नाफासँगै वातावरणीय दायित्व
०७ भदौ २०८३
•
७ मिनेट पाठ
नाफासँगै वातावरणीय दायित्व
एआई निर्मित तस्बिर
नेपालमा फोहोर व्यवस्थापन आजको सबैभन्दा जटिल शहरी तथा ग्रामीण चुनौतीमध्ये एक बनेको छ। जनसंख्याको वृद्धि, शहरीकरणको तीव्र विस्तार, उपभोग्य वस्तुहरूको बढ्दो प्रयोग तथा बजारमा प्लास्टिकजन्य सामग्रीको अत्यधिक उपलब्धताले फोहोरको मात्रा दिनप्रतिदिन बढिरहेको छ। स्थानीय सरकारहरूले सरसफाइ र फोहोर व्यवस्थापनका लागि ठूलो बजेट खर्च गरिरहेका छन्, तर समस्या झन् जटिल बन्दै गएको देखिन्छ। यस्तो अवस्थामा एउटा गम्भीर प्रश्न उठ्न आवश्यक छ, कुनै कम्पनीले उत्पादन गरेको वस्तु उपभोगपछि फोहोर बन्छ भने त्यसको जिम्मेवारी केवल स्थानीय सरकार र नागरिकको मात्र हो कि उत्पादक कम्पनीको पनि हो?




आजको विश्वव्यापीकरणको युगमा हजारौं कम्पनीहरूले दैनिक रूपमा विभिन्न खाद्य सामग्री, पेय पदार्थ, सौन्दर्य सामग्री, घरेलु सामान तथा अन्य उपभोग्य वस्तु उत्पादन गरी बजारमा पठाइरहेका छन्। ती वस्तुहरू आकर्षक प्याकेजिङसहित उपभोक्तासम्म पुग्छन्। उपभोक्ताले वस्तुको प्रयोग गरेपछि त्यसको प्याकेजिङ, प्लास्टिक, बोतल, रेपर वा अन्य अवशेष फोहोरमा परिणत हुन्छन्। यही फोहोर व्यवस्थापन गर्न नसक्दा नदी, खोला, जंगल, सडक, सार्वजनिक स्थल र मानव बस्तीहरू प्रदूषित भइरहेका छन्।

विश्वका धेरै देशहरूमा कागज, बाँस, प्राकृतिक फाइबर, बायोडिग्रेडेबल सामग्री तथा पुनः प्रयोगयोग्य कन्टेनरहरूको प्रयोग बढ्दै गएको छ। नेपालमा पनि स्थानीय स्रोतमा आधारित वातावरणमैत्री प्याकेजिङको विकास गर्न सकिन्छ। यसले वातावरणीय लाभ मात्र होइन, स्थानीय उद्योग तथा रोजगारी प्रवर्द्धनमा समेत योगदान पुर्‍याउनेछ।
नेपालको विद्यमान कानुनी तथा नीतिगत व्यवस्था हेर्दा फोहोर व्यवस्थापनको मुख्य जिम्मेवारी स्थानीय तहलाई दिइएको छ। स्थानीय सरकार सञ्चालन ऐन तथा फोहोरमैला व्यवस्थापन सम्बन्धी नीतिहरूले फोहोर संकलन, ढुवानी तथा व्यवस्थापनको जिम्मेवारी स्थानीय सरकारको क्षेत्राधिकारभित्र राखेका छन्। तर, यस व्यवस्थाले एउटा महत्त्वपूर्ण पक्षलाई पर्याप्त रूपमा सम्बोधन गरेको देखिँदैन, उत्पादनपछि सिर्जित फोहोरप्रति उत्पादक कम्पनीहरूको उत्तरदायित्वदेखिदैन।  

कुनै कम्पनीले सरकारलाई कर तिरेको भरमा आफ्नो सम्पूर्ण जिम्मेवारी पूरा भएको मान्न सकिँदैन। कर तिर्नु व्यवसाय सञ्चालनको कानुनी दायित्व हो, तर उत्पादनबाट वातावरणमा पर्ने असरको जिम्मेवारी लिनु सामाजिक तथा नैतिक दायित्व पनि हो। कम्पनीहरूले उत्पादन प्रक्रियाबाट नाफा कमाउँछन् भने त्यस उत्पादनबाट सिर्जित वातावरणीय असरको भार समाज र सरकारमाथि मात्र थोपर्नु न्यायोचित हुँदैन। यही अवधारणालाई विश्वका धेरै देशहरूले 'विस्तारित उत्पादक उत्तरदायित्व' (Extended Producer Responsibility- EPR) को रूपमा लागू गरेका छन्।

विस्तारित उत्पादक उत्तरदायित्व भन्नाले कुनै पनि कम्पनीले आफ्नो उत्पादन उपभोगपछि उत्पन्न हुने फोहोरको व्यवस्थापनमा पनि आर्थिक तथा प्राविधिक जिम्मेवारी लिनुपर्ने व्यवस्था हो। यस प्रणाली अन्तर्गत उत्पादक कम्पनीहरूले आफ्ना उत्पादनको प्याकेजिङ फिर्ता लिने, पुनः प्रयोग गर्ने, पुनर्चक्रण गर्ने वा त्यसको व्यवस्थापनका लागि आवश्यक लागत व्यहोर्ने कार्य गर्दछन्। युरोप, जापान, दक्षिण कोरिया, क्यानडा तथा भारतजस्ता देशहरूले यस प्रणालीलाई क्रमशः प्रभावकारी रूपमा लागू गरिरहेका छन्। यसले फोहोरको मात्रा घटाउनुका साथै पुनर्चक्रण उद्योगलाई प्रोत्साहन गरेको छ।

नेपालमा पनि अब यही अवधारणालाई व्यवहारमा लागू गर्ने समय आएको छ। विशेष गरी प्लास्टिकजन्य प्याकेजिङ सामग्री उत्पादन गर्ने कम्पनीहरूलाई उनीहरूको उत्पादनबाट सिर्जित फोहोरको कम्तीमा ५० प्रतिशत व्यवस्थापनको जिम्मेवारी दिन सकियो भने फोहोर व्यवस्थापनमा ठूलो सुधार आउन सक्छ। कम्पनीहरूले आफ्ना उत्पादनको बिक्रीसँगै पुनः संकलन प्रणाली विकास गर्न सक्छन्, पुनर्चक्रण उद्योगसँग साझेदारी गर्न सक्छन् वा स्थानीय तह तथा निजी क्षेत्रसँग सहकार्य गरी फोहोर व्यवस्थापन कोष स्थापना गर्न सक्छन्।

नेपालमा हाल निजी क्षेत्र, सामाजिक संस्था तथा अनौपचारिक क्षेत्रका हजारौं श्रमिकहरू पुनर्चक्रण क्षेत्रमा सक्रिय छन्। उनीहरूले प्लास्टिक, कागज, धातु तथा अन्य पुनः प्रयोगयोग्य सामग्री संकलन गरी पुनर्चक्रण उद्योगसम्म पुर्‍याइरहेका छन्। तर उनीहरूको योगदानलाई अझ प्रभावकारी बनाउन उत्पादक कम्पनीहरूको आर्थिक तथा प्राविधिक सहयोग आवश्यक छ। यदि कम्पनीहरूले आफ्नो सामाजिक उत्तरदायित्वको हिस्सा स्वरूप पुनर्चक्रण प्रणालीमा लगानी गर्न थाले भने फोहोर व्यवस्थापनमा नयाँ सम्भावना सिर्जना हुनेछ।

फोहोर व्यवस्थापनको अर्को महत्त्वपूर्ण पक्ष प्याकेजिङ सामग्रीको प्रकृतिसँग सम्बन्धित छ। नेपालमा अधिकांश उपभोग्य वस्तुहरू एकपटक प्रयोग हुने प्लास्टिकमा प्याक गरिन्छन्। यस्ता सामग्रीहरू प्रकृतिमा विघटन हुन सयौं वर्ष लाग्न सक्छ। यसले माटो, पानी तथा जैविक विविधतामा नकारात्मक असर पुर्‍याउँछ। त्यसैले कम्पनीहरूले उत्पादन प्याकेजिङ गर्दा जैविक रूपमा विघटन हुने, पुनः प्रयोग गर्न सकिने तथा वातावरणमैत्री सामग्रीहरूको प्रयोगलाई प्राथमिकता दिनुपर्छ।

विश्वका धेरै देशहरूमा कागज, बाँस, प्राकृतिक फाइबर, बायोडिग्रेडेबल सामग्री तथा पुनः प्रयोगयोग्य कन्टेनरहरूको प्रयोग बढ्दै गएको छ। नेपालमा पनि स्थानीय स्रोतमा आधारित वातावरणमैत्री प्याकेजिङको विकास गर्न सकिन्छ। यसले वातावरणीय लाभ मात्र होइन, स्थानीय उद्योग तथा रोजगारी प्रवर्द्धनमा समेत योगदान पुर्‍याउनेछ।

नेपालको भौगोलिक बनावटलाई हेर्दा फोहोर व्यवस्थापन झनै चुनौतीपूर्ण देखिन्छ। हिमाल, पहाड र तराईका भिन्न भूगोल तथा पहुँचका कारण एउटै मोडेल सम्पूर्ण देशमा लागू गर्न कठिन छ। विशेष गरी हिमाली क्षेत्रमा अझै धेरै स्थानमा सडक पहुँच छैन। यस्ता स्थानहरूमा दैनिक उपभोग्य सामग्री हेलिकप्टर, खच्चड वा पैदल मार्गबाट पुर्‍याइन्छ। पर्यटक तथा स्थानीय समुदायले ती सामग्री प्रयोग गरेपछि उत्पन्न हुने प्लास्टिकजन्य फोहोर व्यवस्थापन गर्न अत्यन्त कठिन हुन्छ।

आजको आवश्यकता भनेको प्लास्टिकको अनावश्यक प्रयोग न्यूनिकरण, वातावरणमैत्री प्याकेजिङको प्रवर्द्धन, पुनर्चक्रण प्रणालीको सुदृढीकरण तथा उत्पादक उत्तरदायित्वको प्रभावकारी कार्यान्वयन हो। यही मार्गले स्वच्छ, हरित र दिगो नेपालको आधार निर्माण गर्न सक्छ।
सगरमाथा क्षेत्र, लाङटाङ, मनास्लु, अन्नपूर्ण, कञ्चनजंगा तथा अन्य हिमाली पर्यटन क्षेत्रहरूमा प्लास्टिक फोहोर एक गम्भीर समस्या बन्दै गएको छ। त्यस्ता क्षेत्रमा पुनर्चक्रण पूर्वाधारको अभाव छ भने फोहोर ढुवानीको लागत पनि अत्यधिक हुन्छ। त्यसैले यस्ता क्षेत्रलाई लक्षित गरी प्लास्टिकरहित वा न्यूनतम प्याकेजिङ भएका उत्पादनहरू बजारमा ल्याउनुपर्ने आवश्यकता छ। स्थानीय स्तरमै सजिलै व्यवस्थापन गर्न सकिने प्याकेजिङ सामग्रीको प्रयोगले हिमाली वातावरण संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्छ।

फोहोर व्यवस्थापन केवल सरसफाइको विषय मात्र होइन; यो जलवायु परिवर्तन, सार्वजनिक स्वास्थ्य, पर्यटन, जैविक विविधता संरक्षण तथा दिगो विकाससँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो। अनियन्त्रित प्लास्टिक फोहोरले नदी तथा जलस्रोत प्रदूषित बनाउँछ, पशुपक्षीलाई असर पुर्‍याउँछ, खुला जलाउँदा हानिकारक ग्यास उत्सर्जन हुन्छ र अन्ततः मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पर्छ। त्यसैले यसलाई केवल स्थानीय तहको जिम्मेवारीका रूपमा हेर्नु पर्याप्त हुँदैन।

सरकारले अब उत्पादक उत्तरदायित्व सम्बन्धी स्पष्ट नीति, कानुन तथा कार्यान्वयन संयन्त्र विकास गर्न आवश्यक छ। उत्पादक कम्पनीहरूलाई चरणबद्ध रूपमा पुनः संकलन तथा पुनर्चक्रण लक्ष्य निर्धारण गर्नुपर्छ। वातावरणमैत्री प्याकेजिङ अपनाउने उद्योगहरूलाई प्रोत्साहन र अत्यधिक प्लास्टिक प्रयोग गर्ने उद्योगहरूलाई नियमन गर्ने नीति आवश्यक छ। साथै निजी क्षेत्र, स्थानीय सरकार, नागरिक समाज तथा समुदायबीच सहकार्यको प्रभावकारी ढाँचा निर्माण गरिनुपर्छ।

त्यसैले फोहोर व्यवस्थापनको दिगो समाधान तब मात्र सम्भव हुन्छ जब उत्पादनदेखि पुनर्चक्रणसम्मको सम्पूर्ण चक्रमा सबै पक्षको साझा जिम्मेवारी सुनिश्चित हुन्छ। उत्पादन गर्ने कम्पनीले केवल वस्तु बेचेर आफ्नो जिम्मेवारी समाप्त भएको मान्न मिल्दैन। उपभोगपछि सिर्जित फोहोरको व्यवस्थापनमा पनि उनीहरूको सक्रिय भूमिका हुनुपर्छ। नागरिक, स्थानीय सरकार, निजी क्षेत्र र उत्पादक कम्पनीहरूबीच उत्तरदायित्वको न्यायोचित बाँडफाँट गर्न सकियो भने मात्र नेपालले बढ्दो फोहोर संकटको दीर्घकालीन समाधान खोज्न सक्छ। आजको आवश्यकता भनेको प्लास्टिकको अनावश्यक प्रयोग न्यूनिकरण, वातावरणमैत्री प्याकेजिङको प्रवर्द्धन, पुनर्चक्रण प्रणालीको सुदृढीकरण तथा उत्पादक उत्तरदायित्वको प्रभावकारी कार्यान्वयन हो। यही मार्गले स्वच्छ, हरित र दिगो नेपालको आधार निर्माण गर्न सक्छ।

-लेखक क्लिन अप नेपालका कार्यकारी निर्देशक हुन्।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
११ मंसिर २०८३
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस