पूर्व–छापामारको ‘हृयाट्रिक’
०८ मंसिर २०७९
•
१ मिनेट पाठ
पूर्व–छापामारको ‘हृयाट्रिक’
भेरी नगरपालिका १ कालेगाउँ जाजरकोटका ५३ वर्षीय शक्तिबहादुर बस्नेतले प्रतिनिधिसभामा ‘हृयाट्रिक’ गर्दै आफुलाई सुरक्षित बनाएका छन्। १ छोरीका बाबु उनी पुर्व मन्त्री सत्य पहाडीका श्रीमान हुन्। स्नातकसम्म अध्यन गरेका बस्नेतले राजनीतिक आन्दोलनका क्रममा १२ वर्ष भूमिगत जीवन बिताएका थिए। सोहि क्रममा उनि दुईपटक प्रहरी हिरासतमा पनि बसे।




उनी २०६४ मा समानुपातिक तर्फबाट पहिलो संविधानसभामा पुगे। २०७० सालमा जाजरकोट १ बाट संविधान सभा सदस्य निर्वाचित बस्नेत २०७४ सालको प्रतिनिधिसभा सदस्यमा जाजरकोटबाट निर्वाचित भएका थिए। २०६८ सालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री, २०७२ सालमा गृहमन्त्री र २०७४ सालमा वन तथा वातावरणमन्त्री बने।

२०४१ सालमा अनेरास्ववियुको विद्यालय इकाई समिति र जिल्ला समिति सदस्यबाट राजनीतिक यात्रा प्रारम्भ गरेका उनले २०४७ सालमा नेकपा मशालको सदस्यता प्राप्त गरे। २०५१ सालमा नेकपा एकता केन्द्र हुदै २०५५ सालमा नेकपा माओवादीको केन्द्रीय सदस्य बने।  

२०५९ सालमा माओवादी पोलिटब्युरो सदस्य र २०७० सालमा एकीकृत माओवादीको स्थायी समिति सदस्य चुनिए। २०७५ सालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य हुदै हाल २०७९ देखि माओवादी केन्द्रको उपमहासचिव छन्।
अर्को समाचार
ट्रली बस सञ्चालन गर्ने कुरा सरकारको प्राथमिकतामा छः मन्त्री बस्नेत
०४ जेष्ठ २०८०
•
१ मिनेट पाठ
ट्रली बस सञ्चालन गर्ने कुरा सरकारको प्राथमिकतामा छः मन्त्री बस्नेत
उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारीसाधनको बिस्तार गर्नेकुरा सरकारको प्राथमिकतामा रहेको बताएका छन्।




बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले उर्जामा सबैको सहभागिताको सुनिश्चितता र उर्जा सुरक्षाको सवाललाई सरकारले पहिलो प्राथमिकतामा राखेको उल्लेख गरे। उनले विद्युतीय सामग्रीहरुको प्रयोगले  वातावरण स्वच्छ हुने बताए। विद्युतीय सवारीसाधनको बिस्तारका लागि चार्जिङ स्टेशन वृद्धि गर्न आवश्यक रहेको भन्दै सरकार चार्जिङ स्टेशन वृद्धि गर्ने कुरामा प्रतिवद्ध रहेको उनले बताए।  

मन्त्री बस्नेतले भने, ‘उर्जामा सबैको सहभागिताको सुनिश्चितता गर्ने र उर्जा सुरक्षाको सवाललाई सुनिश्चित गर्ने प्रसंग, जलश्रोतमा आधारित उर्जा वा स्वच्छ उर्जाबाट मुलुकको समृद्धिको कुरा गरिराखेका छौँ। वातावणीय स्वच्छताको दृष्टिले होस्, यसलाई बिस्तार गर्नु, व्यापक बनाउनु यो सरकारको प्राथमिकतामा छ, यातायातको क्षेत्रमा विद्युतीय यातायातको साधनहरुलाई प्राथमिकतामा छ। बिस्तार गर्नेकुरा प्राथमिकता छ। यसको लागि देशभर चार्जिङ स्टेशन वृद्धि गर्न आवश्यक छ। यसलाई बिस्तार गर्ने विद्युतीय यातायात बिस्तार गर्नेकुरा सरकारको प्राथमिकतामा छ। काठमाडौं उपत्यका लगायतका मुख्य शहरी क्षेत्रमा ट्रली बसको सम्भावनाको बारेमा चर्चामा छौँ, यसलाई सञ्चालनमा ल्याउने कुरामा सरकार प्राथमिकताकासाथ सोचिरहेको छ।’

मन्त्री बस्नेतले काठमाडौं उपत्यका लगायतका मुख्य शहरी क्षेत्रमा ट्रली बसको सम्भावनाको बारेमा सरकारले अध्ययन गरीरहेको र सञ्चालनमा ल्याउने कुरा सरकारको प्राथमिकतामा रहेको बताए।  
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २९ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस