बाँके निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा जनता समाजवादी पार्टी (जसपा) का भण्डारीलाल यादव विजयी भएका छन्। ११ हजार पाँच सय चार मत ल्याएर उनी विजयी भएका हुन्।
बाँके डुडुवा गाउँपालिकास्थित हलकारापुर्वाका भण्डारीले प्रमुख प्रतिस्पर्धी नेकपा एमालेका विजयबहादुर यादवलाई दुई हजार एक सय ४६ मतले पछि पार्दै बाँकेमा पहिलो जित निकालेका हुन्।
उनका प्रमुख प्रतिस्पर्धी एमालेका यादवले नौ हजार तीन सय ५८ मत प्राप्त गरे। त्यस्तै नेपाली कांग्रेसका राजकुमार कुर्मीले आठ हजार सात सय ३१ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यस निर्वाचन क्षेत्रमा ५० हजार तीन सय १३ मतदातामध्ये ३५ हजार आठ सय ६८ मत खसेको थियो।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३३ हजार चार सय ८५ मत सदर भएको थियो भने दुई हजार तीन सय ८३ मत बदर भएको थियो। नवनिर्वाचत भण्डारी यसभन्दा अघि शिक्षण पेसामा आबद्ध थिए। उनी २०२२ सालमा जन्मेका हुन्।
वैशाखमा सम्पन्न स्थानीय तहको चुनावमा उनी डुडुवा गाउँपालिकाको अध्यक्षमा पराजित भएका थिए। त्यतिबेला उनले पाँच हजार एक सय २५ मत प्राप्त गरेका थिए। नेपाली कांग्रेसका नरेन्द्रकुमार चौधरी ६ हजार दुई सय ७२ मत ल्याउँदै भण्डारीलाललाई पराजित गरे। त्यतिबेला भण्डारी प्रमुख प्रतिस्पर्धी थिए।