विद्यार्थीहरूमा हुने सिर्जनात्मक लेखन क्षमता
२८ असार २०७७
•
६ मिनेट पाठ
विद्यार्थीहरूमा हुने सिर्जनात्मक लेखन क्षमता
रमेशचन्द्र घिमिरे

सिर्जनाको परिचय  

केही नभएको ठाउँमा केही हुनु सिर्जना हो । अभावमा पूर्ति वा शून्यमा भण्डारण गर्नुले पनि यसैलाई संकेत गर्दछ । खाली जग्गामा बिउ छरेर, खेत जोतेर अनि रोपेर असारमा कर्म गरेपछि मंसिरमा किसानले अन्नबाली भित्र्याउँछन् । यो उसको सिर्जना हो ।




सामान्य व्यक्तिले लेखपढ गर्छ अनि अरूले लेखेको देखेर कविता लेख्छ । निरक्षर भए पनि गुनगुनाउँदागुनगुनाउँदै मीठो गीत बन्छ, लिपिबद्ध गर्न सक्यो भने मनभित्र उब्जिएका भावनालाई शब्दमा उतार्दा कहिले निबन्ध बन्छ, त्यसैमा घटनाको शृङ्खला, पात्र र परिवेशको संयोजन गर्न सकियो भने कथा बन्छ । धेरै पात्र थुपारेर संवादका माध्यमबाट प्रस्तुत हुने बाटो खोज्यो भने एकांकी वा नाटक बन्छ । यसरी मानसिक भावलाई कथा, कविता, निबन्ध र नाटकका रूपमा तयार पार्नुचाहिँ साहित्यिक सिर्जना हो ।

साहित्य सिर्जना गर्ने कार्य जटिल छ । यस्तो कार्यका लागि प्रौढ नै हुनुपर्छ, परिपक्वता आउनुपर्छ भन्ने छैन किनकि प्रौढले जस्तै बालबालिकाले पनि साहित्य सिर्जना गर्न सक्छन् । उनीहरूका मनमा पनि भावना वा विचारका ज्वारभाटाहरू चल्न सक्छन् । फरक यत्ति छ — प्रौढमा अनुभवले खारिएको परिपक्व लेखन हुने गर्दछ भने बालबालिका वा विद्यार्थीमा कलिलो विचार र मलिलो भावना हुन्छ तर यस्तै लेखन नै रमाइलो हुन्छ । अझ कल्पनाको जलप लगाउँदा त्यो सुन्दर, सुललित र सुरम्य हुन्छ ।
प्राथमिक उमेर समूहका विद्यार्थी वा बालबालिकाहरू पढाइको बोझले थाकेर फुर्सदको समयमा खेलेर वा बालसाहित्य पढेर मनोरञ्जन लिन सक्छन् । अरूका रचना पढ्दापढ्दै यस्तै लेख्न पाए हुन्थ्यो भन्ने उनीहरूका मनमा आउन पनि सक्छ । बालबालिकाको यस्तो सिर्जनात्मक सोचाइमा अभिभावकले अवरोध पुरयाए भने उनीहरूको प्रतिभाको निकास हुन पाउँदैन र सिर्जना अवरुद्ध हुन जान्छ । घरमा अभिभावकले र विद्यालयमा शिक्षकले प्रत्यक्ष रूपमा उनीहरूलाई साहित्य सिर्जनामा लाग्न प्रेरित गराउनुपर्छ भने बालसाहित्यका लेखकले पनि उनीहरूलाई बालपत्रिकामा प्रकाशित रचनामार्फत अप्रत्यक्ष रूपमा प्रेरित गरिरहेका हुन्छन् । यो आलेख पनि तिनै बालबालिका वा विद्यार्थीलाई साहित्य सिर्जनामा प्रेरित गराउने उद्देश्यले तयार पारिएको छ ।

सिर्जनात्मक लेखनको उद्देश्य

पढाइको बोझबाट थाकेका बालबालिकालाई फुर्सदको सदुपयोग गराउनु सिर्जनात्मक लेखनको एउटा उद्देश्य हो । गलत संगतको प्रभावमा परेर नकारात्मक कार्य गर्नबाट रोक्नु र मस्तिष्कलाई सफा, स्वच्छ र तरोताजा बनाउन साहित्यिक पठन र लेखनले भूमिका खेलेको हुन्छ । यसबाट उनीहरूमा मनोरञ्जन प्राप्त हुनुको साथै लेखन कलाको विकास पनि गराउँछ । सिर्जनात्मक लेखनले एकातिर लिपिबद्ध रूपमा विचारको सञ्चयन गराउँछ भने सिर्जनात्मक क्षमता र तर्क क्षमताको पनि अभिवृद्धि गराउँछ । टीभी वा कार्टून हेरेर आँखा बिगार्ने र अस्वस्थकर बजारिया खाद्य कुरा सेवन गर्ने कुरामा पनि न्यूनीकरण गराउँछ । महत्वपूर्ण कुरा त के भने लेखन शैलीको विकास गर्नुका साथै राम्रो र शुद्ध लेखनको विकास गर्नमा पनि सिर्जनात्मक लेखनले राम्रो भूमिका खेल्दछ ।

सिर्जनात्मक लेखनमा प्रभाव पार्ने तत्वहरू –

बालबालिकालाई सिर्जनशील बनाउन सुरुमा बाह्य प्रेरणाले भूमिका खेलेको हुन्छ । जुनसुकै पनि सर्जकलाई या त पारिवारिक वातावरणले कि कसैको संगतले कि त अध्ययनशीलताले साहित्य सिर्जनाको मार्ग देखाउँछ तर प्रेरणा प्राप्त हुँदाहुँदै पनि उसमा आन्तरिक खूबी छैन भने सिर्जना सम्भव हुँदैन । तसर्थ सिर्जनात्मक लेखनका लागि प्रतिभा, व्युत्पत्ति र अभ्यासले प्रभाव पारेको हुन्छ ।

प्रतिभा भनेको बालबालिकामा रहेको आन्तरिक वा जन्मजात खूबी हो । देखेपछि लेखिहाल्न मन लाग्ने र धूलोमा पनि संसार खोज्ने खूबी भनेकै प्रतिभा हो । प्रतिभा हुँदाहुँदै पनि उसले प्रशस्त ज्ञान आर्जन गरेको छैन र उसमा अध्ययनशीलता छैन भने उसले सफल सिर्जना गर्न सक्दैन ।

यसर्थ प्रतिभासँगै व्युत्पत्ति वा ज्ञान पनि सिर्जनात्मक लेखनमा प्रभाव पार्ने दोस्रो तत्व हो । व्युत्पत्ति वा ज्ञानलाई पनि दुई प्रकारमा राखेर विभाजन गर्न सकिन्छ । पहिलो किताबी वा शास्त्रीय ज्ञान हो भने दोस्रो लौकिक वा व्यावहारिक ज्ञान हो । बालबालिकाले पनि पुस्तक, पत्रपत्रिका पढेर तथा घर, गाउँ र समाजका व्यवहार देखेर प्राप्त गरेका ज्ञानले पनि साहित्य सिर्जनाका लागि खुराक प्रदान गर्न सक्दछन् ।

प्रतिभा र व्युत्पत्ति (ज्ञान) बाहेकको अर्को प्रभावित तत्व भनेको अभ्यास वा साधना हो । अभ्यासले मानिसलाई पूर्ण बनाउँछ । एकचोटि लेखेको रचनालाई परिष्कार, परिमार्जन र काँटछाँट गरेर उक्त रचनालाई सुन्दर बनाउन अभ्यास वा साधनाले ठूलो भूमिका खेल्दछ । अभ्यासले नै साहित्य अझ जीवन्त बन्न सक्छ । स्पष्टसँग भन्नुपर्दा प्रतिभाले साहित्य लेखनको प्रारूप तयार पार्दछ अर्थात् आकृति कोर्छ, व्युत्पत्तिले सिर्जनालाई सिँगार्नुका साथै थप ज्ञान प्रदान गराउँछ अर्थात् हाडमासु जोर्छ र अभ्यासले सिर्जनालाई परिपक्व बनाउँदै अझ निखार ल्याउँछ अर्थात् प्राण भर्छ र जीवन्त तुल्याउँछ ।

सिर्जनात्मक लेखनका आधार

बालबालिकालाई सिर्जनात्मक लेखनमा उत्प्रेरित गर्न उनीहरूलाई लेख्ने वातावरण तयार पारिदिनु नै सिर्जनात्मक लेखनको आधार हो जसलाई संकलित, निर्देशित र मौलिक गरी तीन चरणमा राखेर यसरी हेर्न सकिन्छ

क) संकलित लेखन

संकलित लेखन भनेको बालबालिकालाई मौलिक रूपमा सिर्जनशील बनाउनुअघिको पृष्ठभूमि हो । संकलित रचना अन्तर्गत अनुकृतिमूलक वा प्यारोडी रचना, श्रुतिरचना जस्ता पुनर्सिर्जित रचना पर्दछन् । गाईको निबन्ध हेरेर त्यसैमा शब्दको हेरफेर गर्दै भैंसीको निबन्ध लेख्न खोज्नु अनुकृतिमूलक रचना हो । रेडियो, टेलिभिजन आदिमा प्रसारित गीतहरूको भाकामा शब्द परिवर्तन गरी आफ्नै शैलीमा पुनर्सिर्जना गर्नु पनि अनुकृतिमूलक वा प्यारोडी रचना अन्तर्गत पर्दछ । शिक्षकले कक्षामा भनेका चुट्किला, कथा वा निबन्धलाई सुनिसकेपछि आशय वा भाव परिवर्तन नहुने गरी आफ्नो शैलीमा रचना गर्नुलाई श्रुतिरचना भनिन्छ । श्रुतिरचनामा पोख्त भइसकेपछि बालबालिकाहरू स्वतन्त्र रचना गर्न पनि सक्षम हुन्छन् ।

ख) निर्देशित लेखन

पाठ्यपुस्तक, प्रश्नपत्र वा शिक्षकबाट दिइएका बुँदाहरूका आधारमा मौलिक ढंगले व्याख्या र विस्तार गर्दै जीवनी, कथा वा निबन्ध लेख्ने प्रक्रियालाई निर्देशित लेखन भनिन्छ । यो अर्धमौलिक लेखन अन्तर्गत पर्दछ । निर्देशित लेखनमा पनि श्रुतिरचनामा झैं बालबालिकाले आफ्नो कल्पना शक्तिको प्रयोग गरेर सिर्जनात्मक वा स्वतन्त्र रचना गर्न सक्षम हुन्छन् ।

ग) मौलिक लेखन

कसैको सहयोग वा निर्देशनविना आफ्नो जीवन हेरेर र आफूले भोगेका घटना सम्झेर पनि बालबालिकाहरूले आफ्नो सिर्जनात्मक क्षमतालाई अभिवृद्धि गर्दछन् । आफ्नो निजी जीवनमा दिनदिनै घट्ने घटनामा अनुभव र विचारको समन्वय गरेर दैनिकी लेख्दा वा जीवनका अविस्मरणीय क्षण वा यात्राको सम्झना गर्दै घटना, अनुभव र विचारमा कल्पनाको मिश्रण गर्दै संस्मरण लेख्दा पनि उनीहरूको लेखनकलाको विकास हुन्छ । दैनिकी वा संस्मरणमार्फत हुने सिर्जनात्मक क्षमता मौलिक लेखन अन्तर्गत पर्दछ ।

यस आधारमा हेर्दा बालबालिका वा विद्यार्थीहरूले निम्न चरणहरू पार गर्दै सिर्जनात्मक लेखनको

यात्रा पूरा गर्दछन् 

श्रुतिरचना → अनुकृतिमूलक रचना → निर्देशित रचना → मौलिक रचना → स्वतन्त्र रचना

निष्कर्ष

यसरी नवीन सिर्जना गर्न बालबालिका वा विद्यार्थीहरूले चाहेमा, शिक्षकले हौसला प्रदान गरेमा, अभिभावकले सहयोग गरेमा वा बालसाहित्यका लेखकले पनि अप्रत्यक्ष रूपमा मार्गनिर्देश दिएमा आजका कलिला बालबालिकाहरू सिर्जनात्मक लेखनमा पोख्त भई परिपक्व, मौलिक र स्वतन्त्र रचना गर्न सक्छन् । यसले गर्दा उनीहरूको लेखन सीपका साथै तर्क क्षमताको पनि विकास हुन पुग्दछ ।
अर्को समाचार
सुन्दर देश नेपाल
२२ साउन २०७७
•
१ मिनेट पाठ
सुन्दर देश नेपाल

डा. घनश्याम न्यौपाने परिश्रमी

 




अग्लाअग्ला पहाडमा

पानी जमी हिउँ बन्ने

हिउँ जमेका पहाडलाई

हिमालचुली हो भन्ने ।

माछापुच्छ्रे, अन्नपूर्ण,

गौरीशंकर, गणेश

माथि यिनै हिउँचुली छन्

तल पहाड, मधेश ।

संसारकै अग्लो चुली

सगरमाथा हिमाल

हिउँचुलीको काखमा छ

सुन्दर देश नेपाल ।

मुगुमा छ राराताल,

पोखरामा फेवाताल

गण्डकी, कोशी, कर्णाली

बग्ने देश हो नेपाल ।
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ११ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
यो पनि पढौँ
झोला
झोला
नागरिक नागरिक • · २२ साउन २०७७ · १ मिनेट पाठ
मेरो जुत्ता
नागरिक नागरिक • · २१ साउन २०७७ · १ मिनेट पाठ
सुन मेराे सानाे भाइ !
नागरिक नागरिक • · २१ साउन २०७७ · १ मिनेट पाठ
नेपालको सान
नेपालको सान
नागरिक नागरिक • · २२ साउन २०७७ · १ मिनेट पाठ
मौरीको कला
नागरिक नागरिक • · २१ साउन २०७७ · २ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस