प्रदेशसभा भित्र पहिलो पटक प्रवेश गरेकी सांसद विजया बुढाका थुप्रै योजनाहरू छन्। कानुन बनाउने, सडक सञ्जालसँग नजोडिएको दुर्गम हिमाली जिल्ला हुम्लासम्म गाडी गुडाउने, महिला, पछाडि पारिएको क्षेत्र र वर्गका आवाजहरू प्रदेशसभामार्फत गुन्जाउने योजना उनको छ।
संसदमा चुनिएका प्रतिनिधिमार्फत आफ्नो क्षेत्र र जिल्लामा विकास आउँछ भन्ने स्थानीय बुझाई छ। अहिलेसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा गाडी पुर्याउने योजना पनि उनको छ। ‘यसका लागि संसद नहुँदा पनि पहल गरेकै हो,’ उनले भनिन्, ‘संसदको भूमिकामा हुँदा लक्ष्य अनुसारको काम गर्न सहज हुने अपेक्षा लिएकी छु।’
सुर्खेतकी बलिमाया बुढा महिला, बालबालिका, सीमान्तकृत समुदायका आवाजलाई संसदमा प्रस्तुत गर्ने बताउँछिन्।
‘प्रदेशले पनि आवश्यक कानुनहरू बनाउन सकेको छैन्, तीन तह बिच समन्वयको पनि अभाव छ,’ सांसद भण्डारीले भने, ‘आवश्यक कानुन निर्माण गरेर स्थानीय तह, प्रदेश र सङ्घलाई बाँध्न सकियो भने मात्रै संघीयता बलियो र दिगो हुने मैले विश्वास लिएको छु।’
पाँच वर्ष स्थानीय तहको नेतृत्व गरेको अनुभवलाई आफूले प्रदेशसभामा प्रयोग गर्ने बताए। ‘जनताका लागि बनाइने कानुनमा जनताको प्रत्यक्ष सहमभागीता हुनुपर्छ भन्ने मेरो मान्यता छ,’ उनले भने, ‘यसका लागि प्रदेशसभाका समितिहरू मार्फत बन्ने कानुनका बारेमा जनता र सरोकारवालाहरूको राय–सल्लाह लिने गरेर काम गछौं।’
सांसद सन्तोषी शाहीले कानुन र विकास–निर्माणमा सबै एक ठाउँमा उभिने बताइन्।
४० सदस्यीय कर्णाली प्रदेशसभामा चार जनाबाहेक सबै नयाँ अनुहार हुन्। नेपाली काँग्रेसबाट हुम्लाबाट जितेका हालका मुख्यमन्त्री जीवनबहादुर शाही, सुर्खेतबाट जितेका नेकपा एमालेका यामलाल कँडेल, माओवादी केन्द्रका विन्दमान विष्ट र डोल्पाबाट जितेका वीरबहादुर शाही मात्रै प्रदेशसभाका लागि दोहोरिएका अनुहार हुन्।
नयाँ अनुहार मध्ये केही स्थानीय तहको नेतृत्व गरेर आएका छन्। रुकुम पश्चिमबाट निर्वाचित राजकुमार शर्माले स्थानीय तहमा काम गरेको अनुभव प्रदेशसभामा प्रयोग गर्ने बताउँछन्। ‘प्रदेशसभाले आवश्यक कानुनहरू नबनाउँदा स्थानीय तहमा काम गर्दा धेरै समस्याहरू भोग्नुप¥यो, स्थानीय तहलाई कस्ता–कस्ता कानुनको आवश्यक छ भन्ने पनि हामीले भोगेका छौं,’ शर्माले भने, ‘प्रदेशसभामार्फत स्थानीय तहका साथै प्रदेशलाई पनि आवश्यक पर्ने कानुन निर्माण गर्नेतर्फ लाग्नेछौँ।’ शर्मासँग जिल्ला समन्वय समितिको प्रमुख भएर काम गरेको अनुभव छ।
उनले पार्टीको घोषणापत्र र जनतासँग गरेका बाचाहरूलाई पनि प्रदेशसभामार्फत सम्बोधन गर्ने बताए।
‘पाँच वर्षको अवधिमै प्रदेश संरचनाका बारेमा टीकाटिप्पणी हुन थालिसक्यो,’ बुढाले भनिन्, ‘संघीयता भनेकै प्रदेश संरचना हो, संघीयता बलियो बनाउनका लागि प्रदेश सांसदका हैसियतले मैले खेल्नुपर्ने सम्पूर्ण भूमिका निर्वाह गर्ने तयारीका साथ आएकी छु।’बुढाले अघिल्लो पाँच वर्षमा सांसदहरूले खेलेको भूमिकालाई पनि नजिकबाट नियालेकी छन्। पाँच वर्षमा कर्णाली प्रदेशसभामा भएका राम्रा अभ्यासहरूलाई निरन्तरता दिनुपर्ने उनको भनाई छ। ‘सबै सांसदहरूले एकै स्वरमा सुरुमै प्रदेशको नामकरण र राजधानीको टुङ्गो लगाउनु भयो, कर्णालीको गरिबी र पछौडेपनका विरुद्ध एकजुट भएर लड्ने अठोट गर्नुभयो,’ शपथग्रहणपछि बुढाले भनिन्, ‘बनेका कानुनको कार्यान्वयन गर्दै प्रदेशका लागि आवश्यक पर्ने ऐन–कानुनहरू निर्माण गरेर अन्य प्रदेशको भन्दा कर्णालीलाई नमुना प्रदेश बनाउनेतर्फ पनि मेरो भूमिका रहन्छ।’ संसद कानुन निर्माण गर्ने थलो हो। तर, आम बुझाई भने त्यस्तो छैन्।
संसदमा चुनिएका प्रतिनिधिमार्फत आफ्नो क्षेत्र र जिल्लामा विकास आउँछ भन्ने स्थानीय बुझाई छ। अहिलेसम्म राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा गाडी पुर्याउने योजना पनि उनको छ। ‘यसका लागि संसद नहुँदा पनि पहल गरेकै हो,’ उनले भनिन्, ‘संसदको भूमिकामा हुँदा लक्ष्य अनुसारको काम गर्न सहज हुने अपेक्षा लिएकी छु।’
सुर्खेतकी बलिमाया बुढा महिला, बालबालिका, सीमान्तकृत समुदायका आवाजलाई संसदमा प्रस्तुत गर्ने बताउँछिन्।
‘महिला सशक्तीकरण, महिला सुरक्षा र सीमान्तकृत वर्ग र समुदायको बारेमा वकालत गर्ने थलोका रुपमा प्रदेशसभालाई प्रयोग गर्नेछु,’ उनले भनिन्, ‘आफ्नो क्षेत्र मात्रै होइन, समग्र कर्णालीको विकास र समृद्धिका लागि पनि आवाज उठाउने छु।’दैलेखबाट निर्वाचित घनश्याम भण्डारीले प्रदेशसभामार्फत स्थानीय तह र सङ्घलाई जोड्नेतर्फ आफू केन्द्रित हुने बताउँछन्। ‘तीन तह (स्थानीय, प्रदेश र संघ) बिच समन्वयको अभाव छ,’ उनले भने, ‘प्रदेशसभालाई स्थानीय तह र सङ्घबिच सहकार्य र समन्वय गर्ने गरेर भूमिका खेल्छु।’ उनले यसका लागि संविधानले प्रत्याभूत गरेका साझा र एकल अधिकारका कानुनहरू निर्माण गर्ने, स्थानीय तहमार्फत विकास योजनाहरू कार्यान्वयन गर्ने लगायतका योजना बनाएका छन्।
‘प्रदेशले पनि आवश्यक कानुनहरू बनाउन सकेको छैन्, तीन तह बिच समन्वयको पनि अभाव छ,’ सांसद भण्डारीले भने, ‘आवश्यक कानुन निर्माण गरेर स्थानीय तह, प्रदेश र सङ्घलाई बाँध्न सकियो भने मात्रै संघीयता बलियो र दिगो हुने मैले विश्वास लिएको छु।’
पाँच वर्ष स्थानीय तहको नेतृत्व गरेको अनुभवलाई आफूले प्रदेशसभामा प्रयोग गर्ने बताए। ‘जनताका लागि बनाइने कानुनमा जनताको प्रत्यक्ष सहमभागीता हुनुपर्छ भन्ने मेरो मान्यता छ,’ उनले भने, ‘यसका लागि प्रदेशसभाका समितिहरू मार्फत बन्ने कानुनका बारेमा जनता र सरोकारवालाहरूको राय–सल्लाह लिने गरेर काम गछौं।’
सांसद सन्तोषी शाहीले कानुन र विकास–निर्माणमा सबै एक ठाउँमा उभिने बताइन्।
‘सबैभन्दा ठुलो भूगोल भएको कर्णालीमा जनसङ्ख्या न्यून छ,’ विकासले कर्णालीमा गति लिन सकेको छैन्,’ उनले भनिन्, ‘कर्णालीलाई विकास र समृद्धिको मार्गमा डोर्याउनका लागि दलगत धारणालाई किनारामा राखेर सामूहिक भावनाका साथ अगाडि बढ्नेछौँ।’उनले प्रदेशसभा मूलतः कानुन निर्माण गर्ने थलो भएकाले कर्णालीको भूगोल सुहाउने कानुन निर्माणतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताइन्।
४० सदस्यीय कर्णाली प्रदेशसभामा चार जनाबाहेक सबै नयाँ अनुहार हुन्। नेपाली काँग्रेसबाट हुम्लाबाट जितेका हालका मुख्यमन्त्री जीवनबहादुर शाही, सुर्खेतबाट जितेका नेकपा एमालेका यामलाल कँडेल, माओवादी केन्द्रका विन्दमान विष्ट र डोल्पाबाट जितेका वीरबहादुर शाही मात्रै प्रदेशसभाका लागि दोहोरिएका अनुहार हुन्।
नयाँ अनुहार मध्ये केही स्थानीय तहको नेतृत्व गरेर आएका छन्। रुकुम पश्चिमबाट निर्वाचित राजकुमार शर्माले स्थानीय तहमा काम गरेको अनुभव प्रदेशसभामा प्रयोग गर्ने बताउँछन्। ‘प्रदेशसभाले आवश्यक कानुनहरू नबनाउँदा स्थानीय तहमा काम गर्दा धेरै समस्याहरू भोग्नुप¥यो, स्थानीय तहलाई कस्ता–कस्ता कानुनको आवश्यक छ भन्ने पनि हामीले भोगेका छौं,’ शर्माले भने, ‘प्रदेशसभामार्फत स्थानीय तहका साथै प्रदेशलाई पनि आवश्यक पर्ने कानुन निर्माण गर्नेतर्फ लाग्नेछौँ।’ शर्मासँग जिल्ला समन्वय समितिको प्रमुख भएर काम गरेको अनुभव छ।
उनले पार्टीको घोषणापत्र र जनतासँग गरेका बाचाहरूलाई पनि प्रदेशसभामार्फत सम्बोधन गर्ने बताए।
‘चुनावी घोषणापत्र र जनतासँग हामीले विकास ल्याउँछौँ, खानेपानी ल्याउँछौँ, बाटो ल्याउँछौँ भनेर पनि भोट मागेका छौं,’ उनले भने, ‘प्रदेशसभालाई कानुन निर्माणसँगै जनतासँग गरेका बाचारहरु पूरा गर्ने थलोका रुपमा पनि विकास गछौं।’कर्णाली प्रदेशसभामा सबैभन्दा ठुलो दल नेपाली काँग्रेस छ। ४० मध्ये काँग्रेसका १४ जना सांसद छन्। दोस्रो ठुलो दल नेकपा माओवादी केन्द्रका १३ जना सांसद छन् भने तेस्रो ठुलो दल नेकपा एमालेका १० जना सांसद छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादीका एक–एक जना सांसद छन् भने कर्णाली प्रदेशसभामा सदस्यमा एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। कर्णाली प्रदेशसभा सांसदहरूले पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। सम्भवतः १८ जना संसदको पहिलो अधिवेशन आव्हान हुने सम्भावना छ।