जनमुक्ती सेनाका पुर्वकमाण्डर दुर्गाप्रसाद चौधरी लुम्बिनी प्रदेशको सांसदमा निर्वाचित भएका छन्। बाँके, प्रदेश सभा–१ (ख) मा नेकपा एमालेको तर्फबाट उनी निर्वाचित भएका हुन्।
निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका फुलाराम चौधरीलाई ८ सय ७७ मतको अन्तरले पराजित गर्दै निर्वाचित भए। नवनिर्वाचित दुर्गाले १५ हजार ६ सय ५७ मत प्राप्त गरे।
निकटतम प्रतिस्पर्धी फुलारामले १४ हजार ७ सय ८० मत ल्याएका छन्। यस्तै नागरिक उन्मुक्ती पार्टीका भुमबहादुर भण्डारीले ५ हजार २ सय ८५ मत ल्याए। यसैगरी स्वतन्त्र उम्मेदवार अमरजंग शाहले २ हजार ९६ मत ल्याएका छन्। उक्त प्रदेश सभा क्षेत्रमा कुल ६५ हजार २ सय ५५ मतदाता रहेका थिए। निर्वाचनका लागि उक्त प्रदेश सभा क्षेत्रमा नेपाली काँग्रेससहित सत्तारुढ दलबीच गठबन्धन बनेको थियो, भने नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेल भएको थियो।
२०३८ सालमा साबिक बैजापुर गाविसको बैसा गाउँमा जन्मेका दुर्गा नयाँ नेपाल बनाउने ठुलो सपना बोकेर २०५३ सालमा तत्कालिन नेकपा माओवादीको ‘जनयुद्ध’ मा होमिएका थिए। आफ्नो उर्वर समय नै उनले माओवादी जनयुद्धमा बिताए। युद्धका क्रममा दुर्गाले माओवादी जनमुक्ती सेनाको ‘डिभिजन भाईस कमाण्डर’ सम्मको जिम्मेवारी सम्हाले। कयौं ठाउँमा युद्धको नेतृत्व पनि गरे। आफुसँगै लडेका कयौं साथीहरुलाई गुमाउँदा उनी भने बाँच्न सफल भए।
२०६३ सालमा माओवादी शान्ति प्रक्रियामा आईसकेपछि उनी माओवादी पार्टीको मुल राजनीतिमा सक्रिय भए। २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा माओवादीले देशभर अप्रत्यासित नतिजा ल्यायो र सरकारको नेतृत्व पनि गर्यो। माओवादी सरकारमा पुगेपनि पुर्व जनमुक्ती सेनाका लागि माओवादी नेतृत्वको सरकारले खासै काम गर्न नसकेको भन्दै यिनै दुर्गाले पुर्वजनमुक्ती सेनालाई संगठित गर्न थाले।
पार्टीभित्र उनको अन्तर संघर्ष चलिरह्यो। २०७४ सालको निर्वाचनमा माओवादी केन्द्र र नेकपा एमालेबीच चुनावी गठबन्धन भयो। चुनाव लगत्तै पार्टी एकिकरण भएर नेपाल कम्युनिष्ट पार्टीमा रुपान्तरण भयो। केही समयसम्म पार्टी एकिकरण चल्दा उनी माओवादीभन्दा एमालेका नेताहरुसँग नजिक हुन थाले।
सर्वोच्च अदालतले माओवादी केन्द्र र एमालेलाई अलग गराईदियो। तर, दुर्गा भने आफ्नो पुरानो पार्टी माओवादीमा फर्केनन्। एमालेमै बसेर पार्टीको राजनीतिमा सक्रिय भए। एमालेले पुर्वजनमुक्ती सेनाहरुलाई समेट्ने रणनीति बनायो। त्यसपछि एमालेले यिनै दुर्गालाई पार्टीको लुम्बिनी प्रदेश उप–सचिव बनायो। यसपटक एमालेले उनलाई बाँके, प्रदेश सभा–१ (ख) मा टिकट दिएपछि लुम्बिनी प्रदेशको सांसदमा निर्वाचित भएका हुन्।