लक्ष्मी महतो कोइरी मुद्दा: गृहमन्त्रीलाई प्रहरीले नटेरेकै हो?
०८ माघ २०७९
•
८ मिनेट पाठ
लक्ष्मी महतो कोइरी मुद्दा: गृहमन्त्रीलाई प्रहरीले नटेरेकै हो?
प्रतिनिधिसभाको बिहीबारको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले हत्या आरोपित व्यक्ति संसद्मै रहेको भन्दै नियमापत्ति जनाए। खतिवडाले महोत्तरी–१ बाट निर्वाचित नेकपा एमाले सांसद लक्ष्मी महतो कोइरीलाई लक्षित गरेर नियमापत्ति जनाएका थिए। सभामुखको निर्वाचन हुनुपूर्व अध्यक्षता गरिरहेका प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरासँग समय लिएर बोलेका खतिवडाले सो विषयलाई लिएर उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई समेत कटाक्ष गरेका थिए।




खतिवडाले संसद् बैठकमा यो विषय उठाएपछि गृहमन्त्री लामिछाने आफ्नो समय आउँदा रोस्ट्रममै जंगिए। उनले फरार रहेका मानिस संसद्मा भए पनि त्यसलाई विधि र पद्धतिबाटै काम हुने भनेर टालटुले जवाफ दिए। ‘फरार मानिस संसद्मा हुनुहुन्छ, पक्राउ गर्नुस् भन्नुभयो। गृह मन्त्रालय विधि र पद्धतिबाहिर एक कदम निस्कँदैन,’ गृहमन्त्री लामिछानेले भने, ‘यो प्रक्रियामा कसैले दबाब र प्रभाव पार्नुहुने छैन भन्ने आशा छ।’

कांग्रेस सांसद खतिवडा र गृहमन्त्री लामिछानेबीच यस्तो जुहारी चलिरहँदा नेपाल प्रहरीको फरार सूचीमा रहेका सांसद कोइरी भने संसद्मै थिए। सरकारकै सहयोगमा कोइरीले प्रतिनिधिसभा सदस्यको शपथ लिएको र सभामुखको निर्वाचनका लागि बोलाइएको बैठकमा पनि उपस्थित भएको भन्दै आलोचना भइरहेका बेला गृहमन्त्री लामिछानेले दिएको यस्तो अभिव्यक्ति झन् विवादित बन्यो। पुराना दलबाट अपेक्षाकृत उपलब्धि नभएको भन्दै तीव्र विरोध गरेर राजनीतिमा उदाएका र गृहमन्त्रीसमेत बनिसकेका लामिछानेले सदनमै यसरी हत्या आरोपितलाई जोगाउनेगरी अभिव्यक्ति दिएको भनेर सामाजिक सञ्जालमा चर्को आलोचना हुँदै आएको छ।  

यसैबीच शुक्रबार साँझ गृह मन्त्रालयबाट यसै सन्दर्भमा एक विज्ञप्ति सार्वजनिक भयो। जसले त्यो आलोचनालाई थप उचाइमा पुर्‍याएको छ। मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा गृहमन्त्री लामिछानेले पटकपटक मौखिक निर्देशन दिँदा समेत प्रहरीले कोइरीलाई पक्राउ नगरेको भन्ने उल्लेख छ। ‘लक्ष्मी महतो कोइरीलाई कानुनबमोजिम पक्राउ गरी कारबाही गर्न माननीय उपपप्रधानमन्त्री एवं गृहमन्त्रीज्यूबाट पटकपटक प्रहरीलाई मौखिक निर्देशन भएकोमा हालसम्म पक्राउ नपरेकाप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘निज प्रतिवादीलाई कानुनबमोजिम पक्राउ गरी तत्काल कारबाही अगाडि बढाउन मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको व्यहोरा अनुरोध छ।’

गृहको पत्र झनै विवादित  

गृह मन्त्रालयले यस्तो व्यहोराको विज्ञप्ति सार्वजनिक गरेपछि गृहमन्त्री लामिछानमाथिको आलोचना झनै चुलिएको छ। आलोचकहरूले उनको दक्षता र कार्यक्षमतामाथि नै प्रश्नचिह्न उठाइरहेका छन्। गृह मन्त्रालय मातहतको सुरक्षा निकायले गृहमन्त्रीको ‘पटकपटकको मौखिक निर्देशन कार्यान्वयन नगरेको’ भन्ने व्यहोराको विज्ञप्ति आउनै नहुने पूर्वगृहसचिव गोविन्द कुसुमको धारणा छ। ‘ल एन्ड अर्डरको मान्यताअनुसार गृह मन्त्रालय वा गृहमन्त्रीको लिखित र मौखिक वा जस्तोसुकै माध्यमबाट भएको निर्देशन प्रहरीले मान्नुपर्छ। मानिएन भने कारबाही गर्ने अधिकार गृहमन्त्रीलाई हुन्छ,’ पूर्वगृहसचिव कुसुम भन्छन्, ‘यस्तो विकल्प हुँदाहुँदै गृहमन्त्रीले दिएको निर्देशन प्रहरीले मानेन भन्नु अपरिपक्वता नै ठहरिन्छ।’

गृह मन्त्रालयले सुरक्षा, अपराध निवारण र फरार अभियुक्त पक्राउ सन्दर्भमा प्रहरीलाई निर्देशन दिँदा सार्वजनिक विज्ञप्तिमार्फत गर्न नहुने पनि उनी बताउँछन्। ‘गृहमन्त्री वा गृह मन्त्रालयले यस्ता विषय प्रहरी प्रमुख वा तालुकदार अधिकारीलाई बोलाएर मौखिक वा लिखित रूपमै निर्देशन दिने हो।  

यसरी सबैलाई जानकारी गराएर यी मैले दिएको छु है भनिरहनुपर्दैन। त्यसो गर्दा कार्यसम्पादनमै समस्या आउन सक्छ,’ उनले थपे।  

गृहमन्त्री लामिछानेले आफ्नो चर्को आलोचना हुन थालेपछि बचाउ गर्न यसरी सार्वजनिक रूपमा प्रहरीलाई नै दोष थोपरेको नेपाल प्रहरीका एक अधिकारी बताउँछन्। ‘कोइरीलाई पक्राउ गर्न उहाँहरूबाटै बाधा छ। पक्राउ गर्न निर्देशनको के कुरा !’ ती अधिकारी भन्छन्, ‘अहिले आफ्नो बोली चिप्लिँदा आत्मरक्षाका लागि गर्नै नहुने विज्ञप्ति जारी गराएर दोष प्रहरीको टाउकोमा थोपर्न खोजिएको मात्रै हो।’

विज्ञप्तिका विषयमा शनिबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद खतिवडाले चर्को आलोचना गरे। अपराधी खोज्न जाँदा पनि विज्ञप्ति निकालेर जाने परम्पराको सुरुवात गर्न खोजेको भन्दै उनले गृहमन्त्री लामिछानेको चर्को आलोचना गरे। ‘गृह, परराष्ट्र र रक्षाजस्ता संवेदनशील मन्त्रालयमा कतिपय विषयमा प्रेस विज्ञप्तिबाट अपराधी खोज्ने परिपाटीको विकास भयो भने मुलुक कतातिर जान्छ ? यो बडो चिन्ताको विषय बनेको छ। गृहमन्त्रीले केटाकेटीपन प्रदर्शन गर्नुहुँदैन,’ सांसद खतिवडाले भने। ‘गृहमन्त्रीलाई प्रहरी प्रशासनले टेर्न छाडेको हो ?’ भन्ने प्रश्न तेस्र्याउँदै खतिवडाले अगाडि भने, ‘मौखिक रूपमा सूचना दिँदा कोही अपराधीलाई पक्राउ नगर्ने परम्पराको सुरुवात भएको हो कि अझै जनतालाई ढाँट्न सूचना प्रकाशन गरिएको हो ?’  

प्रहरीले नटेरेकै हो त ?  

प्रहरी प्रधान कार्यालयले गृहमन्त्रीको निर्देशन नमान्ने भन्ने सवाल नै नहुने प्रस्ट पारेको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राई मुलुकमा हुने परिवर्तन सबैभन्दा पहिला आत्मसात् गर्ने निकाय प्रहरी नै रहेको दाबी गर्छन्। ‘हरेक परिवर्तनपछि जनताबाट अनुमोदन भएको शक्तिको पछाडि प्रहरी उभिएको छ। अहिले गृहमन्त्रीज्यूको निर्देशन नमान्ने भन्ने नै हुन्न,’ डिआइजी राईले भने, ‘प्रहरीले गृह मन्त्रालयको निर्देशनअनुसार काम गरिरहेको छ। प्रहरीका सबै एकाइहरूलाई निर्देशन कार्यान्वयनका लागि आन्तरिक सर्कुलर पनि भइसकेको छ।’  

गृह मन्त्रालयका प्रवक्ता पोखरेलले सांसद कोइरीका सम्बन्धमा व्यापक जनचासो बढेकाले नेपाल प्रहरीलाई निर्देशन कार्यान्वयन गर्न थप जिम्मेवारी बनाउने उद्देश्यले मात्रै विज्ञप्ति जारी भएको बताए। उनले भने, ‘उक्त विषयमा गृह मन्त्रालय गम्भीर छ। प्रहरीलाई जिम्मेवार बनाउन थप लिखित निर्देशन गरेको छ भन्ने विषय जनाउन मात्रै विज्ञप्ति जारी गरिएको हो।’ उनका अनुसार शुक्रबार नेपाल प्रहरीलाई लिखित निर्देशन पनि पठाइएको छ।  

कोइरी संसद् जान्छन्, प्रहरीले पक्रँदैन

हत्या मुद्दामा प्रहरीको फरार सूचीमा रहेका सांसद कोइरी लगभग हरेकजसो प्रतिनिधिसभा बैठकमा उपस्थित भइरहेका छन्। पुस ७ गते उनले अरू सांसदसँगै शपथ पनि लिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटिए पनि उनलाई पक्राउ गर्न सकेन। यस्तै पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत लिँदा पनि कोइरी उपस्थित भएर पक्षमा मतदान गरे। बिहीबार सभामुखको निर्वाचन हुँदा पनि प्रतिनिधिसभा बैठकमा उनी उपस्थित भएका थिए। कांग्रेस सांसद खतिवडाले कोइरीको विषयमा सदनमा कुरा उठाएपछि उनी मतदान नगरी निस्किएका थिए।

प्रतिनिधिसभा सचिवालयले पनि हत्या अभियोगमा फरार कोइरीलाई सांसदबाट निलम्बन गर्नुपर्ने थियो। तर उनलाई हालसम्म छुट दिइएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले कोइरीले शपथ लिएकै दिन पुस ७ गते उनीमाथिको अभियोगबारे प्रतिनिधिसभालाई लिखित जानकारी गराएको थियो। दिउँसो २ बजे प्रहरी प्रधान कार्यालयको पत्र पुगेको थियो तर उनले १ बजे शपथ लिइसकेका थिए। भ्रष्टाचारको अभियोगमा मुद्दा खेपिरहेका मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङलाई भने अख्तियारको पत्रअनुसार संसद् सचिवालयले निलम्बन गरेको छ।

पछिल्लो समय सांसद कोइरी एमालेका सचिव रघुवीर महासेठनिकट मानिन्छन्। एमालेकै दबाबमा कोइरीलाई संसद् सचिवालयले निलम्बन नगरेको आरोप छ। अब एमालेकै सभामुख हुँदा उनी झन् सुरक्षित हुन सक्ने अवस्था रहेको संसद् सचिवायलय स्रोत बताउँछ। ‘प्रतिनिधिसभा नियमावलीमा फरार सूचीमा रहेका अभियुक्तलाई के गर्ने भन्ने विषयमा कुनै कुरा उल्लेख छैन,’ सचिवालय स्रोतले भन्यो, ‘यस्तोमा सभामुखले जे भन्यो त्यही हुन्छ।’  

जहाँ भेट्यो त्यही पक्राउ गर्ने तयारी  

प्रहरीले सांसद कोइरीलाई पक्राउ गर्ने बाटो खुलेको दाबी गरेको छ। त्यसअनुसार मातहतका निकायमा निर्देशन पनि भइसकेको प्रहरी स्रोतले बताएको छ। ‘यस विषयमा संसद् सचिवालयलाई जानकारी गराइसकेका छौं। धेरै पेचिलो विषय बनिसकेकाले राजनीतिक दबाब पनि कम हुने विश्वास गरेका छौं,’ एक प्रहरी अधिकारीले भने, ‘यस्तो अवस्थामा अब जहाँ भेट्यो त्यहीं पक्राउ गर्नेगरी सबै निकायलाई निर्देशन भएको छ।’ प्रहरी नेतृत्व हरहालतमा उनलाई पक्राउ गरेर अघि बढ्ने निष्कर्षमा पुगेको स्रोतले बतायो। ‘नेतृत्वबाट कडाइका साथ निर्देशन भएको छ। कोही कसैको दबाबमा नपरी पक्राउ गर्नेगरी निर्देशन छ,’ जिल्ला प्रहरी परिसर काठमाडौंले भन्यो।  

असई हत्याको आरोप  

२०७२ सालको मधेस आन्दोलनका बेला तत्कालीन मधेसी जनाधिकार फोरमका नेता थिए कोइरी। उनी त्यतिबेलै महोत्तरीका अगुवा नेता मानिन्थे। सोही क्रममा २०७२ भदौ २५ गते जलेश्वरमा सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) थमन विकको बीभत्स हत्या भयो। उतिबेला असई विक सीमा सुरक्षा कार्यालय जलसागरमा कार्यरत थिए। झडपमा घाइते भएका विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर निकाली धानखेतमा लखेटीलखेटी हत्या गरिएको थियो। उनको हत्यामा अगुवाइ गरेको आरोप कोइरीमाथि छ। उनीसहित २८ जनालाई हत्याको आरोप लागेको थियो।

यही मुद्दामा जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ कोइरीलाई १ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। जसलाई उच्च अदालत पाटनको २०७७ मंसिर १९ गतेको आदेशले उल्टाएको थियो। जसमा महतोलाई थुनामै राखेर मुद्दा अगाडि बढाउन भनिएको थियो। त्यसपछि कोइरी फेरि फरार भएका हुन्। मुद्दा महोत्तरी अदालतमा विचारधीन छ। फरार अवस्थामै उनले निर्वाचन लडे, विजयी भए। प्रतिनिधिसभा सदस्य निर्वाचनको मुखमा कोइरी पार्टी बदलेर एमालेमा प्रवेश गरेका थिए। त्यसअघि उनी जनता समाजवादी पार्टी (जसमा) मा आबद्ध थिए।

पार्टी बदलेर महोत्तरी–१ मा उनले वारेसनामाबाट उम्मेदवारी दिएका थिए। पक्राउ पर्ने डरले उनी खुलेर प्रचारप्रसारमा पनि सहभागी भएनन्।

चुुनावमा २३ हजार ४०२ मतसहित उनी विजयी भए। उनका प्रतिस्पर्धी माओवादी केन्द्रका सचिव गिरिराजमणि पोखरेल २२ हजार ३७२ मत पाए। मतगणना र विजयी घोषणासभामा पनि उनी सहभागी भएनन्। उनले निर्वाचित भएको प्रमाणपत्र पनि वारेसमार्फत नै बुझेका थिए।
अर्को समाचार
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
४२ मिनेट अघि
•
१ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।




नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा उनले लोकतन्त्रको स्थायित्व र विकासका  लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताएका हुन्।

महामन्त्री पौडेलले पार्टीको वडा र क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको र जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै हुने उल्लेख गरे। उनले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न निकायमा पराजय भएका उम्मेदवारलाई आगामी दिनमा निर्वाचित हुनेगरी काम गर्न आग्रह गरे। 

महामन्त्री पौडेलले भने, 'जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सँधै अगाडि लाग्नुपछ।'

उनले कांग्रेस नेपाली राजनीतिकको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएकाले शासन गर्न नभई सेवा गर्न बनेको पार्टी भएको महामन्त्री पौडेलको भनाइ छ। 

बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग नेपाली कांग्रेसको विचारले बसालेको र आज हिजोका आलोचक तथा फरक धारका शक्तिले समेत सोही व्यवस्थालाई स्वीकार गरेको महामन्त्री पौडेलको भनाइ छ। उनले पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकलाई चित्त बुझ्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र न्यायको पक्षमा लड्न आग्रह गरे।

कांग्रेस काठमाडौं क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना अब स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताए। उनले जनता र नागरिकसँग प्रत्यक्ष जोडिएर स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन परिचालन गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनीयर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरियो।

यस्तै, कांग्रेस काठमाडौं महानगरका सभापति इन्जिनियर सुशन बैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा ‘क’ र ‘ख’ का सभापति तथा १५ वटै वडाका सभापतिलाई सम्मान गरिएको थियो।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस