ब्रम्हाको मगज मृत्युअघि कि पछिको
०१ साउन २०७७
•
२ मिनेट पाठ
ब्रम्हाको मगज मृत्युअघि कि पछिको

रविन्द्र ढुङ्गेल

बा,  तपाईंको स्टकोटको खल्तीमा कति पैसा छ ? तपाईंको स्टकोटको पैसाले कलम आउँछ कि आउँदैन ?  तपाईं सधैं अँध्यारोमा मात्रै पैसा देखाउनुहुन्छ । प्रकाशयुक्त उज्यालोमा हामी कहिल्यै धनी हुन सकेनौं । उजेली काठले बार्दाली बारेर रातभर उज्यालो उत्सव मनाएर धनी भएको सपना म हरेक  बिहान  देख्छु । बा सपनाभरि धनी हुँदा मलाई कत्ति धेरै आनन्द आएको थियो । तिमी सुतेपछि  जून बालेर पैसाका चित्रहरू दिनहुँ हेर्छु । निश्चल दिगो सभ्यतालाई मेटेर धुवाँ लागेको कालो सभ्यता लेख्ने कलम अब किन्न चाहन्न। पारितन्त्रलाई डाँडा कटाएर चौपाया पशुलाई पनि पारायण पढ्न नदिने स्वार्थ साधकहरूलाई बालुवा खुवाउन चाहन्छु । चन्दन टाँसेर युग बदल्ने ख्याउटे निर्बल शरीरमा ज्ञान भरेर ब्रह्माण्डभरि बेच्नुपर्छ ।




अर्थतन्त्रको अमिलो आँखालाई छोपेर सबैलाई स्वतन्त्र रूपमा बाँच्न दिइनुपर्छ । मभित्र दिनहुँ  प्रश्न आउँछन् जनावरहरूलाई किन यसरी पैसामा टाँसेर खेदिन्छ ।  निस्वार्थ जनावरहरूलाई पनि किन फरकफरक नोटमा टाँसेर मनुष्य जीवनसँग अस्तित्व साटिन्छ । 

बा  आज तिमीलाई धेरै प्रश्न सोध्छु ,   ‘ खिएर खरानी भएका हजुरबुबाको खुट्टाका जिउँदा स्तम्भहरू किन उठबस गरिरहेका छन् ?’ 

हिजो कलमको बिर्को हराएर दिनभर लेख्न सकिनँँ । आज कलमले नलेखेर मौन छु । वर्षौंपछि टुंगो लागेको तत्व परीक्षालाई कलमको निबमा टाँसेर फेरि सोच्न खोज्दैछु । फूलबारी उडाएर मौरीले मह छोडिदिएछ क्यारे आज केटाकेटीहरू बास्नाहरुसँग लुकामारी खेल्दै छन् । भमराले  फूलसँग   बास्ना लिएर गएको छ । रामलाल दाइ म पनि अब हुइँकिन्छु चैते हुरी बनेर खेतका गरागरामा र चुम्बन गर्छु धानको अन्नमय शरीरहरूलाई ।

हाम्रा काकाले बोकेको बन्दूकलाई रामायण पढाएर जिन्दगीको चिल्लो सिद्धान्तलाई बाहिर निकाल्न चाहन्छु ।चामललाई पीठो भनेर बेच्ने र पीठोलाई चामल भनेर किन्ने हाम्रो वैदेशिक नीतिलाई यमराजको जिम्मा लगाउनुपर्छ । प्रिय बा  पानी नभएर बाल्टीहरू खाली छन् । तपाईंले सिकाएका सिद्धान्तहरू अक्षरमा कहिल्यै पढ्न पाइएन । आजसम्म अक्षरमा रूपान्तरण भएका सिद्धान्तले बाल्टी भर्नु भनेन,  खेतमा जीवन रोप्नु भनेन ।
बा, अब पैसामा अड्केका ब्रम्हाहरूलाई ठेलेर घुमाउने दहमा पुरयाउनुपर्छ । सार नभएका  अक्षरलाई साबुन खुवाएर सफा गर्नुपर्छ । बा  तिम्रा सिद्धान्तहरूलाई सबैले मयल भन्छन् तर म तिम्रा सिद्धान्तहरूलाई अन्तिम सिद्धान्त भन्छु । घुनलाई पीठो बोकाएर पठाउने आमाहरूलाई नै महान् मान्छु । पत्करबार झरेका नसाहरूलाई जिउँदो स्तम्भ भन्छु । श्रीमतीलाई सितारा लगाएर देउती बनाइनुपर्छ र गिताका र ऋगवेदका नारी चरित्रहरू सिकाउनुपर्छ । नाफामा चिउराको तेल बनाउने हल्का बतासे पद्धतिलाई खोरमा थुनेर धोक्राभरि माया र स्नेहको बीउ बोकाएर दाइजो पठाउने परिस्थितिको आविष्कार गर्नुपर्छ अनि मात्रै कलमले दिगो दर्शनलाई लेख्न सक्छ  ।
अर्को समाचार
सुन्दर देश नेपाल
२२ साउन २०७७
•
१ मिनेट पाठ
सुन्दर देश नेपाल

डा. घनश्याम न्यौपाने परिश्रमी

 




अग्लाअग्ला पहाडमा

पानी जमी हिउँ बन्ने

हिउँ जमेका पहाडलाई

हिमालचुली हो भन्ने ।

माछापुच्छ्रे, अन्नपूर्ण,

गौरीशंकर, गणेश

माथि यिनै हिउँचुली छन्

तल पहाड, मधेश ।

संसारकै अग्लो चुली

सगरमाथा हिमाल

हिउँचुलीको काखमा छ

सुन्दर देश नेपाल ।

मुगुमा छ राराताल,

पोखरामा फेवाताल

गण्डकी, कोशी, कर्णाली

बग्ने देश हो नेपाल ।
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २२ सेकेन्ड अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
यो पनि पढौँ
झोला
झोला
नागरिक नागरिक • · २२ साउन २०७७ · १ मिनेट पाठ
मेरो जुत्ता
नागरिक नागरिक • · २१ साउन २०७७ · १ मिनेट पाठ
सुन मेराे सानाे भाइ !
नागरिक नागरिक • · २१ साउन २०७७ · १ मिनेट पाठ
नेपालको सान
नेपालको सान
नागरिक नागरिक • · २२ साउन २०७७ · १ मिनेट पाठ
मौरीको कला
नागरिक नागरिक • · २१ साउन २०७७ · २ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सप्तरीमा २०१ जना एचआइभीबाट सङ्क्रमित
जिल्लाको राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंह अस्पतालको तथ्याङ्कअनुसार सङ्क्रमित मध्ये १०६ पुरूष, ८४ महिला र १० बालबालिका छन्।
Whatsapp
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लुम्बिनीका लोकनृत्य : फरक भूगोल, सन्देश र सद्भाव एउटै
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस