अंग्रेजी वर्ष २०२१ को बिदाई गर्दै नयाँ वर्ष २०२२ लाई पर्यटकीय क्षेत्र लेकसाइडले सडकबाटै भव्य स्वागत गरेको छ। सडकमा रहेका हजारौं सहभागी पाहुनाले लेकसाइडको सडकबाटै नयाँ वर्षको स्वागत गरेका थिए।
पोखरामा नयाँ वर्ष स्वागत र पुरानो वर्ष बिदाई गर्न सडक महोत्सव आयोजना गरिएको छ। रेस्टुरेन्ट एण्ड बार एशोसिएसन अफ नेपाल (रेबान) पोखराले सडक महोत्सव आयोजना गरेको हो। त्यही महोत्सवमा सहभागी हुन पाहुनाले सडकबाटै नयाँ वर्षलाई स्वागत गरेका थिए।
यो महोत्सवमा सहभागी हुन स्थानीयसहित पोखरा भित्र र आसपासका जिल्लासहित राजधानी काठमाडौं, चितवन, बुटवल, वीरगञ्ज लगायतका सहरबाट हजारौं पाहुना पोखरा आएको पर्यटन व्यावसायीको भनाई छ। धेरै भारतीय पाहुना पनि यो भीडमा मिसिन आएका थिए। पोखरामा हुने सडक महोत्सवका सबैभन्दा बढी भीडभाड हुने दिन हो–डिसेम्बर ३१।
हरेक वर्ष हुने यो महोत्सवमा अंग्रेजी पूरानो वर्ष बिदाई र नयाँ वर्ष स्वागत गर्ने दिनको बेलुकी यहाँ पाहुनाको थेगिनसक्नु भीड हुन्छ। त्यो भीड यो पटक पनि उत्तिकै भएको मेला आयोजक रेबानका अध्यक्ष लक्ष्मण बरालले बताए। उनका अनुसार शुक्रबार बेलुकीको भीड शनिबार बिहानसम्म पनि थियो।
सहिदचोकदेखि खहरेसम्मको विभिन्न ठाउँमा भएका कार्यक्रममा आन्तरिक पर्यटकको भिड बढी थियो। यस्तै नयाँ वर्षकै उत्सवमा पोखरेलीले भिटेन र विपुल क्षेत्रीको प्रस्तुतिमा रम्ने मौका पाएका थिए। कोमागाने पार्कमा भएको प्रस्तुतिमा नाच्दै नयाँ वर्षको स्वागत गर्नेको संख्या बढी थियो। यसैगरी आतिसबाजी गरेर निकै उत्साहजनक रुपमा नयाँ वर्षकोलाई पोखरेलीले स्वागत गरेको अध्यक्ष बरालले बताए।
पोखरामा २३औं सडक महोत्सव बिहीबार सुरु भएको छ। महोत्सवको क्रममा तीन किलोमिटर सडक किनारमा होटल तथा रेस्टुरेन्टका स्टल, महोत्सवमा रमाउन आएका सर्वसाधारण र सांस्कृतिक झाँकीले भरिएका छन्। उक्त क्षेत्रमा आपतकालीन सेवा बाहेकका सवारी साधनलाई प्रतिबन्ध लगाइएको छ।
नयाँ अंग्रेजी वर्षको अवसरमा आन्तरिक तथा बाह्य पर्यटक आषर्कित गर्न रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) पोखराले सडक महोत्सव गरेको हो। महोत्सव फिस्टेल गेटदेखि खहरेचोकसम्म तीन किलोमिटर क्षेत्रमा फैलिएको छ।
बिहीबार महोत्सवमा फरकफरक ठाउँका सांस्कृतिक झाँकी प्रदर्शन गरियो, जसमा भक्तपुरको कुमारी नाच, हिमाली जिल्लाको याक नाच, गुरुङ समुदायको छ्याँडु र घाटु नाच, भजन किर्तन, थारु नाच लगायत थिए।
‘अफ सिजनमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न सडक महोत्सवलाई निरन्तरता दिँदै आएका हौं,’ महोत्सव संयोजक नरेश भट्टराईले भने, ‘यो महोत्सव मात्रै होइन। कोरोनाले आक्रान्त पारेको पर्यटन व्यवसायीलाई उत्थान गर्न यसले सहयोगी भूमिका खेल्ने विश्वास छ।’
सडक महोत्सवका परिकल्पनाकार गणेशबहादुर भट्टराईले महोत्सवलाई उत्पादनसँग जोड्दै लैजानुपर्नेमा जोड दिए। संस्कृति, हस्तकला, घरेलु उत्पादनलाई महोत्सवमार्फत प्रवद्र्धन गर्नुपर्ने भन्दै उद्यमी बन्न सिकाउने, गुणस्तरमा अब्बल बनाउने भूमिका पनि यसले खेल्नुपर्ने उनले बताए। विदेशका कला र संस्कृतिलाई समेत समेट्दै अन्तर्राष्ट्रिय स्तरको महोत्सव बनाउनुपर्ने उनको भनाइ थियो।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले महोत्सवलाई अझ प्रभावकारी र महोत्सवमा आउँआउँ लाग्ने बनाउनेतर्फ सबै जुट्नुपर्ने स्पष्ट पारे।
रेबान पोखराका अध्यक्ष लक्ष्मण बरालले पर्यटन प्रवर्द्धनमा महोत्सवसँगै अन्य अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। महोत्सवका अन्तर्गतको सांगीतिक कार्यक्रम कोमागाने पार्कमा गरिने बताइएको छ।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...