बाँके निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतका प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार विजयी भएका छन्। क्षेत्र नम्बर २ प्रदेशसभा (१) मा जसपाका भण्डारीलाल यादव र प्रदेशसभा (२) मा जसपाकै आदेशकुमार अग्रवाल विजयी भएका हुन्।
यादवले ११ हजार पाँच सय चार मत पाएर विजयी भएका छन्। यादवका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजयबहादुर यादवले नौ हजार तीन सय ५६ मत प्राप्त गरे। विजय निवर्तमान प्रदेशसभा सदस्य हुन्। यस्तै भण्डारीलालका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजकुमार कुर्मीले आठ हजार सात सय ३१, स्वतन्त्र उम्मेदवार अब्दुल कादिर साईले एक हजार चार सय ५२, अर्का स्वतन्त्र उम्मेदवार राजकुमार रौनियारले आठ सय ५५ मत पाएका छन्।
यसैगरी प्रदेशसभा (२)मा अग्रवालले आठ हजार दुई सय ४६ मत ल्याएर उनी विजयी भए। उनका प्रमुख प्रतिस्पर्धी नेकपा एमालेका निरकबहादुर गुरुङले ६ हजार सात सय नौ मत पाउँदा नेपाली कांग्रेसका सुरेन्द्रबहादुर हमालले ६ हजार दुई सय ४७ मत प्राप्त गरे। हमाल निवर्तमान प्रदेश सभा सदस्य एवम् लुम्बिनी प्रदेशका वन, वतावरण तथा भू–संरक्षण मन्त्री हुन्।
यहाँ जम्मा ३१ हजार पाँच सय ९५ मत खसेको थियो। जसमध्ये ३० हजार ५७ मत सदर भएको थियो भने एक हजार पाँच सय ३८ मत बदर भएको छ।
प्रदेशसभा सदस्यमा निर्वाचित भण्डारीलाल डुडुवा गाउँपालिकाको पहिलो कार्यकालमा वडा नम्बर ३ का वडाध्यक्ष थिए। ५७ वर्षीय यादवले वडाध्यक्षमा रहँदा लोकप्रियता हासिल गरेका थिए। गत स्थानीय निर्वाचनमा जसपाबाट डुडुवा गाउँपालिका अध्यक्षमा उम्मेदवार रहेका उनी कांग्रेसका नरेन्द्र चौधरीसँग पराजित भएका थिए। त्यतिबेला उनले पाँच हजार एक सय २५ मत प्राप्त गरेका थिए। नेपाली कांग्रेसका नरेन्द्रकुमार चौधरी ६ हजार दुई सय ७२ मत ल्याउँदै भण्डारीलाललाई पराजित गरे।
यसैगरी, प्रदेश सभा २ (१)मा विजयी भएका अग्रवाल उद्योगीका नेताका रुपमा परिचय बनाएका व्यक्ति हुन्। यसका साथै नेकपा माओवादी केन्द्रमा आबद्ध उनी चुनावको मुखमा माओवादी केन्द्र छोडेर जसपामा प्रवेश गरेका थिए। अग्रवालको उमेर ४६ वर्ष रहेको छ।