महाधिवेशनको मुखमै फेरि विवाद
२१ कार्तिक २०७३
•
९ मिनेट पाठ
महाधिवेशनको मुखमै फेरि विवाद
काठमाडौं–नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलमा गुटगत विवाद चर्कंदा महाधिवेशन पुनः अन्योलमा परेको छ । चारपटक स्थगित हुँदै पाँचौपटक तोकिएको महाधिवेशन सुरु हुन एक सातामात्र बाँकी रहँदा तरुण दलभित्रको विवाद फेरि चर्किएर सतहमा आएको छ ।




पार्टी सभापति शेरबहादुर निकट तरुण नेताहरू पछिल्लोपटक तोकिएको मितिमा जसरी पनि महाधिवेशन गराउने रणनीतिमा जुटेका छन् भने नेता रामचन्द्र पौडेल पक्षधर तरुण नेताहरू संगठनको आन्तरिक विवाद सुल्झाएर मात्र महाधिवेशनमा जानुपर्ने अडानमा छन् ।

‘भदौको अन्तिम साता र असोजको पहिलो साता जुन कारण देखाएर महाधिवेशन स्थगित गरिएको हो त्यसलाई जस्ताको तस्तै राखेर महाधिवेशनमा जान मिल्दैन,’ तरुण दलका केन्द्रीय सदस्य मेदनी सिटौलाले भने, ‘हामी विधिसंगत महाधिवेशनको पक्षमा छौं, जबर्जस्ती गरे समानान्तर समिति गठन गर्छौं ।’

६० जिल्लाको मात्र अधिवेशन सम्पन्न भएको जनाउँदै सिटौलाले पार्टी सभापतिको सफलताका लागि संगठनको मर्म र भावनामा प्रहार गरेर महाधिवेशनमा जान नसकिने बताए । ‘अझै पनि १५ वटा जिल्लामा विधिवत् अधिवेशन हुन सकेको छैन्,’ पौडेल पक्षधर सिटौलाले भने, ‘हामी विधिवत् महाधिवशेनको पक्षमा छौं, त्यसका लागि लडिरहन्छौं ।’

असन्तुष्ट पक्षले कात्तिक २७ देखि पोखरामा तरुण दलको चौथो महाधिवेशन सुरु हुने भनिए पनि भक्तपुर र सप्तरीमा अहिलेसम्म अधिवेशनको प्रक्रिया सुरु नभएको जनाएको छ । सिटौलासहितका आधा दर्जन बढी नेताले शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै पर्सा, काभ्रे, उदयपुर, सुर्खेत, बारा, धादिङ, बाँके, बझाङ, रुपन्देहीसहितका जिल्लामा चरम विवाद रहेको जनाएका छन् । सर्लाही र धनुषामा समानान्तर समिति विद्यमान छन् भने पर्सा, काभ्रे, उदयपुर, सुर्खेत, बारासहितका जिल्ला अधिवेशन हुन सकेको छैन ।

तर, तरुण दलका अध्यक्ष उदयशमशेर राणाले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको जनाउँदै अब नरोकिने बताए । ६८ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको जनाउँदै राणाले कात्तिक २४ गतेभित्र महाधिवेशन सम्पूर्ण तयारी पूरा गरेर पोखरा पुग्ने तयारीमा केन्द्रीय समिति लागिपरेको जानकारी दिए ।

‘होटल बुकिङ भइसके, व्यागदेखि व्यानरसम्म तयार भइसक्यो,’ राणाले नागरिकसँग भने, ‘अब महाधिवेशन रोकिँदैन, जिल्लामा विवाद देखिए त्यसलाई पार्टी निर्देशक समितिले सम्हाल्ने छ ।’

कांग्रेसनेता कृष्णप्रसाद सिटौलानिकट मानिने तरुण दल केन्द्रीय सदस्य नारायण भट्टराईले गुटगत स्वार्थले केही जिल्लामा विवाद देखिए पनि अब तोकिएको मितिमा महाधिवेशन हुनु पर्ने बताए । ‘केही जिल्लामा गुटगत विवाद देखिएका छन् त्यसलाई आधार बनाएर महाधिवेशन रोक्नुहुन्न,’ उनले भने, ‘हामी विधिसंगत महाधिवेशनको पक्षमा छौं ।’

देउवा र पौडेल पक्षबीच प्रतिस्पर्धा

तरुण दलको नयाँ नेतृत्वका लागि पार्टी सभापति देउवा र नेता पौडेल पक्षबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । पार्टीको १३औं महाधिवेशनपछि भएका सबै आन्तरिक निर्वाचनमा जस्तै तरुण दलको नयाँ नेतृत्वका लागि पनि देउवा र पौडेल पक्षबीच प्रतिष्पर्धा हुने निश्चित देखिएको छ ।

वर्तमान समितिमा रहेकाले नयाँ नेतृत्वका लागि उम्मेदवारी दिन नपाउने भए पनि दुबै पक्षबाट दर्जन आकांक्षी देखिएका छन् । अध्यक्षका लागि यमबहादुर गुरुङ, पदम पालुंगा, उत्तम चापागाईं, दामोदर कोइराला, कर्ण मल्ल, सिद्धार्थ कोइराला, दिनेश भट्टराई, हर्क देउवा लागिपरेका छन् । पालुंगा, भट्टराई, देउवा पार्टी सभापतिनिकट हुन् भने डडेलधुरा पार्टी सभापति मल्ल खुमबहादुर खड्कानिकट हुन् ।

तरुण दलको विधानले दोहोरो पदाधिकारी हुन प्रतिबन्ध लगाएको जनाउँदै मल्लले अध्यक्ष उम्मेदवार बन्न जिल्ला सभापति छाड्नुपर्ने एक नेताले बताए । त्यस्तै बिपी कोइरालाका नाति सिद्धार्थ, दामोदर र शाही पौडेलनिकट मानिन्छन् भने चापागाईं सिटौलानिकट हुन् । बालकृष्ण खाँणसँग नजिक रहेका तरुण दलका पूर्वमहासचिव गुरुङले पार्टीको १३औं महाधिवेशनसँगै पौडेल पक्षसँग निकटता बढाएका छन् । भट्टराई र हर्क देउवालाई नेता एनपी साउदले अघि सारेको निकट स्रोतको दाबी छ । अर्का नेता खाँणसँग दूरीमा रहेका साउद तरुण दलमा आफ्नो भूमिका देखाउने प्रयासमा जुटेको स्रोतको दाबी छ ।

पार्टीको १३ औं महाधिवेशनपछि सभापति देउवाको सहयोगी समूहकारुपमा देखिएको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले देशभरि आफ्नो अवस्थाको आकलन गर्न तरुण दलका केन्द्रीय सदस्य भट्टराईसहितको टोलीलाई जिम्मा दिएको छ । भट्टराई सो टोलीको सुझावकै आधारमा कृष्ण सिटौला पक्षले पार्टी सभापति देउवासँग भूमिका खोज्ने तयारी गरेको छ । तरुण दलमा पूरै प्यानल बनाएर जाने आफूहरुको तयारी रहेको जनाउँदै नेता सिटौला निकट भट्टराईले भने, ‘एउटाको आवश्यकताले सहकार्य सम्भव छैन, दुबै पक्षले आवश्यकता महसुस गरे सहकार्यको पनि सम्भावना छ ।’

सिटौला निकट अर्का एक नेताले आफ्नो हैसियत जति छ त्यति नै दाबी गर्नुपर्ने जनाउँदै भने, ‘अन्य संगठनको महाधिवेशनमा जस्तै तरुणमा पनि पार्टी सभापति देउवासँग मिलेरै अघि बढ्छौ ।’ पोखरामा हुने तरुण दलको महाधिवेशनमा एक हजार दुई सय महाधिवेशन प्रतिनिधि सहभागी हुने जानकारी अध्यक्ष राणाले दिए पनि केन्द्रीय सदस्य भट्टराईले भने एक हजार चार सयको हाराहारीमा प्रतिनिधि हुने दाबी गरे ।

तरुण दलको विधान अनुसार महानगरपालिकाबाट तीन, उपमहानगरपालिकाबाट दुई, नगरपालिकाबाट एक, क्षेत्रीय सभापतिसहित दुई र जिल्लाबाट आठजना प्रतिनिधि सहभागी हुने व्यवस्था छ । एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाबाट ९ जना सहभागी हुने विधानमा छ । त्यस्तै, अध्यक्षले मनोनीत गर्ने २० जनासहित विदेश विभागबाट तीन÷तीन जना सहभागी हुने व्यवस्था छ । तरुण दलले विदेशमा रहेका पाँचवटा शाखालाई मान्यता दिएको छ । केन्द्रीय समितिका ४५ जना पनि स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ ।     
अर्को समाचार
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
०८ मंसिर २०८३
•
३ मिनेट पाठ
एकाएक भाइरल भयो ‘अफिसर चितुवा’, हेर्न चिडियाखानामा लाग्यो भीड
चीनको एक चिडियाखानामा रहेको मोटो चितुवा यतिबेला इन्टरनेटमा चर्चित बनेको छ। 




डिज्नीको चर्चित फिल्म ‘जुटोपिया’को गोलो अनुहार भएको चितुवा पात्र अफिसर बेन्जामिन क्लाउहाउजरसँग मिल्दोजुल्दो देखिएपछि यो चितुवा हेर्न मानिसहरूको भीड लाग्न थालेको हो।

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तस्थित पान्झिहुआ सहरको चिडियाखानामा रहेको यो चितुवालाई ‘पान बाओबाओ’ नामले चिनिन्छ। मोटो शरीरका कारण सामाजिक सञ्जाल प्रयोगकर्ताले उसलाई ‘अफिसर चितुवा’ उपनाम दिएका छन्।

चितुवा हेर्न चिडियाखाना पुगेका मानिसहरूले उसका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन्। धेरैले उसको मोटो शरीर देखेर रमाइला टिप्पणी गरेका छन्।

एक आगन्तुकले ‘अफिसर चितुवा अझै पनि तौल घटाउन सफल भएनछ!’ भन्दै ठट्टा गरेका छन्। कतिपयले उसलाई केही समय खाना नदिन सुझाव दिएका छन् भने केहीले उसको शरीर मात्र होइन, शरीरका धब्बासमेत गोलाकार देखिएको भन्दै मजाक गरेका छन्। केहीले त अब उसलाई आफूहरूले सजिलै उछिन्न सक्ने टिप्पणीसमेत गरेका छन्।

तर, चिडियाखानाका कर्मचारीले भने चितुवाको उमेर र स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै उसको तौल घटाउने योजना नरहेको बताउँछन्।

‘ऊ बूढो हुँदै गएको छ। त्यसैले अहिले तौल घटाउनु उचित हुँदैन। उसको अहिलेको अवस्था कायम राख्दै स्वस्थ राख्नु हाम्रो प्राथमिकता हो,’ चिडियाखानाका एक कर्मचारीले जिउपाई न्युजलाई बताएका छन्।

उनले वृद्ध मानिसको छाला खुकुलो हुँदै गएजस्तै चितुवाको शरीरमा पनि उमेरसँगै परिवर्तन आएको बताए। ‘यो अवस्थामा उसले पर्याप्त खाना पाएको सुनिश्चित गर्नुपर्छ। खानाको गुणस्तरमा पनि कुनै सम्झौता गर्न चाहँदैनौँ,’ उनले भने।

कर्मचारीका अनुसार पान बाओबाओले दैनिक आधा किलोभन्दा बढी गाईको मासु खान्छ। सन्तुलित आहारका लागि उसको खानामा कुखुराको मासु पनि समावेश गरिएको छ।

केही समयअघि चितुवाको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षणमा उसको स्वास्थ्य अवस्था राम्रो देखिएको र तौलमा पनि खासै परिवर्तन नभएको कर्मचारीले बताएका छन्।

अहिले उसको तौल नियमित रूपमा नाप्न केही कठिन हुने गरेको छ। तर, तौल स्थिर रहेको र उसको मुड राम्रो रहेको अवस्थामा चिन्ता गर्नुपर्ने अवस्था नरहेको कर्मचारीको भनाइ छ।

इन्टरनेटमा चर्चित बने पनि चितुवाको चिडियाखानाभित्रको दैनिकी भने निकै आरामदायी छ। ऊ खाने, सुत्ने र कहिलेकाहीँ आफ्नो खोरमा यताउता घुमेर शरीर तन्काउने गर्छ।

उसलाई अलि बढी सक्रिय बनाउन खोरभित्र खेल्ने बलसमेत राखिएको छ। ‘उसले खेल्न र केही शारीरिक गतिविधि गर्न सकोस् भनेर खोरभित्र एउटा बल राखेका छौँ,’ एक कर्मचारीले भने।

चितुवाको चर्चा बढेपछि चिडियाखानाले उसको बस्ने ठाउँसमेत विस्तार गरेको छ। छेउको अर्को बासस्थानसँग छुट्याउने बार र तारको जाली हटाएर उसको खोर ठूलो बनाइएको हो।

यससँगै उसको बस्ने क्षेत्रफल ४५ वर्गमिटर पुगेको छ। यो पहिलेको भन्दा दोब्बर हो। चिडियाखानाले गरेको सुधारपछि उसले फराकिलो ‘एक बेडरुमको अपार्टमेन्ट’ जस्तै ठाउँ पाएको जिउपाई न्युजले जनाएको छ।

चितुवाको उमेर र स्वास्थ्य अवस्थाबारे थाहा पाएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि उसको तौल घटाउन दबाब दिन नहुने बताए। उनीहरूले बाँकी जीवन आरामसँग बिताउन दिनुपर्ने सुझाव दिएका छन्।

एक प्रयोगकर्ताले ‘ऊ बूढो हुँदै छ, त्यसैले प्रकृतिलाई आफ्नै गतिमा अघि बढ्न दिऔँ!’ भन्दै लेखेका छन्। अन्यले उसको चम्किलो र राम्रोसँग स्याहार गरिएको रौँको प्रशंसा गर्दै ‘मोटो भए पनि निकै जवान देखिन्छ!’ भनेर टिप्पणी गरेका छन्।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
यो पनि पढौँ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस