नेपालमा हालसम्म भएका सातवटा बहुदलीय निर्वाचनमध्ये नेपालगन्ज समेटिएको अलग्गै निर्वाचन क्षेत्र तोकेर ६ वटा निर्वाचन भए। ती ६ वटा निर्वाचनमध्ये तीनवटा निर्वाचनमा नेपालगन्ज समेटिएको निर्वाचन क्षेत्रमा कांग्रेसले विजय हासिल गर्यो। कांग्रेसलाई तीनपटक जित दिलाउने व्यक्ति थिए, ‘सुशील कोइराला।’ त्यसै कारण कांग्रेसी बाँके क्षेत्र नम्बर २ लाई सुशील कोइरालाको विरासत भएको क्षेत्र भन्ने गरिन्छ। तर यसभन्दा अघिल्लो निर्वाचनमा कांग्रेसले त्यो विरासत बिर्सेर राप्रपाका उम्मेदवारलाई समर्थन गर्यो। त्यतिबेला समर्थन गरेका उम्मेदवार पनि जित्न सकेनन् । यसपटक कांग्रेसले आफ्नै उम्मेदवार उठायो तर अत्यन्त ‘शर्मनाक’।
बाँके क्षेत्र नम्बर २ का मतदाताले अहिलेसम्मको निर्वाचनको इतिहासमा कसैलाई पनि लगातार दुईपटक जिताएका छैनन्। यसपटक पनि त्यो परम्परा तोडिएन । निवर्तमान सांसद जसपाका मोहम्मद इश्तियाक राईलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का धवलशमशेर राणाले पराजित गरेका छन्। राणाले २९ हजार पाँच सय ७७ मत प्राप्त गरे भने जसपाका राईले २३ हजार पाँच सय २० पाए। यसपटक कांग्रेसलाई पनि अवसर त थियो। तर, कांग्रेसका सुदीपनरसिंह राणाले पाएको मत हेर्दा कांग्रेसलाई यसपटक मतदाताले सबक सिकाउन खोजेको भान हुन्छ। सुदीपले चार हजार चार सय तीन मत मात्र प्राप्त गरे।
बाँके क्षेत्र नम्बर २ मा नेकपा एमाले र राप्रपाबीच गठबन्धन थियो। जितका लागि उक्त गठबन्धनलाई हम्मेहम्मे पथ्र्याे। तर कांग्रेसले कमजोर उम्मेदवार उठाउँदा नेपाली कांग्रेसको मतले नै राप्रपाका राणा विजयी भए। अर्थात नेपाली कांग्रेसका कार्यकर्ताले आफ्नै उम्मेदवारलाई विश्वास गर्न सकेनन्। नेपाली कांग्रेसको अहिलेसम्मकै कमजोरस्थिति हुनुका पछाडि पार्टीभित्रको राजनीति र उम्मेदवारको छनोटमा भएका कमजोरी मुख्य कारण रहेको विश्लेषण भइरहेको छ। कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले यसमा निर्मम समीक्षा हुने बताए। कांग्रेस बाँकेका सचिव सुधांशु कोइरालाका नजरमा अहिलेको परिणाम अत्यन्तै अनपेक्षित हो। कोइराला मुख्यगरी दुई कारणले यसपटक बाँके क्षेत्र नम्बर २ मा हार हुन पुगेको बताउँछन्। उनका अनुसार पहिलो कारण पार्टीभित्र उम्मेदवार छनोटका लागि खुला छलफलको अवसर कम दिइनु हो भने दोस्रो कारण उम्मेदवारको प्रचारप्रसारका लागि कम समय उपलब्ध हुनु हो। ‘पार्टीभित्र उम्मेदवार छनोट गर्दा जसरी खुलापन र रणनीतिक छलफल हुनुपथ्र्याे त्यो हुन पाएन। अन्तिम समयमा केन्द्रबाट उम्मेदवार तोकिएर आयो। अर्काेतिर हामीले उम्मेदवारलाई मतदातासमक्ष लिएर जान पर्याप्त समय नै पाएनौँ,’ कोइरालाले भने।
वरिष्ठ पत्रकार एवम् विश्लेषक हेमन्त कर्माचार्य यसपटक क्षेत्र नम्बर २ का मतदाताले दलगतभन्दा फरक मत दिएको बताए। उनले व्यक्ति हेरेर मतदाताले मत दिएको संकेत गरे। कर्माचार्य कांग्रेसले अब उम्मेदवार छनोटमै सुधार गर्नुपर्ने सुझाव दिन्छन्। यसका साथै संगठन सुदृढिकरणमा पनि कांग्रेसले मिहिनत गर्न नसकेको उनको बुझाइ छ। ‘अरु उम्मेदवारहरु एक महिना अघि नै प्रचारमा गइसकेका थिए। तर कांग्रेसको उम्मेदवार नै तय भएको थिएन,’ कर्माचार्यले भने, ‘उम्मेदवार तोकिएर आएपछि पनि जसरी तयारी हुनुपर्ने हो त्यो हुन पाएन। अर्काेतिर जसपाका राईप्रतिको वितृष्णा र संशयको फाइदा राणाले पाएका हुन्।’
कांग्रेस बाँकेमा सचिव सुधांशु कोइराला अब उम्मेदवार छनोटको प्रणाली वैज्ञानिक नबनाएसम्म पार्टीको स्थिति नसुध्रिने बताउँछन्। कांग्रेसमा क्षमताभन्दा पार्टीमा बिताएको समय, पार्टीलाई दिएको योगदान र केन्द्रीय नेताहरुको आशीर्वादले उम्मेदवार छनोट हुने गरेका छन्। यसपटक उम्मेदवार छनोटका लागि कांग्रेस केन्द्रले जिल्लाबाट आकांक्षीहरुको नाम मागेको थियो। जतिबेला क्षेत्र नम्बर २ मा जसपा र कांग्रसबीच तालमेल हुने चर्चा थियो। तर, त्यो तालमेल भएन। अन्तमा आकांक्षीमध्येका कांग्रेसभित्र अन्य नेताहरुभन्दा कम नाम सुनिएका सुदीपले टिकट पाए। उनले टिकट पाएपछि पार्टीभित्रै एक तप्काले संस्थापनइतरलाई जिल्लामा बेवास्ता गरिएको जस्तो असन्तुष्टि पनि पोखेको थियो। पार्टी बाहिर पनि सुदीप त्यति परिचित नभएको चर्चा त्यतिबेलै सुरु भइसकेको थियो। तर कांग्रेसले न आफ्ना उम्मेदवारबारे जनतालाई राम्ररी बुझाउन सक्यो न संगठनलाई एकबद्ध भएर मतदान गर्ने वातावरण बनाउन सक्यो। त्यसकै परिणाम अहिले कांग्रेस बाँके क्षेत्र नम्बर २ मा ‘अनपेक्षित’ हार हो। यो हारले बाँके क्षेत्र नम्बर २ को कांग्रेस विराशतलाई नै एउटा दाग लगाएको छ। आफ्नै विराशत कमजोर गराउन कांग्रेसले नै भूमिका खेलेको मतदाताको भनाइ छ।