रुकुम पश्चिममा प्रतिनिधिसभा सदस्यका माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्माले मतान्तर बढाउदै लगेका छन्। ६० हजार ५ सय २७ मत गन्दा शर्माले २४ हजार ८ सय २४ मत पाएका छन् भने नेकपा एमालेका नन्दराम देवकोटाले ८ हजार ३९ मत ल्याएका छन्।
त्यसैगरी प्रदेश सभा (क) तर्फ वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका माओवादी केन्द्रका महेन्द्र केसीले १० हजार ७ सय ९४ मत ल्याउँदा नेकपा एमालेका नारायणकुमार शाहले ३ हजार ८ सय ३८ मत सहित पछ्याईरहेका छन् भने राप्रपाका बिनोद कुमार शाहले ५ सय ३४ ल्याएका छन्।
प्रदेश सभा (ख) मा पनि वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहेका माओवादी केन्द्रका राजकुमार शर्माले १३ हजार ७ सय ३३, एमालेका कर्ण बहादुर घर्ती मगरले ५ हजार ६ सय ८ मत प्राप्त गरेका छन्। रुकुम पश्चिममा एक लाख चार हजार २ सय ८० मतदाता रहेकोमा ६० हजार ५ सय २७ मत खसेको थियो।