डायनासोरको खेलौनामा रमाउँदै छिन् मेरी नातिनी
२३ असार २०७७
•
४ मिनेट पाठ
डायनासोरको खेलौनामा रमाउँदै छिन् मेरी नातिनी
खेमराज पोखरेल

खेमराज पोखरेल

नानीबाबुहरू,




आज म तिमीहरूलाई मेरी २ वर्षकी नातिनी नाइसा र डायनासोरको कथा सुनाउँछु । भर्खर २ वर्ष पुगेर तीन वर्ष लागेकी नाइसा अलिअलि अंग्रेजी अलिअलि नेपाली मजाले बोल्छिन् । नाइसालाई डायनासोर खूब मन पर्छ । डायनोसरका खेलौना मन पराउँछिन् । गीत पनि डायनासोरकै गाउँछिन् । भिडियो पनि डायनासोरकै हेर्छिन् । रिसाएर रोएको बेलामा डायनासोर खेलौना दियो भने चुप लाग्छिन् । नाइसालाई धेरै डायनासोरको नाम पनि थाहा छ । उनले मेरो मोबाइल ल्याएर मलाई नै दिएर भन्छिन्  –  प्लिज हब्बा, डायनासोर ।

मैले टिभीमा, आइप्याडमा वा मोबाइलमा डायनासोरको गीत लगाइदिनै पर्छ । भिडियो देखाइदिनै पर्छ । देखाइदिइनँ भने उनी एकदम रिसाउँछिन् ।

अँ त डायनासोर भनेको के हो तिमीहरूलाई थाहा छ ? छ भने ठीकै छ । थाहा छैन भने म भन्छु है त । डायनासोर पनि हामी मान्छेजस्तै यही पृथ्वीको प्राणी हो । वैज्ञानिकहरूले डायनासोर २४३ मिलियन वर्ष पहिलेदेखि पृथ्वीमा थियो भनेका छन्  । तिमीहरूलाई यो मिलियन भनेको थाहा छैन होला । दस लाखको एक मिलियन हुन्छ । अब तिमीहरू आफैं हिसाब गरेर भन्न सक्छौ, कति वर्ष पहिलेदेखि डायनासोर पृथ्वीमा थियो भनेर । त्यो हिसाब गर्न जानेनौ भने आफ्ना आमाबुवा वा स्कुलमा शिक्षकलाई सोध है । उहाँहरूले हिसाब गरेर तिमीहरूलाई बताइदिनुहुन्छ ।

वैज्ञानिकहरू भन्दछन्, त्यो बेला पृथ्वीमा १ हजारभन्दा बढी प्रकारका डायनासोरहरू थिए । यिनीहरूको अलगअलग नाम थियो । डायनासोर एकदम ठूलो पनि थियो । ठूलो भनेको निकै ठूलो हो नि र सानो पनि थियो । सानो भनेको पनि निकै सानो थियो । ठूलो डायनासोर १३० फिटसम्म लामो हुन्थ्यो । ५९ फिटसम्म अग्लो हुन्थ्यो । यसको तौल एक लाख किलोसम्म हुन्थ्यो । अर्कोतिर सानो डायनासोर भने २० इन्च मात्रको पनि हुन्थ्यो । यसको तौल ११० ग्राम मात्र पनि हुन्थ्यो । त्यो बेला संसारभरि डायनासोरहरू छरिएका थिए । अहिलेको मान्छेजस्तै डायनासोर संसारभरि थिए । उनीहरूको आफ्नै संसार थियो 

अहिले पृथ्वीमा डायनासोरको अस्तित्व छैन । ६६ मिलियन वर्ष पहिलेदेखि डायनासोर यो पृथ्वीबाट हराएका हुन् रे । लोप भएका हुन् रे । यो बेला छुद्रग्रह  आएर पृथ्वीमा ठोकियो । यसबाट न्यूक्लियर बम हानेजस्तै पृथ्वीमा प्रभाव भयो । प्राकृतिक प्रकोप भयो । जसले गर्दा पृथ्वीबाट ७५ प्रतिशतजस्तो जीव र वनस्पति संसारबाट लोप भएर गए । यसपछि वातावरण एकदम चिसो भएर गयो ।
हावापानी र वातावरणमा आएको परिवर्तनले गर्दा सानो आकारका उड्ने खालका डायनासोर चराको रूपमा विकसित भए । भुइँमा हिँड्ने वा घिस्रने साना डायनासोर साँप, कछुवा, छेपारो, माउसुली जस्ता जीव बन्न पुगे । पानीमा बस्ने गरेका डायनासोर माछा समूह भए । रूखविरुवा ध्वस्त भएपछि फोटोसिन्थेसिस भएन ।  फलस्वरूप घाँस खाएर बाँच्ने ठूला डायनासोर सबै मरे ।

नानीबाबुहरू तिमीहरूलाई थाहा छ ? सानो आकारका डायनासोरबाट अहिलेका चराहरूको सृष्टि भएको भनिएको छ । भुइँमा हिँड्ने वा घिस्रने डायनासोरबाट विकसित भएर छेपारो, माउसुली, साँप, कछुवा, कुखुरा, हाँस आदिको जन्म भएको मानिएको छ । त्यसैगरी वैज्ञानिकहरूले पानीमा पाइने डायनासोरबाट माछा, भ्यागुता बनेका हुन् भनेका छन् । तिमीहरूलाई थाहा छ नि हामी मान्छे पनि बाँदरबाट विकसित भएर बनेका हौं । जसरी बाँदरबाट मान्छे बन्यो त्यसैगरी डायनासोरबाट चराहरू बने भन्ने कुरा बुझ्दा हुन्छ है । वैज्ञानिकहरू डायनासोरका बारेमा अझै खोज गरिरहेका छन् । थप कुरा वैज्ञानिकहरूले फेरि बताउने छन् ।

अचम्मको कुरा सुन न । डायनासोर जति ठूलो भए पनि अण्डा पारथ्यो रे । अण्डाबाट बच्चा निकाल्थ्यो रे । ठूलो डायनासोरको बच्चा कत्रो हुन्थ्यो होला ! अन्दाज गर त । आमामा, हाम्रो घरजत्रै हुन्थ्यो होला !

संसारभरि डायनासोरबारे हामीलाई जानकारी दिन धेरै पार्कहरू बनेका छन् । पार्कमा डायनासोरका मूर्तिहरू बनाएर राखिएको हुन्छ । मूर्ति एकदम ठूल्ठूलो हुन्छ । कुनै डायनासोरको सिङ हुन्छ । कुनै डायनासोरको त तीनवटा सिङ पनि हुन्छ । मुख ठूलो हुन्छ । मुखभित्र दाँतहरू हुन्छन् । डायनासोरको छाला खस्रो हुन्छ । डायनासोरको मूर्ति हेर्दा कस्तो रमाइलो हुन्छ । तिमीहरू पनि ठूलो भएपछि पार्कमा गएर डायनासोर हेर्नु है ।

तिमीहरूलाई डायनासोरबारे अझ धेरै जान्न मन लाग्न सक्छ । तिमीहरूले पनि आफ्ना बाबुआमालाई भनेर ‘जुरासिक पार्क’ भन्ने सिनेमा हेर्यौ भने डाइनासोरबारे धेरै थाहा पाउँछौँ । डायनासोरबारे धेरै भिडियो तथा डकुमेन्ट्रीहरू पनि बनेका छन् । आमाबुवालाई भनेर डायनासोरका बारेको सिनेमा, भिडियो र डकुमेन्ट्रीहरू कम्प्युटरमा हेर्न सक्छौ ।
मेरी नातिनी नाइसाले सधैं डायनासोरको भिडियो हेर्छिन् । भिडियो मात्र होइन, डायनासोरको फोटो पनि हेर्छिन् । उनीसँग डायनासोरका धेरे खेलौनाहरू छन् । डायनासोरका धेरे चित्र भएका पुस्तकहरू छन् । ती पुस्तकका डायनासोरका चित्रहरू र खेलौनाहरू ब्याट्रीका सहायताले कराउँछन् । डायनासोरको आवाज सुनेपछि मेरी नातिनी नाइसालाई रमाइलो लाग्छ । खुसी हुन्छिन् ।

यो कोरोनाका बेला तिमीहरू पनि डायनासोरबारेकोे सिनेमा, फोटो, भिडियो र डकुमेन्ट्रीहरू हेर है । कस्तो रमाइलो हुन्छ बाबै !तिमीहरूको अमेरिकाको हजुरबा

सान एन्टोनियो, अमेरिका । 
अर्को समाचार
सुन्दर देश नेपाल
२२ साउन २०७७
•
१ मिनेट पाठ
सुन्दर देश नेपाल

डा. घनश्याम न्यौपाने परिश्रमी

 




अग्लाअग्ला पहाडमा

पानी जमी हिउँ बन्ने

हिउँ जमेका पहाडलाई

हिमालचुली हो भन्ने ।

माछापुच्छ्रे, अन्नपूर्ण,

गौरीशंकर, गणेश

माथि यिनै हिउँचुली छन्

तल पहाड, मधेश ।

संसारकै अग्लो चुली

सगरमाथा हिमाल

हिउँचुलीको काखमा छ

सुन्दर देश नेपाल ।

मुगुमा छ राराताल,

पोखरामा फेवाताल

गण्डकी, कोशी, कर्णाली

बग्ने देश हो नेपाल ।
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ४३ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
यो पनि पढौँ
झोला
झोला
नागरिक नागरिक • · २२ साउन २०७७ · १ मिनेट पाठ
मेरो जुत्ता
नागरिक नागरिक • · २१ साउन २०७७ · १ मिनेट पाठ
सुन मेराे सानाे भाइ !
नागरिक नागरिक • · २१ साउन २०७७ · १ मिनेट पाठ
नेपालको सान
नेपालको सान
नागरिक नागरिक • · २२ साउन २०७७ · १ मिनेट पाठ
मौरीको कला
नागरिक नागरिक • · २१ साउन २०७७ · २ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस