पत्रकार महासंघ सोलुखुम्बुको निर्वाचनलाई के 'फ्याक्टर्स' ले प्रभाव पार्‍यो ?
०१ पौष २०८१
•
४ मिनेट पाठ
पत्रकार महासंघ सोलुखुम्बुको निर्वाचनलाई के 'फ्याक्टर्स' ले प्रभाव पार्‍यो ?
केन्द्र र प्रदेशसँगै जिल्लामा पनि नेपाल पत्रकार महासंघको निर्वाचन सम्पन्न भयो, त्यसमै समेटियो सोलुखुम्बु पनि ।




जिल्लामा नेतृत्व (अध्यक्ष) का लागि सुबास दर्नाल (प्रेस युनियन, प्रेस सेन्टर र विद्रोही साथीहरूको समर्थनमा) र डीबी खालिङ (प्रेस चौतारीको समर्थनमा) बीच प्रतिस्पर्धा थियो । र, यो स्वाभाविक थियो कि एउटाको जित हुँदा अर्कोले पराजित हुनुपर्थ्यो । सुबास दर्नाल जित्दा डीबी खालिङ पराजित हुन पुग्नुभयो । र, अर्को स्वाभाविकता चुनावी नतिजालाई स्वीकार्नुमा हुन्थ्यो तर, पराजित टोली अस्वाभाविक देखियो, उसलाई'ब्यालेट' स्वीकार्नु हम्मे-हम्मे भयो ।

चित्त दुख्ने, रुने, कराउने मात्रै होइन, चौतारी टोलीमा महासंघलाई 'डेडलक' गर्ने मनसायसमेत स्पष्ट देखियो । यसको पुष्टि शपथ ग्रहणपछिको पहिलो बैठक बस्न नदिइएको सन्दर्भले गर्छ ।

मंसिर २८ गते निर्वाचन सम्पन्न भएपछि २९ गते नवनिर्वाचित समितिको शपथ ग्रहण र पहिलो बैठकको कार्यसूची थियो । तर, चौतारी टोलीले बैठक बस्ने सन्दर्भमा असमर्थता जनाएर हिँड्यो । सबैले आ-आफ्नो व्यस्तता देखाउनुभयो । पछि सुनियो— बैठक बस्न नभ्याउने साथीहरू चिया पिएर बसिरहनुभएको छ !

यसपछि गणपूरक सङ्ख्या पुगेन, नवनिर्वाचित समितिको पहिलो बैठक हापेर हामी पनि हिँड्यौँ । समितिको बाँकी कार्यकाल कस्तो रहन्छ, त्यो पहिलो बैठकमै भाँजो हाल्ने चौतारी टोलीमा निर्भर रहन्छ । 

यहाँ मैले सर्सर्ती पृष्ठभूमि बाँधे । अब भने निर्वाचनलाई के-के 'फ्याक्टर्स'ले प्रभाव पारे, जुन स्वीकार गर्नु चौतारी टोलीका लागि 'महाभारत' बन्यो ।

विद्रोह फ्याक्टर

केन्द्रमा रमेश विष्टले प्रेस युनियनबाट विद्रोह गरेर उम्मेदवारी दिएका थिए । उनलाई प्रेस सेन्टर, समाजवादी प्रेसलगायत केही पत्रकार सङ्गठनहरूले समर्थन जनाएका थिए ।

सोलुखुम्बुमा ठ्याक्कै यस्तै अवस्था थियो । सुबास दर्नाल, जो पहिले चौतारीसमर्थित पत्रकारका रूपमा चिनिनुहुन्थ्यो । अहिले उहाँ युनियन, सेन्टर, समाजवादीलगायतका पत्रकार सङ्गठनहरूको समर्थनमा अध्यक्ष निर्वाचित बन्नुभयो । जुन, चौतारी टोलीलाई स्वीकार्नु महाभारत भयो ।

विद्रोही सुबास दर्नाल अध्यक्षका प्रत्याशी भनेपछि हामीलाई भोट दिन कुनचाहिँ आइतबार कुर्नुपर्‍यो, भोट दिइयो । अन्तत: उहाँले जित्नुभयो । त्यो महासंघ सोलुखुम्बुकै इतिहासमा राम्रो भयो ।

दलित नेतृत्व फ्याक्टर

२०६४ सालमा तदर्थ समिति बनेपछि अगाडि बढेको नेपाल पत्रकार महासंघ सोलुखुम्बुको नेतृत्व अहिलेसम्म नेवार समुदायबाट मात्रै थिए ।

नारायण श्रेष्ठ, मनोज श्रेष्ठ हुँदै नुतन श्रेष्ठ । नारायण श्रेष्ठ, जसले महासंघलाई तदर्थ हुँदै पूर्ण वैधानिक बनाएर पनि नेतृत्व गर्नुभयो । उहाँलाई मुरीमुरी धन्यवाद दिनैपर्छ । र, त्यसपछिका अध्यक्षहरू मनोज श्रेष्ठ र नुतन श्रेष्ठ पनि त सम्मानयोग्य नेतृत्वहरू नै हुनुहुन्छ ।

तर, अहिले आएर दलित समुदायबाट प्रतिनिधित्व गरेर जिल्लामा सशक्त पत्रकारिता गरिरहनुभएका एक जना पत्रकारलाई महासंघको नेतृत्व दिँदा गाह्रो मान्नुपर्ने किन हो कुन्नि, बुझिनसक्नु छ ।

हामी यसर्थ पनि गौरवान्वित छौँ कि सोलुखुम्बु महासंघ दलित पत्रकारको नेतृत्वमा आयो र हामी त्यहीँ बसेर काम गर्न पायौँ । यसरी सोच्ने हो भने पहिल्यै सुबास दर्नाललाई सर्वसम्मत गर्दा पनि हुन्थ्यो ।

दोर्पुबजार फ्याक्टर

माथि पनि उल्लेख गरेँ । सोलुखुम्बु महासंघ अहिलेसम्म दोर्पुबजार (सल्लेरी सदरमुकामको एक बजार) केन्द्रित थियो । संस्थापक अध्यक्ष नारायण श्रेष्ठ र त्यसपछिका दुई अध्यक्ष मनोज र नुतन पनि त्यतैका थिए ।

तर, अहिले महासंघ सरेको छ । र, त्यो सम्मानयोग्य छ । महासंघ सधैँ दोर्पुबजारभित्र मात्रै रहनुपर्छ भन्ने छैन । सुबास दर्नाल जतिको साँचो पत्रकार पाउनु महासंघका लागि सुखद विषय हो ।

चौतारीका तर्फबाट उम्मेदवार बन्नुभएका डीबी खालिङ, जो दोर्पुबजारकै 'ग्रीप'का पत्रकार हुनुहुन्छ । उहाँले जित्नु भनेको खासमा अघिल्ला तीन पूर्वअध्यक्षले जित्नुभन्दा फरक नपर्नु हो, कमसेकम यो सन्दर्भमा ।

*** 

म अहिले जिल्लामा छैन । काठमाडौं केन्द्रित छु । जिल्ला कुनै ठूला कार्यक्रम तथा महासंघको निर्वाचनलगायतका लागि मात्रै पुग्ने गर्छु प्राय:। यसपटक पत्रकार महासंघको चुनावका लागि तीन दिन पुगेँ, त्यसपछि पुन: काठमाडौं नै फर्किएँ ।

यसर्थ, जिल्लाका मिडिया हाउस, त्यहाँका पत्रकार साथीहरू र सम्बन्धित स्टेकहोल्डरहरूका बीचमा कस्तो सम्बन्ध छ, उनीहरूले आपसलाई कसरी लिन्छन्, त्यसबारे म खास जानकारी राख्दिनँ । जिल्लाका मिडिया हाउस र जिल्लामै बसेर पत्रकारिता गरिरहेका पत्रकारहरूलाई माथिका मेरा तीन फ्याक्टर्समाथि थप भन्नुपर्ने हुन सक्छ । त्यसका लागि तपाईंहरू स्वतन्त्र हुनुहुन्छ ।

तर, छोटो समय आउँदा र निर्वाचन सकाएर फर्किँदा मलाई यस्तै लाग्यो । र, ममाथि केही आक्षेपहरू लागेका छन् । त्यसलाई क्लियर गर्नका लागि पनि यो अनुभूति पोखाएँ ।

बाँकी त चौतारी टोलीलाई मिलेर काम गर्न आह्वान गर्दछु । 'ब्यालेट' स्वीकार्नु आफूलाई लोकतान्त्रिक ठान्ने सबैको दायित्व हो । आशा छ, तपाईंहरू आफ्नो दायित्वबाट भाग्नुहुने छैन ।
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 




डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
अपराध
Clock ११ सेकेन्ड अघि | १ मिनेट पाठ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जना पक्राउ
लागूऔषध नियन्त्रण ब्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ किलो थाई गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
Whatsapp
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
गेमिङ एपमा आफ्नो तस्बिर प्रयोग भएपछि केकीको आपत्ति
अभिनेत्री केकी अधिकारीले आफ्नो अनुमति र संलग्नताबिना एउटा गेमिङ एपले नाम र तस्बिर प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।
Whatsapp
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
इराकसँगको इरानी आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ को प्रभाव गलत : इरानी सुरक्षा प्रमुख
इराकसँगको आर्थिक सम्बन्धमा ‘विदेशीहरू’ ले हस्तक्षेप नगर्न इरानी सुरक्षा प्रमुख मोहसेन रेजाइले आइतबार आग्रह गरेका छन्।
Whatsapp
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
राजनीति
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
कांग्रेसको जिल्ला अधिवेशनको मिति तय, हिमाली जिल्लामा मंसिरमै निर्वाचन
पार्टी सभापति गगनकुमार थापाले केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस ४ र ५ गते जिल्ला अधिवेश...
Whatsapp
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
राजनीति
Clock ३२ मिनेट अघि | ० मिनेट पाठ
सात वर्षदेखि अलपत्र हाक्पारा पुल एक वर्षभित्रै पूरा गर्न मुख्यमन्त्रीको निर्देशन
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन...
Whatsapp
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
चार पटक म्याद थप्दा पनि सकिएन तालचोक–बेगनास सडक निर्माण
‘स्वच्छन्द–सपना–वर्ल्डवाइड जेबी’ले चार लेनको उक्त सडक बनाउने जिम्मा पाएको थियो।
Whatsapp
यो पनि पढौँ
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
भाषा र लोकसंस्कृति जोगाउँदै गण्डकी प्रज्ञा–प्रतिष्ठान
युवा पुस्तालाई आफ्नो मातृभाषाप्रति गर्वानुभूति गराउँदै मातृभाषा बोल्नका लागि प्रेरित गर्ने उद्देश्यले भाषा कक्षा सञ्चालन गर्न लागिएको सदस्य सचिव श्रेष...
Whatsapp
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
समाज
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
रत्ननगरको सभाहल अस्पताललाई हस्तान्तरण गर्ने तयारी
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रत्ननगरमा निर्माणाधीन सभाहल बकुलहर रत्ननगर अस्पताललाई हस्तान्तरण गर्न सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे...
Whatsapp
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
समाज
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्रीको मासु बिक्रीवितरण गरी कालोबजारी, प्रहरीद्वारा अनुसन्धान सुरु
काठमाडौंमा खसीबोकाको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री वितरण गरेको आरोपमा आठ जना पक्राउ परेका छन्।
Whatsapp
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिना शासनका प्रभावशाली प्रहरी अधिकारीकी पत्नी र दुई साला पक्राउ
पूर्वप्रधानमन्त्री शेख हसिनाको शासनकालका प्रभावशाली प्रहरी अधिकारी मोनिरुल इस्लामकी पत्नी र दुई सालालाई हिंसा तथा तोडफोडको योजना बनाएको आरोपमा पक्राउ...
Whatsapp
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गण्डकीमा शतप्रतिशत विद्युतीकरण गर्ने लक्ष्य
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङको निसेलढोरमा यसै वर्ष केन्द्रीय विद्युत् सेवा विस्तार गर्ने बताएका छन्।
Whatsapp
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सामुदायिक पशु व्यवस्थापनमा धनगढीको उदाहरणीय प्रयास
बस्ती र सडकमा छाडा छोडिएका पशुचौपायाले निम्त्याउने दुर्घटनाको त्रास र बालीनाली जोगाउनुपर्ने बाध्यताबाट आजित कैलालीको धनगढी उपमहानगरपालिकाका बासिन्दाका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस