सरकार गठनका ६ विकल्प
१९ मंसिर २०७९
•
५ मिनेट पाठ
सरकार गठनका ६ विकल्प
प्रतिनिधिसभा सदस्य निर्वाचन प्रत्यक्ष र समानुपातिकतर्फ मतगणन अन्तिम चरणमा पुगेसँगै प्रमुख राजनीतिक दलहरूको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ। निर्वाचन परिणाम कुनै एक दलको पक्षमा आएन नै, तालमेल गरेका गठबन्धनले पनि सरकार गठनका लागि बहुमत पुर्‍याउन सकेनन्। नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमाले नेतृत्वको विपक्षी दुवै गठबन्धनको पक्षमा स्पष्ट बहुमत नआउँदा नयाँ सरकार गठनका लागि कस्तो गठबन्धन बन्छ भन्ने यकिन हुन सकेको छैन।




निर्वाचन परिणाम अनुसार प्रतिनिधिसभामा कांग्रेस प्रत्यक्ष (५७) र समानुपातिक गरी ८९ सिटसहित ठूलो दलको हैसियतमा रहनेछ। एमाले प्रत्यक्ष (४४) र समानुपातिक गरी ७८ सिटसहित दोस्रो ठुलो दल बन्नेछ। प्रतिनिधिसभा प्रत्यक्षतर्फ दोलखाको परिणाम आउन बाँकी छ। त्यहाँ माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन्। माओवादी केन्द्र प्रत्यक्ष (१७) र समानुपातिक गरी ३१ सिटसहित तेस्रो ठुलो दल हुनेछ। दोलखामा माओवादी उम्मेदवार गंगा कार्कीले जित निकाले प्रतिनिधिसभामा उसका सांसद ३२ हुनेछन्।

नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १० सिट जितेको छ। उसले समानुपातिकतर्फ सिट पाउने सम्भावना टरेको छ। त्यस्तै प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रत्यक्ष (सात) र समानुपातिकसहित २१, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रत्यक्ष (सात) र समानुपातिकसहित १४, जनता समाजवादी पार्टी (जसपा) का प्रत्यक्ष (सात) र समानुपातिकसहित १२, जनमत पार्टीका प्रत्यक्ष (एक) र समानुपातिकसहित पाँचजना सदस्य रहनेछन्।

यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का चार, नागरिक उन्मुक्ति पार्टीका चार, स्वतन्त्र पाँच र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चाका एकरएक सदस्य प्रतिनिधिसभामा रहनेछन्। लोसपा, नागरिक, नेमकिपा र जनमोर्चाले प्रतिनिधिसभा समानुपातिकतर्फ सदर मतको तीन प्रतिशत नल्याएकाले सिट पाउने सम्भावना टरेको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन परिणामअनुसार संविधानको धारा ७६ (१) अनुसार एकल बहुमतको सरकार गठनको बाटो बन्द भएको छ। संसद्मा कुनै पनि दलको एकल बहुमत नभएकाले अब संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्नुपर्छ। धारा ७६ (२) अनुसार पनि कुनकुन दल मिलेर सरकार गठन हुन्छ भन्ने स्पष्ट चित्र देखिएको छैन।

कांग्रेस नेतृत्वको वर्तमान सत्ता गठबन्धनले नै नयाँ जनादेशअनुसार अर्को सरकार गठन गर्ने अनुमान गरिएको छ। तर सत्ता गठबन्धनमा रहेको माओवादी केन्द्रको शुक्रबार बसेको पदाधिकारी बैठकले नयाँ सरकार गठनका लागि विपक्षी गठबन्धनको नेतृत्व गरेको एमालेसहितका दलसँग वार्ता गर्नेगरी सबै विकल्प खुला राख्ने निर्णय गरेको छ। यो निर्णयले माओवादी केन्द्र र एमाले मिलेर नयाँ सरकार गठन गर्ने सम्भावनाको ढोका खोलिदिएको छ।

सत्ता गठबन्धनको नेतृत्व गर्दै आएको कांग्रेस आफ्नै नेतृत्वमा माओवादी केन्द्र, नेकपा एस, लोसपा, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा नयाँ सरकार गठन हुनेमा विश्वस्त छ। कांग्रेस, माओवादी, नेकपा एस, लोसपा, जनमत र जनमोर्चा मिल्दा नयाँ सरकार गठनका लागि एक सय ४० भन्दा बढी सदस्य हुन्छन्, जुन सरकार गठनका लागि आवश्यक बहुमतभन्दा केही बढी संख्या हो। यसै आधारमा कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउन गृहकार्य थालेको नेताहरूको दाबी छ। निर्वाचनमा जनतामाझ व्यक्त गरेको प्रतिबद्धताअनुसार अहिलेकै गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा कांग्रेस नेताहरू छन्। आलोपालो सरकारको नेतृत्व गर्ने र सातै प्रदेशमा शक्ति बाँडफाँट गर्ने तयारी कांग्रेसको छ। कांग्रेसको नेतृत्वमा सहमति नजुटे माओवादी केन्द्रको नेतृत्वमा कांग्रेस, नेकपा एस, लोसपा, जनमत र जनमोर्चासहित अन्यलाई पनि समेटेर सरकार बन्न सक्छ।

आलोपालो सरकारको नेतृत्व सञ्चालन गर्नेगरी कांग्रेसले राष्ट्रपति लिएर पहिला माओवादी नेतृत्वमा सरकार बन्न सक्नछ।

माओवादी र कांग्रेस नेतृत्वमा सरकार बन्न नसके प्रतिनिधिसभामा दुई ठुला दल कांग्रेस र एमालेको गठबन्धन सरकार बन्न सक्छ। तर यो सम्भावना निकै कम छ। २०७० सालमा दोस्रो संविधानसभा निर्वाचनपछि कांग्रेस नेतृत्वमा एमालेसमेत सहभागी सरकार बनेको थियो।

एमाले नेतृत्वमा कांग्रेस, माओवादी र नेकपा एसबाहेकका दलहरू मिलेर पनि नयाँ सरकार गठनका लागि संख्या पुग्छ। राप्रपा, रास्वपा, जसपा, लोसपा, जनमत, अन्य साना दल र स्वतन्त्र सांसदको समर्थनमा एमालले सरकार बनाउन सक्छ। रास्वपाप्रति एमाले अध्यक्ष केपी ओली निकै आक्रामक रूपमा प्रस्तुत हुँदै आएकाले तत्काल नै उक्त दलसँग सहकार्यको सम्भावना कम रहेको निकटहरू बताउँछन्। निर्वाचनमा चुनावी तालमेल गरेको एमालेसँग जसपा अध्यक्ष उपेन्द्र यादव पनि असन्तुष्ट छन्। यादवले आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा एमालेसँगको सहकार्य चुनावसँगै सकिएको बताएका छन्।

पाँचौ विकल्पका रूपमा कांग्रेस नेतृत्वमा एमाले, माओवादी र नेकपा एसबाहेकका दलहरू मिलेर पनि सरकार गठन हुन सक्छ। यसका लागि कांग्रेसले एमाले, माओवादी र नेकपा एसबाहेकका दललाई साथमा लिनुपर्छ।

छैटौं विकल्पमा माओवादी नेतृत्वमा एमाले, जसपा, राप्रपा, जनमत पार्टीको समर्थनमा सरकार बन्न सक्छ। निर्वाचनको प्रारम्भिक परिणाम आउनेक्रममै एमाले अध्यक्ष ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको दाबी निकट स्रोतको छ। माओवादीलाई सरकारको नेतृत्व दिएर एमालेले राष्ट्रपति, सभामुख, प्रदेश सरकारको नेतृत्व लिने सर्तमा यो विकल्प अघि बढ्न सक्छ।

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले आफ्नो पार्टी अहिलेकै सत्ता गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको बताएका छन्। माओवादी पदाधिकारी बैठक निर्वाचन समीक्षामै केन्द्रित रहेको बताउँदै गुरुङले भने, ‘अहिले सरकार गठनका विषयमा कुरा भएको छैन। बरु सत्ता गठबन्धनको बैठक अब छिटो बस्नुपर्छ र कुरा अघि बढाउनु पर्छ।’ सत्ता गठबन्धन दलको बैठक सोमबार दिउँसो ३ बजे बस्ने तयारी भएको जानकारी पनि उनले दिए।  
अर्को समाचार
वैकल्पिक सरकारका लागि एमालेका असन्तुष्ट निर्णायक
३० वैशाख २०७८
•
३ मिनेट पाठ
वैकल्पिक सरकारका लागि एमालेका असन्तुष्ट निर्णायक
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दिएको तीन दिनको समय बिहीबार सकिँदै छ । तर, अहिलेसम्म केपी ओली नेतृत्व सरकारको विकल्प प्रस्तुत गर्न कसैले सकेका छैनन् । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका राजनीतिक दलहरू नयाँ सरकार गठनका लागि जनता समाजवादीलाई आफ्नो पक्षमा पार्न सक्रिय छन् । तर, जनता समाजवादी पार्टी नयाँ सरकार गठनमा नखुल्दा राष्ट्रपतिले दिएको समय सीमा त्यसै गुज्रिने सम्भावना बढ्दै गएको हो ।




बुधबारसम्म जसपा अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोसहित नेता संविधानको धारा ७६(२) अनुसार नयाँ सरकार गठनको पक्षमा देखिएका छैनन् भने अर्का अध्यक्ष उपेन्द्र यादवसहित नेता नयाँ सरकार गठनको पक्षमा देखिएका छन् । जसपाभित्र सहमति जुट्न नसक्दा वैकल्पिक सरकार गठन हुने सम्भावना कमजोर बन्न पुगेको हो ।

ठाकुरसहितका नेता बिहीबारसम्म नयाँ सरकार गठनको पक्षमा नखुले जसपा कार्यकारिणीको बैठकले बहुमतको आधारमा निर्णय गरेर अघि बढ्ने सम्भावना रहेको नेताहरूको दाबी छ । तर ठाकुर, महतोसहितका नेताले आफूहरू नयाँ सरकार गठनको पक्षमा नरहेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुधबार नै जानकारी गराएका छन् । आफ्नो दलको समर्थनमा सरकार गठनको दाबी पेस भए त्यसलाई स्वीकार नगर्न उनीहरूले आग्रह गरेको स्रोतको दाबी छ ।

संविधानको धारा ७६(२)ले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको समर्थनमा संयुक्त सरकार गठन गर्ने व्यवस्था छ । उक्त व्यवस्था अनुसार कांग्रेस, माओवादी र जसपासहितको दलको समर्थनमा नयाँ सरकारको दाबी गर्ने सम्भावना भने कायमै रहेका नेताहरूले दाबी गरेका छन् । त्यस्तो अवस्थामा राष्ट्रपतिले विवादित जसपाको समर्थनलाई अस्वीकार गर्दै बहुमत सांसदको समर्थनसहित हस्ताक्षर माग गर्न सक्नेछिन् ।

विपक्षी दलहरूले उक्त संख्या पुर्‍याउनसक्ने सम्भावना कम रहेको छ । त्यस्तो अवस्थामा सरकार गठनका विषयमा नयाँ विवाद खडा हुने विश्लेषण गर्दै स्रोतले भन्यो, ‘त्यस्तो अवस्थामा राष्ट्रपतिले बिहीबार ९ बजेपछि नै संविधानको धारा ७६(३) अनुसार प्रतिनिधि सभाको ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेता एवं वर्तमान प्रधानमन्त्रीलाई नै फेरि प्रधानमन्त्रीको शपथ गराउने सम्भावना छ ।’

जसपा एक नभएको अवस्थामा ओली सरकारको विकल्प खोज्ने अर्को बाटो एमालेका असन्तुष्ट पक्षको राजीनामा हो । एमाले वरिष्ठ नेता झलनाथ खनाल, नेता माधवकुमार नेपालसहितका नेताले प्रतिनिधिसभा सदस्यबाट राजीनामा गरेको अवस्थामा मात्र अहिलेको अवस्थामा वैकल्पिक सरकार गठनको ढोका खुल्नेछ । तर, उनीहरू पनि राजीनामा गर्ने वा पार्टीभित्रै बसेर अन्तरसङ्घर्ष गर्ने भन्नेमा स्पष्ट छैनन् । त्यसको निर्णय गर्ने अधिकार खनाल, नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे, घनश्यम भुषाल, गोकर्ण विष्टलाई जिम्मा दिएका छन् । भट्टराईसहित यीमध्ये बहुमत नेताहरू अन्तरसङ्घर्षको पक्षमा देखिएका छन् । यदि उनीहरूले राजीनामा नगरेको अवस्थामा ओलीको विकल्प खोज्ने दलहरूको प्रयास विफल हुनेछ ।

कांग्रेस, माओवादी, जसपाको उपेन्द्र यादव पक्ष, एमालेको असन्तुष्ट पक्षसहित सांसदसहित बहुमत सांसदहरूको हस्ताक्षरसहित प्रधानमन्त्री दाबी गर्नेगरी पनि दलहरू गृहकार्यमा छन् । तर, कांग्रेस र एमालेका असन्तुष्ट पक्ष नै उक्त कार्य संवैधानिक नहुने भन्ने निष्कर्षमा छन् । कांग्रेस सभापति शेरबहादुर देउवा एमालेका असन्तुष्ट पक्षको राजीनामा वा जनता समाजवादी पार्टीको सिंगो समर्थनमा मात्र प्रधानमन्त्रीको दाबी गर्ने पक्षमा देखिएका छन् । त्यसैले नयाँ सरकार गठनमा अब एमालेका असन्तुष्ट पक्षको भूमिका निर्णायक बन्ने देखिएको छ । यदि एमालेको असन्तुष्ट पक्षले थप कदम नउठाएको अवस्थामा बिहीबार राति वा शुक्रबार बिहान ओलीले नै ठूलो दलको हैसियतमा प्रधानमन्त्रीको जिम्मेवारी पाउने छन् ।
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४२ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
यो पनि पढौँ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस