विकासको खाका कोर्दै जनप्रतिनिधि
१५ मंसिर २०७९
•
३ मिनेट पाठ
विकासको खाका कोर्दै जनप्रतिनिधि
निर्वाचित भएपछि ५० शैय्याको मेहलकुना अस्पतालकोे अनुगमन गर्दै प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसदलगायत।
सुर्खेत–१ बाट निर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सांसदहरुले ‘योजना बैंक’ निर्माणको काम सुरु गरेका छन्। जनप्रतिनिधिहरुले सुर्खेत–१ का ५४ वडाका टोलटोलमा पुगेर भइरहेका विकास योजनाहरुको अनुगमनसँगै मतदाताहरुको आवश्यकताका योजनाहरु संकलन सुरु गरेका हुन्।




प्रदेशसभा सदस्य कृष्णबहादुर जिसीले डेढ महिनाभित्र सबै वडा र टोलटोलमा पुगेर विगतमा सुरु भएका वडादेखि केन्द्रीय बजेटबाट निर्माण भइरहेका विकास योजनाहरुको अवस्था र नयाँ सुरु गर्नुपर्ने विकास योजनाको अभिलेख तयारीको काम सुरु गरिएको बताए।

‘डेढ महिनाभित्र सुर्खेत–१ का दुबै प्रदेशसभा निर्वाचन क्षेत्र अन्तर्गतका वडा र टोलटोलमा पुगेर सुरु भएका तथा अधुरा विकास योजनाहरुको अवस्था, मतदाताहरुको माग, निर्वाचनका क्रममा गरेका बाचा र मतदाताहरुले दिएका सुझावसहितको खाका तयार गरेर योजना बैंक बनाउँछौं,’ जिसीले भने, ‘स्थलगत संकलन गरिएका योजनाहरुलाई प्रतिनिधिसभा सदस्यको उपस्थितिमा स्थानीय तह, सरोकारवालासहितको बैठकमार्फत वर्गिकरण गरेर कार्यान्वयन गर्ने तयारी थालेका छौं।’

प्रतिनिधिसभा सदस्य एवम् नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सुर्खेत–१ का सन्दर्भमा विकास योजनालाई अल्पकालिन, मध्यकालिन र दीर्घकालिन गरेर तीन चरणमा बर्गिकरण गरिने बताए। ‘पाँच वर्षअघिनै सुरु गरिएका केही दीर्घकालीन योजनाहरु कार्यान्वयन हुन सकेका छैनन्,’ उनले भने, ‘त्यसैले तत्कालन गर्न सकिने, पाँच वर्षभित्र गर्ने र १० वर्षसम्म सम्पन्न गर्ने लक्ष्य राखेर योजनाको बर्गिकरण हुन्छ।’

खड्काका अनुसार भेरीगंगा, गुर्भाकोट र लेकवेशी नगरपालिकालाई समेटेर सुरु गरिने भेरीगंगा उपत्यका नमूनाको आधुनिक सहर, प्रादेशिक विमानस्थललगायतका केही योजना दीर्घकालीन सोच अनुसार निर्माण हुनेछन्।

‘नवीन तरिकाले विकास निर्माणको प्रक्रियालाई अघि बढाउनका लागि योजना बैंक निर्माण गर्ने र त्यसलाई चालू आर्थिक वर्षदेखिनै कार्यान्वयन गर्ने छौं,’ निर्वाचित भएपछि मतदाताहरुसँग धन्यवाद कार्यक्रममा खड्काले भने, ‘कुन–कुन योजना वडा तहबाट, कुन–कुन योजना पालिका तहबाट, कुन–कुन योजना प्रदेशबाट र कुन–कुन योजना संघबाट कार्यान्वयन गर्ने भनेर योजना बैंकमा समावेश भएका योजनाहरुको बर्गिकरण गछौं।’

खड्काले सुर्खेत–१ को विकासका लागि सरोकारवाला निकायका प्रमुखहरुलाई सम्वन्धीत ठाउँमै ल्याएर छलफल चलाइने बताए। ‘त्यसको सुरुवात भेरीगंगा उपत्यका नमूनाको आधुनिक सहर निर्माणको कामबाट सुरु हुन्छ,’ उनले भने, ‘एक–डेढ महिनाभित्रै संघदेखि स्थानीय तहसम्मका सरोकारवालाहरुलाई ल्याएर छलफल चलाउँदैछौं।’

खड्काले प्रादेशिक विमानस्थलको काम पनि तत्कालै सुरु गरिने बताए। ‘अहिले उपत्यकामा रहेको विमानस्थलमा ठूला जहाज आउन समस्या छ, विस्तार गर्दा पनि त्यसले दीर्घकालीन समाधान गर्दैन्,’ उनले भने, ‘त्यसैले सुर्खेत–१ मा प्रादेशिक–अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम पनि तत्कालै सुरु गर्दैछौं।’

सुर्खेत–१ ‘क’का प्रदेशसभा सदस्य खड्कबहादुर पोखरेलले डेढ महिनाभित्र टोलटोलबाट योजनाहरु छनोट गरेर प्राथमिकताका आधारमा कार्यान्वयन गरिने बताए। ‘सडक पूर्वाधार, खानेपानी, सिंचाई, विद्युतीकरण र अन्य पूर्वाधारको खाका तयार गरेर योजना बैंकमा समावेश गछौं,’ उनले भने, ‘योजना बैंकमा समावेश भएका विकास योजनाहरुलाई बर्गिकरण गरेर वडादेखि केन्द्रसम्मको बजेटमार्फत त्यसलाई कार्यान्वयन गछौं।’
अर्को समाचार
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
३ घण्टा अघि
•
१ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
फाइल तस्बिर
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलबाट रिहा भएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई गृहजिल्ला अर्घाखाँचीमा स्वागत गरिएपछि एमाले नेतृ उषाकिरण तिम्सेनाले आक्रोश व्यक्त गरेकी छन्।




ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।

उनले आफूलाई भट्टीमा हालेर खरानी बनाउन खोजिएको तर भट्टीबाट खारिएर स्टिल बनेर निस्किएको बताएका थिए। जेल बसाइलाई अध्ययन गर्ने अवसरका रूपमा लिएको उल्लेख गर्दै उनले अहिले देश विकास गर्न र मुलुकलाई समृद्ध बनाउन हिजोभन्दा बढी आँट, शक्ति र आत्मविश्वास पलाएको दाबी गरेका थिए।

रायमाझीको स्वागत र अभिव्यक्तिप्रति लक्षित गर्दै तिम्सेनाले सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेकी हुन्।

उनले लेखेकी छन्, ‘सजाय भुक्तानी गरेर जेलबाट छुटेको मान्छेले देश बनाउने कुरा गर्दै छ! जनतालाई भुटानी शरणार्थी बनाएर बेचबिखन गरेको प्रकरणमा दोषी प्रमाणित भएर जेल बसेर आएको व्यक्ति अहिले माला लगाएर हिँड्दै छ! जनतालाई हेप्नुको पनि सीमा हुन्छ नि! अझ, त्यो पनि पार्टीलाई साक्षी राखेर!’

उनले थप लेखेकी छिन्, ‘माफ गर्नुहोस्, म अत्यन्तै दुःखी छु। लज्जाको यति ठुलो प्रदर्शनी नगरौँ न, हुन्छ! जनतालाई हेप्न बन्द गर। अब अति भयो!’

तिम्सेनाले रायमाझीलाई माला लगाएर स्वागत गरिएकोप्रति आपत्ति जनाउँदै जनतालाई हेप्न बन्द गर्न चेतावनीसमेत दिएकी छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस