसकेको छ। अदालतको नजिर ठिक छ। दुख दिने मनसाय बेठिक छ। सोच्दै छु मलाई पनि मुद्दा चाही के लाग्ने होला?’ 

गत मंसिरको चुनावमा तत्तकालिन प्रधानमन्त्री नेका सभापति शेरबहादुर देउवाका प्रतिद्वन्दी रहेका ढकालले एउटा पार्टी/व्यक्तिलाई एक ठाउँबाट रोके अर्को ठाउँबाट अर्को अनुहार /पार्टी भएर फुट्ने बताएका छन्।

उनले भने, ‘यो शक्ति रोकेर कुनै पनि हालतमा रोकिने वाला छैन। हामी सबै युवाहरू सानातिना प्राविधिक कारणदेखि लिएर ठुला मुद्दा मामिलामा झन् सशक्त र सजग भई अगाडि बढ्नु पर्ने देखिन्छ, यो एउटा राम्रो उदाहरण भएको छ। विदेशमा बस्ने र नेपाल फर्कन चाहने नेपालीहरूलाई झन् राम्रो पाठ भएको छ। सधैं बिदेसिएर हुँदैन, हजुरहरू पनि अब प्रक्रिया पुर्‍याएर नेपाल फर्कनुस्  देश बनाउन आउनुस्।’

उनले संयोगवश आजै पूजा आजाको कार्यक्रम सकेर चितवन रविकै क्षेत्रबाट काठमाडौ‍‍‍‍ फर्किए, फेरि शुभकामना दिनुपर्ने देखिएको बताए।
अर्को समाचार
घरभाडाबारे सागर ढकाल भन्छन्: मेरो भ्यालू त्यही १० हजार हो?
०३ जेष्ठ २०८०
•
१ मिनेट पाठ
घरभाडाबारे सागर ढकाल भन्छन्: मेरो भ्यालू त्यही १० हजार हो?
गत मंसिर ४ गते भएको प्रतिनिधिसभा चुनावमा डडेलधुराबाट चुनाव लडेका सागर ढकालले आफूविरुद्ध अनावश्यक प्रचार भएको बताएका छन्।




बुधबार समाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै ढकालले आफूविरुद्ध अनावश्यक प्रचार भएको बताएका हुन्।

केही दिनदेखि सञ्चार माध्यममा ढकालले चुनावताका बसेको घरको कोठाभाडा नतिरेको चर्चा भइरहेको छ। सोही कुरालाई खण्डन गर्दै ढकालले राष्ट्रिय मिडियाहरु नै कुप्रचारमा लागेको देख्दा आफूलाई दुख लागेको उनले बताएका छन्। 

उनले भनेका छन्, '८ महिना देखि फरार रे, जबकी २ महिना आगाडि उहाँकै स्टुडियो अन्तर्वातामा थिए, ३ महिना अगाडी होलिमा डडेल्धुरा नै थिए। मैले कोठा भाडा तिरेको छैन भनेर कति धेरै हल्ला गरेको, यति सानो कुरामा। जबकि मेरा प्रतिस्पर्धीहरूले त्यत्रो रिसोर्टहरू बुक गर्नुभाछ, त्यत्रो त्यत्रो खर्च गर्नुभएको छ, कसैलाई केही मतलब छैन। मेरो तीन हजारको एउटा चुहिने पानी पर्ने कोठामा यस्तो साह्रो?,'

उनले आफू भाडा नै नतिरी भाग्ने मान्छे हो? त्यतिकै लागि राजनीतिमा आएको हो भन्दै प्रश्न गरेका छन्। 'म भाडा नै नतिरी भाग्ने मान्छे हो? म त्यत्तिकै लागि राजनीतिमा आएको हो? मेरो भ्यालू त्यही १० हजार हो?,' उनले भनेका छन्।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस