सूचना प्रविधि, सुशासन र विकास
०२ भदौ २०८२
•
६ मिनेट पाठ
सूचना प्रविधि, सुशासन र विकास
आज सूचना र सञ्चार टेक्नोलोजी, आइसिटी अथवा आइटी सुशासनका लागि मात्र होइन विकास र मानिसको दिनचर्याका लागि अपरिहार्य भइसकेको छ। हामी आइटी बिना चल्नै नसक्ने अवस्थामा पुगिसकेका छौं। पहिलो कुरा, आइटीको प्रयोग के का लागि भन्दा देशलाई सुव्यवस्थित बनाउन, समाजलाई सुव्यवस्थित बनाउन, मानव समाजलाई अझ सभ्य, अझ परिष्कृत, अझ उन्नत बनाउन र देशमा सुशासन अझ सुदृढ गर्न, आइटीको प्रयोगलाई सुशासनको सहयोगीको रूपमा, समाजको सुप्रबन्धका लागि सहयोगीको रूपमा, करप्सन कन्ट्रोलका लागि सहयोगीको रूपमा र जनतालाई सेवा सुविधा पुर्याउने कुरामा सहयोगीको रूपमा आइटीलाई प्रयोग गर्न चाहन्छौं।




आइटी एउटा सोख मात्रै होइन, अनिवार्य आवश्यकता बनेको छ। आइटीले हाम्रो विकासलाई तीव्रता दिनुपर्दछ। टेक्नोलोजी भनेकै त्यै हो, जसले विकासलाई व्यापकता र तीव्रता दिन्छ। नवीनता त्यसको लागि आवश्यकता छ र नवीनता दिन्छ। यसले समाजमा पारस्परिक रूपमा मानवीय भावना, पारस्परिक प्रेम, सद्भाव, सहिष्णुताको विकासका निम्ति सहयोग गर्नुपर्दछ। हामीले सूचना प्रविधिलाई त्यसै हिसाबले प्रयोग गर्नुपर्दछ। यही कुरालाई ध्यानमा राखेर हामीले आइटीलाई डिजिटल नेपालको नाराका साथ अगाडि बढाएका छौं। सिङ्गै देशलाई डिजिटलाइज्ड गर्ने र त्यसको अधिकतम् सदुपयोग गर्ने। त्यसैअनुसार नै म अघिल्लो पल्ट प्रधानमन्त्री हुँदैदेखि डिजिटल नेपाल फ्रेमवर्क बनाएका थियौं। अहिलेसम्मका अनुभव र प्रगतिहरूलाई हेरेर हामीले फ्रेमवर्क टु जिरो अर्को चरणमा प्रवेश गरेका छौं र त्यस फ्रेमवर्कलाई अगाडि बढाउँदै छौं। म यस प्रविधिको प्रयोगलाई शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा र अरु विभिन्न क्षेत्रहरूमा पनि यसको सदुपयोग गरेर समाजलाई लाभान्वित गराउने पक्षमा म आफैँ पनि क्रियाशील रहेको छु।

सरकार क्रियाशील रहेको छ र हामी हरेकले यस सन्दर्भमा प्रयास गर्नुपर्दछ। हामीले एउटा मात्रै सानो उदाहरण दियौं भने, गत वर्ष नेपालको एसइइको परीक्षाको नतिजामा पास हुनेको संख्या ४८ प्रतिशतभन्दा कम थियो  र गत वर्षबाट हामीले सुरुदेखि नै यस प्रतिशतलाई वा ४८ भन्दा कम रहेको प्रतिशतलाई ७० प्रतिशत पु¥याउने भनेका थियौं। पछि हामीले केही संशोधन गर्नुपर्यो र हामीले ६० देखि ६५ प्रतिशतसम्म पुर्याउँछौ भनेर हाम्रा केही युवा साथीहरूले अनलाइन कक्षाको सुरुवात गर्नुभयो। त्यसका निम्ति एउटा अभियान चलाउनुभयो। देशव्यापी रूपमा विभिन्न ठाउँका विद्यालय विद्यालयमा गएर त्यहाँका प्रिन्सिपलहरूलाई, त्यहाँका शिक्षकहरूलाई, त्यहाँका विद्यार्थीहरूलाई, त्यहाँका अभिभावकहरूलाई प्रेरित गर्नु हो। र देशभरि दुई सयभन्दा बढी मेन्टर र धेरै दर्जन शिक्षकहरू राखेर एकै ठाउँ काठमाडौँबाट कक्षाहरू सञ्चालन गर्नुभयो र पछि हामीले ६० देखि ६५ प्रतिशतको बिचमा नतिजा निकाल्छौं भन्यौं। यो नितान्त निजी प्रयास हो हाम्रा युवाहरूको। त्यसमा सरकारी सहयोग भनेको सञ्चार मन्त्रालयले हामीलाई त्यो उपलब्ध गरायो। हामी युवाहरूलाई जहाँ सेवा पुर्याउँछौं भनेको छ, त्यहाँँ इन्टरनेट सर्भिस उपलब्ध गराइदियो।

त्यस हिसाबले प्रयास गर्दाखेरि ६१.८१ प्रतिशत अथवा ६२ प्रतिशत उत्तिर्ण भए। ४८ बाट ६२ प्रतिशत अथवा १४ प्रतिशतका दरले एसइइको नतिजामा उन्नति भयो। यो हामीले देखेका छौं, सानो खर्चबाट देशभरिको लाखौँ विद्यार्थीहरूको संख्यामा १४ प्रतिशतले उत्तीर्ण हुनेको संख्या अभिवृद्धि भयो, बढ्यो। तसर्थ, यसै गरेर हामीले अनलाइन स्वास्थ्य, अनलाइन स्वास्थ्य परीक्षण, अनलाइन उपचारजस्ता कुराहरू पनि विभिन्न हस्पिटलहरूबाट मद्दत गरेका छौं र साना हस्पिटलहरूले ठूला हस्पिटलहरूबाट विशेषज्ञ सेवाहरू लिन सकिरहेका छन्। त्यो हामी आफैँले प्रत्यक्ष यी केही वर्षहरूमा मात्रै अनुभव गरेका छौं। मैले प्रधानमन्त्री चलाएको यो पछिल्लो एक वर्षको अवधिमा असाधारण ढङ्गले हामीले यस क्षेत्रमा पनि प्रगति गरेका छौँ।

हामीसँग एउटा राम्रो पक्ष के छ भने हामीसँग एउटा यो ‘डेमोग्राफिक डिभिडेन्ड’ हाम्रो राम्रो छ। त्यसलाई हामीले यस क्षेत्रमा प्रयोग गर्न सक्छौँ किनभने हाम्रा युवाहरू आज आम रूपमा भन्ने हो भने डिजिटल फ्रेन्डली छन् अथवा डिजिटल क्षेत्रमा, आइटी सेक्टरमा भन्ने हो भने उनीहरू शिक्षित कमसेकम छन्। उनीहरूले विभिन्न ढंगले त्यसबाट नेलेज लिन र नेलेज सम्प्रेषण गर्न सक्छन्। त्यसकारण नवप्रवर्द्धनका कुराहरू, इनोभेसनका कुराहरू अथवा अरु रिसर्चका कुराहरूदेखि लिएर आइटीको प्रयोगले हामीलाई धेरै ठूलो मद्दत पुगिराखेको छ र हामी समाज परिवर्तनका लागि यी सबै कुरा, मान्छेको विकासका लागि सबै कुरा, अर्थतन्त्रको विकासका लागि, शिक्षा, स्वास्थ्य र सबै समाजिक क्षेत्रको विकासका लागि र समाजमा जनतालाई सेवा सुविधा पुर्याउनका लागि यी कुराहरूमा काम गरिराखेका छौँ। अहिले हामीले यो पर्सनल आइटीजस्ता कुराहरू यिनीहरूबाट जनतालाई सेवा पुर्याउने कुराहरू गरिराखेका छौँ र अनेक पक्षहरूमा यसको मद्दत पुगिराखेको छ। यो सँगसँगै, यसमा केही कमजोरी पक्षहरू, विकृतिका पक्षहरू र विज्ञान प्रविधिको प्रयोग ठीक ढंगले गर्न जानेनन् भने, मेसिन चलाउँदा ठीक ढंगले चलाइएन भने त हात काटिदिन्छ। त्यो त मेसिन भनेको ठीक ढंगले चलाउने कि नचलाउने भन्ने कुरासँग निर्भर हुने कुरा हो।  

अहिलेको दुनियाँमा यस इन्फर्मेसन टेक्नोलोजीको राम्ररी सदुपयोग मात्रै भएको छ भन्न सकिँदैन। खासगरी इन्फर्मेशनको सेक्टरमा, मिस इन्फर्मेशन, डिस इन्फर्मेशनजस्ता कुराहरू पनि यसबाट केही केही क्षतिका कुराहरू पनि भइराखेका छन्। समाजलाई अलि विकृति बढाउने खालका कुराहरू पनि भइराखेका छन् र यस्ता कुराहरूप्रति हामी सजग छौँ। सबै कुरा हुन पाउनु पर्दछ। वास्तवमा यो प्रेस स्वतन्त्र, इन्फर्मेशनको स्वतन्त्रता सबै कुरा हुनुपर्दछ तर अनियन्त्रित र समाजलाई हानि गर्ने गरी होइन, समाजलाई फाइदा पुग्ने गरी यी कुराहरू हुनुपर्दछ। समाजका लागि आईटी, विकासका लागि आइटी, राष्ट्रिय एकताका लागि आइटी, विश्व शान्तिको पक्षमा आइटी, सूचना मनोरञ्जनका लागि आइटी, शिक्षाका लागि आइटी, स्वास्थ्यको लागि आइटी। यसो भएर हामीले आइटीलाई सदुपयोग गर्न सक्नुपर्दछ राम्ररी।  

हाम्रो राष्ट्रिय आकाङ्क्षा हामीले भनेका छौँ–समृद्ध नेपाल, सुखी नेपाली। त्यो हाम्रो राष्ट्रिय आकाङ्क्षा हो। त्यो आकाङ्क्षा परिपुर्ति गर्नका लागि, त्यसलाई प्राप्त गर्न, त्यसलाई गन्तव्य बनाएर हामी हिँडिरहेका छौं र त्यसको प्राप्तिका लागि सुशासन र विकास, तीव्रता, सुदृढता र तीव्रताका साथ अगाडि बढाउन जरुरी छ। त्यसमा आइटीको भरपूर मद्दत लिन जरुरी छ। यो अत्यन्तै उपयोगी छ।  

तसर्थ, हामी यसको सदुपयोग गर्दै देशका लागि, जनताका लागि, समाजका लागि र मानव जातिका लागि यसको सदुपयोग गर्ने, सुशासन र विकासका लागि सदुपयोग गर्ने काम गर्दै अगाडि बढ्ने यस दिशामा हामी लागि राखेका छौँ।  

यस सन्दर्भमा तपाईंहरुले आयोजना गर्नुभएको विश्व आइटी सम्मेलन २०२५, ले अवश्य नै ठूलो योगदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु। यही विश्वासका साथ म तपाईंहरूलाई धेरै धेरै शुभकामना भन्न चाहन्छु। तपाईंहरू यस दिशामा अझ तीव्रताका साथ अगाडि बढ्न सक्नु होस्, अझ ठूलो योगदान गर्न सक्नु होस् र यसका निम्ति हामीले कानुन बनाएका छौं। भर्खरै हामीले एआइ पोलिसी तय गरेका छौं। यी सबै कुराहरूको उपयोग गर्नुस्। हामीले भर्खरै कानुनी हिसाबले नै यहाँको आइटी उत्पादनलाई निर्यात गर्न सहजै सक्ने कुरा, यही बसेर लाभ गर्न सक्ने कुरा र बाहिर त्यसका निम्ति कम्पनी खोल्न सक्ने कुरा, विदेशमा कम्पनी खोल्न सक्ने कुरा आदि कुराहरूमा पनि कानुन निर्माण गरेरै अगाडि बढाएका छौँ। तसर्थ म यहाँहरू सबैमा यस कामलाई सदुपयोग गर्ने दिशामा सोचेर अगाडि बढ्न आग्रह गर्न चाहन्छु।  

(सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले १ भदौ, २०८२ मा राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित विश्व आइटी सम्मेलनमा व्यक्त गर्नुभएको मन्तव्यका आधारमा प्रधानमन्त्रीको स्वकीय सचिवालयले तयार पारेको सम्पादित अंश)
अर्को समाचार
चार संसदीय समितिको बैठक बस्दै
०६ असोज २०८३
•
१ मिनेट पाठ
चार संसदीय समितिको बैठक बस्दै
आज विभिन्न चार वटा संसदीय समितिको बैठक बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार, अर्थसमिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ।  




बिहान १०ः०० बजे बस्ने अर्थसमितिको बैठकमा ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयक’माथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ। सो विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएका संशोधनकर्ता सांसदहरुसँग छलफल हुनेछ।

स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान १०ः०० बजे बस्नेछ। सो समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ः१५ बजे बस्दैछ। सो समितिको बैठकमा नेपालमा स्वदेशी र वैदेशिक एवं निजी र सार्वजनिक लगानीको अवस्था, जलवायु परिवर्तनको असर र लगानीको वातावरणमा परेको प्रभाव, राष्ट्रिय तथा प्रादेशिकस्तरमा गरिने लगानी सम्मेलनको व्यवस्थापन, उपयुक्त लगानी वातावरण बनाउन आवश्यक नीतिगत एवं कानुनमा गर्नुपर्ने सुधारलगायतका विषयमा छलफल गरिँदैछ।  

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ः३० बजे बस्दैछ। बैठकमा ‘पुस्तकालय नीति’को मस्यौदाका सम्बन्धमा विज्ञसँग छलफल गरिँदैछ।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस