कर्णालीमा धेरै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्। मत गणना भईरहेको जिल्लाहरुमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरुमा सत्ता गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका हुन्। कर्णालीका १० जिल्लामा १२ वटा प्रतिनिधि सभा सदस्य र २४ प्रदेश सभा सदस्यको निर्वाचनमा अधिकाँश स्थानमा गठबन्धनका उम्मेदवार अग्रता लिईरहेका छन्। कर्णालीमा हेलिकप्टरबाट मत पेटिका सदरमुकाम ल्याउन नसकिएका कारण हुम्ला र डोल्पामा अँझै मत गणना हुन सकेको छैन्। बाँकी ८ जिल्लामा मत गणना भईरहेको जनाईएको छ। बुधवार विहानबाट मुगुमा मत गणना भईरहेको छ।
दैलेखमा प्रतिनिधि सभा तर्फ सत्ता गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन्। सुर्खेतको निर्वाचन क्षेत्र नम्वर १ मा काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले सुरुवातबाटै भारी मतका साथ अग्रता लिईरहेका छन्। कालिकोट, जाजरकोट, रुकुमपश्चिममा माओवादी नेताहरु क्रमश महेन्द्रबहादुर शाही, शक्ति बस्नेत, जर्नादन शर्माले अग्रता लिईरहेका छन्। सल्यानमा एकिकृत समाजवादीका नेता प्रकाश ज्वालाले धेरै मतान्तरका साथ अग्रता लिईरहेका छन् भने सल्यानका दुई प्रदेश सभाको उम्मेदवारले पनि अग्रता लिएको छ। जुम्लामा राप्रपाका ज्ञानेन्द्रबहादुर शाहीले भारी मतका साथ अग्रता लिएका छन्। हुम्ला र डोल्पामा विहिवारबाट मत गणना हुने जनाईएको छ। नेपाली सेनाको हेलिकप्टर बुधवार मतपेटिका बोक्न हुम्ला पुगेको थियो।
प्रतिनिधि सभा तर्फ सुर्खेत क्षेत्र नम्वर २ मा काँग्रेसका उम्मेदवार हृदयराम ठानी विजयी भएका छन् । दैलेख क्षेत्र नम्वर १ को प्रतिनिधि सभामा एमालेका रविन्द्रराज शर्मालाई बुधवार साँझसम्म ३ सय ५० मतान्तरले एकिकृत समाजवादीका अमरबहादुर थापाले अग्रता लिएका छन्। अन्तिम मतगणना महावु गाउँपालिकाको बाकी रहेको छ। विहिबार विहानसम्म अन्तिम मत परिणमा आउने जनाईएको छ। त्यस्तै दैलेख क्षेत्र नम्वर २ को प्रतिनिधि सभा उम्मेदवार नेपाली काँग्रेसका दिक्पाल कुमार शाहीले सुरुवाती देखि अग्रता लिएका छन् । अन्तिम मत परिणाम बुधवार राती अवेरसम्म आउने जनाईएको छ। एमालेका लक्ष्मी प्रसाद पोखरेलले काँग्रेसका शाहीलाई पछाई रहेका छन। सुर्खेत, दैलेख, सल्यान, रुकुम पश्चिममा सत्ता गठबन्धनका प्रदेश उम्मेदवारहरुले अग्रता लिईरहेका छन्। विहिबारसम्म कर्णालीका अधिकाँश निर्वाचन क्षेत्रको मत परिणाम आउने प्रदेश निर्वाचन कार्यालयले जनाएको छ।
दैलेख प्रदेश (क) काँग्रेसका खत्री विजयी
दैलेख निर्वाचन क्षेत्र नम्वर १ (क) प्रदेश सभा सदस्यमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार पूर्णबहादुर खत्री निर्वाचित भएका छन्। कर्णालीमा खत्रीको जितसंगै कांग्रेसले आफ्नो खाता खोलेको थियो। खत्रीले खसेको १९ हजार नौ सय ९८ मतमध्ये ९ हजार ४ सय ६४ मत ल्याएर विजयी भएका हुन्। खत्रीले नेकपा (एमाले) का उम्मेदवार धर्मराज रेग्मीलाई १ हजार ३ सय ९२ मतअन्तरले पछि पार्दै विजय भएका हुन्। रेग्मीले ८ हजार ७२ मत प्राप्त गरेका थिए । ३५ हजार चार सय ९९ मतदाता भएको उक्त क्षेत्रमा १९ हजार नौ सय ९८ मत खसेको थियो।
जाजरकोटको दुवै प्रदेशमा काँग्रेसको विजयी
जाजरकोट प्रदेश सभा (क) मा नेपाली कांग्रेसका वेदराज सिंह विजयी भएका छन्। सिंहले एमालेका डम्बर सिंहलाई ७ हजार ७३ मतान्तरले पराजीत गरेका हुन्। सिंह कांग्रेसका जिल्ला सभापति समेत हुन्। कांग्रेसका उम्मेदवारले १८ हजार ५ सय ४३ मत ल्याए भने एमालेका उम्मेदवारले ११ हजार ४ सय ७० मत ल्याएका थिए। त्यस्तै जाजरकोटको प्रदेश (ख) बाट राजिव विक्रम शाह विजयी भएका छन् । शाहले १६ हजार ४० मत ल्याएर विजयी हुँदा उनका प्रतिद्धन्द्धी नेकपा एमाले खिमबहादुर शाहीले १० हजार ५ सय ३० मत पाएका थिए।
जुम्लामा गठबन्धनलाई धक्का
एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको जुम्लामा सत्ता गठबन्धनका उम्मेदवारहरुलाई धक्का लागेको छ। गठबन्धनबाट दुई प्रदेश सभामा पराजित भएसंगै प्रतिनिधि सभामा पनि भारी मतअन्तर रहेको छ। जसका कारण जुम्लामा गठबन्धनलाई क्षती पुगेको हो। दुई प्रदेश सभामध्ये एउटा एमाले र अर्को स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
जुम्लाको प्रदेश सभा (क) मा स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही विजयी भएका छन्। उनले नेपाली काँग्रेसका कर्णाली प्रदेश सभापती ललितजंग शाहीलाई हराएका हुन्। स्वतन्त्र उम्मेदवार शाहीले ९ हजार ६ सय ५४ मत ल्याएर विजयी भए भने उनको प्रतिद्धन्द्धी नेपाली काँगेसका ललितजंग शाहीले ७ हजार ७ सय ५५ मत ल्याएका थिए। जुम्लामा दुई प्रदेश सभा निर्वाचनमा गठबन्धनका दुवै उम्मेदवार पराजित भए । प्रदेश (ख) एकिकृत समाजवादीका पदम रोकाय एमालेका उम्मेदवार टेकराज पछाईसंग पराजित भए । रोकाय कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री समेत हुन्। पछाईले १ हजार १ सय १२ मतअन्तरले विजयी भएका हुन्। २० हजार ६ सय १६ मत खसेको प्रदेश (ख) मा मन्त्री रोकायले ६ हजार ७ सय १५ मत ल्याएका थिए भने विजयी पछाईले ७ हजार ८ सय १२ मत ल्याएका थिए। एउटा प्रतिनिधि सभा रहेको जुम्लामा राप्रपाका ज्ञानेन्द्रबहादुर शाहीले अग्रता लिईरहेका छन्। माआवादीका उम्मेदवार गोमा गौतम कुवर धेरै मतअन्तरले राप्रपाका शाहीभन्दा पछि छिन्।