हिमाल र टाइगर
१२ असार २०७७
•
२ मिनेट पाठ
हिमाल र टाइगर

यमुना पराजुली अधिकारी

हिमालको बाबाले एकदिन सानो पप्पी घरमा लिएर आउनुभयो । सानो निख्खर सेतो त्यो पप्पी हिमाललाई औधी राम्रो लाग्यो । गोलागोला आँखा, ठाडा कान गुलाबी मुख । त्यो पप्पी साँच्चै नै हेरिरहुँ लाग्ने थियो ।  




‘अहा, कति राम्रो पप्पी मेरो लागि हो बाबा ?’ हिमालले उत्साहित हुँदै भने ।

‘हो हो  तिम्रै लागि हो तिम्रो साथी ’ बाबाले यसो भनिरहँदा हिमाल मुसुक्क मुस्कुराएको थियो ।

‘टोक्ला है ? अलि परै धेरै नजिस्काउनु ’ आमाले बाबालाई चिया दिदै भन्नुभयो ।

‘त्यस्तो हुन्न नि जनावरले पनि आफूलाई माया गर्ने मान्छे चिन्छ । उसलाई माया दिन सके उसले पनि हामीलाई माया नै दिन्छ तर हामीले उसलाई अनावश्यक रूपमा जिस्काउने चलाउने गर्नु हुँदैन  ।’ बाबाले आमालाई बुझाउँदै भन्नुभयो ।

एकदुई दिनमै पप्पी र हिमाल मिल्ने साथीजस्तै भए । हिमालले पप्पीको नाम टाइगर राखिदिएका थिए । हिमाल स्कुल जाँदा पनि टाइगर गेटसम्म आएर उसको बाटो हेरेको हेरै गरथ्यो । हिमाल पनि स्कुलबाट आउनासाथ उसँग खेलेर मात्र आफ्नो होमवर्क गर्थे ।

एकदिन टाइगर बिरामी पर्याे । खानेकुरा पनि राम्ररी खान सकेन । साँझ हिमाल स्कुलबाट घर जाँदा नि सधैंझैं गेटमा आएन । कुदेर हिमाल टाइगर बस्ने ठाउँमा पुगे । हिमाल देखेर पप्पी कुइँकुइँ  गर्दै उसको छेउमा आएर लुट्पुटियो ।

आमा आएर ‘आज टाइगरले केही खाएन’ भनेर सुनाउनुभयो । बाबा पनि अफिसबाट आइपुग्नुभयो । सबैले के भएछ त भनेर सबैतिर हेर्दा मुखमा र खुट्टातिर घाउ आएको देखियो । ‘कठै टाइगरलाई कति दुख्यो होला ? हस्पिटल लैजाऊँ न बाबा ।’ 

‘भोलि लैजाउँला अहिले त साँझ परिसक्यो । ’ बाबासँगै आमाले पनि होमा हो मिलाउनुभयो । तर हिमालले पटक्कै मानेन । उसको उपचार नभएसम्म आफूले पनि नखाने अडान लिएर बस्यो । ‘ म बिरामी भएको भए पनि भोलि भन्नुहुन्थ्यो त ? उसले दरो तर्क राख्यो । उसको भनाइले बाबा पनि छक्क पर्नुभयो र तुरुन्तै ट्याक्सी खोजेर पशु क्लिनिकमा लिएर जानुभयो । हिमाल पनि जिद्धी गरेर बाबासँग गए ।  

डाक्टरले सामान्य नै हो भनेर मलम दिए । भोलिपल्टदेखि टाइगर उफ्रिन थाल्यो । सधैंझैं गेटमा हिमाललाई कुर्न आउन पनि थाल्यो । खान पनि थाल्यो  ।  आफ्नो साथी तन्दुरुस्त भएकोमा हिमाल दङ्ग छन् ।
अर्को समाचार
बालकथा संग्रह छिरविरे छाताको विमोचन
०४ मंसिर २०७८
•
१ मिनेट पाठ
बालकथा संग्रह छिरविरे छाताको विमोचन
शीला सैजू ‘शितल’द्वारा लिखित बालकथा संग्रह ‘छिरविरे छाता’ को भक्तपुरमा विमोचन गरिएको छ।




डा. रामचन्द्र पाण्डे र ध्रुब मधिकर्मीले संयुक्त रुपमा संग्रहको विमोचन गरे। कथा संग्रहमा ‘छिरविरे छाता’ र ‘जुम्ल्याहा खरायोको भविष्य’ गरी दुई वटा बाल कथा समावेश छन्। कथा संग्रह १८ पृष्ठको रहेको छ।

कथा संग्रहको प्रकाशन सिर्जना अभियानले गरेको हो। संग्रहको मूल्य ६० रुपैयाँ तोकिएको छ। कार्यक्रममा लेखिका सैजूले पुस्तक भक्तपुरका स्कुलहरुलाई निःशुल्क वितरण गर्ने उद्घोष गरिन् ।

विद्यार्थीको प्रेरणाका लागि कथा संग्रहको लेखन गरेको उनले सुनाइन्। लेखिका सैजूको यो पहिला कृति हो।

भक्तपुरमा जन्मेकी लेखिका सैजू परिवारसहित क्यानडा बस्दै आएकी छिन्। उनी नेपाल आएको मौका पारी पुस्तक प्रकाशन गरेको हो। उनी द हिमालयन टाइम्स अंग्रेजी दैनिककी पूर्व पत्रकारसमेत हुन्।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
यो पनि पढौँ
आयानको अठोट
आयानको अठोट
नागरिक नागरिक • · ३० साउन २०७७ · ५ मिनेट पाठ
सुन्दर देश नेपाल
नागरिक नागरिक • · २२ साउन २०७७ · १ मिनेट पाठ
नेपालको सान
नागरिक नागरिक • · २२ साउन २०७७ · १ मिनेट पाठ
किसानको छोरा
किसानको छोरा
नागरिक नागरिक • · २८ साउन २०७७ · ७ मिनेट पाठ
झोला
नागरिक नागरिक • · २२ साउन २०७७ · १ मिनेट पाठ
मेरो जुत्ता
नागरिक नागरिक • · २१ साउन २०७७ · १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस