प्रदेशसभाको औचित्य प्रमाणित गर्न सांसदहरु प्रतिबद्ध
१७ पौष २०७९
•
४ मिनेट पाठ
प्रदेशसभाको औचित्य प्रमाणित गर्न सांसदहरु प्रतिबद्ध
अभिमुखीकरण तालिम समापनमा १ न. प्रदेशसभाका नव निर्वाचित सांसदहरु। तस्विरः महेश्वर।
प्रदेश १ का नवनिर्वाचित सांसदहरूले प्रदेशको औचित्य साबित गर्न एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता जनाएका छन्। 




नयाँ सांसदहरूलाई आवश्यक विधि, प्रक्रिया र कानुनी जानकारी दिलाउन आयोजित दुई दिने अभिमुखीकरण तालिमको शनिबार समापन कार्यक्रममा सांसदहरूले प्रदेश खारेजीको माग गर्ने तत्त्वलाई एकताबद्ध भएर राम्रो काममार्फत मुखभरी जवाफ दिने प्रतिबद्धता जनाएका हुन्।

पहिलो कार्यकालको प्रदेशसभाले नामाकरण गर्न नसकेको प्रदेश १ लाई सर्वसम्मत नाम चाँडै दिएर संघीयताविरोधीहरुलाई मुखभरीको जवाफ दिने उनीहरूको प्रतिबद्धता थियो। सांसदहरूले १ नं. प्रदेशको नाम सर्वसम्मत राखेर सङ्घीयताको औचित्य पुष्टि गर्ने बचन पनि दिएका छन्।

संघीयता बिरोधीहरुलाई प्रादेशिक व्यवस्था र सङ्घीयताको औचित्य पुष्टि गर्न नामा करण र जनमुखी काम गर्न ५ वर्षसम्म सत्ता र प्रतिपक्षको विभेदकारी व्यवहारबाट आफुहरु मुक्त हुनुपर्नेमा पनि सांसदहरु एकमत देखिए। सबै दलका सांसदहरु एकजुट भएर सहकार्य गर्दै र सहज अधिकार प्रयोग र सरल विकास निर्माणका लागि प्रादेशिक संरचना आवश्यक छ भन्ने पुष्टि गर्न सांसदहरु एकजुट हुनुपर्ने उनीहरूको मतैक्य थियो।

कार्यक्रममा हाल प्रदेश १ मा सबभन्दा ठुलो दल बनेको नेकपा (एमाले) का सांसद बुद्धिकुमार राज भण्डारीले भड्किलो र खर्चिलो भयो भनेर खारेज गर्न माग गर्ने तत्त्वलाई संघीयता विरोधी भएको भन्दै त्यस्तो तत्त्वलाई गलत साबित गर्न आउँदो ५ वर्ष सबै दलहरु आपसी समन्वय र समझदारीमा प्रभावकारी काम गर्नुपर्ने बताए।

राजनीतिक दलहरु सत्ता र प्रतिपक्षको विभेदबाट मुक्त भएर एकताको भावनाले काम गर्न सके ५ वर्षमा प्रदेशले सङ्घीयताको औचित्य पुष्टि गर्ने उनको भनाई थियो। पहिलो कार्यकाल नामा करण गर्न नपाई बितेको हुनाले संघीयता विरोधीहरू प्रश्न उठाउन सफल भएको भन्दै राज भण्डारीले यो कार्यकाललाई त्यस्तो गल्ती गर्ने छुट नभएको बताए।

त्यसैगरी नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रादेशिक संरचना सही हो भन्ने कुरा प्रमाणित गर्न प्रदेशसभा र सरकारले व्यवहारबाट देखाउनुपर्ने खाँचो औँल्याए। यो चुनौती हालको प्रदेशसभालाई पनि रहेको भन्दै थापाले संघीयता विरोधीको माग गलत हो भन्ने प्रमाणित गर्न सिङ्गो प्रदेशसभा चनाखो भएर अघि बढ्न आग्रह गरे। थापाले प्रभावकारी कानुन बनाउन र बनेका कानुनको निष्पक्ष कार्यान्वयन गर्दै अघि बढ्न सके प्रदेशमा विकास निर्माण गर्न सहज भएर संघीयता विरोधीहरू आफै गलत साबित हुने बताए।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता दुर्गा चापागाईँले निर्वाचित भएका सबै दलका सांसदहरूले ५ वर्ष चनाखो भएर काम गर्न सके प्रदेश विरोधीहरू आफै गलत रहेछु भन्ने महसुस गर्नेमा पुग्ने बताए। नवनिर्वाचित सांसदहरुको मुख्य चुनौती प्रदेशको औचित्य सार्थक बनाउन रहेको बताउँदै त्यसका लागि फुटेर हैन जुटेर काम गर्न उनको आग्रह थियो। राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला, एकीकृत समाजवादीका नेता कमलप्रसाद जबेगु र जनता समाजवादीकी निर्मला लिम्बुले विकासका लागि सबै दलहरु एक हुनुको विकल्प नभएकोमा जोड दिए।

सांसदहरूले आगामी ५ वर्ष ईमान्दार, पारदर्शी र समन्वय गर्दै काम गर्ने बताएका थिए। प्रदेशको नामा करण सर्वसम्मत गर्ने दायित्व आफूहरूमा थपिएको भन्दै चाँडै त्यो दायित्व पुरा गर्न लागी पर्नुपर्नेमा पनि उनीहरूको जोड थियो। प्रादेशिक संरचनालाई दिगो बनाउन ७ वटै प्रदेशबिच प्रगाढ सम्बन्ध बनाउन, अनुभव आदानप्रदान गर्न, सङ्घबाट अधिकार प्राप्त गर्न पनि उनीहरूको माग थियो। 

प्रत्यक्षतर्फ ५८ र समानुपातिकतर्फm ३७ गरी ९३ जना प्रदेशसभा सांसदलाई विराटनगरमा पुस १५ र १६ दुई दिन प्रदेशभाले अभिमुखीकरण तालिम दिएको हो। तालिममा संविधानविद् डा. विपिन अधिकारीले ‘सङ्घीयतामा प्रदेशसभा र सांसदहरुको भूमिका, कानुन निर्माण गर्ने तरिका र विषयगत समिति निर्माण र निगरानीमा सांसदहरुको अधिकार’ विषयमा सहजीकरण गरेका थिए। त्यसैगरी प्रतिनिधिसभाका पूर्व सचिव मुकुन्द आचार्यले ‘प्रदेशसभा सञ्चालन र व्यवस्थापनको प्रक्रिया, मर्यादामा पालना गर्नुपर्ने आचारणहरु’ विषयमा सहजीकरण गरेका थिए भने पूर्व महालेखा प्रमुख सुरेश प्रधानले ‘सार्वजनिक वित्त व्यवस्थापन, बजेट कार्यान्वयन र निगरानी अनि लेखा परीक्षण’ विषयमा प्रस्ट्याएका थिए।

कार्यक्रममा संसदीय पत्रकार मञ्च प्रदेश १ का अध्यक्ष गणेश लम्सालले संसदको खुलापन बढाउँदै आम नागरिकको पक्षमा बढी भन्दा बढी काम गर्न आग्रह गरेका थिए। उनले सांसद, सचिवालय र पत्रकाहरु बिच नियमित सहकार्य र समन्वय गर्दे प्रदेशसभालाई सार्थक र जनमुखी बनाउँदै सङ्घीयतामा प्रदेशको अपरिहार्यता पुष्टि गर्न लागी पर्नुपर्नेमा जोड दिएका थिए।
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
७ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस