गाई वर्षलाई बिदाई तथा बाघ वर्षको स्वागतका रुपमा बिहीबार गुरुङ समुदायले तमु ल्होसार पर्व हर्षका साथ मनाएका छन्। मुलुकका विभिन्न भागबाट काठमाडौंमा बसोबास गर्दा आएका गुरुङ समुदाय टुँडिखेलमा आयोजित विशेष कार्यक्रममा सहभागी भए।
ल्होसार मूल समारोह समितिले राजधानीको टुँडिखेलमा विविध सांस्कृतिक कार्यक्रममा परम्परागत भेषभुषमा सजिएका गुरुङ समुदायको बाक्लो जमघट रह्यो। निलो चौबन्दी चोलो, रातो धलेक र हरियो लुङ्गीमा सजिएका उनीहरुले टुँडिखेलमा पर्व मनाउन पाउँदा रमाइलो लागेको सुनाए।
परम्परागत गुरुङ पहिरनमा सजिएर आएका महिला, पुरुष तथा बालबालिकाले नाचगान गर्दै टुँडिखेलको रौनक बढाए। ल्होछार हेर्न अन्य समुदायका युवायुवतीको पनि बाक्लो भीड थियो। टुँडिखेलमा कार्यक्रम सुरु हुनुअगाडि गुरुङ समुदायको जीवनशैली झल्काउने झाँकी निस्केको थियो। हरेक वर्ष ल्होछारका अवसरमा मान्यजनबाट आशीर्वाद लिने र शुमकामना आदानप्रदान गर्ने गरिन्छ। तमु समुदायको मौलिक पहिरनमा सजिएका।
हरेक १२ वर्षमा युग परिवर्तन हुने र यी वर्षलाई मुसा, गोरु, बाघ, खरायो, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, कुकुर र बँदेलको प्रतीकका रुपमा लिइन्छ। नयाँ वर्षका रुपमा ल्होछार पर्व तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङवा, लेप्चा लगायत जातिले मनाउँछन्। कार्यक्रममा गुरुङ समुदायसँगै अन्य समुदायका मानिस पनि सहभागी थिए।
विराटनगर १९ स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालाको दुर्दशा भएको छ। संघीय सरकार मातहतको यो रंगशालालाई वर्षौंसम्म तालाबन्दी गरेर राखिएको र नियमित मर्मतसम्भार नगरिएका कारण दुरावस्था भएको हो।
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिएको यो रंगशालाको मर्मतसम्भार र सरसफाइसमेत नगरेपछि विगत ४ वर्षयता यहाँ कुनै पनि प्रतियोगिता सञ्चालन हुन सकेका छैनन्। क्रिकेट रंगशालामात्रै नभई रंगशाला परिसरमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्माण गरिएका अन्य संरचनासमेत माटोमै मिलिसकेका छन्। सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको भए पनि यो रंगशाला निर्माण र मर्मतसम्भारमा सरकारले कुनै चासो राखेको छैन।
सरकारको वेवास्थाको सिकार बनेको यो रंगशाला यतिबेला झाडीमा परिणत भएको छ। १४ बिघाभन्दा बढी क्षेत्रफल रहेको यो रंगशाला निर्माणका लागि चालु आर्थिक वर्ष पनि संघीय सरकारले बजेट विनियोजन गरेको छ। तर, उक्त बजेट पूर्वाधार निर्माणका लागि नभई डीपीआर निर्माणका लागि विनियोजन गरिएको हो।
पटक-पटक डीपीआर बनाउने तर, भौतिक पूर्वाधार निर्माणमा ध्यान नदिने संघीय सरकारको नीतिले राष्ट्रिय गौरवको यो आयोजना मन्त्री, नेता र कर्मचारीहरूको कमाइखाने भाँडो मात्रै बनेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...