प्रतिनिधिसभा तथा प्रदेशसभाको जारी निर्वाचनमा इलाममा ३५ प्रतिशत मत खसेको छ। मध्याह्न सवा १२ बजेसम्ममा यो प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
कार्यालयका सूचना अधिकारी कृष्णबहादुर लिम्बूका अनुसार जिल्लाभर शान्तिपूर्ण रूपले मतदान भइरहेको छ। जिल्लाभरको रिपोर्ट लिनेक्रम जारी नै रहेको उनले जनाए।
मतदान केन्द्रहरूमा मतदाताको संख्या चाहिँ विगतका निर्वाचन भन्दा तुलनात्मक हिसाबले कम देखिएको छ। कतिपय केन्द्रमा मतदाता पर्खिनुपरेको ती केन्द्रमा खटिएका कर्मचारीले जानकारी दिएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ।
जिल्लामा प्रतिनिधिसभाका २ र प्रदेशसभाका ४ निर्वाचन क्षेत्र छन्। २ लाख २४ हजार ८ सय ७७ मतदाता रहेको इलाममा १ सय ५० मतदानस्थल र २ सय ८५ मतदान केन्द्र छन्। प्रतिनिधिसभा क्षेत्र १ मा ७१ मतदानस्थल र १ सय ३६ मतदान केन्द्र छन्। यो क्षेत्रमा १ लाख ९ हजार ५ सय ३५ मतदाता छन्। प्रतिनिधिसभा क्षेत्र २ मा ७९ मतदानस्थल र १ सय ४९ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयको तथ्यांक छ। यो क्षेत्रमा १ लाख १५ हजार ३ सय ४२ मतदाता छन्।