वैदेशिक रोजगारमा गलत भाष्य
०२ कार्तिक २०८०
•
६ मिनेट पाठ
वैदेशिक रोजगारमा गलत भाष्य
राष्ट्रिय जनगणना २०७८ ले अक्सर विदेशमा बसोबास गर्ने नेपालीको सङ्ख्या २१ लाख ९० हजार ५ सय ९२ जना उल्लेख गरेको छ। १० वर्षअघिको जनगणनामा यो  सङ्ख्या १९ लाख २१ हजार ४ सय ९४ थियो। यो तथ्याङ्क हेर्दा १० वर्षमा विदेशमा बस्ने नेपालीको सङ्ख्या २लाख ६९ हजार ९८ जना बढे। यसरी हेर्दा विदेशिने नेपाली प्रतिवर्ष २६ हजार ९ सय ९, प्रतिमहिना २ हजार २ सय ४२ र  प्रतिदिन ७४ जना देखिन्छ।




अलापिएको राग

‘काम गर्ने जनशक्ति विदेशिए। गाउँहरू रित्तिएकाले किसानी कर्म थला प¥यो। यही कारण खाने अनाज जति भारतलगायतका मुलुकबाट ल्याउनु प¥यो’– अहिले धेरै सर्वसाधारणदेखि विद्वान्सम्मले गर्ने गरेका विलाप यही हो। यति मात्र हैन, अहिले त जेसुकै बिग्रे/भत्के पनि त्यसको कारण अन्ततः ‘सबै वैदेशिक रोजगारीमा गएकाले हो’ भन्ने बनिबनाउ निष्कर्ष निकाल्न थालिएको छ।

के गाउँहरू रित्तिएका मानिस विदेश गएरै हो त? केही तथ्याङ्क हेरौँ। तेहृथुममा १० वर्षअघि १ लाख १ हजार ५ सय ७७ जना थिए। अहिले यो सङ्ख्या घटेर ८८ हजार ५ सय ७७ मा ओर्लेको छ। यसरी हेर्दा यो जिल्लामा १२ हजार ८ सय ४६ जना घटे। तर यो जिल्लाबाट विदेश गएकाको सङ्ख्या भने मात्र ५ हजार ७ सय ७२ छ। जिल्लामा पनि नरहेका विदेश पनि नगएका ७ हजार ७४ जना खोइ त?

त्यसैगरी सिन्धुपाल्चोकमा १० वर्षअघि २ लाख ८७ हजार ७ सय ९८ जना रहेकामा अहिले २ लाख ६२ हजार ६ सय २४ जना मात्र छन्। अर्थात् यो जिल्लामा १० वर्षअघिभन्दा अहिले २५ हजार १ सय ७४ जना घटे। जबकि यस जिल्लाबाट विदेश गएकाको सङ्ख्या मात्र १७ हजार ५ सय ३२ छ। ७ हजार ६ सय ४२ जना खोइ त?

कुन देशमा काम गर्न गयो, जानुहुन्थ्यो कि हुन्नथ्यो भन्ने विषय महत्वको हुँदै होइन। मुख्य चुरो त्यहाँ प्राप्त सिप र पुँजी आफ्नो मुलुकमा, त्यो पनि सही ठाउँमा प्रयोग भयो कि भएन भन्ने हो।
राष्ट्रिय जनगणना २०७८ ले यी जिल्लासमेत ३४ वटामा जनसङ्ख्या घटेको उल्लेख गरेको छ। तर यसरी घटेको जनसङ्ख्यालाई ‘सबै विदेश गएकाले’ भनिँदै आएको छ। माथि उल्लिखित दुई वटा जिल्लाको तथ्याङ्क नै काफी छ कि गाउँ र जिल्ला रित्तिन थालेका वैदेशिक रोजगारीप्रतिको मोहले मात्र होइन्। नेताहरू सहरमै रमाउन थालेपछि गाउँ बिर्से। जिल्ला बिर्से। उनीहरूले बिर्सेसँगै यी ठाउँ विकासका सबैखाले अवसरबाट वञ्चित भए। त्यसैले बस्न लायक भएन। फलस्वरूप मानिस सहर र सुगम ठाउँमा बसाइ सरे।

२०२८ सालमा नेपालको कुल जनसङ्ख्याको ४ प्रतिशत मात्रै सहरमा बस्थे भने यो प्रतिशत २०६८ मा १७ मा उक्ल्यो। अहिले आएर ६६.०८ पुगेको छ। यसरी हेर्दा गाउँबाट तीव्ररूपमा सहर र तुलनात्मकरूपमा सहरमा बस्नेहरू वृद्धि भइरहेका छन्। त्यसैले गाउँ र जिल्ला रित्तिएका वैदेशिक रोजगारमा जानेहरूले गर्दा मात्र हैन अर्थात अहिलेकै ‘विकास मोडेल’ जारी रहने हो भने वैदेशिक रोजगारीमा पूर्णतः प्रतिबन्ध लगाए पनि गाउँ रित्तिन छाड्ने छैनन्। तर यो पाटोप्रति विमर्श छिर्नै सकेको छैन।

के विदेशिनु अभिशाप हो?

संयुक्त राष्ट्र सङ्घको एक तथ्याङ्कअनुसार विश्वभर प्रवासी कामदारको  सङ्ख्या  १५  करोडभन्दा  बढी छ।  विश्व ब्याङ्कले सन् २०१६ मा आप्रवासी कामदारहरूले आफ्नो मुलुकमा रेमिट्यान्सबापत ४२९ डलर भन्दा बढी पठाएका उल्लेख गरेको छ जुन रकम यी देशलाई धनी राष्ट्रहरूले उपलब्ध गराएका सहयोगको ३ गुणा बढी हो।

जर्मनीमा काम गर्न गएर फर्केका टर्कीका नागरिकमध्ये ५१ प्रतिशतले आफ्नै व्यवसाय स्थापना गरेका थिए। त्यसैगरी ताइवानस्थित सिन्चु इन्डस्ट्रियल पार्कमा रहेकामध्ये आधाजसो ऊर्जा कम्पनीहरू अमेरिकाबाट फर्केकाले स्थापना गरेका थिए। यसरी विदेशबाट फर्केकाले आफ्नो मुलुकमा गरेका लगानीले मुलुकको अर्थतन्त्रमा कायापलट भएका उदाहरण पनि पढ्न पाइन्छ।

नेपालकै कुरा गर्ने हो भने पछिल्लो १४ वर्षमा ८४ खर्ब ६६ अर्ब रुपियाँ रेमिट्यान्सका रूपमा भित्रिएको छ।
रोजगार बोर्डको सचिवालयका अनुसार पछिल्लो पाँच आर्थिक वर्षमा मात्र करिब ५० खर्ब रुपियाँ रेमिट्यान्स भित्रियो। के यो नेपालका लागि चानचुने पैसा हो ? आज प्रत्येक नेपालीको समृद्धिको ग्राफ उक्ल्याउन यो तथ्याङ्क मूल आधार बनेको छैन ? यो रकम छोपिदिएर एकछिन सोचौँ त, योबिना नेपालीको स्थिति के हुन्थ्यो?

त्यसैले कुन देशमा काम गर्न गयो, जानहुन्थ्यो कि हुन्नथ्यो भन्ने विषय महत्वको हुँदै होइन। मुख्य चुरो कुरो त्यहाँ प्राप्त सिप र पुँजी आफ्नो मुलुकमा, त्यो पनि सही ठाउँमा प्रयोग भयो कि भएन भन्ने हो।

खासमा वैदेशिक रोजगार आजको ‘ग्लोबल भिलेज’को अवधारणाअनुसार एउटा ठूलो अवसर पनि हो। मानिस जहाँ कमाउन सक्छ, रमाउन सक्छ र आफूलाई जमाउन सक्छ त्यहीँ पुग्ने हो। अनि त्यहाँको सिप र पैसा बोकेर मातृभूमि फर्कने र यहाँको माटोको गुन तिर्ने हो। सोझो अर्थमा भन्दा मानव पुँजीलाई सक्दो उपयोग गर्ने हो, निषेध हैन।

तथ्याङ्कप्रति एकपाखे बुझाइ

वैदेशिक रोजगार विभागका अनुसार गत भदौमा मात्र ७६ हजार ४ सय ३ जना वैदेशिक रोजगारीका लागि गए। हामी यही तथ्याङ्कका आधारमा भन्छौँ–प्रतिदिन २ हजार ४ सय ६५ जना विदेश जान्छन् काम गर्न। प्रतिदिन यति धेरै सङ्ख्यामा मानिस बाहिरिने हो भने १ वर्षमा ९ लाख १६ हजार ८ सय ३६ जना र १० वर्षमा ९१ लाख ६८ हजार ३ सय ६० जना विदेशमा रहनुपर्ने हो। तर जनगणनाले त विगत १० वर्षमा विदेशमा रहनेको सङ्ख्या २ लाख ६९ हजार ९८ जना मात्र बढेको देखायो। त्यसैले सबै पक्षको गहन अध्ययनबिना तथ्याङ्कको एकोहोरो भाग÷गुणनले पनि समस्या भयाबह देखाउन मात्र मद्दत गरेको देखिन्छ।

कुन देशमा काम गर्न गयो, जानुहुन्थ्यो कि हुन्नथ्यो भन्ने विषय महत्वको हुँदै होइन। मुख्य चुरो त्यहाँ प्राप्त सिप र पुँजी आफ्नो मुलुकमा, त्यो पनि सही ठाउँमा प्रयोग भयो कि भएन भन्ने हो।
खासमा श्रम स्वीकृति लिने सबैजना कामका लागि जान्छन् नै भन्ने हुँदैन। अनि जति गएका छन् ती सबै उतै बस्छन् भन्नठान्नु पनि अर्को भ्रम हो। श्रम स्वीकृति नवीकरण गरेकालाई समेत जोडजाड पारेर प्रस्तुत गरिने तथ्याङ्कले पनि वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढी देखिएको हो। त्यसैले  तथ्याङ्कलाई बहुआयामिक दृष्टिकोणबाट नहेरिँदा पनि नेपालबाट युवाहरू रित्तिन लागेको, जमिन बाँझो रहन थालेको, सबै क्षेत्र बर्बाद भयो भन्ने जस्ता गलत भाष्यहरू खडा गरेर वैदेशिक रोजगारीलाई ठूलै अपराधका रूपमा परिणत गर्ने भरमग्दुर प्रयास भइरहेको देखिन्छ। जुन हाम्रो जस्तो रेमिट्यान्सकै आधारमा बाँचेको मुलुकका लागि ठूलो दुर्भाग्य बन्न सक्छ।

अन्त्यमा पंक्तिकार विभिन्न समयमा मलेसिया र बङ्गलादेशबाट फर्किँदा ती विमानमा  ९० प्रतिशत भन्दा बढी नेपाली थिए। तीमध्ये केहीसँग कुरा पनि गरेँ। अपवादबाहेक सबैजसो वैदेशिक रोजगारीबाट फर्केकाहरू थिए। कोही बिदा मनाउन आएका थिए भने कोहीचाहिँ अब नफर्किने गरी। त्यसपछि लाग्यो, यसरी नेपाल आउने विमानहरू पनि वैदेशिक रोजगारवालाकै कारण भरिभराउन हुने रहेछन्।

के हामीले यो पक्ष कहिल्यै हेरेका छौँ? एकपटक गएको मानिस सधैँ गएका गयै हुन्छ? दिनको यतिजना वैदेशिक रोजगारका लागि जान्छन् भनेर हिसाब राख्नेले फर्कनेको पनि राख्नु पर्दैन? फर्केकामध्ये कति यतै बसे भन्ने तथ्याङ्क खोइ? कतिपयले विदेशमा कमाएको सिप र आम्दानी मातृभूमिमा लगाएको खबर खोइ? त्यसैले कसैले आफ्नो स्वार्थका लागि मात्र खडा गरेको भाष्यका पछि नदौडने कि?
अर्को समाचार
नेपाल बुढ्यौली समाजतर्फ अग्रसर !
२७ वैशाख २०८१
•
३ मिनेट पाठ
नेपाल बुढ्यौली समाजतर्फ अग्रसर !
नेपाल पछिल्लो दशकमा बुढ्यौली समाजतर्फ अग्रसर भइरहेको छ। जनगणना नतिजाले विगत ७ दशकमा वृद्धवृद्धाको जनसंख्यामा क्रमिक रूपमा बढ्दै गएको देखाएको छ।




राष्ट्रिय जनगणना २०७८ अनुसार बालबालिका (१४ वर्षसम्म) को जनसंख्या २८ प्रतिशत, काम गर्ने उमेर समूह (१५ देखि ६४ वर्ष ) को ६५ प्रतिशत र वृद्धवृद्धा (६५ वर्षदेखि माथि) को जनसंख्या ७ प्रतिशत छ।

२०४८ सालदेखि बालबालिकाको संख्या घट्दै गएको तथ्यांकले देखाएको छ। २०४८ सालमा बालबालिकाको संख्या ४२.४ प्रतिशत थियो। यो प्रतिशत घटेर २०५८ सालमा ३८.७, २०६८ सालमा ३४.९ र २०७८ मा आएर २७.८ मा आएको छ।

काम गर्ने उमेर समूह (१५ देखि ६४ वर्ष ) को जनसंख्या भने बढ्दै गएको छ। २०४८ सालमा काम गर्ने उमेर समूहको जनसंख्या ५४.१ प्रतिशत रहेकोमा २०५८ सालमा बढेर ५५.४ प्रतिशत पुग्यो। त्यस्तै २०६८ सालमा ५९.९ प्रतिशत रहेको काम गर्ने उमेर समूहको जनसंख्या २०७८ मा बढेर ६५.२ प्रतिशत पुगेको छ।

वृद्धवृद्धाको जनसंख्या पनि बढ्दो क्रममा छ। २०११ सालमा २.७ प्रतिशत रहेको वृद्धवृद्धाको संख्या त्यसपछि क्रमशः बढ्दै गएर २०२८ सालमा ३.१ प्रतिशत, २०३८ सालमा ३.३ प्रतिशत, २०४८ सालमा ३.५ प्रतिशत, २०५८ सालमा ४.१ प्रतिशत, २०६८ सालमा ५.२ प्रतिशत र २०७८ सालमा ६.९ प्रतिशत पुगेको तथ्यांक कार्यालयले सार्वजनिक गरेको नतिजामा उल्लेख छ।

वृद्धवृद्धाको यो तथ्यांक बढ्दै जाने, प्रजननदर र मृत्युदर घट्दै जाने तथा आयुमा वृद्धि भएमा अबको केही दशकमा नेपाली समाजमा बुढ्यौली उमेरको जनसंख्या अधिक हुने देखिन्छ। यस्तो चुनौतीको सामना गर्न राज्य तयार हुनुपर्ने देखिन्छ।

अहिले वृद्धवृद्धाको संख्या सानो प्रतिशतमा भए पनि केही दशकभित्र यो संख्या बढ्नेछ। जनसंख्याको उमेरगत संरचना परिवर्तनका कारण उत्पन्न हुने चुनौती समाना वा व्यवस्थापन गर्न राज्य आजैदेखि तयार हुुनुपर्ने केन्द्रीय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेले बताए।

‘प्रजननदर र मृत्युदर घट्दो क्रममा र बाँच्ने आयु (उमेर) बढ्दो क्रममा भएका कारणले यसरी जनसंख्याको संरचनामा परिवर्तन आएको हामीले भन्न सक्छौं,’ निर्देशक लामिछानेले भने। देशको जनसंख्या नियन्त्रणमा राख्न ६० वर्षदेखि गरेका प्रयासका कारण अहिले वार्षिक ०.९२ प्रतिशत जनसंंख्या वृद्धिदर हासिल गर्न सफलता मिलेको उनले बताए। 

नेपालमा हालको जनसंख्या वृद्धिदर विश्व र एसियाको तुलनामा अलि बढी छ। विश्वव्यापी जनसंख्या वृद्धिदर ०.९० प्रतिशत र एसियामा वृद्धिदर ०.८० प्रतिशत छ। स्वास्थ्य क्षेत्रमा भएको क्रमिक सुधारले पनि आयु लम्बिएर बुढ्यौली संख्या वृद्धि हुँदै गएको हो।

त्यस्तै सहरीकरणसँगै महिला आर्थिक क्रियाकलापमा सहभागी हुन थालेकाले सन्तान कम जन्माउन थाले। उनले भने, ‘अब नेपालको जनसंख्या नीतिमा पुनर्विचार गर्न आवश्यक छ।’

जनसंख्याविद् एवं त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्रमुख प्राध्यापक योगेन्द्रबहादुर गुरुङका अनुसार जनगणनाको तथ्यांकले हरेक सूचकांकमा परिवर्तन ल्याएकाले अब राज्यले कुनै पनि क्षेत्रको नीति निमार्ण गर्दा जनसंख्याका विषयमा अध्ययन गर्न आवश्यक छ।

‘६५ वर्ष उमेरमाथिका मानिसको संख्या बढ्दै छ। त्यसैले अब उनीहरूका लागि बुढ्यौलीमैत्री नीति राज्यले ल्याउनुपर्छ,’ गुरुङले भने।

उनका अनुसार नागरिकको स्वास्थ्य सेवा र शिक्षामा पहुँच बढ्दै गएकाले मृत्युदर र जन्मदर घटेको हो। सन्तान कम जन्माउने क्रम पनि बढ्दै गएको छ। अब राज्यले जनसंख्या नियन्त्रण होइन, व्यवस्थापनको नीति लिनुपर्छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
यो पनि पढौँ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस