प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिएका मध्ये २२ जनाले सय मत पनि कटाउन सकेनन्। निर्वाचन आयोगका अनुसार कर्णाली प्रदेशबाट प्रतिनिधिसभा ७४ र प्रदेशसभामा ११६ जनाले उम्मेदवारी दिएका थिए। ति मध्ये २२ जनाले तीन अंकको आँकडा पार गर्न सकेनन्।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासँगै चुनावी प्रतिष्पर्धामा रहेका तीन जना उम्मेदवारले २९ देखि ५९ मत प्राप्त गरेका छन्। खड्का सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनले ४२ हजार ६१९ मत प्राप्त गरेर विजयी भए। आयोगका अनुसार खड्कासँगै प्रतिष्पर्धामा रहेका नेपाल मजदूर किसान पार्टीका प्रेमकुमार थापाले ५९, राप्रपा नेपालका जीवन चन्दले ३२ र मंगल नेशनल अर्गनाइजेसन पार्टीका शेरबहादुर घर्तीमगरले २९ मत प्राप्त गरे। यस्तै सुर्खेत–२ को प्रतिनिधिसभामा हृदयराम थानीसँगै चुनाव लडेका नेस्नलिष्ट पिपल्स पार्टीका कुमारी राईले ५० मत प्राप्त गरिन्।
दैलेख–१ मा एकीकृत समाजवादीका प्रदेश अध्यक्ष अम्मरहादुर थापासँगै प्रतिनिधिसभामा प्रतिष्पर्धा गरेका नेपाली कांग्रेस (विपी) का भुपालबहादुर थापाले ६६ मत प्राप्त गरे भने कालिकोटमा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीसँग प्रतिष्पर्धा गरेका स्वतन्त्र उम्मेदवार धनप्रसाद पाण्डेले ८२ मत प्राप्त गरे।
मुगुका नेपाली कांग्रेसका ऐनबहादुर शाहीसँगै प्रतिष्पर्धा गरेका स्वतन्त्र उम्मेदवार कृष्णबहादुर सेजुवालले ६७ र भीम हमालले ३८ मत प्राप्त गरे भने डोल्पामा एकीकृत समाजवादीका धनबहादुर बुढासँग प्रतिष्पर्धा गरेका स्वतन्त्र उम्मेदवार वीरबहादुर रोकायले १० तथा नेपाल कम्युनिष्ट पार्टी माक्सवादी (पुष्पलाल) का हर्कबहादुर ठकुल्लाले ५३ मत प्राप्त गरे।
यस्तै प्रदेशसभातर्फ डोल्पा ‘क’बाट उम्मेदवारी दिएका नेपाल कम्युनिष्ट पार्टी माक्सवादी (पुष्पलाल) का नन्दबहादुर रोकायले २४, मुगु ‘क’बाट स्वतन्त्र उम्मेदवारी दिएका मानबहादुर ऐडीले ८, मुगु ‘ख’बाट उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार जगतबहादुर धामीले १५, हुम्ला ‘ख’बाट उम्मेदवारी दिएका जनता समाजवादी पार्टीका बलीराज शाहीले ४१, राप्रपा नेपालका सुमन रावतले २१, सुर्खेत–१ ‘क’बाट जनता समाजवादीका उम्मेदवार गंगे कामीले ४९, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका लालबहादुर गुरुङले ४७ र नेपाल मजदूर किसान पार्टीका पुष्पराज रानाले २३ मत प्राप्त गरे।
सुर्खेत–१ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएका देवबहादुर चन्दले ९ मत प्राप्त गरे भने सुर्खेत–२ ‘क’ बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका राप्रपा नेपालका मानबहादुर गाइनले ७७, नेपाल लोकतान्त्रिक पार्टीका पूर्णबहादुर सुनारले २२, सुर्खेत–२ ‘ख’बाट उम्मेदवारी दिएका नेमकिपाका गगन कामीले ९४ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।