एउटै मान्छे छ, जसले तपाईंको भाग्य बदल्न सक्छ, त्यो तपाईं आफैं हो। राजधानीलगायत मुलुकका कतिपय ठाउँका मतदाताले यसपटक परम्परागत ‘मत’ बदले। मतको बदलाबले १० सिट भएको राजधानीमा रैथाने दललाई धक्का पुर्याउँदै भर्खरै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले आश्चर्यजनक ढंगबाट चार सिटमा विजय हासिल गर्यो।
२०७४ सालको निर्वाचनमा काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ६ वटामा नेकपा एमाले विजयी भएको थियो। बाँकी चार निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए। केन्द्रीय राजधानी काठमाडौंमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको आगमनसँगै एमाले नराम्ररी खुम्चिन पुगेको छ।
एमाले राजधानीका १० सिटमध्ये क्षेत्र नं ९ मा मात्र सीमित रह्यो। कांग्रेसको तर्फबाट क्षेत्र नं १ मा प्रकाशमान सिंह, ३ बाट सन्तोष चालिसे, ४ बाट गगनकुमार थापा, ५ बाट प्रदीप पौडेल र १० बाट राजेन्द्रकुमार केसी निर्वाचित भए।
राजनीतिशास्त्री चन्द्रदेव भट्ट घन्टीको घनघनलाई परिवर्तनको संकेत मान्छन्। ‘बाचा गर्ने तर पूरा नगरी चुनावमा आउने परम्परागत राजनीतिक पारा अब चल्दैन भन्ने संकेत हो यो’, उनले भने, ‘रैथाने राजनीति दललाई अब निकै चुनौती थपिएको छ।’
उनले भनेजस्तै धारण राख्छन् यहाँका मतदाता पनि। पुराना दलले आफ्ना कमजोरी नसच्याएका कारण नयाँ रोज्नुपरेको उनीहरूको बुझाइ छ। ‘पुराना सुध्रिएनन्, नयाँमा आशा देख्यौं, तिनकै पक्षमा मतदान गर्यौं’, क्षेत्र नं ६ झोरका विमल ढकालले भने, ‘नयाँबाट हाम्रो आशामा कुठाराघात नहोस् भन्ने चाहन्छौं।’
पछिल्लो समय मतदाता जागरुक र आत्मनिर्भर बन्नु पनि यस्ता खालेको परिवर्तन सम्भव नभएको राजनीतिशास्त्री भट्टको बुझाइ छ। ‘घन्टी प्रायः सहरमा बजेको छ’, उनले भने, ‘थोरै भए पनि आत्मनिर्भर मतदाताले कसैको पिछलग्गु बन्नुभन्दा पनि स्वतन्त्र भएर मत खसाल्न अग्रसर रहेको देखियो।’
उनले भनेजस्तै काठमाडौं क्षेत्र नं २ का ‘विद्रोही’ मतदाताले आफ्नो मत बदल्दा घन्टी चिन्ह लिएर उठेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोविता गौतम आश्चर्यजनक रूपमा विजयी बनिन्। उनले एमालेका उम्मेदवार मणिराम फुयाललाई झन्डै चार हजार मतको अन्तरले पराजित गरिन्। गौतम १५ हजार २ सय २९ मत ल्याएर विजयी हुँदा फुयालले ११ हजार ५ सय ५५ मत पाए।
विजयबाट हर्षित सोविताले अर्को पाँच वर्ष जनताको सवालको प्रतिनिधित्व गर्दै संसद्मा पैरबी गर्ने वाचा गरिन्। विजयी र्यालीमा कुनै तडकभडक नगर्ने बताउँदै उनले प्रतिस्पर्धी साथीहरू तथा फरक मत राख्ने मतदाताको आत्मसम्मानलाई ठेस लाग्ने गरी कुनै व्यक्तव्य नदिने बताइन्। ‘अब म यस क्षेत्रका सबैको साझा सांसद हुँ’, उनले भनिन्, ‘कसैलाई भेदभाव नगरी अगाडि समान ढंगले समस्या समाधान गर्ने छु।’
त्यस्तै क्षेत्र नं ७ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले एमालेका श्यामकुमार घिमिरेलाई पराजित गर्दै राजधानीम घन्टीको बिगुल फुके। पराजुलीले ८ हजार ७४३ मत ल्याएर विजय हुँदा घिमिरेले ६ हजार ८ सय मत पाए। यसै क्षेत्रमा पाँचदलीय सत्ता गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराईले ६ हजार ६३ मत ल्याइन्।
विजयलगत्तै पराजुलीले आफूले जिम्मेवार भएर अगाडि बढ्ने बताए। ‘म मेरा मतदाताको मात्र हैन, सिंगो क्षेत्र र मुलुकको हितमा संसद्मा आवाज उठाउने छु’, उनले भने, ‘कहींकतै बाटो बिराउन लागें भने जनताले झकझकाउनु हुने छ भन्ने आशा पनि राख्छु।’
क्षेत्र नं ८ को मत पनि फेरिएको छ। यहाँ पनि राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन्। श्रेष्ठसँग प्रतिस्पर्धामा रैथानले दलहरू हैन बरु हाम्रो नेपाली पार्टीका सुमन सायमी आए। श्रेष्ठले १० हजार १०५ मत ल्याएर विराजभक्त विजयी हुँदा हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मत ल्याएर दोस्रो भए। पर्यटनमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठ तेस्रो भए।
युवामाझ लोकप्रिय विराजले प्राचीन सभ्यता र संस्कृतिको रक्षा गर्दै समुन्नत समाजको विकासमा लाग्ने बताए।‘ सहरमा सबै मिलेर बसेको सुहाउँछ’, उनले भने, ‘सामाजिक सद्भाव, संस्कृति र सहरी विकासको बाटोमा अगाडि बढ्ने छु।’
काठमाडौं क्षेत्र नं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित भएका छन्। खनाल १४ हजार २०४ मत ल्याएर निर्वाचित भएका हुन्। उक्त क्षेत्रमा एमालेका सर्वेन्द्र खनालले ८ हजार ९ सय ११ मत प्राप्त गरे भने नेपाली कांग्रेसका भीमसेनदास प्रधान ८ हजार ८ सय ५ मतका साथ तेस्रो स्थानमा रहे।
वैकल्पिक राजनीतिक पार्टीको विजयमा तिनमा भोट हाल्ने मात्र हैन;नहाल्ने पनि निराश देखिएनन्। ‘हो, मैले घन्टीमा मतदान गरिनँ, तर नयाँ मान्छेले जितेकोमा खुसी छु’, काठमाडौं क्षेत्र नं २ थलीका प्रकाश रिजाल भन्छन्, ‘परिवर्तन हुने आशामा नयाँलाई मनदेखि नै स्वीकार गरेका छौं।’
राजधानीमा मात्र हैन, ललितपुरको क्षेत्र नं ३ मा पनि घन्टीको घनघन सुनियो। यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी डाक्टर तोसिमा कार्की निर्वाचित भएकी छन्। कार्की १४ हजार २०८ मतले विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाए। त्यस्तै माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ४५६ मत पाइन्।
काठमाडौं उपत्यकाबाहिर चितवनमा पनि घन्टी घन्किएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको गृह जिल्लासमेत रहेको चितवनको क्षेत्र नं १ र २ मा बुधबार साँझसम्ममा घन्टी विजयनजिक पुगेको छ।
बुधबार साँझसम्मको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने चितवन क्षेत्र नं २ बाट निकै मतान्तरका साथ अगाडि छन्। साँझ ५ बजेसम्ममा रविले २२ हजारभन्दा बढी मत कटाउँदा प्रमुख प्रतिस्पर्धीमा एमालेका कृष्णभक्त पोखरेलले ९ हजारको हाराहारीमा मत ल्याएका छन्।
त्यस्तै बुधबार साँझसम्ममा चितवनको क्षेत्र नं १ मा पनि हरि ढकालले १९ हजारभन्दा बढी मत ल्याउँदा एमालेका सुरेन्द्रप्रसाद पाण्डेय १४ हजारमा सीमित छन्। सम्भवतः बुधबार अबेरसम्ममा चितवनका १ र २ मा विजयको घन्टी बज्ने छ।
घन्टीको ध्वनि पूर्वको सुनसरीमा समेत सुनिएको छ। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका लालविक्रम थापाले एमालेका भीमप्रसाद आचार्यलाई पछाडि पारेका छन्। मत गन्न धेरै बाँकी रहेका कारण यहाँ कसले जित्छ अहिल्यै भन्न सकिने अवस्था छैन।
प्रत्यक्षतर्फ मात्र हैन, समानुपातिकतर्फ पनि घन्टीको घनघन उत्तिकै जोडका साथ सुनिएको छ। बुधबार साँझसम्ममा १ लाख २० हजार मतसहित घन्टीले तेस्रो स्थान हासिल गरेको छ। ‘घन्टीको आवाजले सुतेका दललाई जगाउने काम गरेको छ’, राजनीतिशास्त्री भट्ट भन्छन्, ‘अब जाग्ने वा नजाग्ने ती दलकै हातमा छ।’