सुनसरीमा एमाले र मोरङमा काँग्रेस आशावादी
०६ मंसिर २०७९
•
४ मिनेट पाठ
सुनसरीमा एमाले र मोरङमा काँग्रेस आशावादी
नेपाली राजनीतिका लागि महत्वपूर्ण जिल्ला मानिएका सनुसरी र मोरङमा मतगणनाको काम चलिरहको छ। मतगणना चलिरहदा अहिलेसम्मको मत परिणमले सुनसरीमा नेकपा एमाले र मोरङमा नेपाली काँग्रेसलाईं आशावादी बनाएको छ।




सुनसरीका चारवटा प्रतिनिधीसभामध्ये दुईवटामा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। एउटामा माओवादी केन्द्रले अग्रता लिएको छ भने अर्कोमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन्।  

सुनसरी क्षेत्र नं. १ मा काँग्रेस नेतृत्वको गठबन्धनबाट माओवादी केन्द्रका मुक्साहाङ् मेन्याङ्वो अग्रता लिएका छन्। मंगलबार साँझको नतिजा अनुसार उनलाई एमाले–जसपा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका जसपाका अशोक राईले पछ्याइ रहेका छन्। मंगलबार दिउँसोसम्म काँग्रेस नेतृत्व र एमाले–जसपा दुवै गठबन्धनका उम्मेदवार पछि थिए। ७४ सालको प्रतिनिधीसभामा एमालेका जयकुमार राई विजयी भएका थिए। जयकुमारले जसपाका अशोकलाई हराएका थिए।  

यस्तै, क्षेत्र नं. १ (क) तर्फ नेपाली काँग्रेसका उमेश थापा अग्र स्थानमा छन्। उनलाई एमालेका रमेश बस्नेतले पछ्याइ रहेका छन्।  

क्षेत्र नं. २ मा सुनसरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लालविक्रम थापाले प्रतिनिधीसभामा अग्र स्थानमा छन्। उनी सुरुवातदेखि नै एमाले र काँग्रेसका उम्मेदवारलाई पछि पार्दै निरन्तर अग्र स्थानमा रहेका छन्। थापालाई एमालेका भीम आचार्यले पछ्याई रहेका छन । काँग्रेसका सीताराम मेहता तेस्रो पोजिसनमा छन्। ७४ मा नेपाली काँग्रेसका प्रतिनिधीसभाका लागि सीताराम मेहता नै विजयी भएका थिए।  

क्षेत्र नं. २ (क) तर्फ एमालेका रेवतीरमण भण्डारी अग्र स्थानमा छन्। उनलाई गठबन्धनका तर्फबाट माओवादी केन्द्रका द्दारिकलाल चौधरीले पछ्याइ रहेका छन्।  

क्षेत्र नं.३ मा एमालेकी भगवती चौधरी अग्र स्थानमा छीन्। काँग्रेसका नेता बिजयकुमार गच्छदारले पाएको मत परिणमका आधारमा तेस्रो पोजिसनमा छन्। गच्छदार सातौंपटक चुनाबी प्रतिस्पर्धामा रहेको बेला सोमबार रातिदेखि गणना भएको मत परिणम अनुसार अहिलेसम्म तेस्रो पोजिसनमा रहेका हुन्। क्षेत्र नं. ३  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनाली दोस्रो स्थानमा छन्। नेता बिजयले दोस्रो संविधानसभा र २०७४ सालको निर्वाचनमा भगवतीसँगै कठिन ढंगले जितेका थिए।  

क्षेत्र नं. ४ अहिलेसम्म भएको गणना अनुसार प्रतिनिधीसभामा नेकपा एमालेका जगदीस कुसियत अगाडि छन्। उनले नेपाली काँग्रेस नेतृत्वको गठबन्धनबाट साँझा उम्मेदवार बनेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पछि पारेका छन्।  

यस्तै, प्रदेशसभा ४ (क) तर्फ नेपाली काँग्रेसका षडानन्द मण्डल अग्र स्थानमा छन्। उनलाई जसपाका नेता पर्शुराम बस्नेतले पछ्याई रहेका छन्। यस्तै, ४ (ख) मा एमालेका अब्बास अन्सारीले अग्रता हासिल गरेका छन्। उनलाई नेपाली काँग्रेसका डाक्टर इसरायल अन्सारीले पछ्याई रहेका छन्।    

क्षेत्र नं. ४ मा गिरिजाप्रसाद कोइरालाले २०४८ सालमा क्षेत्र नं. ४ मा परेको बेला, ०५१ सालको मध्यावधि निर्वाचनमा र ०५६ सालको संसदीय निर्वाचनमा क्षेत्र नं. ५ मा परेका बेला जितेका थिए। ०५३ सालको उप निर्वाचनमा भने एमालेका कुसियतले नै जितेका थिए। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा गिरीजाप्रसाद कोइरालाकी छोरी सुजाता पराजित भएकी थिइन्। पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा संघीय समाजवादी फोरम नेपाल अध्यक्ष उपेन्द्र यादवले चुनाब जितेका थिए। २०७४ सालको निर्वाचनमा भने छ हजार ५९७ मत अन्तरले एमालेका रमेश श्रेष्ठलाई हराएर काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की बिजयी भएका थिए।

मोरङ क्षेत्रका ६ वटा संघीय निर्वाचन क्षेत्र मध्ये तीनवटामा नेपाली काँग्रेसले अग्रता लिएको छ। बाँकी तीनवटा निर्वाचन क्षेत्रमध्ये एक–एकवटामा एमाले, माओवादी केन्द्र र एमालेबाट बागी उम्मेदवार अग्रता हासिल गरेका छन्।  

क्षेत्र नं. १ मा एमालेका घनश्याम खतिवडा अग्र स्थानमा छन्। उनले नेपाली काँग्रेसका डिकबहादुर लिम्बुलाई शुरुवातदेखि पछि पादैै आएका छन्। ७४ को निर्वाचनमा लिम्बुलाई हराएर खतिवडा विजयी भएका थिए।

क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसकी उम्मेदवार सुजाता कोइरालाले अग्रता लिएकी छन्। शुरुवातदेखि मंगलबार दिउँसोसम्म एमाले उम्मेदवार ऋषिकेश पोखरेल अग्रता लिएका थिए। पछिल्लो मतपरिणाम अनुसार सत्ता गठबन्धनको समेत उम्मेदवार रहेनुभएको कोइरालाले अग्रता लिएकी हुन्। काँग्रेसका तत्कालिन सभापति स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला क्षेत्र नम्बर २ बाट पटक पटक चुनाव जितेर प्रधानमन्त्री समेत बनेका थिए। यसपटक उनकै छोरी सुजाता कोइराला सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी हुन्। ७४ सालको निर्वाचनमा नेपाली काँग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले एमालेका पोखरेललाई हराएका थिए।  

क्षेत्र नं. ३ मा शुरुवातदेखि निरन्तर रुपमा नेपाली काँग्रेसका सुनिल शर्माले अग्रता लिएका छन्। उनलाई एमालेका भानुभक्त ढकालले पछ्याई रहेका छन्। अघिल्लो पटकको निर्वाचनमा ढकालले शर्मालाई हराएका थिए।

क्षेत्र नं. ४ मा माओवादी केन्द्रका अमनलाल मोदी सुरुवातदेखि नै अग्र स्थानमा छन्। उनलाईं एमालेका बिनोद ढकालले पछ्याई रहेका छन्।  ७४ को निर्वाचनमा मोदीले काँग्रेसका नेता महेश आचार्यलाई पराजित गरेका थिए। क्षेत्र नं. ५ मा एमालेका बागी उम्मेदवार योगेन्द्रप्रसाद मण्डल शुरुवातदेखि नै अग्र स्थानमा छन्। उनलाई गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका शिवकुमार मण्डलले पछ्याई रहेका छन्। अघिल्लोपटक शिवकुमारले नेपाली काँग्रेसका अमृत  अर्याललाई हराएका थिए।  

क्षेत्र नं. ६ मा नेपाली काग्रेसका डाक्टर शेखर कोइराला अग्र स्थानमा छन्। उनलाई एमालेका लालबाबु पण्डितले पछ्याइ रहेका छन्। ७४ सालमा कोइरालालाई पण्डितले हराएका थिए।  
अर्को समाचार
सुनसरीमा एमाले र मोरङमा कांग्रेस आशावादी
०७ मंसिर २०७९
•
४ मिनेट पाठ
सुनसरीमा एमाले र मोरङमा कांग्रेस आशावादी
नेपाली राजनीतिका लागि महत्वपूर्ण जिल्ला मानिएका सनुसरी र मोरङमा मतगणनाको काम चलिरहको छ। मतगणना चलिरहदा अहिलेसम्मको मत परिणमले सुनसरीमा नेकपा एमाले र मोरङमा नेपाली कांग्रेसलाई आशावादी बनाएको छ।




सुनसरीका चारवटा प्रतिनिधिसभामध्ये दुईवटामा एमालेका उम्मेदवारले अग्रता लिएका छन्। एउटामा माओवादी केन्द्रले अग्रता लिएको छ भने अर्कोमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले अग्रता लिएका छन्।  

सुनसरी क्षेत्र नं. १ मा कांग्रेस नेतृत्वको गठबन्धनबाट माओवादी केन्द्रका मुक्साहाङ् मेन्याङ्वो अग्रता लिएका छन्। मंगलबार साँझको नतिजा अनुसार उनलाई एमाले–जसपा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका जसपाका अशोक राईले पछ्याइरहेका छन्। मंगलबार दिउँसोसम्म कांग्रेस नेतृत्व र एमाले–जसपा दुवै गठबन्धनका उम्मेदवार पछि थिए। ७४ सालको प्रतिनिधिसभामा एमालेका जयकुमार राई विजयी भएका थिए। जयकुमारले जसपाका अशोकलाई हराएका थिए।  

यस्तै, क्षेत्र नं. १ (क) तर्फ नेपाली कांग्रेसका उमेश थापा अग्र स्थानमा छन्। उनलाई एमालेका रमेश बस्नेतले पछ्याइरहेका छन्। क्षेत्र नं. २ मा सुनसरीमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लालविक्रम थापाले प्रतिनिधिसभामा अग्रस्थानमा छन्। उनी सुरुवातदेखि नै एमाले र कांग्रेसका उम्मेदवारलाई पछि पार्दै निरन्तर अग्र स्थानमा रहेका छन्। थापालाई एमालेका भीम आचार्यले पछ्याइरहेका छन। कांग्रेसका सीताराम मेहता तेस्रो स्थानमा छन्। ०७४ मा कांग्रेसका प्रतिनिधिसभाका लागि सीताराम मेहता नै विजयी भएका थिए।  

क्षेत्र नं. २ (क) तर्फ एमालेका रेवतीरमण भण्डारी अग्र स्थानमा छन्। उनलाई गठबन्धनका तर्फबाट माओवादी केन्द्रका द्दारिकलाल चौधरीले पछ्याइरहेका छन्। क्षेत्र नं.३ मा एमालेकी भगवती चौधरी अग्र स्थानमा छीन्। कांग्रेसका नेता विजयकुमार गच्छदारले पाएको मत परिणमका आधारमा तेस्रो स्थानमा छन्। गच्छदार सातौंपटक चुनावी प्रतिस्पर्धामा रहेको बेला सोमबार रातिदेखि गणना भएको मत परिणम अनुसार अहिलेसम्म तेस्रो स्थानमा रहेका हुन्। क्षेत्र नं. ३ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनाली दोस्रो स्थानमा छन्। गच्छदारले दोस्रो संविधानसभा र २०७४ सालको निर्वाचनमा भगवतीसँगै कठिन ढंगले जितेका थिए।  

रक्षेत्र नं. ४ अहिलेसम्म भएका अनुसार प्रतिनिधिसभामा नेकपा एमालेका जगदीस कुसियत अगाडि छन्। उनले नेपाली कांग्रेस नेतृत्वको गठबन्धनबाट साँझा उम्मेदवार बनेका सञ्चार, सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पछि पारेका छन्।  

यस्तै, प्रदेशसभा ४ (क) तर्फ नेपाली कांग्रेसका षडानन्द मण्डल अग्र स्थानमा छन। उनलाई जसपाका नेता पर्शुराम बस्नेतले पछ्याइरहेका छन। यस्तै, ४ (ख) मा एमालेका अब्बास अन्सारीले अग्रता हासिल गरेका छन्। उनलाई कांग्रेसका डाक्टर इसरायल अन्सारीले पछ्याइरहेका छन्।  

रक्षेत्र नं. ४ मा गिरिजाप्रसाद कोइरालाले २०४८ सालमा क्षेत्र नं. ४ मा परेको बेला, ०५१ सालको मध्यावधि निर्वाचनमा र ०५६ सालको संसदीय निर्वाचनमा क्षेत्र नं. ५ मा परेका बेला जितेका थिए। ०५३ सालको उपनिर्वाचनमा भने एमालेका कुसियतले नै जितेका थिए। २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा गिरीजाप्रसाद कोइरालाकी छोरी सुजाता पराजित भएकी थिइन्। पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा संघीय समाजवादी फोरम नेपाल अध्यक्ष उपेन्द्र यादवले चुनाव जितेका थिए। २०७४ सालको निर्वाचनमा भने छ हजार ५९७ मत अन्तरले एमालेका रमेश श्रेष्ठलाई हराएर कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्की बिजयी भएका थिए।

मोरङ क्षेत्रका ६ वटा संघीय निर्वाचन क्षेत्र मध्ये तीनवटामा कांग्रेसले अग्रता लिएको छ। बाँकी तीनवटा निर्वाचन क्षेत्रमध्ये एक–एकवटामा एमाले, माओवादी केन्द्र र एमालेबाट बागी उम्मेदवार अग्रता हासिल गरेका छन्। क्षेत्र नं. १ मा एमालेका घनश्याम खतिवडा अग्र स्थानमा छन्। उनले नेपाली कांग्रेसका डिकबहादुर लिम्बुलाई सुरुवातदेखि पछि पार्दैै आएका छन्। ७४ को निर्वाचनमा लिम्बुलाई हराएर खतिवडा विजयी भएका थिए।

क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसकी उम्मेदवार सुजाता कोइरालाले अग्रता लिएकी छन्। सुरुवातदेखि मंगलबार दिउँसोसम्म एमाले उम्मेदवार ऋषिकेश पोखरेल अग्रता लिएका थिए। पछिल्लो मत परिणामअनुसार सत्ता गठबन्धनको समेत उम्मेदवार रहेनुभएको कोइरालाले अग्रता लिएकी हुन्। कांग्रेसका तत्कालिन सभापति स्वर्गीय नेता गिरिजाप्रसाद कोइराला क्षेत्र नम्बर २ बाट पटकपटक चुनाव जितेर प्रधानमन्त्री समेत बनेका थिए। यसपटक उनकै छोरी सुजाता कोइराला सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी हुन्। ०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले एमालेका पोखरेललाई हराएका थिए।  

क्षेत्र नं. ३ मा सुरुवातदेखि निरन्तर रूपमा नेपाली कांग्रेसका सुनिल शर्माले अग्रता लिएका छन्। उनलाई एमालेका भानुभक्त ढकालले पछ्याई रहेका छन्। अघिल्लो पटकको निर्वाचनमा ढकालले शर्मालाई हराएका थिए।

क्षेत्र नं. ४ मा माओवादी केन्द्रका अमनलाल मोदी सुरुवातदेखि नै अग्र स्थानमा छन्। उनलाई एमालेका बिनोद ढकालले पछ्याइरहेका छन्। ०७४ को निर्वाचनमा मोदीले कांग्रेसका नेता महेश आचार्यलाई पराजित गरेका थिए। क्षेत्र नं. ५ मा एमालेका बागी उम्मेदवार योगेन्द्रप्रसाद मण्डल शुरुवातदेखि नै अग्र स्थानमा छन। उनलाई गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका शिवकुमार मण्डलले पछ्याई रहेका छन्। अघिल्लोपटक शिवकुमारले नेपाली कांग्रेसका अमृत अर्याललाई हराएका थिए। क्षेत्र नं. ६ मा नेपाली काग्रेसका डा. शेखर कोइराला अग्र स्थानमा छन। उनलाई एमालेका लालबाबु पण्डितले पछ्याइरहेका छन्। ०७४ सालमा कोइरालालाई पण्डितले हराएका थिए।  
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस