वर्तमान सत्ता गठबन्धनको विकल्प खोजेका छैनौँः माओवादी केन्द्र
१८ मंसिर २०७९
•
३ मिनेट पाठ

नेकपा (माओवादी केन्द्र) ले नयाँ सरकार गठनका लागि वर्तमान सत्तारुढ गठबन्धनको विकल्प नखोजेको स्पष्ट पारेको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले नयाँ सरकार गठनका लागि सत्तारुढ गठबन्धनको विकल्प खोज्नु नहुने निष्कर्ष निकालेको हो। बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले नयाँ सरकार बनाउन गठबन्धनमा आधारित भएर सोच्नुपर्ने बताए।

गठबन्धनमा कुनै विमति वा असहमति पैदा नभएको भन्दै उनले आफूहरू गठबन्धन फेर्नुपर्छ भन्ने अवस्थामा नपुगेको उल्लेख गरे। उनले पार्टीले गठबन्धनको विकल्प नखोजेको स्पष्ट पारे। सोमवार गठबन्धनको बैठक बस्नेबारे जानकारी दिँदै उनले सो बैठकमा निर्वाचनको समीक्षा गर्ने र अगामी दिनमा कसरी अगाडी बढ्ने भन्ने सन्दर्भमा छलफल हुने बताए। 

‘सरकार गठनका बारेमा उल्लेखनीय रूपमा विषय प्रवेश भएको छैन। पहिलो कुरा अहिले गठबन्धनमा भएको हुनाले गठबन्धनका घटकहरू बिचमा कुराकानी हुने कुरा स्वतः भइहाल्यो। गठबन्धनका घटकहरूले कसरी सोचिराखेको छ भन्ने कुरा पनि हुने भयो। त्यस कारणले गर्दा खेरी अहिले गठबन्धन नै मुख्य रूपमा रहेको हुनाले गठबन्धनकै प्रक्रियाबाट निर्वाचन सम्पन्न भएको हुनाले गठबन्धनमै रहेर सोच्न कुरा त स्वाभाविक प्रक्रिया नै भयो। 

त्यस कारणले छिट्टै गठबन्धनको बैठक बस्नुपर्छ भन्ने कुरा भएको छ। भोलि नै गठबन्धनको बैठक बस्नुपर्छ। र, गठबन्धनको बैठक बसेर निर्वाचनसँग जोडिएका कतिपय सीमाहरूको, कतिपय कमीकमजोरीहरू पनि हुनसक्छ। त्यसको पनि समीक्षा गरौँ र त्यसपछि कसरी अगाडी बढ्ने सोचहरू बनेको छ भन्ने विषयमा पनि मोटामोटी रूपले छलफल गरौँ भनेर भोलि गठबन्धनको पनि आयोजना भएको छ। सरकार गठनको विकल्पहरूको बारेमा कुराकानी सुरु भएकै छैन। 

त्यस्तो कुराकानी भएकै छैन। हामी गठबन्धनमा भएको हुनाले पहिलो कुरा त गठबन्धनमा आधारित भएर सोच्ने कुरा भयो नि। अहिले गठबन्धनमै भएको हुनाले गठबन्धनमा कुनै विमति पैदा भएर, कुनै असहमति पैदा भइसकेको अवस्था त होइन। गठबन्धन तोड्नुपर्छ। फेर्नुपर्छ भन्ने कुरामा पुगेको अवस्था होइन अहिले। पहिलो कुरा गठबन्धनमा रहूँ। गठबन्धनबाट को–कोसँग वार्ता गर्ने, को कोसँग कुरा गर्ने, गठबन्धनमा अझ बलियो कसरी बनाउने, कति कुरा मिल्छन्, कति कुरा मिल्दैनन्। त्यो त गठबन्धनमा निर्भर रहने विषय भयो। त्यसो भएको हुनाले अहिले पार्टीले गठबन्धनको विकल्प तुरुन्तै सोचिसकेको अवस्था होइन।’ उनले भने

महासचिव गुरुङले नेकपा (एमाले) सँग गठबन्धन गर्ने सम्बन्धमा छलफल नभएको बताए। उनले एमालेसँग पनि कुनै प्रकारको कुराकानी नभएको स्पष्ट पारे। माओवादी केन्द्रले सरकार गठनको लागि पहिलो प्रयास गठबन्धनभित्रै गर्ने उनले बताए। 

‘एमालेसँग गठबन्धन गर्ने कुरा विषय प्रवेश नै भएको छैन। त्यस्तो केही कुराकानी नै भएको छैन कुनै पनि प्रकारको। ' उनले भने।
'अहिले त गठबन्धनमै रहेको हुनाले विकल्पको बारेमा त्यस्तो कुनै कुराकानी भएको छैन। गठबन्धनको विकल्पको बारेमा अहिले खासै कुरा सुरु भएको छैन। अहिले गठबन्धन नै भएको हुनाले गठबन्धनबाट नै पहिलो प्रयास त्यही हुने कुरा स्वतः भइहाल्यो नि। भोलि गठबन्धनको बैठक पनि आयोजना भएको छ। त्यस कारण मूलभूत रूपमा यिनै कुराहरू रहेका छन्। एमालेसँगको गठबन्धनको विषयमा भने विषय प्रवेश नै भएको छैन। अहिले त गठबन्धनमै रहेको हुनाले विकल्पको बारेमा त्यस्तो कुनै कुराकानी भएको छैन। गठबन्धनको विकल्पको बारेमा अहिले खासै कुरा सुरु भएको छैन। अहिले गठबन्धन नै भएको हुनाले त्यहीबाट सुरु हुने कुरा स्वाभाविक भइहाल्यो नि।’  उनले भने।

महासचिव गुरुङले निर्वाचन परिणाम अपेक्षा गरे अनुरूप नआए पनि सफल र परिणाममुखी नै भएको बताए। निर्वाचन परिणामलाई स्विकार्दै र कमी, कमजोरीहरूलाई सुधार्दै पार्टीलाई सुदृढ बनाउँदै अघि बढाउने बैठकको निष्कर्ष रहेको उनको भनाई छ।
अर्को समाचार
वर्तमान सत्ता गठबन्धनको विकल्प खोजेका छैनौँः महासचिव गुरुङ

चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock ४९ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ

दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस