भक्तपुरमा निर्वाचनको सम्पूर्ण तयारीको पूरा भएकोे छ। भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाका सम्पूर्ण मतदान केन्द्रमा निर्वाचन कर्मचारी तथा सुरक्षाकर्मी पुगिसकेको बताइन्।
कर्मचारीको कारण मतदान कार्य प्रभावित नहोस् भनेर १० प्रतिशत बढी कर्मचारीको वन्दोवस्त गरिएको जनाइएको छ। कर्मचारीकै कारण केही ढिलासुस्ती भए वा विवाद भएमा नयाँं कर्मचारी पठाउन सक्ने गरी थप कर्मचारीहरुको व्यवस्था गरिएको छ।
कर्मचारीकै कारण केही समस्या नहोस् भनेर तालिम दिएका छौं’, उनले भनिन्, ‘मतदानका बेला तोकिएको कर्मचारी खट्न नसक्ने अवस्था आए त्यहीं जगेडा कर्मचारीबाट परिचालन गर्छौं र निर्वाचनलाई सुचारु रुप्मा सम्पन्न गर्छाै।’
जिल्लामा सवैतिर भयरहित वातावरणमा मतदान गर्ने व्यवस्था भएको उनले सुनाइन्। उनका अनुसार जिल्लामा एक हजार सात सय ७६ जना निर्वाचन कर्मचारी खटिएका छन्। त्यस्तै आठ सय ८६ जना म्यादी प्रहरीसहित दुई हजार दुई सय १८ जना सुरक्षाकर्मी परिचालन भएको उनले बताइन्। निर्वाचन कर्मचारीसँगै प्रतिमतदान केन्द्र ३ देखि ५ जनासम्म स्वयंसेवक खटिने छन्।
मतदानको दिन हरेक केन्द्रमा नियमित अनुगमन भइरहने जनाएको छ। कुनै पनि केन्द्रमा उच्छृंखल तथा निर्वाचन आचारसंहिता विपरितका कार्य भए तत्काल सुरक्षाकर्मी परिचालन हुने व्यवस्था मिलाइएको छ। 'हामी शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न तयारी अवस्थामा छौं’, उनले भनिन्, ‘मतदानको दिन पनि कुनै घटना हुन नदिनेतर्फ सतर्क छौं।' उनले त्यही अनुसार राजनीतिक दल तथा उम्मेदवारहरुलाई समन्वय र सहकार्य गर्न आह्वान गरेकी छिन्।
भक्तपुरमा प्रतिनिधिसभातर्फ दुई र प्रदेश सभातर्फ ४ वटा निर्वाचन क्षेत्र रहेका छन्। यस अन्तर्गत दुई सय २२ वटा मतदान केन्द्रको व्यवस्था छ। त्यहाँं कुल एक लाख ९४ हजार चार सय ३९ जना मतदाताले मतदान गर्ने छन्। भक्तपुरका कुल मतदातामध्ये महिलाको संख्या बढी छ। महिला मतदाता ९९ हजार सात सय ५१, पुरुष ९४ हजार ६ सय ८३ र अन्य पाँच जना रहेका छन्।
यसैगरी यहाँं कर्मचारीहरुको लागि एउटा छुट्टै अस्थायी मतदान केन्द्र निर्धारण गरिएको जनाइएको छ। उक्त मतदान केन्द्रमा समानुपातिकतर्फको मात्रै मतदान हुने छ। यहाँं १० वटा अपांगमैत्री मतदान केन्द्र छन्। कुल दुई सय २२ मतदान केन्द्रमध्ये १० वटालाई अपांगता मैत्री बनाइएको छ। यसअन्तर्गत भक्तपुर नगरपालिका ५, सूर्यविनायकमा ३ र मध्यपुर थिमि तथा चाँगुनारायण नपामा एकएक वटा केन्द्रलाई अपांगमैत्री बनाइएको छ।
भक्तपुर नपाका ५ मतदान केन्द्रमध्ये वडा नं ३ स्थित मेधा माध्यमिक विद्यालय तेखापुखू भक्तपुरमा अपांगता भएकाहरुको सुविधाको लागि र्यामसमेत बनाइएको छ। मतदानको दिन बिहान ४ देखि बेलुका ७ बजेसम्म अत्यावश्यक र पास भएकाबाहेकको सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। त्यस्तै मंसिर १ गतेदेखि नै जिल्लाभित्र मदिरा तथा मादकपदार्थ बिक्री वितरणमा रोक लगाइएको छ।