सुमधुर सम्बन्धले दीर्घकालीन स्वास्थ्य
११ जेष्ठ २०७८
•
८ मिनेट पाठ
सुमधुर सम्बन्धले दीर्घकालीन स्वास्थ्य
जीवनमा मित्रताको सीमा समयको बहावसँगै फेरिँदै जान्छ। स्कुल पढ्दाका घनिष्ट मित्रको दायरा कलेज जानेबित्तिकै परिवर्तन हुन्छ। क्याम्पस अध्ययन गर्दाका जिग्री दोस्तहरू विश्वविद्यालय पुग्दा कायम रहने संभाव्यता न्यून हुन्छ। त्यस्तै विविध परिस्थितिका कारण स्थानान्तरण हुनेबित्तिकै साथीभाइको घेरा फेरिन्छ। आखिर स्थान र ओहोदा परिवर्तनसँगै मित्रको परिधि किन परिवर्तन हुन्छ ? ठाउँ, परिस्थिति तथा समयले जुराएको साथीसंगीले व्यक्तिको जीवनको विविध चरणमा कस्तो भूमिका खेल्छ त ? मित्रता, सफलता, सुख र दीर्घ जीवनका अन्तर्सम्बन्ध स्थापनाका खातिर भएका अनुसन्धानको निचोड पस्कनु यो आलेखको लक्ष्य हो।  




बीसौँ शताब्दीको उत्तरार्धसम्म भौतिक सुविधा, ज्ञान र अध्ययनले मानिसलाई सुखी, समृद्ध तथा दीर्घ जीवन प्रदान गर्छ भन्ने मान्यता थियो। धनी अनि पढेलेखेका मानिस सुखी हुन्छन् भन्ने ठानिन्थ्यो। तर अघिल्लो दशकमा प्रकाशित ‘मेडिकल लिटरेचर’ हरूले ती परम्परागत अवधारणालाई परिवर्तन गर्दै लग्यो।  

बेलायतको अक्सफोर्ड विश्वविद्यालयको प्रयोगात्मक मनोविज्ञान (साइकोलोजी) का वरिष्ठ प्राध्यापक रबिन डन्बारले केही महिनाअघि साथीभाइबीचको सम्बन्धको तागतको महत्वलाई दर्शाउन पुस्तक ‘फ्रेन्डस’ प्रकाशित गरे। लामो समयसम्म मानवलगायत विभिन्न जीवको मस्तिष्क, बौद्धिक क्षमता तथा सामाजिक अन्तरसम्बन्धको अध्ययन गरी ‘डन्बार नम्बर’ प्रतिपादन गर्ने प्राध्यापक डन्बारले आफ्नो नवीन पुस्तकमा मानिसको जीवनमा मित्रमण्डलीको आकार अनि मित्रताले जीवनमा पार्ने प्रभाव लेखाजोखा गरे।  

‘म्याजिक नम्बर’ का रूपमा प्रयोग गरिने डन्बार नम्बरका अनुसार मानिसले एक पटकमा १५० जना भन्दा बढी व्यक्तिलाई अनुहार तथा उनीहरूको पारिवारिक विगतका आधारमा चिन्न सक्दैन, सम्बन्ध स्थापना गर्न सक्दैन। बहिर्मुखी र अन्तर्मुखी मानिसको हकमा उक्त संख्या केही तल–माथि भए पनि सामान्यतः मानिसले कुनै निश्चित समयमा १५० भन्दा अधिक व्यक्तिसँग मित्रता कायम गर्न सक्दैन भन्ने ‘डन्बार नम्बर’ को निचोड हो। फेसबुकलगायतका सामाजिक सञ्जालमा जतिसुकै ठूलो ‘फ्रेन्ड्स सर्कल’ भए पनि व्यक्तिले डेढ सय भन्दा अधिक मानिससँग सामाजिक अन्तक्र्रिया राख्न सक्दैन भन्ने मान्यता राख्छन् डा डन्बार। सामाजिक सम्बन्धको सन्तृप्त (स्याचुरेटेड) सीमा नयाँ व्यक्ति थपिए पुराना साथी विस्तापित हुने ठान्छन् उनी।  

व्यक्तिले एक समयमा सालाखाला १५० व्यक्तिसँग मित्रता कायम गर्न सक्ने भए पनि आत्मा साट्न सक्ने भित्रिया भने ५ भन्दा अधिक हुन नसक्ने ठान्छन् डा. डन्बार। नातेदार तथा मित्र जो भए पनि भित्री कुरा भन्न मिल्ने मानिस पाँच भन्दा बढी हुन नसक्ने ठान्ने प्राध्यापक डन्बारको विचारमा व्यक्तिले आफ्नो कुल सामाजिक समन्वयका लागि छुट्याएको समयको कम्तीमा ४० प्रतिशत निकटका मित्रहरूसँगै बिताउँछ। त्यसैले व्यक्तिको निर्णय पद्धतिमा भित्रिया ५ जनाको अत्यधिक प्रभाव हुन्छ। विशेष सम्बन्धका कारण एक व्यक्तिसँग धेरै समय व्यतीत गर्नुपर्ने अवस्था आएमा जिग्री दोस्तको संख्या ५ भन्दा कम हुने ठान्छन् उनी।

सामाजिक सम्बन्ध र मानसिक स्वास्थ्यबीचको अन्तर्सम्बन्धमा प्रकाशित एउटा अनुसन्धान चर्चायोग्य छ। युरोपका १ लाख ३० हजार मानिसमा गरिएको एउटा अध्ययनले ‘डिप्रेसन’ र साथी सर्कलको संख्याबीच चोटिलो सम्बन्ध देखाउँछ। डन्बार नम्बरले भनेझैँ करिब १५० को हाराहारीमा संगी भएका व्यक्तिको मानसिक स्वास्थ्य चुस्त दुरुस्त देखियो भने निकै कम मानिससँग सम्पर्क गर्ने व्यक्ति मानसिक रोगी पाइए। त्यतिमात्र होइन, साथीको संख्या र डिप्रेसनको मात्राबीच विपरित सम्बन्ध देखियो। जति कम साथी, त्यति जटिल मानसिक समस्या पाइयो। युरोपमा गरिएको उक्त अनुसन्धानले ‘फेसबुक’ मा धेरै साथी बनाइ सामाजिक सञ्जालमा क्रियाशील रहने व्यक्तिमा अन्य शारीरिक समस्या देखिए पनि ‘डिप्रेसन’ को सिकार भने नहुने भन्यो।  

सामाजिकरूपले क्रियाशील व्यक्ति किन डिप्रेसनको सिकार हुँदैन त ? भन्ने प्रश्नको ‘बायोकेमिकल’ जवाफ खोज्दा अनौठो परिणाम देखियो। डोपामिन, सेरोटोनिन, अक्सिटोसिन र इन्डोर्फिन हर्मोनहरूले हामीलाई प्रसन्न राख्ने भएकाले तिनीहरूलाई ‘ह्याप्पिनेस केमिकल’ पनि भनिन्छ। साथीभाइसँगको ख्यालठट्टाले हाम्रो मस्तिष्क तथा मेरुदण्डमा ‘इण्डोर्फिन’ पैदा हुन्छ।  उक्त रासायनिक पदार्थले हामीलाई प्रफुल्ल राख्ने भएकाले मानसिक तनाव भएका बखत संगीको संगत लाभप्रद् देखियो।

मुटुको स्वास्थ्य जाँचको सिलसिलामा चिकित्सकीय परामर्शमा जाँदा खानपिन, शारीरिक व्यायाम, पारिवारिक पृष्ठभूमि अनि ‘ब्लडप्रेसर’ जाँचका अतिरिक्त कोलेस्ट्रोललगायतका क्लिनिकल परीक्षणको सिफारिस आयुर्विज्ञानको क्षेत्रमा नवीन छैन। तर हालैको एक अध्ययनले साथीसंगीको नियमित सम्पर्कमा रहने सामाजिक व्यक्तिमा मुटु रोगको समस्या निकै कम देखायो। बायोलोजिकल कारण प्रष्ट ठम्याउन नसके पनि सामाजिक सुमधुरताले ‘कार्डिएक हेल्थ’ मा समेत महत्वपूर्ण भूमिका खेल्ने भएकाले मुटु स्वास्थ्य परीक्षणका क्रममा ‘फ्रेन्डसिप’ लाई समेत नजरमा राख्नुपर्ने ठान्छन् अनुसन्धानकर्ताहरू।  

अर्को फरक अन्वेषणमा संयुक्त राज्य अमेरिकाको हार्वर्ड विश्वविद्यालयले सन् १९३८ मा ‘वयस्क विकास’ कार्यक्रमअन्तर्गत मानिस के/कस्तो अवस्थामा अत्यधिक खुसी र स्वस्थ हुन्छ त भन्ने ठम्याउने लक्ष्यका साथ एउटा अध्ययन सुरु गर्‍यो। अनुसन्धानको उद्देश्य सहभागीलाई आजन्म नियालेर जीवनको भोगाइ र ‘ह्याप्पिनेस’ को अन्तर्सम्बन्ध स्थापित गर्नु थियो। अध्ययनको सुरुआती अवस्थामा धेरै धन प्राप्त गर्नु तथा ख्याति प्राप्त गर्नु आफ्नो लक्ष्य रहेको र त्यस्तो गर्न सके आफू औधि खुसी हुने बताएका थिए अधिकांश सहभागीले। 

अनुसन्धानले संभ्रान्त परिवारमा जन्मिएर संसारकै प्रतिष्ठित महाविद्यालयमा पढे पनि व्यक्तिको जीवन सफल नै हुन्छ भन्ने मान्यता गलत ठहरायो। अनि मानिसको जिन्दगीको सफलतालाई केले निर्देशित गर्छ भन्ने तथ्यको उजागर जरुरी बन्यो।
अन्वेषणको पघिल्लो चरणमा अध्ययनमा समावेश भएमध्येका केहीले आधुनिक सफलताको चुचुरो चुमे भने केहीको जिन्दगी नारकीय बनेको देखियो। सामान्यतः उच्च तप्काका विश्वविद्यालयका दीक्षितहरू आआफ्ना विषयमा दक्ष हुन्छन् र उनीहरूको जिन्दगी खुसीले भरिएको हुन्छ भन्ने मान्यता हो। तर उक्त सोचको विपरित झण्डै आधाको जीवन औसत भन्दा तल परेको देखियो उक्त अन्वेषणमा। अनुसन्धानले संभ्रान्त परिवारमा जन्मिएर संसारकै प्रतिष्ठित महाविद्यालयमा पढे पनि व्यक्तिको जीवन सफल नै हुन्छ भन्ने मान्यता गलत ठहरायो। अनि मानिसको जिन्दगीको सफलतालाई केले निर्देशित गर्छ भन्ने तथ्यको उजागर जरुरी बन्यो।  

दशकौँ चलेको हार्वर्डको उक्त अनुसन्धानले व्यक्तिले जीवनको भिन्न चरणमा पाएको सफलता र उनीहरूले अनुभव गरेका प्रशन्नताबीचको अन्तरसम्बन्ध स्थापित ग¥यो। पूर्वाद्र्धमा ऐश्वर्य र प्रसिद्धि प्राप्त भए आफू प्रसन्न हुने ठान्ने व्यक्तिहरू जीवनको मध्यसम्म चिताएको पुग्दा निकै प्रशन्न देखिए। तर उमेरको बढोत्तरीसँगै उनीहरूको चाहना र प्रशन्नताबीचको सम्बन्ध सरल रेखामा हिँडेन। व्यक्तिको आकांक्षा, यथार्थ र जीवनको उत्तरावस्थाको सन्तुलनका लागि एउटा दृश्य प्रस्तुत गरौँ:  

प्रशासनिक जागिरमा प्रवेश गरेको एउटा सामान्य नागरिकको मर्यादा एक्कासि उचो हुन्छ। सरकारी अधिकारीका रूपमा एकै पटक उसको आर्थिक अवस्था अनि प्रशासकीय हैसियत उकासिन्छ। जागिरे हैसियतमा उसको रबाफ बढ्छ। सरकारी सुरक्षा र तामझामले निकै खुसी दिन्छ उसलाई। तर उमेरको बढोत्तरीसँगै निवृत्त अपरिहार्य हुन्छ। अनि सरकारी रवाफ तथा ठाटबाट फेरिन्छ। तामझामहरू सकिन्छ। कार्यतालिका रहन्न, समय काट्न मुस्किल पर्छ। 

उमेरका कारण जे पायो त्यही खान अनि इच्छाएको ठाउँमा जान संभव भएन। रवाफका बखत समय निकालेर साथीसंगी तथा आफन्तको सम्पर्क र सामीप्यतामा रहेका व्यक्तिको सेवा निवृत्तपछिको अवस्था बेग्लै हुन्छ। विगतको मित्रताका कारण आफन्त तथा साथीभाइसँगको सम्बन्ध सुमधुर रहन्छ। अनि अवकाश लिएर समय काट्न गाह्रो भएको बेलामा समेत शुभेच्छुकको आवतजावत कायम रहन्छ। मानिससँगको पारस्परिक सम्बन्ध र संवादले एकांकीपन महसुस हुन दिँदैन। वृद्धावस्थामा समेत मानिस खुसी रहन्छन्। खुसी र स्वास्थ्यको अन्तरसम्बन्धका कारण मानिस निरोगी हुने संभावना बढी रहन्छ।  

अब अर्को समूहको व्यथा हेरौँ। आफू उत्कर्षमा रहँदा निम्सरा आफन्त तथा साथीभाइसँग हिमचिम गर्दा घाटा पो लाग्ने हो कि भनी आफूलाई पृथक राख्नेको वृद्धावस्था निकै दयनीय देखियो। आफू सफलताको चुचुरोमा रहँदा अरूलाई बेकामे ठान्नेसँग अवकाशपछि भेट्न जान कसलाई फुर्सद ? मेडिकल साइन्सले ५० वर्षको मानिसको ‘कोलेस्ट्रोल’ को मात्राले वृद्धावस्थाको स्वास्थ्यको भविष्यवाणी गर्छ भन्छ। कोलेस्ट्रोलको मात्रा बढ्दा मुटु रोग लाग्ने संभाव्यता आकासिने भएकाले उक्त मान्यता आयो। आयुर्विज्ञानको आकलन जस्तै हार्वर्डको वयस्क विकास कार्यक्रमले पनि ५० वर्षको उमेरमा व्यक्तिले बटुलेको असल संगतले उसको ८० वर्षको उमेरको स्वास्थ्य र सुखी आकलन गर्न सकिने देख्यो।  

प्रायजसो ५ दशक पुगेका मानिस जीवनको सफलताको उत्कृष्टतामा हुन्छ। आफू टाकुरामा पुगेका बखत पारस्परिक सम्बन्धलाई महत्व दिन नसक्ने व्यक्ति साथीसंगीको दायराबाट टाढिन्छ। अनि त्यस्ता व्यक्तिलाई वृद्धावस्थामा कसैले पनि मतलव नराख्नु अस्वाभाविक होइन।  

ऐश्वर्य, धन/दौलत, मान/सम्मान सबैको महत्व छ। र, जीवनको भिन्न चरणमा सबैको आआफ्नै महत्व छ। अनि तिनको प्राप्तिले हामीलाई खुसी दिन्छ, सन्तुष्टि दिन्छ। ५० वर्षको उमेरमा कायम रहेको स्तरीय साथीभाइको संगतले वृद्धावस्थामा सर्वाधिक सन्तुष्टि दिने भएकाले मिल्ने संगीको जमात बनाइ पाको शारीरिक अवस्थाको सुखी जीवन सुनिश्चित गर्न आवश्यक छ। आजको साथीसंगी निर्माणले पछिल्लो दिनको स्वास्थ्य र प्रशन्नताको प्रत्याभूति गर्ने भएकाले असल सम्बन्ध स्थापनामा जोड दिउँ।
अर्को समाचार
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
१८ घण्टा अघि
•
८ मिनेट पाठ
प्रधानमन्त्रीको भारत भ्रमणका उपलब्धि
भारतको राजकीय भ्रमण भन्नासाथ विगतमा प्रायः एउटा निश्चित दृश्य नेपाली जनताका  आँखा अगाडि नाच्थ्यो– जम्बु सरकारी टोली, भव्य स्वागत, महँगा होटल, लामो तामझाम, पारिवारिक सदस्यहरूको ठुलो सहभागिता, औपचारिक भाषण र कूटनीतिक शब्दहरूको बाक्लो स्थिति। भारत भ्रमणका समाचार आउँदा उपलब्धिभन्दा पहिले कसले कति ठुलो टोली लिएर गयो, कहाँ  कुन होटलमा बस्यो, कस्तो स्वागत सत्कार पायो र कति खर्च भयो भन्ने चर्चाले शिखर चुम्थ्यो।  




प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणले विगतको त्यो परम्परागत दृश्यमा नयाँ र फरक शैलीका इन्द्रेणी रङ थपेको छ।  यस भ्रमणले तामझाम मात्र होइन, सादगी पनि राजनीतिक शक्ति हुन सक्छ, आफ्नै भाषामा विचार अभिव्यक्त गर्दा पनि  कूटनीतिक आत्मविश्वास उच्च हुन सक्छ र राष्ट्रको सम्मान भव्यताभन्दा व्यवहारमा झल्किन्छ भन्ने सन्देश दिएको छ।  

यस भ्रमणको अर्को उल्लेखनीय पक्ष नेपाली भाषाप्रतिको सम्मान हो। विगतमा विदेशी मञ्चमा पुगेपछि कतिपय नेपाली नेताहरू अंग्रेजी वा हिन्दी बोल्नुलाई आफ्नो आधुनिकता र अन्तर्राष्ट्रिय व्यक्तित्वको प्रमाण ठान्ने गर्थे। भाषा सिक्नु, विदेशी भाषा बोल्नु र अन्तर्राष्ट्रिय संवादमा सहभागी हुनु आफैंमा नराम्रो होइन तर आफ्नो भाषा बोल्न सक्ने अवस्थामा पनि अरू भाषाको मोहमा आफ्नै भाषालाई पछाडि पार्नु भने आत्मविश्वासको कमी हो, नाक काटेको र सिंगान पुछेको थाहा नपाउनु हो।  

प्रधानमन्त्रीले नेपाली भाषालाई प्राथमिकता दिएर आफ्नो अभिव्यक्ति प्रस्तुत गरेको शैलीले नेपाली भाषाको प्रतिष्ठालाई  महत्व दिएकोे सन्देश दिएको छ। नेपाली भाषा कुनै सानो देशको कमजोर भाषा होइन, यो लाखौं मानिसको भावना, इतिहास, संस्कृति र पहिचान बोकेको भाषा हो। भारतजस्तो विशाल देशका प्रधानमन्त्रीसँग भेटवार्ता गर्दा नेपाली भाषामा आफ्ना कुरा राख्नु लज्जाको विषय होइन, बरु आफ्नै पहिचानमा उभिने आत्मविश्वासको परिचय हो।  

कूटनीतिमा भाषाभन्दा भावना, विचार र सन्देश महत्वपूर्ण हुन्छ। अंग्रेजी बोल्दैमा देश ठुलो हुँदैन, हिन्दी बोल्दैमा सम्बन्ध सुदृढ हुँदैन, नेपाली बोल्दैमा इज्जत जाँदैन। नेपाली प्रधानमन्त्रीले नेपाली भाषामा बोल्दा भारतीय पक्षले त्यसलाई सम्मानपूर्वक सुन्छ भने त्यो नेपालको भाषिक स्वाभिमानको दिग्विजय हो।  

प्रधानमन्त्री भारत भ्रमणमा जाँदा उनीसँग अनावश्यक तामझाम देखिएन। व्यक्तिगत परिवारलाई भ्रमण टोलीमा समावेश गरिएन। भ्रमण टोली पनि औपचारिक जिम्मेवारी र आवश्यकतासँग सम्बन्धित मात्र हुनु, प्रधानमन्त्री नेपाल वायुसेवा निगमको नियमित उडानबाट भारत गएर त्यही शैलीमा स्वदेश फर्केको प्रसंगले प्रधानमन्त्रीको यात्रामा राजकीय सम्मान आवश्यक भए पनि गरिब नेपाली जनताले गास काटेर तिरेको करबाट  बिलासिता आवश्यक रहेनछ भन्ने सन्देश दिएको छ।  

राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।
हामीकहाँ राजनीतिमा एउटा अनौठो कुसंस्कार विकसित भएको थियो। नेता जति ठुलो पदमा पुग्यो, उसको जीवनशैली त्यति नै महँगो हुनुपर्ने, सरकारी गाडीको संख्या बढ्नुपर्ने, विदेश भ्रमणमा त्यही खालको  टोली हुनुपर्ने, होटल र खानपानको खर्च बढ्नुपर्ने अनि सिधासादा जनताले त्यसलाई नै प्रतिष्ठा र शक्तिको प्रतीक मानिदिनुपर्ने विडम्बना रहेको थियो। जनताको करबाट चल्ने सरकारका प्रतिनिधिहरू जनताको आर्थिक अवस्था बिर्सेर राजसी शैलीमा हिँड्दा त्यसले लोकतन्त्रको वास्तविक मर्मलाई खिल्ली उडाउँथ्यो तर यसपालि  प्रधानमन्त्रीको सादगीपूर्ण भ्रमणले कम्तीमा यो प्रश्न उठाएको छ– राष्ट्रको सम्मान देखाउन करोडौं करोडको फजुल खर्च गर्नुपर्छ कि इमानदार व्यवहार, जिम्मेवारी र स्पष्ट दृष्टिकोण आवश्यक हुन्छ ?  

प्रधानमन्त्रीको यस भ्रमणले सादगीलाई कमजोरी होइन, आत्मविश्वासका रूपमा प्रस्तुत गरेको छ। सादगी भनेको सम्मान नलिनु होइन, सम्मानका नाममा अनावश्यक खर्च नगर्नु हो, सादा जीवन र उच्च विचार हो। राजकीय भ्रमणमा आवश्यक सुरक्षा, प्रोटोकल र सम्मान कायम रहनुपर्छ तर त्यसभन्दा बाहिरको देखावटीपनलाई राष्ट्रको गौरवसँग जोड्नु अनुचित कुरा हो। राष्ट्रको गौरव प्रधानमन्त्रीको गाडीको लस्करमा होइन, उनले देशका लागि के हासिल गरे भन्ने कुरामा हुन्छ।

प्रधानमन्त्रीको भारत भ्रमण केवल शैलीको परिवर्तनमा सीमित रहेन। यस भ्रमणमा नेपाल–भारत सम्बन्धका विभिन्न क्षेत्रमा महत्वपूर्ण सहमति र उपलब्धि भएका छन्। दुई देशबिच ऊर्जा, व्यापार, पारवहन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, पर्यटन तथा जनस्तरको सम्बन्ध विस्तार गर्ने विषयमा छलफल भएका छन्। भ्रमणका क्रममा विभिन्न आठवटा समझदारीपत्रमा हस्ताक्षर भएका छन्। ती भोलि कति कार्यान्वयनमा जालान्, त्यो त समयले बताइहाल्ला।  

नेपालका लागि भारतसँगको सम्बन्ध अत्यन्त महत्वपूर्ण छ। भौगोलिक अवस्थाका कारण नेपालको व्यापार, पारवहन, ऊर्जा, रोजगारी, पर्यटन र आर्थिक गतिविधिमा भारतसँगको सहकार्यको ठुलो भूमिका गहन हुन्छ। त्यसैले भारतसँग सम्बन्ध सुधार गर्नु वा सहकार्य बढाउनु नेपालको आवश्यकता हो तर सहकार्य भनेको आफ्नो राष्ट्रिय हितलाई तिलाञ्जली दिनु होइन। मित्रता भनेको समान सम्मान, आपसी विश्वास र दुवै पक्षको लाभमा आधारित हुनुपर्छ। यस भ्रमणले नेपालले आफ्नो हितका विषयमा स्पष्ट रूपमा संवाद गर्न खोजेको संकेत दिएको छ।  

व्यापार तथा पारवहनका क्षेत्रमा नयाँ बन्दरगाहको पहुँच, व्यापार सहजीकरण र सीमापार सम्पर्क विस्तारका विषयमा सहमति हुनु महत्वपूर्ण मानिएको छ। नेपालले तेस्रो मुलुकसँग व्यापार गर्न कोलकाता र विशाखापट्टनमका अतिरिक्त गुजरातको काण्डला र ओडिशाको पारादीप बन्दरगाह प्रयोग गर्न सक्ने पहुँचसम्बन्धी सहमति गरेको कुरालाई चानचुने उपलब्धि मान्नुहुँदैन।  यसले नेपालको वैदेशिक व्यापारमा विकल्प बढाउन र पारवहनको निर्भरता कम गर्न सहयोग हुनेछ।  

ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण पहल भएका छन्। नेपाल र भारतबिच नयाँ विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा व्यापार विस्तार र जलविद्युत् आयोजनाको विकासका विषयमा सहमति भएको छ। तल्लो अरुण जलविद्युत् आयोजनासम्बन्धी संयुक्त पहल, नयाँ प्रसारण लाइन र पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदनलाई अन्तिम रूप दिने विषयले नेपालको ऊर्जा विकासमा महत्वपूर्ण काम हुने देखिन्छ। नेपालमा उत्पादन हुने विद्युत् भारत हुँदै अन्य बजारसम्म पुग्ने सम्भावनालाई यस्ता सहकार्यले बलियो बनाउन सक्छन्।  

पेट्रोलियम पूर्वाधारमा पनि सहकार्य अघि बढेको छ। मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरण सञ्चालन तथा झापा–सिलिगुडी पाइपलाइनको शिलान्यासले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।  यसले ढुवानी लागत, आपूर्ति जोखिम र समय बचतमा सहयोग पुर्‍याउन सक्छ।  

धार्चुला र दार्चुला जोड्ने पक्की पुलको उद्घाटन तथा वनवासामा एकीकृत जाँचचौकीको शिलान्यासले सीमावर्ती नागरिक, व्यापारी र यात्रुहरूलाई सुविधा दिने सम्भावना बढेको छ। सीमा क्षेत्रमा बस्ने नागरिकका लागि यस्ता आयोजना ठुला भाषणभन्दा प्रत्यक्ष जीवनसँग जोडिएका उपलब्धिमूलक काम हुन्।    

भारतले नेपालको विकासका लागि १५ हजार करोड भारतीय रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको विषय पनि भ्रमणको महत्वपूर्ण पक्ष मान्नुपर्छ। यसमध्ये अनुदान तथा ऊर्जा परियोजनाका लागि ऋण सुविधासमेत समावेश गरिएको छ। सहयोगको वास्तविक मूल्य भने रकम घोषणा हुनुमा होइन, त्यसको सही उपयोग, पारदर्शिता र समयमै परियोजना सम्पन्न हुनुमा भरपर्ने छ।  

पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ।
शिक्षा, स्वास्थ्य, अनुसन्धान, अन्तरिक्ष प्रविधि, आयुर्वेद, दिगो सहरी विकास र कृषि क्षेत्रमा भएका समझदारीहरूले पनि भविष्यमा नयाँ अवसर सिर्जना गर्न सक्छन्।  नेपालमा भारतीय प्राविधिक शिक्षासँग सम्बन्धित संस्थाको क्याम्पस स्थापना गर्ने पहल, स्वास्थ्य सहकार्य र उपग्रह सञ्चारसम्बन्धी समझदारीले नेपाली युवालाई ज्ञान, सिप र प्रविधिको क्षेत्रमा अगाडि बढ्ने अवसर मिल्छ तर यी तमाम सम्झौताहरू कागजमा सीमित नराखी कार्यान्वयन गर्न सरकारको दृढ इच्छाशक्ति आवश्यक हुन्छ।  

प्रधानमन्त्रीको भ्रमणबाट अर्को सन्देश पनि प्राप्त हुन्छ– नेतृत्व बदलिँदा कार्यशैली पनि बदलिन सक्छ। जनताले नयाँ नेतृत्वबाट नयाँ सोच, नयाँ प्राथमिकता र नयाँ व्यवहारको अपेक्षा गरेका हुन्छन्। पुरानै शैली, औपचारिकता र भाषणलाई नयाँ अनुहारले दोहोर्‍याउनु मात्र परिवर्तन होइन। परिवर्तन भनेको खर्च गर्ने तरिका, निर्णय गर्ने प्रक्रिया, जनताप्रतिको जिम्मेवारी र राष्ट्रिय हितलाई प्राथमिकता दिने व्यवहारमा देखिनुपर्छ भन्ने मान्यता नवयुवाहरूको पाइन्छ।  

कुनै पनि भ्रमणलाई केवल प्रशंसा अवहेलनाका आँखाले हेर्नु उपयुक्त हुँदैन। हाम्रा प्रधानमन्त्रीको सादगी प्रशंसनीय छ, नेपाली भाषाको प्रयोग गौरवपूर्ण छ र भ्रमणका सहमतिहरू महत्वपूर्ण छन् तर यी उपलब्धिको वास्तविक परीक्षा भविष्यमा  हुनेछ। सम्झौताहरू कार्यान्वयन भए कि भएनन्, व्यापार सहज भयो कि भएन, नेपाली उत्पादनले बजार पायो कि पाएन, ऊर्जा परियोजना अघि बढे कि बढेनन् ? सीमाका समस्या समाधान भए कि भएनन् ? र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाए कि पाएनन् ? भन्ने कुराले भ्रमणको सफलता भविष्यले  निर्धारण गर्नेछ।  

–गुरागाईं गोरखापत्र दैनिकका पूर्वप्रबन्ध सम्पादक हुन्।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस