पोखरामा भीषण असिनापानी (फोटोफिचर)
०८ फागुन २०७८
•
१ मिनेट पाठ
पोखरामा भीषण असिनापानी (फोटोफिचर)
पोखरा चिप्लेढुंगामा आइतबार दिउँसो परेको असिना । तस्बिर सौजन्यः नबिन श्रेष्ठ
पोखरामा भीषण असिनापानी परेको छ । दिउँसो साढे एकबजेपछि यहाँ भीषण असिनापानी परेको हो । असिनापानीले पोखरा र आसपासका क्षेत्रमा रोपिएको बालिनाली नोक्सान पुु¥याएको छ ।  




बिहानपख घाम लागेको भएपछि मध्यान्हपछि एकाएक मौसम बदलिएर असिना पानी पर्न थालेको थियो । पर्यटकीय क्षेत्र लेकसाइड सहित महेन्द्रपुल, चिप्लेढुंगा, रत्नचोक लगायतका क्षेत्रमा भीषण असिना परेको थियो । असिनापानीले गर्दा दिउँसोको आउजाउ पनि प्रभावित भएको थियो ।  

अर्को समाचार
प्री–मनसुन सुरु नहुँदै पोखरामा भीषण असिना
०८ फागुन २०७८
•
४ मिनेट पाठ
प्री–मनसुन सुरु नहुँदै पोखरामा भीषण असिना
पोखराको नदीपुरमा आइतबार दिउँसोको असिनाले रोकिएका गाडी। तस्बिर सौजन्यः इश्वर श्रेष्ठ
आइतबार बिहान पोखराको मौसम सामान्य थियो, तर, मध्यान्ह हुदै गर्दा बिग्रन थालेको मौसम दिउँसो साढे एकबजेपछि एकाएक बदलियो। त्यसपछि परेको भीषण असिनाले पोखरालाई सेताम्य बनायो। हिमाली भेगमा हिमपात भए झैं पोखराको ठाउँठाउँमा असिनाको थुप्रो लाग्यो। पानी भन्दा पनि अधिक असिना परेपछि उपत्यकाको यातायात नै प्रभावित बन्यो।




मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अबको एक–दुई दिन देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको बताइसकेको छ। जल तथा मौसम विज्ञान विभाग पोखराका मौसमविद् मीनकुमार अर्यालका अनुसार शनिबारदेखि नै महाशाखाले मौसम बिग्रने बताईसकेको थियो।

 ‘शनिबारदेनि नै नै मौसम बिग्रने पूर्वानुमान भईसकेको थियो। बिस्तारै तापक्रम बढ्दै जाँदा मेघगर्जन सहितको वर्षाको समय हो,’ उनले भने, ‘तर यत्तिको असिनापानी अहिले नै परिहाल्ने समय भने होईन।’ भीषण असिनापानी पर्ने समय अहिले नै नभईसकेको उनले बताए। ‘अलि चाँडो गरी भिषण असिनापानी परेको छ,’ उनले भने। अर्यालका अनुसार स्थानीय वायुको प्रभावका कारण पनि पोखरामा यो आकारमा असिनापानी परेको हुनसक्छ। वायुको स्थानीय सिस्टम विकास हुँदा यस्तै अवस्था आउने अर्यालले बताए।  

उनका अनुसार पश्चिमी वायु मात्र नभई स्थानीय वायुको प्रभावका कारण प्रि मनसुन सुरु हुनु भन्दा अगाडि नै यो आकारमा असिनापानी परेको हो। ‘तापक्रम उत्तिसारो बढिसकेको पनि छैन। तर, स्थानीय वायुको प्रभाव यसमा परेकै कारण यो आकारमा असिना परेको हो, यसमा अन्योल हुनु पर्दैन,’ उनले भने। उनका अनुसार वर्षा गराउने गरि अहिले पश्चिमबाट सिस्टम प्रवेश गर्दैछ।  
मार्च, अप्रिल र मे महिनालाई प्री मनसुुन भनिए पनि केहीदिन अघि नै यो आकारमा असिना पानी पर्नु मौसमी परिवर्तनको असर बुझन सकिने उनी बताउँछन। ‘मार्च सुरु हुन अझै १० दिन बाँकी छ। प्री मनसुनको बेला अझै भएको छैन।  प्री मनसुनमा वर्षा, चट्याङ, भीषण वर्षा हुन्छ,’ अर्यालले नागरिकसँग भने, ‘पछिल्लो समय वर्षा, चट्याङ, भीषण वर्षा र हिमपातमा नयाँ परिवर्तन भएको छ। त्यसको कारण तापक्रम बढेर को। पृथ्वीको तापक्रम बढेकोले नयाँ घटनाक्रम थपिएका छन।’ प्री मनसुन सुरु हुनु भन्दा दशदिन अघि नै यस्तो सिस्टम विकास हुँदा पोखराले अब दिनहुँजसो यस्तै अवस्था भोग्नुपर्ने अवस्था आउने उनले सुनाए।  

उनको अनुमानमा प्री मनसुन मार्च–अप्रिल–मे मात्र नभई फेब्रुअरीको अन्तिमतिर विकसित हुन सक्ने संकेत हो। ‘सधैं एकै समयमा प्रि मनसुन सुरु हुनुपर्छ भन्ने पनि भएन। किनकी मौसम परिवर्तन हुन थालेको छ। अहिले अलि छिटो भएको हुनसक्छ,’ उनले भने। प्री मनुसनमा आकाश गर्जिने, चट्याङ पर्ने, असिना र पानी पर्ने सम्भावना रहने उनले सुनाए।  
आइतबार दिउँसो साढे एकबजेपछि एकाएक पोखरामा असिनापानी पर्न थालेको थियो। पानी भन्दा पनि असिना खस्दा पोखराको नदीपुर, चिप्लेढुंगा, महेन्द्रपुल, न्यूरोड, नयाँबजार क्षेत्रमा यातायात नै अवरुद्ध भएको थियो। अधिक असिना परेपछि गाडी अवरुद्ध भएका थिए। ठाउँठाउँमा असिना खेल्नेको भीड लागेको थियो। असिनापानीका कारण पोखरामा चिसो पनि बढेको छ। असिनापानीका कारण पोखरा र आसपासका क्षेत्रमा गरिएको खेतीमा क्षति पुगेको किसानले बताएका छन्।

पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाका अनुसार पोखरामा सराङकोट देखि सुरु भएको असिनापानी काहँुखोला क्षेत्रमा पुग्दा ब्यापक क्षति गरेको छ। उनका अनुसार बजार क्षेत्र सहित हेम्जाको तल्लो भेगमा पनि अधिक क्षति पुगेको छ। योबेला आलु खन्नेबेला भएकोले त्यसलाई बढी क्षति पु¥याएको छ। आलुको पात सबै थिचेको छ। काउली, बन्दालाई पनि क्षति गरेको छ । घिरौला, करेला लगायतका तरकारीमा पनि उत्तिकै क्षति छ। तोरीलाई पनि क्षति गरेको छ। ‘यत्तिसारो असिना फागुनको सुरुवातमा परेको थाहा थिएन। तर, अधिक असिना पारेपछि किसानलाई मार परेको छ,’ उनले भने।

पोखरामा यो समयमा यत्तिको बाक्लो असिना परेको धेरैले अनुभूति गरेका थिएनन। संस्कृतिविद् तीर्थ श्रेष्ठ भन्छन, ‘जिन्दगीमा पहिलो पटक यति भीषण असिना परेको छ, जुन यसअघि मैले कहिल्यै अनूभूति गरेको थिइन।’ उनका अनुसार पोखराको व्यस्त बजारको यातायातका साधन नै अवरुद्ध हुने गरि असिना परेको पहिलोपटक हो। ‘ठुलो आकरामा असिना पर्दा गाडीको सिसा नै फुटेको पनि थाहा छ, तर, यो बेलामा होईन। पोखरामा पनि यत्तिको असिना परेको मैले कहिल्यै देखिन,’ श्रेष्ठले भने।

 

 

 
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस