उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राज्यले जनतालाई दिने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा सरकारले कसैसँग सम्झौता नगर्ने बताएका छन्।
शुक्रबार काठमाडौंको सोह्रखुट्टे पानीपोखरी र नयाँ बजार क्षेत्रका सडक अनुगमन गर्ने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कसैको दबाब र प्रभावमा नपरी जनताका समस्या समाधान गर्ने काममा लाग्ने बताएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाललका घरबेटीले धेरै सडकहरुको बचिल्ली बनाएका छन्, उहाँलाई कारबाही गर्न सक्नुहुन्छ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले प्रधानमन्त्रीले नराम्रो गर्ने कोहीलाई कारबाही गर्न सक्ने निर्देशन दिएको बताए।
‘म कोही घरबेटी, मित्र, कोही दाजुभाईसँग सम्बन्धित भएर काम गर्दिन’, उनले भने, ‘निरपेक्ष ढंगले काम गर्छुु। आवश्यक्तालाई जो कोहीलाई पनि कारबाही गर्नुस् भन्नुभएको छ।’
उनले प्रधानमन्त्रीको निर्देशन नै आइसकेकाले प्रधानमन्त्रलाई उक्ता कुरामा जोडेर नहेर्न आग्रह गरे। उनले सडकमा समस्या देखिएपछि भाग्ने नभइ सरकारले र सम्बन्धित निकायले पूरा गर्नुपर्ने बताए। जनतालाई भत्किएको र खाल्डो परेको सडक दिने छुट सरकारलाई अब नरहेको उनले बताए।
मन्त्री श्रेष्ठले सरकारले देशभरका सडकलाई चुस्त बनाउने र फुटपाथहरु पनि पैदलयात्रुमैत्री बनाउने अभियानमा लागिसकेको बताए। उनले यस किसिमका समस्या समाधान गर्न तीन तहकै सरकारले मिलेर काम गर्नुपर्ने बताए।
‘देशभरकै सडकलाई दुरुस्त बनाउने, राम्रोसँग गाडी चललाउने बनाउने, फुटपाथ पनि पैदलयात्रुमैत्री बनाउने अभियानमा लागेका छौँ’, उनले भने, ‘हामीले कति खाल्डोहरु छन् भनेर नियालीरहेका छौँ। राज्यको दायित्व सबै स्थानीय सरकारदेखि सबै सरकार मिलेर एकीकृत ढंगले काम गर्नुछ।’
उनले सडक कम भन्दा कम खन्न, सडक खन्दा निश्चित जानकारी गराउनुपर्ने र सडक भत्काइएका ठाउँमा तत्काल मर्मसभ्म्भार हुनुपर्ने बताए।
उनले भने, ‘सडकमा खानेपानी, ढल, विद्युत प्राधिकरण, दूर सञ्चारको कामहरु छ, एकीकृत ढंगले अघि बढ्नुपर्छ, सडक कम खनियोस्, खनिएको ठाउँमा सडकका निश्चित जानकारी बिना खन्ने काम नहोस्। खनिएको ठाउँमा पुनःस्थापित गर्ने काम तत्काल होस् भनेर हामीले बेठक गरेका छौँ। हामी अहिलेका सबै मिलेर काम गरिरहेका छौँ। राजधानीमा सडकको यो अवस्था अनुपयुक्त छ। सुशासन, यातायात व्यवस्था, भौतिक पार्क, पूर्वाधार आयोजनालाई व्यवस्थित र कार्यान्वयन गर्ने योजना बनाउँदै छन्।’
उपप्रधानमन्त्री श्रेष्ठले देशको संघीय राजधानीमा सडडको यस्तो दुरावस्था हुनु राम्रो नभएको बताए। उनले सुशासन, यातायात व्यवस्था, भौतिक पार्क, पूर्वाधार आयोजनालाई व्यवस्थित र कार्यान्वयन गर्ने योजना बनाइरहेको पनि बताए।
अनुगमन गर्ने क्रममा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनताको सामाजिक, आर्थिक रुपान्तरण गर्दै विकास र समृद्धि नै सरकारको मुख्य कार्यभार भएको बताएका छन्।
काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ योगरमा स्थानीयस्तरबाट सहयोग सङ्कलन गरी निर्माण गरेको उग्येन पेज्युङ डुब्देलिङ गुम्बाको आज उद्घाटन गर्दै उनले जनताको आकाङ्क्षाअनुसारको काम गर्न आफूहरू दृढ भएर लागिरहेको स्पष्ट पारे।
विकास र समृद्धिको कार्यभार नेपाली जनताको अपेक्षाअनुसार पूरा गर्न नसकिएको बताउँदै उनले सरकारले एउटैमात्र उद्देश्य ‘सामाजिक, आर्थिक रुपान्तरण विकास र समृद्धि’ जसको प्रतिफल आम जनताले उपभोग गर्न पाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे। मन्त्री श्रेष्ठले विपी राजमार्गको माम्दी पुलबाट तेमाल गाउँपालिकाको मेच्छेपौवास्थित म्हानेगाङसम्मको मोटरबाटोको जिम्मा सरकारको तर्फबाट आफूले लिने बाचा गरे।
प्राप्त राजनीतिक उपलब्धिलाई कुनै पनि कोणबाट गुम्न नदिई अझ बलियो बनाउने काममा लाग्न आग्रह गर्दै गृहमन्त्री श्रेष्ठले प्राप्त उपलब्धिलाई कमजोर पार्न खोज्ने प्रवृत्ति र असंवैधानिक क्रियाकलापविरुद्ध खबरदारी गरिरहनुपर्नेमा जोड दिए। उनले जनताको सहयोगबाट निर्माण भएको गुम्बाबाट यहाँका स्थानीयको आस्थालाई प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य सूर्यमान दोङले जनताको अपेक्षा रहेको शिक्षा, स्वास्थ्य, बाटो कृषि र रोजगारलाई अभियानकै रूपमा अगाडि बढाउने काममा आफू प्रतिबद्ध रहेको बताए। सो क्रममा उहाँले निर्माण भएको गुम्बाको संरक्षण गर्ने जिम्मा समाजको रहेकाले त्यसमा सबैले ध्यान दिन उनले आग्रह गरे।
गुम्बा व्यवस्थापन समितिका अध्यक्ष जगत दोङले गुम्बा बनाउनु भनेको कर्मकाण्डीका रूपमा रहेर नभई समाजसँग जोड्दै बुद्धका शिक्षालाई अगाडि बढाउनुपर्छ भन्ने मान्यताका साथ निर्माण गरेको बताए। गुम्बामा परम्परागत ज्ञानमा आधारित उपचार पद्धतिलाई सोही गुम्बाबाट सुरु गर्ने योजनासमेत रहेको उनले जानकारी दिए।
गुरु पद्मसम्भवको तपोभूमि, धार्मिक, ऐतिहासिक एवं तामाङ समुदायको ऐतिहासिकस्थल काभ्रेपलाञ्चोकको तेमालमा स्थानीय बासिन्दाको सक्रियतामा आम सहयोगीदाताको सहयोगबाट निर्माण भएको गुम्बाको लामा गुरु क्याब्जे श्याल्पा तेञ्जिन रेन्पोछेबाट ह्राप्ने पूजा गरी गुम्बाको उद्घाटन गरिएको थियो।
सो क्रममा गुम्बा व्यवस्थापन समितिका अध्यक्ष दोङले गाउँमा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनसँगै पक्की मोटरबाटो गाउँको विकासको मुख्य आवश्यक रहेको भन्दै माम्दीबाट पौवाको म्हानेगाङसम्म बाटो निर्माण गर्न आग्रह गरे। अध्यक्ष दोङको बुवाआमाका नाममा रहेको दुई रोपनी १५ आना जग्गा गुम्बाका नाममा दान गरेपछि आवश्यक रकम जुटाएर गुम्बा निर्माण सम्पन्न गरेको उपभोक्ता समितिले जनाएको छ। सत्ताइस महिना लगाएर गुम्बा निर्माणपश्चात उद्घाटन भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन्।
सो ठाउँमा निर्मित गुम्बामा बुद्धको इतिहास लेख्ने, गुरु रेन्पोछे (गुरु पद्मसम्भव) को इतिहास लेख्ने तथा तामाङ राजा ह्रिञ्जेन दोर्जेको इतिहास लेख्ने काम गर्ने योजना रहेको छ। जसबाट बाह्य तथा आन्तरिक पर्यटक आकर्षण गर्न धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनमा गुम्बाले महत्वपूर्ण भूमिका खेल्ने स्थानीयवासी भनाइ छ। रासस
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...