गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य बस्यालले लिए सपथ
१३ पौष २०७९
•
२ मिनेट पाठ
गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य बस्यालले लिए सपथ
गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले बुधबार पद तथा गोपनीयताको सपथ लिएका छन्। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेश सभाका ज्येष्ठ सदस्य पर्वत प्रदेश सभा २ बाट निर्वाचित एमाले सांसद बस्याललाई बुधबार पद तथा गोपनीयताको सपथ खुवाएका हुन्।




प्रदेशसभा सदस्य मध्ये ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले संविधानको धारा १८२(५)र प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा ७५(१) बमोजिम पद तथा गोपनीयताको सपथ खुवाउनुपर्ने प्रावधान रहेको छ।

ज्येष्ठ सदस्यको हैसियतमा सपथ लिएका बस्यालले अन्य प्रदेश सभा सदस्यहरुलाई विहीबार पद तथा गोपनीयताको सपथ खुवाउनेछन्। सपथका लागि प्रदेश सभा सदस्यहरुलाई प्रदेश सभा भवन नदीपुरमा विहीबार दिउँसो १ बजे बोलाइएको छ। 

६० सदस्यीय गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र नेकपा एकीकृत समाजवादीको १ सांसद रहेका छन्। गण्डकीमा हालै बनेको गठबन्धनको बहुमत रहेको छ। एमालेको २२, माओवादीको ८ र राप्रपाको २ सांसद रहेकाले यहाँ सरकार बनाउन सहजै बहुमत पुग्छ। 

तर, गण्डकीमा सरकार गठनको प्रक्रिया शुरु भने भइसकेको छैन। गण्डकीमा कुनैपनि दलको एकल बहुमत नपुगेकाले प्रदेश प्रमुखले निश्चित समय दिएर दुई वा दुई भन्दा बढी दल मिलेर सरकार बनाउनका लागि आह्वान गर्नुपर्ने हुन्छ। यसरी दुई वा दुई भन्दा बढी दल मिलेर पनि सरकार बनाउन नसकेको खण्डमा मात्रै ठूलो दलको हैसियतमा सरकार बनाउने बाटो खुल्छ। 

यसैबीच, प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस १८ गतेका लागि गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गरिसकेका छन्। नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश प्रमुखले प्रदेश सभा सदस्य चयनका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको २० दिनभित्र प्रदेशसभाको अधिवेशन आह्वान गर्ने व्यवस्था छ। त्यस्तै, प्रदेशसभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको छ।
अर्को समाचार
वाग्मती प्रदेशको मन्त्रालयले बल्ल पायो मन्त्री
१५ वैशाख २०७८
•
२ मिनेट पाठ
वाग्मती प्रदेशको मन्त्रालयले बल्ल पायो मन्त्री
वाग्मती प्रदेशका तीन मन्त्रीहरुलाई पद तथा गोपनियताका सपथ खुवाउँदै प्रदेश प्रमुख विष्णु प्रसाईं । तस्बिरः अशोकसुजन/नागरिक
वाग्मती प्रदेशको चार महिनादेखि मन्त्रीविहीन रहेको तीन मन्त्रालयले मन्त्री पाएको छ। नवनियुक्त तीन मन्त्री र एक राज्यमन्त्रीलाई प्रदेश प्रमुखको कार्यालयमा बुधबार पद तथा गोपनियताको सपथ ग्रहण गराइएको छ।




प्रदेश प्रमुख विष्णु प्रसाईले मन्त्रीहरुलाई र मुख्यमन्त्री डोरमणि पौडेलले राज्यमन्त्रीलाई सपथ ग्रहण गराएका हुन्। नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) विवादका कारण प्रदेशका तीन मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयमा मन्त्रीसँगै मुख्यमन्त्री पौडेलले एक राज्यमन्त्री थप गरेका हुन्।

प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नुवाकोटका केशवराज पाण्डे, उद्योग, पर्यटन वन तथा वातावरणमन्त्रीमा सिन्धुपाल्चोकका सरेश नेपाल र सामाजिक विकासमन्त्रीमा दोलखाकी सरस्वती बस्नेतलाई सपथ ग्रहण गराइएको छ। साथै, सामाजिक विकास राज्यमन्त्रीमा धादिङका डा. रामकुमार अधिकारीले सपथ लिएका छन्।

पाण्डे नेकपा एमालेका मुख्य सचेतक, नेपाल प्रदेश सभाको अर्थ तथा विकास समितिको सभापति रहेका थिए भने अन्य प्रदेश सांसद हुन्। सात मन्त्रालय रहेको वाग्मती प्रदेशमा आर्थिक मामिला तथा योजनामन्त्रीमा कैलाशप्रसाद ढुङ्गेल, भौतिक पूर्वाधार विकासमन्त्रीमा रामेश्वर फुयाँल र भूमी व्यवस्था, कृषी तथा सहकारीमन्त्रीमा दावा दोर्जे लामा यथावत रहेका छन् ।

नवनियुक्तसहित प्रदेश सरकारका सबै मन्त्री नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पक्षका हुन्। तत्कालीन सत्तारुढ नेकपाको पुष्पकमल दाहाल‘प्रचण्ड’ र नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पुस १० गते मुख्यमन्त्री पौडेलविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गर्दै सामूहिक राजीनामा दिएका थिए।

कार्यक्रममा सभामुख सानुकुमार श्रेष्ठ, प्रदेश मन्त्रीहरु, कर्मचारी लगायतको उपस्थिती रहेको थियो। तत्कालिन आन्तरिक मामिला मन्त्री शालिकराम जम्कट्टेल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले पदत्याग गरेपछि तीन मन्त्रालय मुख्यमन्त्रीले सम्हाल्दै आएका थिए। नेकपा एमालेको एकल बहुमत रहेको वाग्मती प्रदेशमा कूल एक सय १० सांसदमध्ये एमालेको ५७ सांसद रहेका छन्।
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस