नागरिकका दैलाको सरकार छान्दा
२७ माघ २०७८
•
७ मिनेट पाठ
नागरिकका दैलाको सरकार छान्दा
आधुनिक युगमा राज्यव्यवस्था जति नागरिक परस्त हुनसक्छ त्यति नै नागरिक सर्वोच्चताको स्वीकारोक्ति बढ्छ। यसो भनिरहँदा संसारमा नागरिकले राम्रो प्रजातन्त्रको अभ्यास गरेको देश अमेरिका हो। यहाँ संसारका सबै किसिमका मानिसलाई बस्न र राजनीतिक अधिकार, मानव अधिकार उपभोग गर्न भेदभाव गरिँदैन भनिन्छ।




अमेरिकाको प्रजातन्त्रवारे तत्कालीन अमेरिकी राष्ट्रपति अब्राहम लिंकनले आफ्ना सिपाहीको मनोबल बढाउन भनेको वाक्य ‘प्रजातन्त्र भनेको जनताको सरकार हो, जनताका लागि जनताद्वारा गरिने शासन’ सम्झँदा अहिले पनि उत्तिकै सान्दर्भिक लाग्छ।

नेपालमा जनस्तरबाट आवाज उठेर जनताकै बलमा राज्य व्यवस्था कस्तो बनाउने, कस्तो व्यवस्था चाहिएको हो भन्नेमा शासकहरूले विरलै ध्यान दिएका र त्यसको परिणाम राज्य व्यवस्था र शासकबारे इतिहासको कालखण्डमा धेरै पटक राज्य संयन्त्रभित्रै, शासकहरूभित्रै र सत्ताधारीका परिवार र आसेपासेको षड्यन्त्रबाट विद्रोह भएको पढ्न पाइन्छ।

राष्ट्र र राष्ट्रियताबारे आफ्नै धारणा र परिभाषा बनाइ नागरिकलाई भुलाएर सत्तामा टिकिराख्ने राजनीतिक कुटिल खेल संसारका सबै कुत्सित नियत भएका मानिसले आफू शासक भएको र आफूमात्रै सत्तामा रहिरहनका लागि गरेको प्रपञ्चबाट प्रष्ट हुन्छ।

यसका लागि फ्रान्सेली राज्यक्रान्तिको इतिहास होस् वा महाभारतमा आफ्ना भाइ पाण्डवलाई हस्तिनापुरको आधा राज्य भाग लगाउन नचाहेर दुर्याेधनले कर्णलाई अंग प्रदेशको राजा घोषित गरी अर्जुनसँग धनुर्युद्ध गरेर पाण्डवलाई हराउन आफ्नो पक्षमा राख्न गरेको कूटनीति महाभारत युद्ध कथालाई उदाहरणका रूपमा लिन सकिन्छ।

समाजका केही महत्त्वाकांक्षीले सीमित घेराभित्रबाट विचार बनाएर त्यो विचारको पक्षमा आफूलाई साथ दिनोस् भनेर आफना गन्यमान्य र प्रियजनलाई अनुरोध गरेको आधारमा सद्भाव स्वरूप हुन्छ नि त गरिखाओस् भनेर सहज छाडेका विषयलाई पेचिलो ढंगबाट व्यक्तिको जीवन निर्वाहसमेतमा असर पार्ने गरी स्वेच्छिक गतिविधि गरेर नागरिकसँगको सहकार्य र सन्तुष्टिका आधारमा विश्वास जित्नुको सट धाकधम्की, त्रासबाट तैँ चूप मै चूप बनाएको भरमै राजा, राणा, दल, द्वन्द्व अनि यो व्यवस्था, त्यो व्यवस्था आदि कुराले करिव २५० वर्षभित्र नेपालको राज्यव्यवस्थामा धेरै अग्निहोत्री देखापरे।

हरेक १०–२० वर्षको अन्तरालमा आफू आफ्नै चक्रब्यूहमा परेर सहादत, हताहत, निसासिएर कति पलायन भए। कति दपेटिएर चुमुर्किए। नागरिकका तर्फबाट सोच्दा, माथिका दुई अवस्थामा न राज्यव्यवस्था आगत र निर्गत र सहज रह्यो न त कुनै शक्तिले, नेतृत्वले, नागरिक सर्वोच्चताकै सम्मान गर्‍यो। न त्यसको मर्मै बुझ्यो न त नागरिकको विरासतलाई खलल गर्नेबाट प्रताडित हुनुपरेको विषयलाई जवाफदेहिता दर्शाउने मलमपट्टी नै लगाए।

नागरिकको स्वच्छ साद्गी दिनचर्या र जीवन निर्वाहको अनुचित फाइदा उठाउने प्रवृत्ति राजनीतिक संस्कारका रूपमा मौलायो। यसमा कसैको प्रतिवाद रहेन। बरु, मै हुँ, हामी भन्नेहरू निहित स्वार्थमा लाग्ने र हामीवाट म, तिमी, ऊ हुने क्रम प्राकृत नियति जस्तो बन्दै गयो।

यस पंक्तिकारले यस बहसका लागि माथि खिचेको समयावधिलाई समाज निर्माण, सामाजिक रूपान्तरण, संस्कार र संस्कृति, मानवीय मूल्यमान्यता अथवा जीविकोपार्जनका स्रोतहरू, इच्छा र चाहनाले सिर्जेका पक्षीय गुण र दोषहरूसहितको परिवेश अनि त्यसमा ल्याइएका आकर्षण जस्ता विषयले विस्तारित अवस्था एकबाट धेरै, आन्तरिकबाट बाह्य अर्थात हरेक कुत्सित प्रयास एक कान, दुई कान हुँदै मैदान भए। सँगै मियो बन्ने र मियो खोज्ने क्रमले निरन्तरता पाएको हाम्रो राज्यव्यवस्था, हिमायतीको समाज र विपक्षी बनेर व्यवहार गर्छन्।

आधुनिक विज्ञान र प्रविधिले भौतिक रूपमै मानिसलाई स्वयंको दायरा, कर्तव्य र व्यवहारबारे परिचित हुन कठिन अवस्थामा पुग्दासमेत झुटको खेती गर्नेहरू घट्नुको बदला बढेका, सदाचार भन्दा स्वेच्छाचार, सार्वजनिक भन्दा निजी, मानक भन्दा मनोगत र योग्यभन्दा भोग्यको जगजगीले गर्दा सानो तत्त्वले छोटो अवधिमै आँधी ल्याउने र तत्क्षणमै पूर्ववत् सेलाउने प्रवृत्तिले राज्यको भौतिक, भौगोलिक, जैविक, सामाजिक, सांस्कृतिक तथा आर्थिक अवयवहरू विक्षिप्त वा छिन्नभिन्न र बेविचारको सिकार हुने गरेका छन्।

विकल्पमा फेरि अर्को राजनीतिक व्यवस्था सुरु गरेर त्यसैले ती सबै अवयवलाई एकत्रित गर्ने, संगठन गर्ने विधि र प्रक्रियामा मात्रा र अनुपम मिलाइ केही नवीनतम झल्काउने भएकाले अब स्थिर र सबल राज्यव्यवस्थाका लागि सहभागितात्मक प्रक्रियाबाट के के सबल पक्ष छन्, के के कमजोर पक्ष छन्, केलाई समयसापेक्ष सञ्चालन गर्नुपर्ने भन्ने दायित्व सत्ता सञ्चालकको हो।

नेपालले संघीयतासहितको राज्य संरचनाको अभ्यास सुरु गरेको एक कार्यकालको अन्तिम वर्ष भएको छ। संविधानतः तीन तहको सरकारमा राज्यशक्तिको बाँडफाँट गरिएको छ। सबै तहमा सरकार गठनका लागि नागरिकले निर्वाचनमार्फत प्रतिनिधि चयन गर्ने र तीनै प्रतिनिधिले दलीय बहुमतका आधारमा (व्यक्तिले पनि बहुमत सिध्द गर्ने प्रावधान पनि छ) नेतृत्व गर्ने प्रावधानले नागरिक सर्वाेच्चता संविधानले सुनिश्चित गरेको छ।

संविधानको प्रस्तावनामा हामी सार्वभौम सत्तासम्पन्न नेपाली जनता प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने भन्ने उल्लेख हुनुले संघीय शासन प्रणालीमा नागरिकको चयनबाट कार्यकारीको व्यवस्था हुने र संविधान र कानुनअनुसार कार्य गर्नुपर्ने हुन्छ।

त्यसैले कुन प्रतिनिधि, कुन पार्टी कति सक्षम वा अक्षम भन्ने मूल्यांकन गर्ने आधार भनेकै आवधिक निर्वाचन हो। संविधानको भाग २४ मा निर्वाचन आयोगको व्यवस्था छ। निर्वाचन आयोगले यस संविधान र संघीय कानुनको अधीनमा रही राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसद्का सदस्य, प्रदेश सभाका सदस्य, स्थानीय तहका सदस्यको निर्वाचन सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्नेछ।

संविधान मूल कानुन भएकाले यसको कार्यान्वयनका लागि सारभूत व्याख्या सम्बन्धित कानुनले गर्नुपर्छ। संविधानमा निर्वाचन मिति तथा कार्यविधिबारे संघीय कानुनले तोकेबमोजिम नेपाल सरकारले गर्नेछ भन्ने उल्लेख भएकोलाई स्वार्थमुखी व्याख्या गरेर निर्वाचन हुन्छ कि हुन्न, जहिले गरे पनि हुन्छ, यो वा त्यो जस्ता कुरा जिम्मेवार पार्टीका शीर्ष नेताले भनिराख्दा नागरिकको सर्वोच्चतामा अतिक्रमण भएको छ।

विमान सेवा सञ्चालकले मौसमलाई दोष दिएर आफ्नो नाफामुखी कार्य लादेंझैं नागरिकलाई दलीय चेपुवामा राख्ने प्रवृत्ति आधुनिक जमानाको लोकतन्त्र होइन। यस्ता कुतर्क र कार्य आफूले वनाएको संविधान आफैंले नमान्ने छाडातन्त्रमात्र हो। यसरी निर्वाचन आयोग स्वतन्त्ररूपमा निर्वाचन घोषणा गर्न नसक्ने, निर्वाचन सञ्चालन कानुन बनाउनेहरू यसमा चाहिने ज्ञान, बुध्दि विवेक प्रयोग गर्न स्वार्थको बन्देजमा पर्ने, कार्यकारी अधिकारमा निर्वाचनको तिथि, मिति नतोकेको अवस्थाले गर्दा निर्वाचनको घोषणा राजनीतिक घनचक्करमा परेको अवस्था बारम्बार दोहोरिएको छ। राजनीतिक दलीय सत्ताधारीहरू स्वार्थको पासा चालेर नागरिक सर्वोच्चताको मानितोलाई लत्याउने दुस्साहस गर्छन्।

नागरिकलाई राजनीतिक अधिकार दिने र मौलिक हकको परिचालन गर्न राज्य व्यवस्थाले सघाउन सक्दामात्र राष्ट्रियताको जगेर्ना गर्दै समृद्धि हासिल हुने र नागरिकले राज्य सुखको अनुभूति गर्न पाउँछन्। तर मूल कानुनले प्रत्याभूत गरेको नागरिकको मौलिक हक कुन्ठित हुनु भनेको निर्वाचनमा गरेको वाचा र प्रतिबद्धतासमेतलाई खिल्ली उडाउने कार्य हुँदा नागरिकले आफूले चुनेको प्रतिनिधिले राज्यशक्तिमा पहुँच र सञ्चालन गर्दा नागरिकलाई नै भुलेपछि लामो समयसम्म जनप्रतिनिधिविहीन अवस्थामा गुज्रेको हाम्रो राजनीतिक सोच र संस्कारमा राजनीतिक दल, सरकार र नागरिक तीन कित्तामा रहँदा कसरी होला सहकारिता, समन्वय र सहअस्तित्वको सिध्दान्तमा संघीयताको कार्यान्वयन? 

सरकारको स्थायित्व, उन्नत भविष्यको सोच र नागरिक संलग्नताले ल्याउने सामाजिक, आर्थिक परिर्वतनको गतिशीलतामा अवरोध आवधिक निर्वाचनको सुनिश्चितताबारे तर्क वितर्क उठेर अहिले नागरिकले न सरकार न त आफूले विश्वास गरेको पार्टीप्रति नै भरोसा गर्न सकेका छन्। त्यही अवस्था पार्टी र सरकार नेतृत्वको देखिन्छ।

यसरी संघीयताले सधैं देखिने, सधैं सुनिने र भेटिने सरकार छिमेकमै पाउने आशा बोकेका नागरिकको सन्तुष्टि आर्थिक,सामाजिक उन्नयनका कार्यबाट समग्रमा देशको समृध्दितर्फ उन्मुख हुन अब राज्यशक्तिमा पुग्छु र नेतृत्व गर्छु भन्ने व्यक्ति, राजनीतिक दलहरूले आफू र आफ्नो सोच र क्षमता नागरिकको स्वीकारोक्तिमा परीक्षण गर्न नागरिकलाई मौका दिने वातावरण बनाउन ढिलो गर्नुहुन्न।

आवधिक निर्वाचन नै संघीयताको सुन्दर पक्ष हो भन्ने कुरा स्थापित मूल्यमान्यता बनाउनु आवश्यक छ नत्र शासन व्यवस्थाप्रति नै नागरिक वितृष्णा बढेर जाने र अराजकताले मौका पाउँदा राज्य असफल हुन सक्छ। त्यसैले कम खर्चिलो, सक्षम संस्कारिक नेता पार्टीले प्रस्ताव गर्ने र नागरिकले खुसीका साथ निर्वाचित गर्न पाउने वातावरण सरकारले निमार्ण गर्नु आवश्यक छ। संघीयताको कार्यान्वयनमा अब द्विविधा नपालौँ। निर्वाचन निर्विकल्प हो भन्नेमा नागरिकलाई आश्वस्त पार्न सरकार र राजनीतिक दललाई प्रेरणा मिलोस् ।
अर्को समाचार
आवधिक निर्वाचनका लागि ‘बार’ नै तोकेर प्रस्ताव
०६ मंसिर २०८०
•
५ मिनेट पाठ
आवधिक निर्वाचनका लागि ‘बार’ नै तोकेर प्रस्ताव
प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यको निर्वाचन यस्तो सभाको अन्तिम निर्वाचन परिणाम घोषणा भएको चार वर्ष ११ महिनापछिको पहिलो आइतबारलाई प्रस्ताव गरिएको छ।




निर्वाचन आयोगद्वारा गृह मन्त्रालयमा पठाइएको ‘निर्वाचन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयक’मा राष्ट्रपति र उपराट्रपतिको निर्वाचन भने पदावधि समाप्त हुनुभन्दा तीन दिनअघि गर्न प्रस्ताव छ।

राष्ट्रियसभा सदस्यको निर्वाचन कार्यकाल समाप्त हुने एक महिनाअघिको पहिलो आइतबार तथा स्थानीय तहका पदाधिकारीको निर्वाचन परिणाम घोषणा भएको चार वर्ष ११ महिनापछिको पहिलो आइतबार गर्न विधेयकमा प्रताव गरिएको छ।

गाउँपालिका वा नगरपालिका सदस्यको निर्वाचन स्थानीय तहको निर्वाचन परिणाम घोषणा भएको १५ दिनभित्र सम्पन्न हुने गरी सम्बन्धित निर्वाचन अधिकृतले तोकेको दिन गर्ने व्यवस्थाका लागि सुझाव दिइएको छ।

नेपालमा २०४७ सालदेखि नै स्थानीय तहदेखि माथिल्लो तहसम्मका निर्वाचन अन्योलता कायम रहेको मात्र समयमा हुन नसकेर बिथोलिंदै आएको सन्दर्भमा नयाँ प्रावधानले निर्वाचन ठिक समयमा गर्न सहयोग पुग्ने छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन लोकतन्त्रको आधारस्तम्भ भएकाले चार दृष्टिकोणबाट निर्वाचनको मिति पहिले नै थाहा हुनुपर्छ भन्ने मान्यताअनुरूप विधेयकमा दिन तोकेर प्रस्ताव गरिएको बताए।

उनले भने, “निर्वाचनको मिति थाहा नभई बजेट, नीति, विधि, योजना र तयारी केही गर्न सकिन्न। मतदाता नामावलीलाई अन्तिम रूप दिन  र स्रोत साधनको सहज व्यवस्थापन र मितव्ययी निर्वाचनका लागि कानुनमै मिति तोक्न प्रस्ताव गरिएको हो।”

राजनीतिक स्थायित्व र स्थिरताका लागि समयमा चुनाव नभएमा चुनौती हुने उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले जुनसुकै सरकारले पनि आफ्नो अनुकूल वातावरण नहुँदासम्म मिति तोक्न अलमल गर्ने  विगतका घटना र अनुभव आधारमा नयाँ व्यवस्था गर्न प्रस्ताव गरिएको बताए।
राजनीतिक दल लगायत सबै सरोकारवाला पक्षबाट निर्वाचनको मिति तोक्ने अधिकार आयोगलाई दिनुपर्छ भनी आवाज उठेपछि आयोगले संसदबाटै कानुन निर्माण गरी यसलाई टुङ्ग्याउनुपर्छ भन्ने दृष्टिकोणबाट नयाँ प्रावधान अघि बढाउन सुझाव दिएको थियो।

निर्वाचनका सबै अध्ययन, अनुसन्धान र अनुगमन लगायतका अधिकांश प्रतिवेदनमा समेत निर्वाचनको मिति आयोगले तोक्ने वा कानुनमै व्यवस्था गर्ने भनी सुझाव दिइएको थियो। निर्वाचनको मिति घोषणाका सन्दर्भमा सरकार र राजनीतिक दलबीच मतैक्यता नभई निर्वाचनको माहौलसम्बन्धी विषय उठाउँदै हुने गरेको आरोप-प्रत्यारोप अन्त्य गर्न यससम्बन्धी प्रावधानले सहयोग पुग्ने छ।

निर्वाचन हुने दिन, मतदानको समय र निर्वाचन प्रचारप्रसारको अवधिसम्बन्धी व्यवस्था प्रस्ताव गरिएको विधेयकमा मतदान हुने दिनभन्दा चौबीस घण्टाअघिदेखि मतदानको काम पूरा नभएसम्मको अवधिलाई मौन अवधि मानिने उल्लेख छ। विधेयकमा हालको जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकृतको प्रावधान खारेज गरी न्याय सेवाका प्रथम र द्वितीय श्रेणीका अधिकृत रहने गरी प्रस्ताव गरिएको छ।

समानुपातिक निर्वाचनका लागि आयोगको सचिव र स्थानीय तहका सदस्यको निर्वाचनमा न्याय सेवा वा सङ्घीय निजामती सेवा वा प्रदेश निजामती सेवाका राजपत्राङ्कित प्रथम श्रेणी वा द्वितीय श्रेणीको अधिकृत निर्वाचन अधिकृत नियुक्ति गर्ने व्यवस्थाका लागि सुझाव दिइएको छ।
भ्रष्टाचारसम्बन्धी कसुरमा मुद्दा दायर भएको वा सुरु अदालतबाट भ्रष्टाचार ठहर भई पुनरावेदनको रोहमा मुद्दा विचाराधीन रहेको व्यक्ति समेत निर्वाचनमा उम्मेदवार बन्न नपाउने जस्ता थुप्रै प्रावधान विधेयकमा समेटिएको छ।

सङ्घीय संसद्, प्रदेशसभा वा स्थानीय तहको सदस्य पदमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही निर्वाचन क्षेत्र वा तहको उपनिर्वाचनबाहेक त्यस्तो पदको कार्यकाल  पूरा नएसम्म कुनै पनि तहको निर्वाचनमा उम्मेदवार हुन नसक्ने व्यवस्था पनि विधेयकमा छ।

प्रतिनिधिसभा सदस्य वा प्रदेशसभा सदस्यमा समानुपातिक निर्वाचन प्रणालीबाट दुईपटक निर्वाचत भइसकेको व्यक्ति सोही निर्वाचन प्रणालीबमोेजिम हुने निर्वाचनमा उम्मेदवार हुन नसक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

आयोगलाई राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहका सदस्यको निर्वाचन सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रणको कार्य जिम्मेवारी छ।

निर्वाचन व्यवस्थापनलाई अझ बढी स्वच्छ, निष्पक्ष, सहज र प्रभावकारी बनाउन संविधान, अदालतको आदेश, अन्तर्राष्ट्रिय अभ्यास र अनुभवका आधारमा ऐन, कानुन संशोधन, परिमार्जन र एकीकृत गर्न लागिएको छ।

विभिन्न चरणमा निर्वाचन कानुनका विज्ञ तथा सरोकारवालाको सुझाव समेतका आधारमा मस्यौदामा आवश्यक परिमार्जन गरी निर्वाचनसँग सम्बन्धित विद्यमान सातवटा निर्वाचन ऐन र  निर्वाचन आयोग ऐनका प्रावधान समेटी एकीकृत विधेयक तयार गरिएको हो।
प्रस्तुत विधेयकमा  मतदाता नामावली सङ्कलन तथा आवधिक विद्युतीय माध्यमबाट गर्ने तथा नागरिकले स्थानीय बसोबास गरेको वडामा  मतदान नामावलीमा नाम सबै निर्वाचन कार्यालयबाट दर्ता गराउन सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

कसैले मतदाता नामावलीमा एकाघरका नाम समावेश भएको वडाको मतदाता नामावलीमा आफ्नो नाम दर्ता र स्थानान्तरण गर्न सक्ने तथा कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भए हटाउने प्रस्ताव गरिएको छ।

मतदाता नामावली तयार गर्ने प्रयोजनका लागि विदेशमा रहेका नेपाली नागरिकको विवरण सङ्कलन गर्ने विषय आयोगले अब औपचारिकरूपमै अघि बढाउन सङ्कल्प गरेको छ।

निर्वाचन प्रणालीका सम्बन्मा अध्ययन, अनुसन्धान तथा छलफल गर्ने सन्दर्भमा आयोगले नीति अनुसनधान प्रतिष्ठानलाई जिम्मेवारी दिएको छ।

निर्वाचन तथा मतदाता शिक्षालाई थप प्रभावकारी बनाउन र मतदाताको पहुँच वृद्धि गर्न स्थानीय तहमार्फत निर्वाचन तथा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्नेसम्बन्धी कार्यविधिको मस्यौदा तयार गरी आयोगले राय सुझावका लागि वेबसाइटमा राखेको छ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य र स्थानीय तह सदस्यको निर्वाचनमा निर्वाचित भई विभिन्न कारणबाट रिक्त हुन आएका पदको निर्वाचनका लागि आयोगले सरकारसँग परामर्श गरी आवश्यक तयारीमा जुटेको छ।

यसैबीच आयोगले राष्ट्रियसभा सदस्यको रिक्त हुन लागेको एक तिहाई अर्थात् १९ पदको निर्वाचन माघको दोस्रो हप्ताभित्र सम्पन्न गर्ने गरी आवश्यक तयारी भइरहेको छ।

यस्तै प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य एक, जिल्ला समन्वय समिति प्रमुख दुई, पालिका अध्यक्ष एक, उपाध्यक्ष दुई र वडाध्यक्ष रिक्त १७ पदको निर्वाचन पनि आगामी वैशाखभित्र सम्पन्न गर्ने आयोगको योजना रहेको बताइएको छ।

आयोगमा हाल दर्ता कायम रहेका राजनीतिक दलको सङ्ख्या एक सय १९ रहेको छ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस