विशिष्टलाई साबुन, ब्रस, टुथपेस्ट र पानीमै ६ करोड
२१ पौष २०७९
•
४ मिनेट पाठ
विशिष्टलाई साबुन, ब्रस, टुथपेस्ट र पानीमै ६ करोड
अति विशिष्ट पदाधिकारीलाई साबुन, ब्रस, दन्तमन्जन, टिस्यु पेपर, स्प्रे, बेगन, सरफ, मिनरल वाटर, डोरम्याटजस्ता स–साना सामग्रीसमेत सरकारले उपलब्ध गराउँदै आएको छ। राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई राज्यले उपलब्ध गराउने त्यस्ता सामग्रीमा मात्र हरेक वर्ष ६ करोड रुपैयाँभन्दा बढी खर्च हुने गरेको छ।




सरकारले विनामापदण्ड र बिनाकार्यविधि विशिष्ट पदाधिकारीलाई यस्ता सानातिना सामग्री उपलब्ध गराउँदै आएको छ भने उनीहरूले लिने अन्य सुविधाको त लेखाजोखा नै छैन। विशिष्ट पदाधिकारीले मागेजति सामान सहरी विकास मन्त्रालयमातहत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले उपलब्ध गराउँदै आएको छ। मागअनुसारका सामग्री प्रयोग भए/नभएको अनुगमनसमेत कसैले गर्दैन। संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका स्टोरकिपर पशुपति पोखरेलले विशिष्ट पदाधिकारीको माग र आवश्यकताअनुसार कार्यालयले सामग्री उपलब्ध गराउँदै आएको जानकारी दिए।  

२०५६ सालमा मन्त्रिपरिषद्ले विशिष्ट पदाधिकारी तथा मन्त्री विनाश पुल्चोकका लागि दैनिक आवश्यक सामग्री उपलब्ध गराउने निर्णय गरेको थियो। तर कुन पदाधिकारीलाई केके सामग्री उपलब्ध गराउने भन्ने विषयमा मापदण्ड र कार्यविधि बनेको छैन। त्यसैले विशिष्ट पदाधिकारीले निवासका लागि आवश्यक भनेर माग्ने सबैखाले सामग्री व्यवस्थापन कार्यालयले उपलब्ध गराउँछ।

व्यवस्थापन कार्यालयले विशिष्ट पदाधिकारीलाई उपलब्ध गराउने सामग्रीको मापदण्डका विषयमा नौ वर्षअघि मस्यौदा बनाई सहरी विकास मन्त्रालयमा पठाएको थियो। तर मन्त्रालयले अहिलेसम्म मापदण्ड पास गरेको छैन। मन्त्रालयका तत्कालीन सचिव डा. रमेश सिंहले विशिष्ट पदाधिकारीलाई उपलब्ध गराउने सामग्रीको विषयमा व्यवस्थापन कार्यालयले पठाएको मस्यौदा पटकपटक छलफलको विषय बने पनि पास हुन नसकेको बताए। ‘विशिष्ट पदाधिकारीलाई उपलब्ध गराउने सामग्रीको विषयमा चाँडोभन्दा चाँडो मापदण्ड पास हुनु जरुरी छ,’ सिंहले भने।

व्यवस्थापन कार्यालयले ९० थरी सामग्री विशिष्ट पदाधिकारीलाई उपलब्ध गराउँदै आएको छ। जसमा पंखा, सोफा, गलैंचा, बेगन स्प्रे, प्रिन्टर, डेक्सटप, भ्याकुम क्लिनर, बल्ब, चिम, काठका दराज, माइक्रोवेभ, कुर्सी, इन्भर्टर, डाडु, पन्यु, मिक्सचर, ग्यास गिजर, प्रेसरकुकर, फ्रिज, ल्यापटप, पिन बोर्ड, जेनेरेटेर, ग्यास हिटर, वाटर डिसपेन्सर, डिसहोम टिभी, नेट, फ्याक्स मेसिनलगायत सामग्री व्यवस्थापन कार्यालयले विशिष्ट पदाधिकारीलाई उपलब्ध गराउँछ। मिनरल वाटर तथा पानीको जार भने दैनिकजसो उपलब्ध गराइन्छ।

व्यवस्थापन कार्यालयका अनुसार मन्त्री र विशिष्ट पदाधिकारी फेरिए भने राज्यको खर्च झनै बढ्छ। पद रिक्त हुनेबित्तिकै उनीहरूले सरकारी क्वार्टर छाड्दा सबै सामग्री उठाएर लैजान्छन्। ‘ककसले कुनकुन सामग्री लग्छन् भन्ने मन्त्री तथा विशिष्ट पदाधिकारीको स्वाभावमा पनि भर पर्छ। कसैले पर्दासमेत छाड्दैनन्। कसैले अलि महँगा सामग्री मात्रै लग्छन्,’ व्यवस्थापन कार्यालयका एक कर्मचारीले भने।  

मन्त्री फेरिनेबित्तिकै व्यवस्थापन कार्यालयले पर्दा, सोफा, टिभी, फर्निचरसहित सबै सामग्री नयाँ उपलब्ध गराउनुपर्छ। व्यवस्थापन कार्यालयका अनुसार आव २०७८/७९ मा राष्ट्रपति, उपराष्ट्रपतिको सरकारी निवासमा मेसिनरी औजार, टिभी, फ्रिज, कम्प्युटर, प्रिन्टर, ल्यापटप, वासिङ, मेसिन, फोटोकपी मेसिन, गिजर, सिसी क्यामरालगायत सामग्री खरिद गर्न ३४ लाख ६४ हजार ९७४ रुपैयाँ खर्च भएको थियो। यसैगरी मन्त्री निवास पुल्चोकमा मेसिनरी औजार, टिभी, फ्रिज, प्रिन्टर, ल्यापटप, ग्यासगिजर, सिसी क्यामरालगायत सामग्री खरिद गर्न ७० लाख रुपैयाँ खर्च भएको थियो।  

प्रधानन्यायाधीश निवासका लागि मेसिनरी औजार, टिभी, फ्रिज, प्रिन्टर, ल्यापटप, ग्यास गिजर, सिसी क्यामरालगायत सामग्री खरिद गर्न ६ लाख ७५ हजार ५ सय २८ र सभामुख र राष्ट्रियसभा अध्यक्ष निवासका लागि १३ लाख ३ हजार ९ सय १२ खर्च भएको छ।  यसैगरी नयाँ बनेको प्रधानमन्त्रीनिवास बालुवाटारका लागि मेसिनरी औजार, फर्निचर, टिभी, फोटोकपी मेसिन, सिसी क्यामरालगायत सामग्री खरिद गर्न तथा जडान गर्न १ करोड रूपैयाँ खर्च भएको थियो। थप माग भएअनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख र राष्ट्रियसभा अध्यक्षलाई सामग्री उपलब्ध गराउन १४ लाख ९८ हजार ९ सय ७५ रूपैयाँ खर्च भएको थियो। प्रधानन्यायाधीश निवासमा थप माग भएअनुसार मेसिन, औजार, टिभी, फ्रिजलगायत सामग्री खरिद गर्न ६ लाख ७५ हजार ८ सय २८ रूपैयाँ खर्च भएको थियो। त्यस्तै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख तथा राष्ट्रियसभा अध्यक्षको निवासका लागि थप दोस्रो पटक माग भएअनुसार ८९ लाख ७० हजार ४ सय ७२ रूपैयाँका सामग्री उपलब्ध गराइएको थियो। व्यवस्थापन कार्यालयले विशिष्ट पदाधिकारी र मन्त्रीनिवास पुल्चोकका लागि माली, स्विपर, सुपरभाइजर, इलेक्ट्रिसियन, कार्पेन्टरलगायत कर्मचारीसमेत उपलब्ध गराउँछ। यसका लागि व्यवस्थापन कार्यालयमा २९ जना कर्मचारी कार्यरत छन्।  

विशिष्ट पदाधिकारीहरूले माग गर्नेबित्तिकै सामग्री उपलब्ध गराउन व्यवस्थापन कार्यालयले विशिष्ट पदाधिकारीको निवासमै एकाइ कार्यालय खोलेको छ। विशिष्ट पदाधिकारीले आफूलाई चाहिने सामग्री एकाइ कार्यालयमा कार्यरत कर्मचारीलाई भने पुग्छ। ‘किन सामग्री चाहियो भनेर यसको औचित्य विशिष्टहरूले पुष्टि गर्नुपर्दैन।
अर्को समाचार
अब सिंहदबारभित्रै हेलिप्याड
३१ जेष्ठ २०७९
•
३ मिनेट पाठ
अब सिंहदबारभित्रै हेलिप्याड
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका अनुसार आपत्कालीन अवस्थामा र आवश्यक परे अतिविशिष्ट विदेशी पाहुनाका लागि प्रयोग गर्न मिल्नेगरी सिंहदरबार परिसरभित्रै हेलिप्याड निर्माण प्रस्ताव गरिएको हो।




मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार परिसरभित्र हेलिप्याड निर्माण हुने भएको छ। आपतकालीन अवस्थामा र आवश्यक परे अतिविशिष्ट विदेशी पाहुनाका लागि प्रयोग गर्न मिल्नेगरी सिंहदरबार परिसरभित्रै हेलिप्याड निर्माण प्रस्ताव गरिएको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ।

‘हामीसँग सिंहदरबारमा आगलागी भएको इतिहास पनि छ। दैवी प्रकोप भयो अथवा कुनै कारणले आपतकालीन अवस्था आयो भयो भने त्यस्तो अवस्थामा प्रयोग गर्न सक्नेगरी सिंहदरबार परिसरभित्र हेलिप्याड निर्माण प्रस्ताव गरिएको हो,’ संघीय सचिवालय व्यवस्थापन कार्यालयका प्रमुख मच्चकाजी महर्जनले भने।

महर्जनका अनुसार सिंहदबार क्षेत्रलाई व्यवस्थित बनाउन तयार पाएिको गुरुयोजनामा केही परिवर्तन गरिएको छ। परिवर्तित गुरुयोजनामा हेलिप्याड निर्माण प्रस्ताव गरिएको छ। हेलिप्याड कहाँ बनाउने भन्नेमा अध्ययन भइरहेको उनले बताए।

गुरुयोजनाको काम अन्तिम चरणमा पुगेको र मन्त्रिपरिषद्बाट पास हुनेबित्तिकै लागु हुने व्यवस्थापन कार्यालयले जनाएको छ। कार्यालयका अनुसार गुरु योजनाअनुसार संसद् सचिवालय भवन निर्माण पूरा भएपछि त्यसमा संसद् सचिवालयको कार्यालय सर्नेछ। त्यस्तै हाल संसद् सचिवालय कार्यालय रहेको भवनमा स्वास्थ्य मन्त्रालय र हाल गृह मन्त्रालय रहेको भवनमा सहरी विकास मन्त्रालय सर्नेछ।

गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका लागि दुई वटा छट्टाछुट्टै नयाँ भवन निर्माण गर्न प्रस्ताव गरिएको छ। गृह र परराष्ट्र मन्त्रालयका लागि बनाइने भवनमा पार्किङ व्यवस्था जमिनमुनि (अण्डरग्राउण्ड) गरिनेछ। सिंहदरबार परिसरभित्रका बिजुली, टेलिफोनलगायतका तारलाई जमिनमुनि राखिनेछ। सिंहदरबारको सौन्दर्य बढाउन जमिनमुनि तार राख्न गुरुयोजनामा प्रस्ताव गरिएको व्यवस्थापन कार्यालयले जनाएको छ।

‘सिंहदरबारभित्र नयाँ बन्ने भवनमा अण्डरग्राउण्ड पार्किङ हुनेछ र सकेसम्म धेरै ठाउँ खुला राख्नेछौं,’ महर्जनले भने। व्यवस्थापन कार्यालयका अनुसार सिंहदबारलाई नयाँ डिजाइनसहित पुनःसंरचना गरी थप आकर्षक बनाइनेछ। परिसरभित्र आकर्षक बगैंचा तथा पार्क थपिनेछन्। अहिले भइरहेका पार्कलाई झनै सौन्दर्यकरण गरिनेछ। राज्यका तीन अंगमध्ये हाल कार्यपालिका मात्र सिंहदबारभित्र छ।

अब न्यायपालिका र व्यवस्थापिका पनि सिंहदरबारभित्रै रहनेगरी सहरी विकास मन्त्रालयले सिंहदबारको नयाँ डिजाइन तयार गरेको छ। सिंहदरबार परिसरमा अब राज्यका तीनवटै अंग व्यवस्थापिका, कार्यपालिका तथा न्यायपालिकाको सचिवालय तथा कार्यालय बनाइने व्यवस्थापन कार्यालयका एक कर्मचारीले बताए। नयाँ गुरुयोजनाअनुसार सिंहदरबार परिसरभित्र रहेका साना टहरा हटाएर पार्किङ व्यवस्थित गरिनेछ।

सुरक्षाकर्मी बस्ने ठाउँ पनि व्यवस्थित र प्रविधियुक्त बनाइनेछ। ८ सय ७ रोपनीमा फैलिएको सिंहदबारा व्यवस्थित र आकर्षक बनाउनेगरी योजना बनाएको व्यवस्थापन कार्यालयका अधिकारीको दाबी छ। श्री ३ चन्द्रशमशेरले बनाएको सिंहदबार ९ सय ८० रोपनी क्षेत्रफलमा थियो। तर २०४१ सालमा पूर्वपट्टि र उत्तरपट्टि बाटो विस्तार गर्दा सिंहदबारको केही जग्गा काटिएपछि हाल ८ सय ७ रोपनी कायम छ।

२०६४ सालको संविधानसभा निर्वाचनअघि ससद्को बैठक सिंहदरबारस्थित भवनमा हुन्थ्यो। पहिलो संविधानसभा निर्वाचनपछि सदस्य संख्या धेरै भएकाले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र भाडामा बैठक सञ्चालन गरिएको थियो। अहिले पनि त्यहीं संसद् बैठक बस्छ। सिंहदरबारको पुतली बगैंचामा प्रतिनिधिसभा र राष्ट्रियसभाको नयाँ भवन निर्माण भइरहेको छ।

सहरी विकास मन्त्रालयले तयार गरेको गुरुयोजनामा यसअघि सिंहदरबार परिसमा रहेको ग्यालरी भवनलाई पहिलेकै स्वरुपमा फर्काइनेछ। ‘त्यो भवनलाई पहिले जस्तो थियो, त्यस्तै स्वरुपमा फर्काइनेछ,’ महर्जनले भने। गुरुयोजनाअनुसार मन्त्रीहरूको आवासका लागि ललितपुरको भैंसेपाटीमा आधुनिक र आकर्षक भवन निर्माण अन्तिम चरणमा पुगेको छ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस