प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङलाई निर्वाचन आयोगले प्रदेश १ को प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम बुझाएको छ।
शनिबार विराटनगरमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश प्रमुख खापुङलाई निर्वाचन प्रतिवेदन बुझाएका हुन्। आयोगले प्रत्यक्षतर्फ ५६ र समानुपातिकतर्फ ३७ जना सदस्यको अन्तिम परिणाम बुझाएको हो। आयोगका अनुसार निर्वाचित प्रदेशसभा सदस्यमध्ये ३३ जना महिला र ६० जना पुरुष रहेका छन्।
नेकपा एमालेबाट ४०, नेपाली काँग्रेसबाट २९, नेकपा माओवादी केन्द्रबाट १३, राप्रपाबाट ६, नेकपा एकीकृत समाजवादीबाट ४ र जनता समाजवादी पार्टीबाट १ जना निर्वाचित भएका छन्। निवाचित प्रदेशसभा सदस्यहरु ४० वर्ष उमेर समूहका १४, ४० देखि ६० वर्ष उमेर समूहका ६० र ६० वर्षमाथिका १९ जना रहेको जनाएको छ।
त्यसैगरी, समुदायगत प्रतिनिधित्वका आधारमा आदिवासी जनजाति समुदायका ३८, खस–आर्य समुदायका ३७, मधेसी समुदायका ७, थारु र राजवंशी समुदायका ५, दलित समुदायका ४ र मुस्लिम समुदायका २ जना छन्। आयोगले प्रतिवेदन बुझाएपछि अब प्रदेशमा नयाँ सरकार गठनको बाटो खुला भएको हो।
प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रतिवेदन बुझाएसँगै नयाँ सरकार गठन प्रक्रिया सुरु भएको हो। प्रदेश प्रमुख खापुङले औपचारिक रुपमा आयोगले निर्वाचन परिणाम बुझाएपछि नयाँ सरकार गठन प्रक्रिया सुरु गर्ने बाटो हुँदा चाँडै प्रक्रिया अघि बढाउने बताए।
प्रदेश प्रमुख खापुङलाई प्रतिवेदन बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले मंसिर ४ मा भएको निर्वाचन र मतगणना निष्पक्ष र धाँधलीरहित भएकाले पुनः मतदान वा मतगणना हुन अवस्था छैन। उनले यो निर्वाचनमा कहीँ कतै मतदान अधिकृतले आफ्नो स्वार्थको काम गरेका छन् वा सुरक्षाकर्मी चुकेका छन्। निर्वाचनमा खटिएका सबै कर्मचारीहरु स्वच्छ तरिकाले काम गरेकाले कहीँ कतै खोट लगाउने ठाउँ नभएकाले पुनः मतदान वा मतगणना हुने अवस्था छैन।
दलहरूले गठबन्धन गरेर एकअर्काको भोट मागेका कारण मतदाता अन्योलमा हुँदा मत बदरको संख्या बढेको बताउँदै, प्रमुख आयुक्त थपलियाले भने, ‘मतदाता शिक्षा दिए पनि दलहरूको गठबन्धनका कारण मत बदर भएको हो। चुनाव प्रचारप्रसारमा गठबन्धन बलियोका लागि उहाँहरूले मत माग्नु भयो तर हामी अपमानित भएको महसुस भएको छ।’
उनले गठबन्धन गरेका दलले सबै दललाई भोट माग्दा मतदाताले पनि सबै दललाई माया गरेर भोट दिएको बताए। प्रदेशमा समानुपातिकको मत बदरको अवस्था हेर्दा प्रदेशसभा प्रति वितृष्णा देखिएको बताए। ‘मतदाताले मतदानमा गरेको प्रकृति हेर्दा के देखिएको छ भने हाम्रो शासन प्रणाली र दलहरूको भावनालाई स्वस्तिक छापमार्फत प्रकट गरेका हुन् कि भन्ने अवस्था देखिएको छ,’ थपलियाले भने।