सिरे र नरे एउटै गाउँमा बस्थे । उनीहरू एउटै विद्यालयमा एउटै कक्षामा पढ्थे । गरीब परिवारका उनीहरूका बाबुआमाले पढ्न नपाएर दुखकै काम गरेर जीवन धान्नुपरेकोले छोराहरूले दुख नपाउन् र पछि ठूला मान्छे बन्न सकुन् भनेर उनीहरूले छोरालाई राम्रै विद्यालयमा भर्ना गरिदिएका थिए ।
सिरे कक्षामा गुरुले पढाउँदा निकै ध्यान दिएर सुन्थ्यो र घरमा गएर बाबुआमालाई सुनाउँथ्यो र आवश्यक कुरा सिकाउने पनि गर्दथ्यो । घरका काममा सघाउँथ्यो र आफ्नो गृहकार्य पनि सक्ने गर्दथ्यो । तर, नरेले भने कक्षामा गुरुले पढाउँदा पनि ध्यान दिँदैनथ्यो । गुरुले कक्षामा सिकाएको कुरालाई पनि घरमा गएर बाबुआमालाई केही पनि सुनाउँदैनथ्यो ।
एक दिन गुरुले स्वास्थ्यको महत्व भन्ने पाठ पढाउँदै भन्नुभयो, ‘स्वास्थ्य हाम्रो अमूल्य धन’ हो । हामी स्वस्थ भएमा रोगले हामीलाई आक्रमण गर्न सक्तैन । स्वस्थ मान्छे नै निरोगी हुन्छ । हामीले स्वस्थ रहन सफा पानी पिउनुपर्छ, सफा भाँडामा खानुपर्छ, सडेगलेको खाना खानु हुँदैन, घर वरिपरि सफा राख्नुपर्छ, फोहोर ठाउँमा खेल्नु हुँदैन, दिसा गरेपछि र खाना खानुअघि साबुनपानीले हात धुनुपर्छ । यति गरयो भने हामीलाई रोग लाग्दैन । यसो गर्दागर्दै पनि रोग लाग्यो भने अस्पताल वा स्वास्थचौकीमा जँचाएर औषधि खानुपर्छ ।जथाभावी अरूले भनेको भरमा औषधि खानु हुँदैन ।’
यत्तिकैमा घन्टी लाग्यो । गुरु कक्षाकोठाबाट निस्कनुभयो ।
सिरेले यो कुरालाई राम्ररी ध्यान दिएर सुनिरहेथ्यो र भ्याएजति कापीमा लेखेर पनि राखेको थियो । सिरेले यो सबै कुरा घरमा गएर बाबुआमालाई पनि सुनाउँदै त्यसै गर्नु भन्यो र आफूले पनि त्यसै गर्दै गयो । तर, नरेले भने यो कुरामा त्यति ध्यान नै दिएको थिएन । त्यसैले उसले गुरुले भनेको कुरा न आमाबाबुलाई नै सिकायो न त आफूले नै गरयो । ऊ त विद्यालयबाट घर जानेबित्तिकै हातै नधोई खाजा खान्थ्यो, खाली खुट्टले बारीको कान्लामा उफ्रने, हिलोमाटोमा खेल्ने र फोहोर खुट्टा पनि सफासँग धुँदैनथ्यो ।
धेरै दिनदेखि नरे विद्यालयमा हाजिर नभएकाले एक दिन गुरुले कक्षामा नरे किन विद्यालयमा नआएको कसैलाई थाहा छ भनेर सोध्नुभयो । कसैले पनि थाहा नभएको भनेपछि गुरुले उसको घर नजिकै कसको घर छ भनेर सोध्नुभयो । सिरेले आफ्नो घर भएको बताए । त्यसपछि गुरुले नरेको बारेमा बुझेर आउनु भन्नुभयो ।
कामको सम्मानविद्यालय छुट्टी भएपछि सिरे घर गएर खाजा खायो र गुरुले भन्नुभएको कुरा बाबुआमालाई बतायो र नरेको घरमा गयो । जब ऊ नरेको घरमा पुग्यो । नरेको घर वरिपरि, घरभित्र भान्सामा र कोठामा पनि फोहोर देख्यो । नरे मैलो लुगा लगाएर मैलो डस्नामा सुतिराखेको । उसका बाबुआमा ट्वाल्ल परेर उसलाई हेरेर बसिराखेका थिए । यो देखेर उसले नरेका बाबुआमालाई सोध्यो । उनीहरूले केही दिनदेखि नरे ज्वरो आएर सुतिराखेको बताए । तर, औषधि उपचार केही नगरी बसेको पनि बताए । सिरेले तुरुन्तै स्वास्थ्यचौकी लैजानुपर्ने सल्लाह दियो । तर, नरेको बाबुआमाले स्वास्थ्यचौकी नदेखेको र के कसो गर्नुपर्छ भन्ने थाहा नपाएकोले त्यस काममा सिरेलाई मद्दत गरिदिनु भने । भोलिपल्ट सिरेले बिहान प्रधानाध्यापकलाई जरूरी काम परेर आफू विद्यालय आउन नसकेकोले उक्त दिनको बिदा जनाइदिनु भनी निवेदन लेखेर त्यसै विद्यालयमा पढ्ने साथी हिरेको हातमा पठायो । त्यसपछि ऊ नरेको घरतर्फ लाग्यो । सिरे र नरेको बाबुआमा मिलेर नरेलाई स्वस्थ्थ्यचौकी पुरयाए ।
स्वस्थ्यचौकीमा स्वास्थ्यसेविकाले बिरामीको बारेमा धेरै कुरा सोधिन् । सबै कुरा सुनेपछि बिरामीको सामान्य चेकजाँच गरिन् । धेरै दिनदेखि ज्वरो आइरहेकोले रगत, दिसापिसाब जँचाएर प्रतिवेदन आएपछि मात्र रोग थाहा हुने र त्यसैअनुसार उपचार गर्नुपर्ने भन्दै सामान्य ज्वरो कम हुने औषधि दिइन् ।
भोलिपल्ट सिरे विद्यालय गयो । गुरुले विद्यालय नै आउन नसक्ने त्यस्तो के काम परयो भनेर सोध्नुभयो । उसले नरेको बारेमा बतायो र नरेको उपचारको काममा लाग्नुपरेकोले बिदा लिनुपरेको कुरा बतायो । यस्तो कुरा सुनेपछि गुरु दङ्ग पर्नुभयो र यति सानै उमेरदेखि पक्का समाजसेवी काममा लागेकोमा प्रशंसा गर्दै धन्यवाद पनि दिनुभयो ।
नरेको रगत र दिसापिसाबको रिपोर्ट आयो । उसलाई टाइफाइड भएको रहेछ । स्वास्थ्यसेविकाले उसले केही दिन औषधि खाँदै आराम गर्नुपर्ने सल्लाह दिइन् । नरेले सोहीअनुसार गरयो । यो सबै कुराको रेखदेख सिरेले गरिरहेको हुन्थ्यो र विद्यालयमा गुरुलाई यस कुराको जानकारी गराइरहेका हुन्थ्योे । उसले गरेको कार्यबारे प्रधानाध्यापक लगायत प्रायः सबै शिक्षकशिक्षिकालाई थाहा भइसकेको थियो । प्रायः सबैले उसको कार्यको प्रशंसा त गर्दथे नै साथै उसको यस्तो प्रशंसनीय कार्यलाई प्रोत्साहन गर्नुपर्ने प्रस्ताव पनि राखे ।
विद्यालय वार्षिक उत्सव र अभिभावक दिवसको दिन भव्य कार्यक्रमको तयारी थियो । समाजका प्रतिष्ठित, गन्यमान्य व्यक्ति लगायत धेरै अभिभावकहरूको उपस्थितिमा सम्पन्न भइरहेको उक्त समारोहमा वर्षभरिमा विद्यालयमा राम्रो काम गर्ने शिक्षकशिक्षिका, कर्मचारी तथा विद्यार्थीहरूलाई सम्मान गर्ने कार्यक्रममा थियो । यसै कार्यक्रममा विद्यालयका विद्यार्थीहरूमध्ये अनुशासित, इमानदार, सेवा भावना भएको विद्यार्थीको रूपमा सिरेलाई प्रशंसा गर्दै पुरस्कार र विशेष सम्मान प्रदान गरियो ।
पोखरा–उर्जामन्त्री एवं माओवादी नेता जनार्दन शर्माले आफूले ऊर्जामन्त्रालयमार्फत गरेको जनमुखी कामको पार्टीले स्वामित्व लिन नसकेको गुनासो गरेका छन्।
माओवादी केन्द्र कास्कीले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै उनले लोडसेडिङमुक्त नेपाल बनाएर कमाएको जनमतको स्वामित्व पार्टी पंक्तिले नसकेको बताएका हुन्।
‘लोडसेडिङमुक्त नेपाल बनाएपछि बिजुलीको मुखै नदेखेका दुरदराजका जनता समेत खुशी भएका छन तर जनार्दनले ‘क्रेडिट’ पाउँछ भन्ने आतंकले पार्टीकै कतिपय नेतालाई सताएको छ, अनि कसरी बन्छ पार्टी ?,’ उनले भने, ‘यो सवै काम मैले प्रधानमन्त्रीको निर्देशनमा गरेको हुँ, यो काम सरकारले गरेको हो, मलाई क्रेडिट चाहिँदैन तर ऊर्जा मन्त्रालयले गरेको उपलब्धिलाई पार्टी निर्माणमा प्रयोग गर्नुस् , मलाई यत्ति भए पुग्छ।’
उर्जा मन्त्रालयको कामले देशव्यापी रुपमा पाएको वाहवाहीलाई पार्टीका नेताहरुले समेत कतै उच्चारण नगरेको गुनासो गर्दै मन्त्री शर्माले सरकारले गरेका राम्रा कामको स्वामित्व लिन नसके पार्टी बन्न नसक्ने ठोकुवा गरे।
अर्को एक प्रसंगमा मन्त्री शर्माले चार हजार केन्द्रीय सदस्य बनाएर पार्टी बन्न नसक्ने धारणा व्यक्त गरे। पार्टी एकीकरण हुँदा वैचारिक कार्यदिशा ठोस गरिएपनि संगठनात्मक अन्योल हटाउन नसकेको कारण संगठन भद्रगोल भएको टिप्पणी गरे।
स्वच्छ प्रतिष्पर्धाद्वारा नेता चुन्ने परिपाटीको विकास नगरेसम्म पार्टी बन्न नसक्ने ठोकुवा गरे। उनले अबदेखि जनताले चाहेका कार्यकर्ता, कार्यकर्ताले चाहेका नेता बनाउने प्रणालीमा जानुपर्नेमा जोड दिए।
अर्को एक प्रसंगमा उनले स्थानीय तहको चुनावपछि जनताले परिवर्तनको अनुभूति गर्ने बताए। आफ्नो सरकार आफैले चलाउन पाउने भएकोले जनताले परिवर्तनको महशुस गर्ने धारणा व्यक्त गरे। मन्त्री शर्माले नयाँ संविधानले ग्यारेन्टी गरेको जनताको अधिकार स्थानीय तहको चुनावले संस्थागत गर्ने धारणा व्यक्त गरे। स्थानीय तहको चुनाव जितेर पार्टी निर्माण अभियानलाई तीव्रता दिन कार्यकर्ताहरुलाई निर्देशन दिए।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...